वियोजित नेतृत्वको जोखिम
२२ फागुन २०७०
•
२० मिनेट पाठ
वियोजित नेतृत्वको जोखिम
प्रधानमन्त्री सुशील कोइरालाको बर्मा भ्रमणको महत्व र आवश्यकता बारे विवाद गर्न जरुरी छैन। साना मुलुकहरूले अपेक्षित सम्मान बहुपक्षीय सभाहरूमा नै पाउने गर्छन्। त्यसकारण बिमस्टेक उपक्रममा नेपालको भूमिका परिधीय रहेको भए पनि प्रधानमन्त्रीका सल्लाहकारहरूले बर्मा घुम्ने लोभ संवरण गर्न नसकेको कुरा बुझ्न सकिन्छ।बाटोमा बैंककमा झन्डै १२ घन्टा आराम गर्न पाइने सम्भावनाको आकर्षण पनि कम हुँदैन। तर, के रमिते विदेश यात्राका लागि प्रधानमन्त्रीको टोली ‘बिजनेस क्लास’मै उड्नु जरुरी थियो?
कुरा खर्चको मात्र हैन। राष्ट्रका लागि सिंगै हवाई जहाज आरक्षण गरे पनि खासै फरक पर्ने थिएन। भारतको लालु यादव जानीजानी हेलिकप्टर चडेर देहात डुल्थे। पिछडाहरूको सशक्तीकरणका कारण ग्वालाले पनि उडनखटोला चड्नसक्ने भएका छन् भन्ने देखाउन। उनका लागि मीतव्ययिताभन्दा त्यस बेला प्रदर्शनको सन्देश महत्वपूर्ण थियो। नेपालका प्रधानमन्त्री त कोइराला हुन्, यादव वा पासवान हैनन्। उनले आफ्नो रवाफ देखाउन वा शक्ति प्रदर्शन गर्न न दुई घन्टा सडक जाम गर्नुपर्छ न त ‘बिजनेस क्लास’भित्र आफ्ना आसेपासे थुपार्नुपर्छ। निर्वासनमा रहेका बेला इस्त्री नगरेको कुर्ता पाइजामा लगाउँदा पनि प्रजातन्त्र समर्थकहरूका लागि कोइरालाहरू सामाजिकरूपमा राजासरहै त थिए। अब त झन् पद पनि भएपछि तामझामको जरुरत महसुसै नहुनुपर्ने हो।
समस्या नेपाली कांग्रेसको मात्र होइन। सम्भवतः शाही जीवनशैली अँगाल्ने प्रवृत्ति साम्यवादी भएको दाबी गर्ने दलहरूको क्रान्तिकारी अग्रदस्तामा झन् बढी छ। पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल एवं झलनाथ खनाल प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुन्। तिनमा सरकारी सवारी, अगुवापछुवा एवं सुविधा सम्पन्न आवासका आवश्यकता बुझ्न सकिने कुरा हुन्। तर, बल्खु दरबार वा पेरिस डाँडामा कुनै बैठक हुँदा लाग्ने ताँती लाग्ने भव्य मोटरहरू हेर्दा नेपालका लागि साम्यवाद सान्दर्भिक लाग्दैन। सबै जनपक्षीय राजनीतिकर्मी रूपचन्द विष्टजस्तै हुनुपर्छ भन्ने त छैन तर कम्तीमा सामान्य नेपालीजस्तै देखिने प्रयत्न गरिएन भने नेता र मतदाताबीचको खाडल गहिरिँदै जान्छ। र, नेतृत्वप्रति मतदाताको विश्वास समाप्त हुनसक्छ।
