नेपाली कांग्रेसको संसदीय दलको नेता छान्ने क्रममा चर्केको विवादले नै पछिल्ला दिन सहज नहुने शंका धेरैले गरिसकेका थिए। नेकपा (एमाले) संसदीय दलको निर्वाचनले त्यही सन्देहलाई अझ बलियो बनाइदियो।सुशील कोइरालाको नेतृत्वमा पार्टीलाई जनताले विश्वास गरेकाले उनलाई नै खुरुक्क संसदीय दलका नेता बनाएको भए सायद पछिल्ला विसंगतिका लागि एमालेलाई दोष दिन मिल्थ्यो। अब त एमालेलाई कांग्रेसले दोष दिने ठाउँ पनि रहेन। अहिले त कोइराला प्रधानमन्त्री हुने सम्भावना चुनाव परिणाम घोषणा भएलगत्तै जति पनि देखिएको छैन। एमाले स्थायी समितिले वर्ष दिनपछि संविधान नबने पनि राष्ट्रपतिको चुनाव गर्ने सर्तमा कांग्रेस नेतृत्वको सरकारमा सामेल हुने निर्णय गरेकाले कोइराला सोमबारै प्रधानमन्त्री हुन पनि सक्लान्। तर, यसरी भएको सहमतिले सरकार दिगो हुँदैन। राजनीतिक स्थिरता पनि हुँदैन।
अहिले सत्ताको 'मोलतोल’मा राष्ट्रपतिको पदावधिलाई विवादमा ल्याउनु संविधान बनाउन नदिने षड्यन्त्रको गोटी हुनु नै हो। सबैलाई थाहा छ, डा. रामवरण यादव विखण्डनकारीकोे स्वार्थका लागि उपयोगी भएनन्। विशेषगरी राष्ट्रिय एकताका पक्षमा राष्ट्रपति यादवले देखाएको झुकाव विखण्डनका योजनाकारलाई मन नपर्नु अस्वाभाविक पनि होइन। 'टोपी लगाउने मधेसी’को सेखी अहिल्यै झार्न सके अरूले उनको सिको गर्ने आँट गर्नेछैनन्। यसैले उनलाई हटाएरै छाड्ने योजना कतै अन्तै बनेको पनि हुनसक्छ। संविधानको प्रावधान वा सर्वोच्च अदालतको निर्णय भर्सेलैमा जाऊन्!
सरकार बनाउन राष्ट्रपतिको पदावधिबारे असंवैधानिक सम्झौता गर्नु राजनीतिक बेइमानी नै हो। यसरी अनैतिक राजनीति सुरु गरेपछि त्यसको परिणाम शुभ हुन सत्तै्कन। अब कुनै न कुनै निहुँमा विभिन्न नामका आन्दोलन थालिनेछन्। कर्मचारी, शिक्षक, संस्थानका जागिरेलगायत स्थायी आन्दोलनकारी त छँदैछन् अस्थिरता बढाउन अरू पनि समूह र संगठन अगाडि सर्नेछन्। सारिनेछन्। आन्दोलनबाटै संविधान निर्माणलाई ओझेलमा पारिनेछ। संविधान सभाबाहिर समाधान खोज्ने क्रममा फेरि अर्को दिल्ली सम्झौता गर्नुपर्ने हुनसक्छ। त्यस्तो सम्झौता देशभित्रै गरिए पनि त्यसको अक्षर र भावनामा दिल्ली प्रतिविम्बित हुनेछ। दुर्भाग्य, एमालेका नेताहरूको अहिलेको जिद्दी र सत्ता मोहले त्यस्तो परिस्थिति उत्पन्न गराउने जोखिम बढेको छ। हुनत, बाह्र बुँदे समझदारीका नाममा दोस्रो 'दिल्ली सम्झौता’ गर्ने नेताहरूले माओवादी हिंसाको उकुच निको पार्न समझदारीको 'एन्टिबायोटिक’ प्रयोग गरेको ठानेका थिए होलान्। तर, त्यो एन्टिबायोटिकको प्रतिप्रभाव (साइड इफेक्ट) धान्न अहिले मुलुकलाई धौ धौ भएको छ।
नेपालको अन्तरिम संविधान, २०६३ जारी हुनेबित्तिकै त्यसलाई जलाइयो। संविधान जलाउनु त्यही संविधानअनुसार पनि अपराध थिएन तर केही मधेसी नेतालाई सरकारले पत्रे्कर थुन्यो। मधेसमा त्यसका विरुद्ध आन्दोलन सुरु भयो। आन्दोलनका क्रममा माघ ५ गते सिराहामा एक जना किशोर रमेश महतो माओवादी कार्यकर्ताको गोलीबाट मारिए। ती युवकको शवसमेत माओवादीले आधारातमा लुटेर लगे। त्यसपछि आन्दोलन झन् चर्क्यो। मधेस आन्दोलनले निकै भयावहरूप लिने जोखिम बढ्दै गयो।
