शंकाको घेरामा संविधान
२१ फागुन २०७०
•
१३ मिनेट पाठ
शंकाको घेरामा संविधान
संविधान सभा नियमावली बनाउन गठित समितिको म्याद तेस्रो पटक थपिएको छ। थपिएको समयमा समितिमा रहेका सभासद ‘काम' गर्दैछन्। सुरूमा दश दिन म्याद तोकिएको समितिलाई त्यसपछि एक साता र फागुन २० मा फेरि १० दिनको समयावधि दिइएको छ।संविधान सभामा रहेका ३० वटा राजनीतिक दलका ६० भन्दा बढी प्रतिनिधि रहेको समितिले थप म्यादमा काम फत्ते गर्ला? प्रश्न अनुत्तरित छन्। दलका मान्यता र विचार मिलेको थियो भने सुरुको १० दिननै काफी थियो, त्यसै बेला नियमावली आउने थियो तर प्रमुख राजनीतिक दलबीच कुरा नमिल्दा नियमावली बन्न सकेको छैन र अडान यथावत रहे आगामी दश दिनमा पनि नियमावली बन्दैन। नियमावली नबनी संविधान सभाका बैठक बस्न सक्तैनन्। एक वर्षभित्र, संविधान बनाउने पार्टीका ‘जिम्मेवार' नेताहरूका भाषामा संविधान सभा अध्यक्ष सुभाष नेम्वाङ पनि लोलीमा बोली मिलाउने गरेको देखिन्छ। सभाध्यक्षमा निर्वाचन भएलगत्तै नागरिकसँगको भेटमा उनी हतारिएका देखिन्थ्यो। नागरिकसँग छिटोछिटो अन्तर्वार्ता सकेर उनी संविधान सभा नियमावली बनाउने समितिको बैंठकमा सहभागी हुन उनी आतुर थिए। उनले देखाएको हतारोबाट अनुमान गर्न सकिन्थ्यो, संविधान सभा नियमावली चाँडै एक दुई दिनमै जारी भइहाल्छ र एक वर्षभित्र मुलुकले संविधान प्राप्त गर्छ। नेम्वाङले माघ ८ मा सभासदहरूले सपथ खाएको दिनदेखि एक वर्षको गणना हुने पनि बताएका थिए। सभामुख भएको दिन फागुन ७ मा नेम्वाङमा देखिएको हतारो अहिले सायद शिथिल हुँदै गएको छ। नियमावली टुंगोमा पुर्याघउने उत्साह अहिले संविधान सभा नियमावली समितिको म्याद थप्नुमा सीमित बनेको छ। 
संविधान सभा निर्वाचनबाट आएका प्रतिनिधिको दुइटा भूमिका छ। एउटा, संविधान निर्माण जसलाई संविधान सभा भनिन्छ। अर्को व्यवस्थापिका संसद। जसले अन्य कानुन बनाउने, कार्यपालिका निर्माण र नियन्त्रणको भूमिका खेल्ने। यी दुवै सदन आ–आफ्नै नियमावलीअनुसार चल्दछन्। अहिले संविधान सभा र व्यवस्थापिका संसद सञ्चालन नियमावली तयार गर्ने काम भइरहेको हो। संविधान सभामा रहेका सबै दलका प्रतिनिधि रहेको ठूलो संख्याको समिति भएका कारण त्यहाँ विरोधाभाष स्वाभाविक हो। विरोधका बीच सहमतिको प्रयास भइरहेको बताइए पनि नियमावली मस्यौदामा संविधान कसले जारी गर्ने? ककसको व्यवस्था राख्ने, नराख्ने र स्वविवेकको मतबारे बढी विवाद भएका छन्। त्यसमध्ये कसले जारी गर्ने भन्ने मामलामा कांग्रेस र एमाले एक अर्काका विरोधी बनेका छन् भने ककस र स्वविवेकको मत प्रयोग गर्न पाउनुपर्ने मुद्दामा यी दुवै पार्टी विरुद्धमा उभिएका छन्। 