समस्या कुनै एउटा नेता वा दलको मात्र भइदिएको भए उति साह्रो चिन्ता गर्नुपर्ने थिएन। प्रतिस्पर्धामा मतदाताले आफ्नो छनोट गर्न पाउँछन्। तर, देखिने आय खासै नभएका राजनीतिकर्मीमध्ये अधिकांशको जीवनशैली साहुमहाजन वा भाइभारदारको जस्तो भएपछि समग्र राजनीतिक प्रणालीबाटै जनताको भरोसा गुम्ने डर हुन्छ। पशुपति शमशेर वा सुनील थापा आआफ्ना निर्वाचन क्षेत्रमा जाँदा खानेपानीसँगै बोकाएर लैजानु असहज नदेखिन सक्छ। जनताका छोराछोरी हौँ भन्ने दाबी गर्नेले त्यही कुराको नक्कल गर्न खोज्दा मध्यम वर्गलाई पच्दैन। अनि तिनीहरू राजनीतिकर्मी ‘सयमा नब्बे बेइमान’जस्ता सस्ता नाराका पछाडि कुद्न थाल्छन्। भ्रष्टाचार विरोधका नाममा अनिर्वाचित शक्तिशाली निकायका पक्षमा वातावरण बन्न सुरु हुन्छ।
सादा जीवन
सोभियत रुसको समाजवादी नेतृत्वको ठाँटबारे एउटा ठट्टा निकै प्रचलित छ। सन् १९६२ देखि मृत्यु पर्यन्त सोवियत संघका सर्वोच्च शासक रहेका लियोनिद ब्रेझनेभले एक पटक आमालाई घुमाउन लगे रे। त्रे्कमलिनमा बैठक कोठा। मृत सागरको छेउमा बिदा मनाउने आवास। सिकार खेल्ने आरामदायी मचानहरू। भव्य मोटर। निजी विमान। बुढी आमै छक्क परिन् र भनिन् रे — ‘ खुसी लाग्यो छोरा नयाँ जार भएका रहेछौ। तर देशमा त बोल्सेविकहरूको आतंक छ रे नि! फेरि कम्युनिस्टहरू तिम्रा पछि लागे भने के गर्छौ?’ लगभग त्यस्तै परिस्थिति नेपालमा बन्दै गएको छ। एमालेका नेताहरूकहाँ झापाली पठाउनुपर्ने, माओवादीहरूलाई माओवाद सिकाउनुपर्ने र कांग्रेसका हस्तीहरूलाई ‘तेरा घरमा कांग्रेस लागोस् ’ भन्नुपर्ने अवस्था लोकतन्त्रको भविष्यमा लागि उत्साहजनक होइन।
सादा जीवनको अर्थ कन्जुस, पाखण्डी भएर अभाव वा गरिबीमै बाँच्नु पनि होइन। महात्मा गान्धी एकसरो धोती लाउँथे। तर, उनले जवाहरलाल नेहरूलाई सेरवानी लगाउनबाट कहिल्यै रोकेनन्। लामो समयसम्म जेलकै लुगामा बिताएका नेल्सन मन्डेला राष्ट्रपति भएपछि सुकिलो पहरिनमा देखिन थाले। त्यस्तो पहिरनले उनको व्यक्तित्व वा छविमा कुनै असर परेन। सम्भवतः आवश्यकता र उपयुक्तताभन्दा बढी उपयोग नगर्ने प्रवृत्ति नै सादगी हो। र, त्यति गर्नका लागि सबै राजनीतिकर्मी नयाँ दिल्लीका पूर्व मुख्यमन्त्रीजस्तै गलबन्दी बाँधेर चपपल फटकार्दै कार्यपालिका प्रमुखको कार्यभार सम्हाल्नुपर्छ भन्नेछैन। गर्न सकिने कामहरू भनेछन्।
