विभाजित मतादेशका जटिलताबाट दोस्रो संविधान सभासमेत अछुतो रहनसक्ने सम्भावना दिनानुदिन क्षिण हुँदै गइरहेको छ। चुनाव परिणामबारे तीन चार महिनापछिसम्म टिप्पणी भइरहनु स्वाभाविक लाग्दैन। तर, नेतृत्वको मधुमास सकिनुपर्ने बेलासम्म नेताले खुट्टासमेत टेक्न नपाउनु र गठबन्धनको सहवासको सुरुआत नै सम्बन्ध विच्छेदको धम्की र उच्छ्वासबाट थालिने प्रक्रियाले विजेताको तालिकाको पुनर्मूल्यांकन गर्न धेरैलाई बाध्य बनाएको हुनुपर्छ।निर्वाचन प्रयिक्रा, सञ्चालन एवं परिणाम घोषणाबारे जेजस्ता मतभिन्नता रहे पनि तथ्यांकका आधारमा एनेकपा (माओवादी)ले चुनाव हारेकै हो। प्रत्यक्ष्यतर्फ पहिलो संविधान सभाका तुलनामा १२.२७ प्रतिशत एवं समानुपातिक प्रतिनिधित्वमा १४.०७ प्रतिशत मतदाताको विश्वास गुमाउनु चानचुने धक्का होइन। मधेसवादीको चाहिँ उपस्थिति स्वात्तै घटेको भए पनि तिनको मत प्रतिशतमा खासै घटबढ भएको छैन। तिनको पराजय राजनीतिकभन्दा पनि प्राविधिक हो।
तुलनात्मकरूपमा नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता स्थापित संसद्वादी दलहरूको मताधार भने त्यस्तो चमत्कारीरूपमा बढेको छैन। प्रत्यक्षतर्फ कांग्रेसले ७ प्रतिशतभन्दा बढी मत पाएको भए पनि समानुपातिकतर्फको मताधारमा ५ प्रतिशतमात्र विस्तार भएको छ। एमालेको वृद्धि दर त झन् कांग्रेसको भन्दा पनि न्यून छ। तथ्यांकले झुटो बोल्दैन तर साँचो कुरा पनि आफैँ गर्न सत्तै्कन। अंकलाई अर्थले व्याख्या दिने हो। विभाजित मतादेशको सबैभन्दा बढी फाइदा स्वभावतः स्थायी सत्ताका संस्थापन शक्तिहरूले उठाउँछन्। अस्थिरताको निरन्तरताले राजनीतिक गतिशीलता रोकिन्छ। स्थायित्वका नाममा यथास्थितिको प्रभुत्व हुन्छ। सुशील कोइरालाका बाध्यताहरू उनका आफ्नामात्र नभएर परिवेशबाट उब्जिएका हुन्।
परिस्थिति प्रधान भएपछि निर्णय गौण हुन जान्छ। पात्रको भूमिकासमेत सीमित बन्न पुग्छ। अनि, त्यसपछि नीतिगत पक्षाघात सुरु हुन्छ। अब सुशील कोइरालाले राजनीतिक साझेदार एमालेलाई गृह मन्त्रालय सुम्पिने वा नसुम्पिने कुराले खासै अर्थ राख्दैन। स्थायी सत्ताका नजरमा उनी निरीह कार्यकारी प्रमुखका रूपमा देखिइसके। नेतृत्व प्रधान आम दलका तुलनामा संगठनको भूमिका प्रभावशाली रहने वाम दलहरू कार्यकर्ताले चलाउँछन्। प्रशासन संयन्त्रमा लगभग पूर्ण नियन्त्रण राखेको एमाले सम्बद्ध प्रशासकहरूले अब औपचारिक मन्त्री जो भए पनि अनौपचारिक निर्देशन बल्खु दरबारको कार्यान्वयन गर्नेछन्। गृह मन्त्री त विजय गच्छेदार पनि भएकै हुन्। उनले आफ्ना अनुभवहरू बाँड्ने हो भने नेपालको स्थायी सत्ताभित्र प्रभाव विस्तारका लागि कांग्रेस र एमालेबीच चलिरहेको द्वन्द्व बुझ्न केही सजिलो हुनसक्छ।