त्यतिबेला हामी केही साथीहरूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर मधेस आन्दोलनमा सरकारको नीति गलत भयो र आन्दोलनकारीसँग तत्काल वार्ता गर्नुपर्छ भन्ने सुझाव दिएका थियौँ। डा. बालगोपाल वैद्य, सुदीप पाठकलगायतका महानुभाव त्यस टोलीमा थिए। गिरिजाबाबुले भने वार्ताका लागि अनिच्छा प्रकट गरेर हामीलाई निराश बनाइदिए। तर मधेस आन्दोलन चर्केपछि वार्तामात्रै हैन पूरै झुकेर सम्झौता भयो। सम्झौता हुनु नराम्रो थिएन तर त्यसपछि सिंगो तराईमा पहाडी मूलका नेपालीविरुद्ध चर्को घृणा फैलाइयो। अनगिन्ती नेपालीले पुस्तौँदेखि बस्दै आएको थातथलो छाड्नु पर्यो। यसको पीडा कति पुस्ताले कहिलेसम्म भोग्नुपर्ने हो अहिले अनुमान पनि लगाउन सकिँदैन। यो प्रसंग उल्लेख गर्नुको कारण मामुली देखिने घटनाको कति दूरगामी प्रभाव पर्नसक्छ भन्ने सम्झाउनु नै हो।
प्रधानमन्त्री पाउनका लागि राष्ट्रपति हटाउन कांग्रेस तयार भएपछि एमालेका अरू सर्त थपिँदै जानेछन्। राष्ट्रपतिको निर्वाचन त एउटा निहुँमात्रै हो। नेपाली जनताले अपेक्षाकृत स्थिरताको पक्षमा मतदान गरेको नरुचाउनेले निर्देशन गरेको नाटकमा एमालेका नेताहरू अहिले पात्र हुन पुगेका मात्र हुन्। एमालेका निमित्त नायकहरू अगाडि नसरेका भए कांग्रेसबाटै खलपात्र प्रकट हुन्थे। त्यसो त, एमाले संसदीय दलमा वामदेव गौतम निर्णायक भएपछि यस्तो स्थिति उत्पन्न हुनु अपेक्षित नै थियो। वामदेव व्यक्तिभन्दा पनि नेपालको राजनीति र शासनमा देखापरेको 'महत्वाकांक्षाबाट निर्देशित’ (सेक्सपियरको नाटक म्याकवेथका नायकलाई सम्झाउने) एउटा प्रवृत्तिको नाम हो। वामदेवहरू कांग्रेसमा पनि बग्रेल्ती नै छन्। गौतमलाई मनाउनैका लागि माधवकुमार नेपालले २०५१ सालमा विधानमा नभएको 'उपमहासचिव’ पद सिर्जना गरेका थिए। तिनै गौतमलाई सरकारको नेतृत्व गराउँदा एमालेले सम्भवतः पार्टीको जीवनमै सबैभन्दा धेरै कलंक भोग्नु परेको थियो। तैपनि, उनको चित्त बुझेन र पार्टी नै फुटाए। यो प्रवृत्ति राजनीतिको वनमारा झार हो। बेलैमा उखेलेर नफाले वनै मासिदिन्छ। कांग्रेस राष्ट्रपतिको चुनावका लागि तयार हुनेबित्तिकै सुरु हुनेे पदका लागि सिद्धान्तसँग सम्झौता गर्ने अभ्यास कहाँ पुगेर टुंगिन्छ भन्न सकिँदैन। सरकार निर्माण गर्दा कति सम्झौता गर्ने? अर्थ र गृह मन्त्रालय नै चाहिन्छ भन्नुको अर्थ ठाडै भ्रष्टाचार गर्ने ठाउँ चाहियो भनेको न हो। त्यस्तै मौका कांग्रेसका लागि पनि चाहिएला। कांग्रेसमा पनि दुवै गुटकालाई चाहिएला। अनि त्यो हानथापमा सुशील कोइरालाको अहिलेसम्मको 'स्वच्छ’ छवि पनि समाप्त हुन्छ। कोइरालाको अवस्था मरुभूमिको उँटलाई नाक लुकाउने ठाउँ दिँदा पालबाटै बाहिर निस्कन विवश मालिकको जस्तै हुनेछ। अहिले पदमा जानैका लागि एमालेका गलत सर्तहरू स्वीकार नगरे कांग्रेसभित्रका वामदेवहरूसँग पनि कोइरालाले सम्झौता गर्नुपर्ने छैन। त्यसले बरु मुलुकको राजनीतिलाई स्वच्छ बनाउन सहयोग पुग्नेछ।
सत्ता राजनीतिमा सन्तुलन र सम्झौता अस्वाभाविक होइन। सुशील कोइरालाले पनि आफ्नै पार्टीभित्र र अरू दलसँग पनि सम्झौता गर्नु अपराध हैन। तर, त्यस्तो सम्झौताले राष्ट्रलाई नै अप्ठेरोमा पार्यो भने दोषी त कोइराला नै ठहरिनेछन्। विधिको शासनप्रति प्रतिबद्ध हुने हो भने योग्य व्यक्तिलाई उपयुक्त मन्त्रालय दिन सबै तयार हुनुपर्छ। प्रधानमन्त्रीको विवेकमा विश्वास गर्न नसक्ने हो भने साझा सरकार बेइमानहरूको भागबन्डामात्र सिद्ध हुनेछ। विगतमा पनि यस्तो देखिएकै हो।
पहिलो संविधान सभा निर्वाचनको परिणाम अस्थिरता बढाउनेलाई सजिलो हुने प्रकारको थियो। तै पनि राजनीतिक दलका नेताहरूले 'लोकतन्त्र र राष्ट्रियता’लाई अभीष्ट ठानेका भए संविधानै बन्न सक्थ्यो। नेपालमा स्थिरता नचाहनेहरूले खेल्नसम्म खेले तर तिनको पनि चाहना चाहिँ पूरा भएन। संविधान सभाकै लागि दोस्रो चुनाव भयो। पछिल्लो निर्वाचनमा व्यक्त जनादेश स्थिरताको पक्षमा थियो। जनादेश स्वीकार गरेर राजनीतिक दलहरूले स्थिरता कायम गर्ने र त्यसले लोकतन्त्र र राष्ट्रियता जोगाउने आशा पलाएको थियो। तर, राजनीतिक दलका नेताहरूले फेरि पुरानै रोग र राग दोहोर्याए। लाग्छ, अब फेरि अर्को दिल्ली सम्झौता नेपालीको नियतिमा छ। प्रत्येक सम्झौतामा हामीले पाएजस्तो लाग्ने गरेर गुमाउँदै गएका छौँ।
ओली—वामदेव नेतृत्वको एमालेबाट लोकतन्त्र, राष्ट्रियता, स्थिरताजस्ता अमूर्त विषयका पक्षमा समझदारी वा त्यागको अपेक्षा गर्नु मूर्खता हुन्छ। कांग्रेसमा पनि सुशील कोइरालाको परीक्षण हुन बाँकी छ। अरूबाट बृहत्तर राष्ट्रिय हितका लागि निजी र गुटगत स्वार्थ त्याग गर्ने अपेक्षा राख्नु अतीत बिर्सनुमात्रै हो। एनेकपा (माओवादी) भन्ने दल लोकतन्त्रप्रति प्रतिबद्ध र राजनीतिकरूपमा परिपक्व भएको भए त्यसले 'सरकारमा नगए पनि हामी कांग्रेसलाई बाहिरबाट समर्थन गर्छौँ’ भन्ने घोषणा गरेर अहिले सायद एमालेलाई तह लगाउने र कांग्रेसलाई बाटो देखाउने उपाय अपनाउन सक्थ्यो। तर, पुष्पकमल दाहालले त्यसो गर्न खोजे भने पनि बाबुराम भट्टराईले हुन दिनेछैनन्। यति नै बेला एसडी मुनिहरूलाई नेपालका राजनीतिक दलहरूभित्र 'लोकतन्त्र’को मोह जो बढेर गएको छ। नेपाली नेताहरूलाई कुनै मुलुकको 'एजेन्ट’ भन्नु अन्याय हुन्छ। उनीहरू त हनुमान भक्तमात्र हुन्। भक्तका पनि भक्त अर्थात् एजेन्टको एजेन्ट। यिनले आफू प्रयोग भएको थाहै नपाएको हुन पनि सक्छ। अथवा, उनीहरू अरूले चाहिँ थाहा पाएका छैनन् भन्ने भ्रममा परेका पनि छन्। तर, जति नै लुकाए पनि लुके पनि सत्य जनतासामु ढिलोचाँडो प्रकट भइहाल्दो रहेछ।
सायद, नियति सुशील कोइरालालाई नै त्याग देखाउने मौका दिन चाहन्थ्यो। संविधान नबन्दासम्म राष्ट्रपति हटाउनु उचित हुँदैन। त्यसो गरियो भने संविधान बन्न नदिनेहरूले मौका छोप्नेछन्। संविधान बनाउन नसके राष्ट्रियतासमेत संकटमा पर्छ। त्यसको दोष बोक्नुभन्दा कोइरालाले प्रधानमन्त्री पदको लोभ नगर्नु नै देश र लोकतन्त्रको हितमा हुनेछ। हुनत, नेताहरूको बुद्धि र नियत नबिग्रै संविधान सभाले बेलैमा सही अर्थको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएर स्थिरता र उन्नतिको बाटो खोल्न पनि सक्छ। त्यसो भयो भने मुलुकलाई जोगाएको जस पनि यिनै नेताले पाउनेछन्।
र अन्त्यमा
एमाले संसदीय दलका नेता केपी ओलीले संसद्मा भने रे — यो संविधान सभाले राष्ट्रपति चिन्दैन। राप्रपा नेपाल संसदीय दलका नेता कमल थापाले टि्वट गरेका छन् — 'ताजा जनादेशको सम्मान राष्ट्रपति छनोटमा मात्र हैन संविधान निर्माणका सबै विषयहरूमा हुनुपर्छ। नयाँ जनादेशअनुरूप सबै विषयमा बहस गर्न पाउनुपर्छ।’ अर्थात्, कुरो बिस्तारै मिल्दैछ।