राजनीतिकर्मीको सुरक्षाप्रति संवेदनशील रहनु राम्रो हो। नेपालको गुप्तचर व्यवस्था कति बेकामे छ भन्ने त माओवादी द्वन्द्वताका नै उजागर भइसकेको छ। प्रहरी र सेनाको क्षमताबारे पनि प्रश्न उठिसकेकै हो। त्यसैले मोटरभरी सुरक्षाकर्मी बोकेर हिँड्नुपर्ने बाध्यतालाई बुझ्न सकिन्छ। तर, त्यसका लागि घन्टौसम्म सडक बन्द गर्ने कुरा भने माइक्रोमा कोचिएर कुराइएकाहरूलाई पच्दैन। अति विशिष्ट व्यक्तिहरूको ‘सवारी’ व्यवस्थापन गर्न हेलिकप्टर वा त्यस्तै अन्य के विकल्प रोज्ने हो तत्काल अवलम्बन गर्न जरुरी छ। नेपालका राजनीतिकर्मीले पनि साझा बस चड्न थाल्ने दिन देख्न त सायद धेरै कुर्नुपर्ने होला।
सर्वदलीय बैठकहरू पाँच तारे होटलमा गर्ने कुराको विरोध धेरैजसो त्यस्तै ठाउँमा गोष्ठी, बैठक गर्ने गैससकर्मीले सबैभन्दा चर्को स्वरमा गर्छन्। कहिले कहीँ राजनीतिक व्यवस्थापकहरूलाई पनि रिसोर्ट चाहर्न मन लाग्दो हो। दीपकुमार उपाध्यायका मित्रको त्रिपुरेश्वरतिरको महल होस् वा माधव नेपालका शुभेच्छुकको विहाल नगरको दरबार धनाढ्य समर्थकका बैठक कोठा पनि अनुपयुक्त थलो होइनन्। कुरा केमात्र हो भने राजनीतिकर्मीहरू त्यतामात्र न अल्भि्कएर जनताका घरदैलामा पनि देखिनुपर्छ। त्यस अर्थमा बाबुराम भट्टराईले दलितहरूको घरमा वास बसेको प्रचलन अनुकरणीय छ। अझ आफू बसेको घरको चर्पीसमेत आफैँ सफा गर्ने महात्मा गान्धीको निर्देश अनुसरण गर्ने हो भने थप सकारात्मक सन्देश प्रवाहित हुन्छ।
नेपाली समाजमा नातागोताको स्थान महत्वपूर्ण हुन्छ। आफन्तको बिहावारीमा राजनीतिकर्मीहरू पनि संलग्न हुनु जरुरी छ। तर ताल न तुलको भोज भतेरमा मन्त्री, सांसद, सभासद् वा राष्ट्रिय दलका पदाधिकारी लाम लाग्दै राजदूतावास, होटल वा रिसोर्ट चाहार्न जरुरी छ? संसारकै महंगोमध्ये मानिएको बिहे भोजमा लुगा फेरी फेरी पुग्न उपयुक्त हुन्छ? हुनत, यस्ता क्रियाकलापमा राजस्व खर्च हुँदैन होला तैपनि जनताले प्रश्न त गर्न पाउँछन्।
मोफसल भ्रमणमा जाँदासमेत राजनीतिकर्मीको फुर्तीफार्ती स्थानीयलाई बिझाउने खालको हुन्छ। अधिकांश राजनीतिकर्मी समर्थक शुभेच्छुकसँग नबसी होटल वा सरकारी अतिथिगृहमा बस्छन्। जनता र नेताबीचको अविश्वास त्यहाँ पनि देखिन्छ। मोटरहरूको ताँतीले तिनको प्रभाव हैन मूर्खता बढी प्रदर्शित हुन्छ। प्रमुख जिल्ला अधिकारीसँग तामझाममा प्रतिस्पर्धा गर्नु जनमुखी राजनीतिकर्मीहरूको काम होइन। कम्तीमा बिहानको चिया सडक छेउको घुम्तीमा खान पुगे भने मन्त्री वा सभासद्का सानमा पक्कै बट्टा लाग्दैन।