परिस्थिति निर्णायक हुने भए पनि पात्रको उपयुक्तताले समेत स्थिति व्यवस्थापनमा केही न केही प्रभाव चाहिँ पार्ने गर्छ। वसन्त विद्रोहपछिको अपेक्षाकृत सहज अवतरण तत्कालीन नेतृत्व पंक्तिको प्रमुख व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक परिपक्वताले गर्दा सम्भव भएको हो। सैन्य नियन्त्रणमा नागरिक सर्वोच्चताको सिद्धान्त स्थापित गर्न असफल भएपछि पुष्पकमल दाहालले पद त्याग गरेर सम्भाव्य सत्तापलट रोकेका हुन्। तत्कालीन अवस्थामा अराजक देखिएको भए पनि उग्र समर्थकहरूको आक्रोश मत्थर गर्न माओवादी विरोध प्रदर्शनका अपेक्षाकृत सहज व्यवस्थामा अध्यक्ष दाहालले निर्वाह गरेको भूमिकालाई कम आकलन गर्न मिल्दैन।
माधवकुमार नेपाल र झलनाथ खनालका बीचमा प्रतिस्पर्धा रहेको भए पनि ती दुवै जना स्थायी सत्ताका प्रतिनिधि पात्रमात्र थिए। नेतृत्व गर्ने पद र हैसियत पाए पनि आफ्नो क्षमता उपयोग गर्ने अवसरबाट ती वञ्चित नै रहे। कतिलाई अप्रिय लागे पनि र कारण जटिल भएको भए पनि यथार्थ के हो भने राजनीतिक व्यवस्थापनमा सबैभन्दा कमजोर चाहिँ बाबुराम भट्टराई ठहरिए। उनको असफलताले गर्दा नेपालको राजनीतिमा स्थायी सत्ताको पुनः पूर्ण प्रभुत्व कायम भयो।
सुशील कोइरालाको हविगत पनि बाबुराम भट्टराईजस्तै हुने हो भने स्थायी सत्ताले आफ्नो नियन्त्रणलाई संस्थागत गर्न बल पाउनेछ। र, राज्य एवं समाज रूपान्तरणका प्रयासहरू पुनः पछाडि पर्नेछन्।
प्रभावहीन नेतृत्व
नेतृत्वको किसिम र शैलीबारे धेरै अध्ययन भएका छन्। राजनीतिक शक्तिको प्रभावशाली प्रयोगको वर्गीकरण भने अझै पनि जर्मन समाजशास्त्री म्याक्स वबरकै (सन् १८६४ — १९२०) बेजोड मानिन्छ। उनको आकलनमा आधिकारिकता मूलतः ३ किसिमले मात्र प्राप्त हुनसक्छ। परम्परा आधिकारिकताको सबैभन्दा प्रभावशाली स्रोत हो। तार्किक—सांगठनिक शक्तिबाट पनि नेतृत्वको वैधानिकता स्थापित गर्न सकिन्छ। र, चमत्कारपूर्ण व्यक्तित्वको नेतृत्वको वैधानिकता खोजिराख्नु पर्दैन। त्यस्तो नेतृत्वको आधिकारिकता स्वतः स्थापित हुन्छ।
राजाको परम्परागत शक्ति निर्वाचित राज्य प्रमुखमा स्वतः सरेको भ्रममा अल्भि्कएका राष्ट्रपति रामवरण यादव सम्भवतः त्यही आधिकारिकताका आधारमा कार्यपालिका प्रमुखलाई लिखित निर्देशन दिन तम्सिए। संसदीय परम्परालाई यसभन्दा पहिले पनि राष्ट्रपति कार्यालयले पटक पटक प्रहार गरेकै हो। यस प्रकार राष्ट्रपति कार्यालय स्थायित्वको संस्थाभन्दा पनि राजनीतिक अस्थिरता निम्त्याउने शक्तिका रूपमा रूपान्तरित हुनुले नेपाली राज्य समाजमा व्याप्त परम्पराको पकडलाई उजागर गर्छ। राष्ट्रपति यादव नयाँ ‘राजा’ हुन् भन्ने भ्रमलाई निरन्तरता दिन चाहने धार्मिक, सांस्कृतिक एवं सैनिक खेलाडीको कुनै कमी छैन।
नेपालको न्याय क्षेत्र सर्वोच्च अदालतबाट निर्देशित हुन्छ। बार र बेन्चबीचको द्वन्द्वले गर्दा दुवैको सार्वजनिक छवि धमिलो भएको छ। अदालतको नेतृत्व पनि मूलतः पारम्परिक आधिकारिकतामै आधारित छ। यही कुरा विधायिकाको नेतृत्वका हकमा पनि लागु हुन्छ। निर्विरोध सांगठनिक समर्थन पाएका भए पनि संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको व्यक्तित्व न त तार्किकरूपमा प्रभावकारी देखिएको छ न चमत्कारीरूपमा प्रेरणादायी नै। चौथोपटक विधायिकाको नेतृत्वमा पुग्ने उनको ‘चमत्कार ’ आफैँमा परम्पराको निरन्तरताको प्रमाणमात्र हो।
कार्यपालिका प्रमुख सुशील कोइरालासमेत ‘बिरासत’ राजनीतिको ध्वजावाहक रहँदै आएका हुन्। संविधान सभामा उनको दलको स्पष्ट बहुमत छैन। दलभित्रै पनि उनका समर्थकले मूलतः राजनीतिक नाफा नोक्सानको जोडघटाउका आधारमा उनलाई पछ्याएका हुन्। अवसरको पर्खाइमा रहेकाहरूले जुनसुकै बेला पनि खेमा बदल्न सक्छन्। कोइरालाको व्यक्तित्व चमत्कारपूर्ण छैन भन्ने दाबी स्थापित गर्न कुनै प्रमाण चाहिँदैन। तार्किक एवं सांगठनिक दृष्टिबाट पनि उनी बढीमा तत्कालका लागि अगाडि देखिएका हुन्। गुट र खेमाभन्दा माथि उठ्न नसक्ने नेता अन्ततः आफ्नै ‘भोजन मण्डल’ एवं ‘भजन मण्डली’का घेरामा सीमित हुन पुग्छन् भन्ने यथार्थका प्रतिनिधि पात्र कोइरालाका प्रतिस्पर्धी शेरबहादुर देउवा हुन्।
राज्य प्रमुखदेखि न्यायपालिका एवं विधायिका हुँदै कार्यपालिका प्रमुखसम्मको शक्ति र प्रभावको स्रोत मूलतः परम्परामात्र रहनु उत्साहबर्धक अवस्था होइन। राजनीतिक संक्रमण छोट्याउन जोखिमपूर्ण निर्णय लिनुपर्ने हुन्छ। चमत्कारपूर्ण व्यक्तित्वले अपेक्षाकृत साहसिलो निर्णय गर्न सक्छ। तार्किक एवं परम्परागत आधिकारिकताले राजनीतिक व्यवस्थापन गर्न सघाउँछ। परम्परागत वैधानिकताको मूल समस्या के हो भने त्यसभित्र शंका एवं प्रश्नका लागि कुनै ठाउँ हुँदैन। जुन कुरालाई अहिले सुशील कोइरालाको नेतृत्व गुण एवं अडानका रूपमा बखान गरिँदैछ त्यो यथार्थमा परम्परागत नेतृत्वको अन्तर्निहित चरित्र हो। पारम्पारिक आधिकारिकतामा भर पर्ने नेतृत्वले सहजै सम्झौता गर्न सत्तै्कन। अनुबन्धलाई आत्मसमर्पणका रूपमा समेत अर्थ्याउन सकिने हुँदा कमजोर समर्थन आधार भएका राजनीतिकर्मीहरूले नीतिगत सिर्जनात्मकता एवं दिशानिर्देश गर्न सत्तै्कनन्।
सुशील कोइरालालाई शंकाको सुविधा दिइनुपर्छ भन्ने धारणा भने नितान्त व्यावहारिक हो। स्पष्ट नभए पनि उल्लेख्य मतादेश कांग्रेसले कोइरालाकै नेतृत्व एवं व्यवस्थापनमा प्राप्त गरेको हो। नेतृत्वको उपयुक्तता मूलतः व्यक्तिको पात्रता, योग्यता, क्षमता एवं सम्भावनाका आधारमा निर्धारण गर्ने गरिन्छ। निष्ठा, त्याग एवं संघर्षको पृष्ठभूमि हेर्दा कोइरालाको पात्रताका शंका गर्नुपर्ने कुनै कारण देखिँदैन। औपचारिक शिक्षा, स्वाध्ययन एवं लेखनजस्ता गुण अज्ञात रहे पनि कोइरालाले गुरु शिष्य परम्पराअनुसार उल्लेख्य राजनीतिक योग्यता हासिल गरेको हुनुपर्छ। तर, सिकाइबाट पाइने ज्ञानको सबल पक्ष धेरै रहे पनि त्यसको मुख्य कमजोरी भने आधुनिकताको अभावका रूपमा देखापर्छ। कोइरालाको क्षमता परीक्षण हुन बाँकी छ। राज्य सञ्चालनमा कहिल्यै कुनै भूमिका निर्वाह नगरेकाले शासन प्रशासनबारे उनको समझ सार्वजनिक भएको छैन।
वयले सत्तरी नाघेका राजनीतिकर्मीमा सम्भावनाको खोजी उपयुक्त हुँदैन। कोइराला जे छन् उनी त्यत्तिकै लागि महत्वपूर्ण छन्। यसप्रकार उपयुक्त पात्रता, अस्पष्ट योग्यता, सिद्ध हुन बाँकी क्षमता एवं शिथिल सम्भावना हुँदाहुँदै पनि सरकार प्रमुखमा निर्वाचित कोइरालाले पाउनसक्ने जम्माजम्मी लाभ भनेको शंकाको सुविधामात्रै हो। त्यति कुरा मनन गर्ने हो भने विद्यमान राजनीतिक गतिहीनता अस्वाभाविक लाग्दैन। तीतो लागे पनि यथार्थ स्वीकार गरिनुपर्छ : पूर्व प्रशासकको बिदावारी भइसके पनि साँचोको झुप्पा भने अझै स्थायी सत्ताकै हातमा छ। राजनीतिक व्यवथापन पनि आउँदा दिनमा तिनकै स्वार्थअनुसार हुनेछ। सफलता हात लाग्यो भने जस लिने पात्रहरू अन्तरिम चुनावी मन्त्रिपरिषद् वा निर्वाचन आयोगजस्तै अन्य कुनै देखिनेछन्। नियन्त्रित अस्थिरताको प्रयोग असफल भयो भने सुशील कोइरालालाई अर्को पुष्पकमल दाहाल बनाइने पक्का छ।
व्यवस्थापकीय चुनौती
सत्ताको सिक्का चित पल्टिए कांग्रेस हार्ने र पट उघि्रए एमाले जित्ने गठबन्धनको नेतृत्व गर्न बाध्य बनाइएका कोइरालाका थुप्रै सीमितता हुँदाहुँदै पनि उनको असफलताको कल्पना गर्नसमेत अत्यास लाग्ने अवस्था छ। कांग्रेसभित्र वैकल्पिक नेतृत्व उदाउन सकेको छैन। शेरबहादुर देउवा भूत हुन् भविष्य हैनन्। रामचन्द्र पौडेल असल राजनीतिकर्मी भए पनि सम्भावनायुक्त प्रणेता बन्न सकेका छैनन्। कोइरालापछि सरकारको नेतृत्व एमालेका जानसक्छ। त्यसपछि परिवर्तनका सबै सपना समाप्त भर यथास्थितिका सांग्लाहरू अझ कसिने परिस्थिति उत्पन्न हुनसक्छ। बिनासर्त समर्थन दिएर भए पनि सुशील कोइरालाको नेतृत्वलाई आत्मबल प्रदान गर्ने अप्रिय जोखिम एनेकपा (माओवादी) तथा मधेसवादी दलले लिनैपर्ने देखिन्छ।
सरकारको निरन्तरताका एमाले र राप्रपा—नेपालबाहेकका दलहरूको समर्थन कांग्रेसका लागि पर्याप्त भए पनि संविधान बनाउन बल्खु दरबारले सहजै व्यवधान खडा गर्नसक्छ। सरकारमा जान पाएन भने एमालेले संविधान बन्न दिनेछैन भन्ने त स्वतः स्पष्ट छ। त्यसैले यो वा ऊ मन्त्रालयको अत्तो थापेर कोइराला सरकारलाई निरीह बनाइराख्नुपर्ने कुनै आवश्यकता छैन। कुनै व्यक्तिप्रति पूर्वाग्रही हुनु बेग्लै कुरा हो तर सरकारको साझेदारको हकदाबीलाई तिरस्कार गर्ने हैसियत परम्परागत आधिकारिकतामा चल्ने नेतृत्वसँग हुँदैन। गृह होस् वा अरू कुनै एकमात्र उपप्रधानमन्त्रीका हैसियतमा खड्गप्रसाद ओली कोइराला मन्त्रिपरिषमा सामेल हुने हो भने राजनीतिक व्यवस्थापन केही सहज हुनसक्ने थियो।
व्यवस्थापकीय चुनौतीको अर्को आयाम जनअपेक्षाको यथार्थीकरणसँग सम्बद्ध हुन्छ। हो हल्ला जतिसुकै गरे पनि दोस्रो संविधान सभाको अंकगणित हेर्दा क्रान्तिकारी त के आमूल परिवर्तनको दस्तावेजसमेत उत्पादन गर्नसक्ने सम्भावना साह्रै कम देखिन्छ। अन्तरिम संविधानमा लिपिबद्ध भइसकेका उपलब्धिहरूमात्र पनि संस्थागत गर्न सकियो भने संविधान सभा सफल ठहरिने अवस्था रहेको परिस्थितिमा जनआक्रोश मत्थर गर्न राजनीतिकर्मीहरू क्रियाशील हुनुपर्ने छ। प्रत्येक पुस्ताले आआफ्ना आकांक्षा सम्बोधनका लागि आफैँ संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य दोस्रो संविधान सभाले दिने मूल कानुनले गर्नसक्ने सम्भावना लगभग छैन भने पनि हुन्छ। बन्ने भनेको एक थान संविधान हो र त्यो वर्ष दिनभित्र सम्भव पनि छ। विद्यमान अन्योल हटाउने उपाय त्यसबाहेक अरू देखिँदैन।
नेपालमा नेतै भएन भन्ने तीतो बेलाकुबेला पोखिने गर्छ। त्यस्तो मध्यमवर्गीय दुःखमनाउ गर्नेहरूको मापदण्ड नेल्सन मन्डेलाबाट अब अरविन्द केजरीवालमा झरेको छ। चमत्कारी व्यक्तित्वको प्रतीक्षाबाट व्यावहारिक नेतृत्व स्वीकार गर्ने अवस्थामा पुग्नुलाई राजनीतिक यथार्थ अंगीकार गर्ने मानसिकता तयार हुँदैगएको प्रमाणका रूपमा लिनुपर्छ। सम्भवतः सुशील कोइराला नेतृत्वको सबैभन्दा महत्वपूर्ण पुँजी नै के हो भने उनको कार्यकालबाट कसैलाई कुनै अपेक्षा छैन। केही पनि मेट्नु नपर्ने सादा पाटीमा लेख्ने अवसर कमैमात्र कार्यकारी प्रमुखले पाउँछन्।
निर्वाचन परिणाम घोषणा भएको मितिदेखि गणना गर्ने हो भने संविधान सभाको सबैभन्दा ठूलो दलको अध्यक्षको राष्ट्रिय नेताका रूपमा उदय हुनुपर्ने परीक्षणकाल लगभग समाप्त भएको छ। कोइराला भने अझै उभिनका लागि लठ्ठी नै खोज्दैछन्। संविधान सभाको बैठक सुरु हुनुभन्दा केही दिन अगाडि एक जना प्रभावशाली भारतीय पर्यवेक्षकले अनौपचारिक कुराकानीमा प्रश्न गरेका थिए — ‘ सुशील कोइराला प्रधानमन्त्री त हुन्छन्। तर, के उनले सरकार चलाउन सक्लान्?’ नेपालीहरूको अपेक्षा त त्यसभन्दा पनि कम छ। प्रशासकहरूका हातबाट बल्लतल्ल फुत्किएको नेतृत्व ग्रहण गरेको कार्यपालिका प्रमुखले ‘सरकार’ चलाउन नसके पनि कमसेकम आफैँ ‘चल्न’लाई धेरै ढिलो गर्नु हुँदैन। निराशा नियन्त्रण भएन भने हतासा फैलिन पुग्छ।