संविधान कसले जारी गर्ने? अघिल्लो संविधान सभा नियमावलीअनुसार हुनुपर्ने प्रमुख दलमध्येको एमालेको अडान छ। उता नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिले जारी गर्नुपर्ने अर्को प्रमुख दल कांग्रेसको। बाँकी दलहरू यी दुई प्रमुखको पक्ष र विपक्षमा बाँडिएका छन्। संविधान सभा नियमावली २०६५ को १०८ को उपनियम २ मा ‘संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीकरण भएपछि त्यस्तो विधेयकले संविधानको रूप धारण गर्ने भनिएको छ। त्यस्तै उपनियम ३ मा ‘प्रमाणीकरण भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधान सभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले सोही समारोहमार्फत नेपाली जनतासमक्ष संविधान सार्वजनिक गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने' उल्लेख छ। एमाले पुरानो नियमावलीका यिनै नियमहरूको आडमा सभामुखबाट संविधान प्रमाणीकरण हुनुपर्ने भन्दैछ। एमाले संविधान प्रारम्भ हुँदाको समयमा अन्तरिम संविधाननमा गरिएको व्यवस्थालाई मुख्य आधार बनाएर सभामुखबाट प्रमाणीकरण हुनुपर्दछ भन्दैछ। कांग्रेस संसदीय पद्धतिमा राष्ट्राध्यक्षबाट प्रमाणित हुनुपर्ने परम्पराको पक्षमा उभिएको छ। अन्तरिम संविधान बनेको समयमा मुलुकका राजतन्त्र निस्त्रि्कय थियो, राष्ट्रपतिको अस्तित्व थिएन। त्यो बेला अन्तरिम संविधानमा सभामुखले विधेयक प्रमाणीकरण गर्ने व्यवस्था राखिएको थियो। तर संविधानको चौथो संशोधनबाट सभामुखबाट प्रमाणीकरण हुने व्यवस्था हटाइयो र विधेयकहरू राष्ट्रपतिले प्रमाणीकरण गर्ने व्यवस्था गरियो। यसबेला निर्वाचित राष्ट्रपति आइसकेका अवस्था थियो र राजतन्त्र विधिवत् समाप्त भएको थियो। अन्तरिम संविधानमा संविधान प्रमाणीकरण कसले गर्ने भनेर बेग्लै व्यवस्था छैन। संविधानको मस्यौदा विधेयककै हैसियतमा हुने भएकाले राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने जिकिर कांग्रेसका सदस्यहरूको हो। के देखिन्छ भने कांग्रेसहरूले विगतमा संविधान सभा नियमावलीको प्रावधान हटाउन बेवास्ता गरेको मूल्य अहिले भोग्दैछन्। उता एमाले संसदीय अभ्यासका मान्यता र परम्परा विपरित सभामुखबाट जारी हुनुपर्ने निरर्थक बहसमा अल्भि्कएको छ। लोकतान्त्रिक पद्धतिमा राष्ट्राध्यक्षबाट कानुनहरू प्रमाणित भएर लागु हुने हुन्छन्। संविधान पनि त्यसैगरी लागु हुनुपर्ने हो। लोकतन्त्रका मान्य सिद्धान्तमा अनावश्यक बहस गरेर नियमावली निर्माणको काम लम्ब्याउनुभन्दा एमालेले आफ्नो अडान छोड्न उसकै हितमा छ। यसो गरेमा संविधान सभा नियमावलीले आकार लिने थियो। 
संविधान कसले प्रमाणित गर्ने मुख्य प्रश्नबाहेक संविधान सभामा ककसको व्यवस्था राख्ने र स्वविवेकमा मत हाल्न पाउनुपर्ने मागले पनि नियमावली टुंगो लाग्न सकेको छैन। आफ्ना सरोकारवालालाई दबाबमूलकरूपले बनाउन गठन गरिने समूहहरू ककसका नामले चिनिन्छन्। मत र मान्यता मिल्ने सभासदहरूले समूह बनाएर दबाब दिन गठन हुने ककस फरक फरक हुनसक्छ। र, तिनले संविधान निर्माणमा प्रशस्त व्यवधान सिर्जना गर्न सक्छन्। विगत संविधान सभामा जनजाति सभासदहरू जातीय संघीयताको पक्षमा एक ढिक्का भएको अवस्थाको आँकलन गरौं। त्यसबेला औपचारिकरूपमा संविधान सभाभित्र जनजाति सभासदको ककस थिएन। जनजाति ककस संविधान सभा बाहिरको रचना थियो। त्यसले संविधान निर्माणमा उल्झन ल्याउनेकाम मात्र गर्योा। सभामुख नेम्वाङको उदारताले महिलाको दबाब समूह ककसले संविधान सभाभित्र कार्यालय पाएको थियो। अघिल्लो संविधान सभामा आवश्यक छैन भन्दै पन्छाएको मुद्दामा फेरि विवाद, बहस गर्नुको औचित्य छैन। ककस खुला गरियो भने विभिन्न नाम र आकारका धेरै दबाब समूह बन्न जानेछन्। तिनले संविधान निर्माणमा सहयोग पुग्ने होइन। 
स्वविकेको मत पक्षमा पनि चर्चा छ। व्यवस्थापिका संसदमा पार्टीका सभासदहरू पार्टी नीति बाहिर जान सक्तैनन्। उनीहरूलाई ह्विप लाग्छ तर संविधान सभामा सभासदहरूले स्वविवेकको मत राख्न पाउने सैद्धान्तिक मान्यता छन्। संविधान सभामा स्वविवेकको मतको पक्षमा उदारता देखाउँदै पार्टी नेताले नियन्त्रण गर्नसक्ने कानुनी व्यवस्था थिए। पार्टीको चुनाव चिह्न र घोषणापत्र जनतासामु अघि सारेर निर्वाचित भएका सभासदहरू स्वविवेक मतको पक्षमा उभिनु राजनीतिक धर्म होइन। पार्टीहरूले आफ्ना सभासदलाई नियन्त्रणमा नराख्नु एउटा कुरा हो तर स्वविवेकको उदात्त छुट दिँदा त्यसमा बाह्य पक्षको चलखेल हुने खतरा हुन्छन्। 
संविधान सभा नियमावलीमा देखिएका उल्लिखित विवाद समाधानमा कांग्रेस र एमाले एक ठाउँमा भएका निकास दिन सक्छन् तर अहिले देखिएका विवाद मिल्नासाथ संविधान सभा नियमावलीको टुंगो लाग्छ र धमाधम संविधान सभाको काम हुन्छ भन्न सकिन्न। नियमावलीमा अन्य विवाद उठ्न सक्छन्। अघिल्लो संविधान सभामा नियमावली टुंगो लाग्न ६ महिना लागेको थियो। घटनाक्रमहरूले संविधान सभाले चाँडै काम थाल्ने र सरासर काम भएर एक वर्षमा संविधान जारी हुने अवस्था देखिन्न। अहिले संविधान सभा नियमावली बनाउन एकपछि अर्को गर्दै म्याद थपेजस्तै संविधान जारी हुने समय पनि थप्दै जाने हुनसक्छ। एक वर्षभित्र संविधान जारी गर्ने नेताहरूका भाषण भाषणमै सीमित हुने देखिँदैछ। एक वर्षभित्रमा संविधान दिने अपेक्षा जगाउनुभन्दा बैलेमा संविधान निर्माणका जटिलता स्पष्ट्याउँदै जानु नेता र राजनीतिक पार्टीको काम हो । अपेक्षा पूरा नहुँदा त्यसले जनतामा निरासामात्र उत्पन्न गर्छ।


अर्को समाचार
आन्दोलनमा मानव अधिकार
३० चैत्र २०७२
•
८ मिनेट पाठ
आन्दोलनमा मानव अधिकार
ऐतिहासिक संविधान जारी भएको ६ महिना बितिसकेको छ । लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै असहमत पक्षहरुको विरोध र अवरोधका कारण संविधान कार्यान्वयनको लिकमा हिँड्न सकिरहेको छैन।संविधानको कार्यान्वयन पक्ष अझै शंकाको घेरामा छ । संविधान जारी गर्नेहरुका बीचमा पनि संविधानको आधारभूत तत्व र परिवर्तनका एजेन्डाप्रति पछिल्ला दिनहरुमा विमति देखिन थालेका छन् । धर्म निरपेक्षताप्रतिको ठूला दलका असहमतिका कुरा संघीय संरचनाप्रतिको असन्तुष्टि संविधान कार्यान्वयनका बाधक हुन सक्छन भने भारतीय स्वार्थ जोडिएको प्रदेशको सिमानाको मुद्दा मुख्य बाधक बनिरहेको छ ।




गर्भैदेखि लोकतान्त्रिक संविधान नचाहने जातीय–क्षेत्रीयवादीहरुको एक चरणको संविधान कार्यान्यवन हुन नदिने र यसलाई असफल बनाउने खेल अहिले स्थगित अवस्थामा छ । प्रजातान्त्रिक प्रक्रिया र मान्यताबाट जारी ९० प्रतिशतको मत प्राप्त संविधान ५ प्रतिशतको स्वार्थ शतप्रतिशत पूरा नहँुदा कार्यान्यवन हुन सकिरहेको छैन । नेपालीको चुलो निभाउनेदेखि मुलुकको उद्योगधन्दा चौपट बनाउनेसम्मको काम क्षेत्रीय जातीय पहिचानको संघर्षका नाममा भयो । मुलुक विखण्डनको संकेत मधेस आन्दोलनमा देखिएको थियो । किनकि मधेस स्वतन्त्र र छुट्टै राष्ट्र हुनुपर्ने अभियानमा हिँडेको सिके राउतहरुको मधेस आन्दोलनमा घुुसपैठ थियो । आन्दोलनकारीहरुबाट पनि दुई राष्ट्रियताको कुरा उठाइएकाले मधेस आन्दोलन शंकाको घेरामा पुगेको हो ।

संविधानप्रति असन्तुष्ट पक्षहरुको क्षेत्रीय आन्दोलनले कालोबजारी सञ्चालन र त्यसका धुपौरेहरु आर्थिकरूपमा मालामाल भए । संस्थागत भ्रष्टाचार भएका कारण जनता निरीह भएर बस्न बाध्य भए । हिंसात्मक मधेस आन्दोलनका बेला निश्चित समुदाय र क्षेत्रको अधिकारको संघर्षको नाममा गरिएका हतियार प्रदर्शनदेखि नाकाबन्दीसम्मका घटनाले पचासाँै नेपालीको ज्यान गुम्यो । सयौँ घाइते र हताहत भए । आन्दोलनकारी र राज्य पक्षको चेपुवामा परेका जनता अभाव नै अभाव, त्राही–त्राहीमा बस्नुप¥यो । स्वतन्त्रपूर्वक हिँड्न पाउने, जीविकोपार्जनका लागि व्यापार–व्यवसाय गर्न पाउने अधिकारबाट लाखौँ नेपाली वञ्चित हुनुप¥यो मधेस आन्दोलनका बेला । लाखौ बालबालिका पढ्न पाउने अधिकारबाट वञ्चित हुनुप¥यो । आन्दोलनकारीका केही माग पूरा भए होलान् । राज्य पक्षले सफलता हासिल गरेको महसुस गरेको हुन सक्छ तर आमनागरिकको मानव अधिकार उल्लंघनका मुद्दालाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउने प्रयत्न कहीँ कतैबाट भएन । हिंसात्मक बनेको मधेस आन्दोलनमा भएका मानवताविरुद्धको ज्यादतिलाई राजनीतिक दृष्टिले मात्र हेरियो । मानव अधिकार उल्लंघनका दृष्टिले हेरिएन ।