अलिकति विचार त बोलीव्यवहारमा पनि पुर्याोउनुपर्ने हुन्छ। संसारको सबैभन्दा विपन्न देशको राजनीतिकर्मी हुनुको चुनौती चानेचुने हुँदैनन्। भन्न आउने जतिका छोराछोरीलाई जागिर लगाउन सकिँदैन। मलेसिया, कोरियातिर पठाउने व्यवसायीहरूसँग सबैको उठबस हुँदैन। जिल्लाका अड्डा अदालतमा जनप्रतिनिधिको भन्दा हाकिम प्रशासक र बिचौलियाहरूका कुरा बिक्छन्। राजनीतिकर्मीका निरीहता बुझ्न नसकिने होइन। तर, तिनले आफ्ना कमजोरीको रिस फरियादी सामान्य जनमा पोख्नु उपयुक्त हुँदैन। बाख्रा हराएकोदेखि गाउँको पाठशालामा शिक्षक अनुपस्थित भएको सबै कुरा सामान्य जनताले सजिलै भन्नसक्ने राजनीतिकर्मीलाई मात्रै हो। यस पटकको निर्वाचन व्यवस्थापनले गर्दा जनतासँग दोहोरो कुरा गर्नसमेत गाह्रो मान्ने व्यक्ति पनि जनप्रतिनिधि भएका छन्। व्यवहार चाहिँ तिनको पनि बदलिनु जरुरी छ।
उपस्थितिको महत्व
मिथिला क्षेत्रमा अहिले अन्तरगृह परिक्रमा चलिरहेको छ। चीन मिथिलाको राजधानी वरपर १५ दिन लगाएर नगरको परिक्रमा गर्ने चलन कति पुरानो हो एकिनसँग कसैले भन्न सत्तै्कन। मटिहानीको माटो नै पवित्र। जलेश्वरको पानी गंगाजलजति नै पूज्य। आस्था हुनेहरू यस्तै विश्वासका साथ गाउँगाउँ डुल्छन्। अरू बेला तीर्थालु मन्दिरको ढोकामा पुगेर दर्शन गर्ने गर्छन्। अन्तरगृह परिक्रमाका क्रममा देउता स्वयं भक्तहरूको ढोकाढोका पुर्याोइन्छन्। अशक्त वृद्ध एवं निरीहले आफ्नै घरआँगनमा प्रसिद्ध देवीदेवताको दर्शन गर्न पाउने यो प्रथा सामाजिक सम्पर्कको अनुपम अवसर हो। दलहरू प्रतिबन्धित रहेका बेला अन्तरगृह परिक्रमा नेपाली कांग्रेसका कार्यकर्ताको अग्रसरतामा सञ्चालन हुन्थ्यो। आजभोलि त्यो हिन्दुत्ववादीको कब्जामा पुगेको छ। लोकतन्त्र पक्षधरहरू सम्मान ग्रहण गर्ने औपचारिक कार्यक्रममा मात्र देखापर्छन्।
पहाडतिरका जात्राहरूको अवस्था पनि खासै उत्साहजनक छैन। आसेपासेका साथमा दुईचार दिनका लागि सदरमुकाम पुग्ने राजनीतिकर्मीहरू छेउकै गाउँतिर झुल्किने आवश्यकता पनि देख्दैनन्। गाउँ जाने त चुनावताका मात्रै हो। नभए सबै प्रकारका स्थानीय सांस्कृतिक कार्यक्रमहरू अब काठमाडौंकै टुँडीखेल, प्रज्ञा भवन वा सभा गृहको शोभामा खुम्चिएका छन्।
स्थानीयस्तरको उपस्थिति वा सहभागिताले राजनीतिकर्मीलाई जनतासँग जोडेर राख्छ। स्थानीय मुद्दाहरू अनौपचारिक कुराकानीमा स्पष्ट हुन्छन्। सभासद्हरू संविधान बनाउन निर्वाचित भएर राजधानी आएका हुन्। तर माटामा जरा गाडेको रुखमा मात्र फल लाग्छ। राजधानीमै समेत नवसम्भ्रान्तजस्ता राजनीतिकर्मी आफ्ना समर्थकहरूको कुरा सुन्न तिनका घरमा जाँदैनन्। बरु, समर्थकहरू नै चाकरीमा आऊन् भन्ने अपेक्षा राख्छन्। चाकरीमा धाउनेहरू केही पाउने आशामा पुग्ने हुन्। तिनको उपयोगिता सार्वजनिक हितका लागि केही पनि हुँदैन।
जनप्रतिनिधिको सम्बन्ध जनतासँग सामान्य नहुँदा उत्पन्न हुने विकृति सन् १९९० को दशकको अन्त्यताका पनि देखिएको हो। त्यस अवस्थामा दलाली फस्टाउँछ। सत्ताका दलालहरूको बिगबिगी बढ्छ। प्रहरी प्रशासन मालिकजस्ता बन्न पुग्छन्। माफिया भनिने अपराधी गिरोहहरू फैलन्छन्। र पैसाका लागि सजाय बेच्ने वा तत्काल न्याय दिने ‘कंगारु अदालत’ जताततै देखापर्न थाल्छन्।
राजनीतिकर्मीहरूको निस्त्रि्कयताको दोष स्थानीय स्तरमा निर्वाचित निकाय नहुनुलाईमात्र दिन मिल्दैन। राणाकालदेखि कायम रहेको र पञ्चायतले मलजल गरेको प्रवृत्तिले गर्दा उसै पनि गाविसको अध्यक्ष वा जिविसको सभापतिलाई प्रहरी चौकीको हवल्दार वा माल अड्डाको खरदारले पनि टेर्दैनन्। संघीयताको संरचना संस्थागत नभएसम्म जनउत्तरदायी प्रहरी प्रशासन स्थापित गर्न असम्भव प्रायः छ। केन्द्रीयस्तरका नेताहरूको पहुँच, प्रभाव एवं प्रचारले गर्दा राज्यको स्थायी संयन्त्रलाई केही नियन्त्रणमा राख्न भने सकिन्छ।
पत्रकारिता सामान्य एवं स्वस्थ भइदिएको भए राजनीतिकर्मीको अनुपस्थिति त्यति असहज नलाग्न पनि सक्थ्यो। नेपालको प्रेस मोटाएको वा सुन्निएको जे भने पनि अस्वस्थ चाहिँ छ। राजनीतिक दलका किचलो, गैससहरूका विज्ञप्ति एवं राजधानीमा चर्चामा रहेका विषयको पुनः मुद्रण वा प्रसारण गर्नेबाहेक मोफसलका अधिकांश सञ्चारकर्मीको काम आफ्नो महत्व र प्रभावको प्रचार गरेर त्यसको लाभ खोज्नमा सीमित हुन पुगेको छ। सामान्य जनताका सबालहरू सामान्यतः खबर बन्दैनन्। तिनका बारेमा कुनै अनुसन्धान हुँदैन। त्यसैले राजनीतिकर्मीले स्वयं जनतासँग प्रत्यक्ष सम्पर्कद्वारा वास्तविकता बुझ्नुपर्ने अवस्था कथित सञ्चार क्रान्ति भइसक्ता पनि कायमै छ।
प्रश्न कुनै एकदुई जना राजनीतिकर्मीको मात्र नभएर समग्र प्रणालीसँगै जोडिएकाले मुख्य दलहरूको संविधान बनाउने प्रतिबद्धता सभाहरूले राजनीतिप्रति बढ्दै गएको वितृष्णा सायद केही कम गर्न सकिन्छ कि? समाजवादी चिन्तक डा. राममनोहर लोहियाको प्रसिद्ध उक्ति छ — ‘ जिउँदो राष्ट्र पाँच वर्षसम्म चुप लागेर बस्न सत्तै्कन। ’ मतादेशलाई केही कालभित्र खारेज गर्ने प्रवृत्तिले लोकतन्त्रको भविष्यप्रति चिन्तित हुने अवस्था बंगलादेश, थाइल्यान्ड, इजिप्ट एवं भारतका केही राज्यहरूमा देखिएकै हो। राजनीतिकर्मीहरूको सक्रियताले सबै समस्या समाधान गर्ने त हैन तर त्योबिना अरू उपाय प्रभावकारी हुनसत्तै्कन भन्नेमा भने शंका गर्नु पर्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस