करिव २५ वर्षअघिको कुरा हो, बंगलादेशले नेपालबाट ढुंगा, गिट्टी लैजान लबिङ गर्यो। नेपालले सम्भाव्यता अध्ययन गर्यो र ठूलो परिमाणमा ढुंगा, गिट्टी निकासा गर्न सकिने निचोड निकाल्यो। खानी तथा भूगर्भ विभागले सन् १९८८ मा मुलुकभरका खोलानाला र खानीहरूको अध्ययन गर्यो।विभागको अध्ययन प्रतिवेदनअनुसार करिव ३७ करोड ७ लाख वर्ग मिटर ठूलाखाले ढुंगा, २१ करोड ४२ लाख मझौलाखाले ढुंगा र २२ करोड २९ लाख सानाखाले ढुंगा अर्थात् करिव ७३ करोड वर्ग मिटर निर्माण सामग्रीका रूपमा प्रयोग गर्न सकिने देखियो। बंगलादेश निर्यात गर्ने उद्देश्यले त्यो परिणामको हिसाव टिपरमा निकाल्ने हो भने ७३ लाख टिपर हुन आउँछ, एक टिपरमा १० क्युबिट मिटर निर्माण सामग्री अट्ने आधारमा। वैज्ञानिक अध्ययन गरेर निकासी गर्न सकिने परिमाण एकिन गरिए पनि नेपालका ढुंगा बंगलादेश निकासी हुन सकेनन्। त्यो अध्ययनपछि फेरि नेपालका ढुंगा, गिट्टी, बालुवा जुन खानीजन्य स्रोत मानिन्छ, त्यसको अध्ययन भएको छैन।
नेपालका खोला, पहाडबाट प्रत्येक वर्ष कति ढुंगा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री कति निस्कन्छ? कति निकाल्न सकिन्छ? यसै भन्न सकिन्न। कारण, प्राविधिक अध्ययन भएका छैनन्। खानी विभागले त्यस बेला गरेको अध्ययनका आधारमा प्रत्येक वर्ष त्यत्तिकै मात्रामा निर्माण सामग्री निकाल्न सकिन्छ भन्ने पनि होइन। प्रकृतिको कोखबाट निकालेर निर्माण सामग्री प्रयोग गर्न सकिने परिणाम वर्षेनि फरक हुन्छ। मनसुनी वर्षा, बाढी, पहिरोलगायतका कारणले त्यस्ता सामग्री प्रत्येक वर्ष एकै हुँदैन। फेरि फरकफरक क्षेत्रमा, फरकफरक खोला, नदीले उकास्ने निर्माण सामग्रीको मात्रा पनि फरक फरक हुन्छ।
खानी विभागले अध्ययन गरेको बेला नेपालमा पञ्चायती शासन व्यवस्था थियो। त्यसबेला निर्माण सामग्रीलाई खानीजन्य मानिन्थ्यो र त्यसको उत्खनन्सम्बन्धी जिम्मेवार निकाय खानी विभाग थियो। उद्योग मन्त्रालयअन्तर्गतको यो विभागसँग खानीजन्य सामग्रीको खोजबिन, उत्खनन् गर्ने जनशक्ति र विशेषज्ञता छ तर मुलुकमा राजनीतिक परिवर्तन भएर प्रजातन्त्र आएपछि खोलानालाको ढुंगा, गिट्टीको मालिक जिल्ला विकास समिति र अरनखट्न गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीको हातमा सुम्पिने काम गरिए। खोलानालाबाहेक ढुंगाखानीको लाइसेन्स दिने काम खानी विभागलाई छाडियो। अहिले ढुंगा, गिट्टी, बालुवा खानीको स्वीकृति दिने दुईटा निकाय छन्। खोलानालाको ढुंगाा, बालुवा जिल्ला विकास समितिले आफूखुसी आ–आफ्नो जिल्लाको गर्छन्। खोलाबाहेकका खानीको लाइसेन्स दिने काम खानी विभागले गर्छ।
के देखिन्छ भने प्राकृतिक स्रोत उत्खनन् गर्ने दई दशकअघिको नीतिगत व्यवस्था अहिले छताछुल्ल भएको छ। एक दशकयता स्रोतमाथिको दोहन उत्कर्षमा पुगेको छ। विशेष गरेर तराईका जिल्लामा पहाडबाट बगाएर खोलाले ल्याएका सामग्रीको लुट भएको छ। खानी मुलुकको मेरुदण्ड मानिन्छ। निर्माण सामग्री ढुंगा, गिट्टी र बालुवा पनि खानी हुन् तर हामीकहाँ जिल्लाको प्रशासनिक जिम्मेवारी प्रमुख दायित्व रहेका प्रमुख जिल्ला अघिकारीको संयोजकत्वको समिति मातहत ढुंगा, बालुवा खानी राखिएको छ। जिल्ला विकास समिति जोसँग ढुंगा, बालुवा जस्ता स्रोतको जानकारी राख्नेसम्मका प्राविधिक जनशक्ति हुँदैन, त्यसलाई त्यसको अरनखटन गर्ने जिम्मेवारी तोकिएको छ। कुन खोलाबाट कति परिमाणमा, कति गहिराईसम्म, ढुंगा, बालुवा निकाल्न सकिन्छ? त्यसको सामान्य जानकारी राख्न नसक्नेको हातमा मुलुकको स्रोत सुम्पिएको छ। ढुंगा, बालुवा स्रोत हुन कि उल्फाको धन? राजनीतिक आवरणमा माफियाको हातमा चलिरहेको ढुंगा, बालुवाको व्यापारमा खुट्याउन सम्भव छैन। सबैभन्दा विकराल चुनौती तराईको चुरे फेदीको स्रोतको व्यवस्थापनसँग कसरी गर्ने भन्ने हो। तराईका कतिपय जिल्लामा भइरहेको उत्खनन्ले भूसतहमै परिवर्तन ल्याउनेसम्मका काम भएका छन्। स्थानीय तहमा खानेपानी, बाढी, डुबानका समस्या देखिएका छन्। राजनीतिक संरक्षणमा बाहुबलमा चलेको ढुंगा, बालुवा खानीको अपार धन्दाको व्यवस्थापन गर्न आवश्यक छ। जसबाट वार्षिक अर्बौं कमाउन सकिन्छ र प्राकृतिक सन्तुलन पनि कायम गर्न सकिन्छ। मुलुको स्रोतमाथि आफूखुसी सीमित व्यक्तिले गर्ने ब्रह्मलुटको अन्त्य अहिलेको पहिलो आवश्यकता हो।
हामी ढुंगा, बालुवा जस्ता स्रोत लामो समय प्रयोग नगरी राख्न पनि सक्तैनौँ। प्रयोग नगरी राख्दा थप जटिलता उत्पन्न हुने हुन्छ। हिमालय क्षेत्र करिव २ हजार ४ सय किलोमिटर पूर्व पश्चिम फैलिएको छ। जसको ८ सय किलोमिटर नेपालमा पर्छ। यसको अग्रभाग जो तराईसँग जोडिएको छ, हिमालय कान्छो पहाड चुरे पर्वतमाला करिव ४ करोड वर्षअघि बनेको हो। यो पूरै जमिनसकेको बालुवा, माटो, साना, ठूला ढुंगाका परतले बनेको छ। जमिनसकेको चट्टान भएकाले यसको संरक्षण सहज छैन। नेपाल उत्तर दक्षिण औसत १२० किलोमीटर चौडा छ। यो छोटो दूरी समुन्द्र सतहबाट करिव करिव ३० मिटरको समतल भू–भागदेखि हिमालय क्षेत्र ८ हजार मिटर माथिसम्म उचो छ । यस अर्थमा हाम्रो मुलुक ज्यादै भिरालो छ। वर्षातमा छोटो समयमा अत्यधिक वर्षा हुने प्रक्रिया हाम्रो नियन्त्रणबाहिरको हो। भोगर्भिक, मौसमी कारणले चट्टानहरू फुट्ने, चर्कने हुन्छ भने छोटो समयमा हुने अत्यधिक वर्षा मनसुनले कमजोर क्षेत्रहरू भत्काउने, माटो पखाल्नेलगायतका प्रक्रिया र बाढी पहिरो काबुबाहिरका कुरा हुन्।
हिमाली, पहाडी क्षेत्र हुँदै चुरेबाट बग्ने खोलाहरूले वर्षामा ल्याएका माटो ढुंगा, तराईका फाँटमा पुगेर थुपार्छन् जुन मुलुकका निम्ति अथाह स्रोत हो, राम्रोसँग व्यवस्थापन गर्न सकेमा। जथाभावी निकाल्दा त्यसले प्रकृतिमा नै असर पुर्याउँछ भने त्यत्तिकै छाड्न सक्ने स्थितिमा पनि हामी छैनौँ। माथि पहाडबाट वर्षामा आएका ढुंगा, माटो बालुवा खोलाको सतहमा वर्षेनि थुप्रिँदैमात्र गयो भने खोलाको सतह उचालिन्छ, खोला गाउँ पस्छ। गाउँका मलिला खेत बालुवाले पुरिएर बालिनाली लगाउन नसकिने मरुभूमि बन्न जान्छन्। वर्षेनि खोलाले ल्याएको ढुंगा, बालुवा निकालिएन भने खोलाले आफ्नो् बाटो थुन्छ, त्यसपछि किनाराको मलिलो माटो काटेर अघि बढ्छ। त्यसैले ढुंगा, बालुवा प्राकृतिक स्रोत हुन्। त्यसको वैज्ञानिक व्यवस्थापनबाहेकको विकल्प छैन। हामीकहाँ अहिले बजारको आवश्यकताअनुसार भौतिक निर्माणका सामग्री अत्याधिक निकालिएका छन्। तीव्र भौतिक निर्माण भइरहेका क्षेत्रका खोला, पहाडबाट समेत ठूलो परिणाममा ढुंगा, बालुवा निकालिएको छ र अत्याधिक मात्रामा भारत निकासी पनि भइरहेको छ।
एक दशकअघिसम्म निर्माण सामग्रीको उच्च माग थिएन। भारतका बिहार र पश्चिम बंगालमा भइरहेको भौतिक निर्माण र नेपालमै तीव्र गतिमा भइरहेको सहरीकरणका कारण खोलाहरू बढीमात्रामा तहसनहस गरिएका छन्। खोलको सन्तुलन बिथोलिएको छ। के देखिन्छ भने जुन जुन खोलाबाट ठूलो परिणाममा ढुंगा, बालुवा निकालिएको छ, ती गहिरिएका छन्। जहाँबाट निकालिएका छैनन्, ती पुरिँदै गएका छन्। यी दुवै अतिबाट बच्न आवश्यक छ। भौतिक निर्माण कसरी भइरहेको छ त? एउटा तस्बिर– कोशी नदीले सात वर्षअघि पूवी तटबन्ध भत्काएर बग्दा सुनसरीको ३ हजार बिगाहा जमिन बालुवाले पुरिएको थियो। अहिले अधिकांश जमिनको बालुवा निकालिएको छ। बालुवाले पुरिएका जमिनमा खेतीपाती सुरु भएको छ। सुनसरी, मोरङ, झापा जिल्लामा सडक र भवन निर्माणमा तीन हजार बिगाहामा फैलिएको करिव तीन मिटर बाक्लो बालुवा प्रयोग भयो।
नेपाल र भारतमा भइरहेका भौतिक निर्माण, सहरीकरण रोक्न सकिन्न। ती निर्माणका लागि चाहिने निर्माण सामग्री प्रकृतिबाटै लिनुपर्ने हुन्छ। त्यसको प्रयोग दीर्घकालसम्मका लागि व्यवस्थित होस् र मुलुकले प्रशस्त आम्दानी पनि गर्न सकोस् भन्ने नीति मुलुकको हितमा छ। राष्ट्रिय आवश्यकता कति र कुन कुन क्षेत्रबाट कति परिमाणमा भारतलाई बेच्न सकिन्छ त्यसको लेखाजोखा वर्षेनि हुनुपर्छ। यसो गर्न अहिलेका जिविस सक्षम छैनन्। नयाँ नीतिगत व्यवस्था हुनुपर्छ। ढुंगा, बालुवा जिल्लाहरूको स्रोतमात्र होइन, ती राष्ट्रिय स्रोत हुन। स्रोतको उचित प्रयोग र व्यवस्थापन गर्ने जिम्मा भइरहेको खानी विभागलाई दिन सकिन्छ अथवा स्पष्ट नियम, कानुन बनाएर बेग्लै निकाय स्थापना गरेर जिम्मेवारी दिनु अहिलेको आवश्यकता हो। प्राविधिक ज्ञान, जनशक्ति र अधिकार सम्पन्न निकायलाई स्रोत व्यवस्थापनको जिम्मेवारी दियो भने त्यसबाट मुलुकले वर्षेनि अर्बौं कमाउन सक्छ। होइन, अहिलेकै परिपाटी राखिराख्ने हो भने ढुंगा, बालुवाको धन्दा उल्फाको धन शैलीमा माफियाहरूको हातमा रहिरहन्छ।