अधिकार प्राप्तिका लागि संघर्ष, आन्दोलन अनिवार्य भए तापनि संघर्षका मान्यता र सीमा हुने गर्छन् । जब आन्दोलन, संघर्षले सीमा र मान्यता उल्लंघन गर्छ, नियन्त्रण बाहिर जान्छ, त्यहीँबाटै मानव अधिकार उल्लंघनका घटना सुरु हुने गर्छ । मधेस आन्दोलनमा पनि बोली र व्यवहारमा फरक देखियो । शान्तिपूर्ण दाबी गरिएका आन्दोलनमा दिनहँुजसो लाठी जुलुस भए । सर्वसाधारणको घरदेखि सरकारी कार्यालय जनाउनु, घर÷घरमै गएर पार्किङ गरेर राखेका निजी सवारी साधन तोडफोड गर्नु, एम्बुलेन्सदेखि औषधि बोकेका सवारी साधनसमेत जलाउने काम भयो । नागरिकलाई स्वतन्त्रपूर्वक आवत–जावतमा रोक लगाइयो । जुन कार्य युध्दका बेला पनि गर्न पाइँदैन । आन्दोलनकारीबाट संघर्षका नियम र मान्यता प्रशस्तै उल्लंघन गरेको पाइयो । संविधानप्रति असन्तुष्ट पक्षहरुले गरेको मधेस आन्दोलन अघोषित सशस्त्र आन्दोलनकै रूप धारण गर्न पुग्यो । यसर्थ मधेस आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लघंनका दोषी राज्य पक्ष मात्र नभएर आन्दोलनको नेतृत्व गर्नेहरु पनि उत्तिकै जिम्मेवार छन् । तर कतैबाट पनि यो सवाल गम्भीरपूर्वक उठाइएन ।

मधेस आन्दोलन नाकाबन्दीसम्मको अवस्थामा पुग्नु मधेसी जनताको मात्र बाध्यता र चाहना नभएको तथ्य घटनाक्रमहरुले प्रष्ट भइसकेको छ । आन्दोलनको नेतृत्व गर्नेले नाकाबन्दी घोषणा गर्नुपूर्व नै नाकाबन्दी गराइयो । आन्दोलनकारीले नाका अवरोध हटाउने घोषणा गर्नुपूर्व नै नाका खुल्छ । भारतीय भूमिबाट सुरक्षाकर्मीमाथि आक्रमण र सीमापारि किनमेलमा जानेहरु लुटिनु सतहमा देखिएका प्रत्यक्ष हस्तक्षेप हो । आन्दोलनकारीको पक्षमा सहयोग गर्ने नौटङ्कीभित्र भारतीय स्वार्थ छर्लङ्ग भएको छ । त्यसकारण मधेस आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लघंनका घटनाहरुको जिम्मेवारी पनि मधेस आन्दोलनका वास्तविक डिजाइनर, पर्दापछाडिकै हर्ताकर्ताले लिनुपर्छ । विडम्बना, मधेस आन्दोलनमा भएका मानव अधिकार उल्लघंनको न्यायिक छानविन भने अझै हुन सकिरहेको छैन । उल्टै मानव अधिकार उल्लघंनमा प्रत्यक्ष सहयोग गर्ने पक्षबाटै नेपाल सरकारले मधेसी मूलका नागरिकको जघन्यरूपमा मानव अधिकार उल्लघंन गरेको आरोप अन्तर्राष्ट्रिय मञ्चहरुमार्फत लगाइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस