संविधान सभाको निर्वाचन प्रक्रिया सम्पन्न भएको दुई महिना नाघिसक्यो। विधायिका/संसद्ले पूर्णता भने मन्त्रिपरिषद्बाट २६ सभासद् मनोनयन गरेपछि मात्र प्राप्त गर्नेछ। प्रतिनिधित्वको निर्धारण शासकीय व्यवस्थाअन्तर्गतको राजनीतिक दायित्व हो।त्यसैले मन्त्रिपरिषद्को समेत कार्यभार ग्रहण गरेको अन्तरिम चुनावी सरकारले त्यो जिम्मेवारी निर्वाह गर्न सत्तै्कन। संविधान सभाले जीवन्तता प्राप्त गर्न त्यसकारण राजनीतिक सरकारको गठन अत्यावश्यक बन्न पुगेको हो। राजनीतिक दलहरू भने अझै पनि आन्तरिक अन्तर्द्वन्द्वको व्यवस्थापन एवं नेतृत्व छनोटकै चरणमा छन्।
बहुमतीय सरकार निर्माण अपरिहार्य बन्न पुगेपछि अर्को साताको आरम्भसँगै सरकार प्रमुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ। सत्र पटकसम्म प्रतिस्पर्धा गर्दासमेत नेतृत्व चयन नभएको पहिलो संविधान सभाको अनुभव हेर्ने हो भने यस पटकको निर्वाचन परिणाम बारेमा पनि ढुक्क भएर बस्ने स्थिति छैन। रात रहे अग्राख पलाए। उटलफेर त नेपाली राजनीतिको नियमित आकस्मिकता नै हो। कुन बेला, कसरी र कस्को भाग्य चम्किने हो भन्न त यसै पनि गाह्रै हुन्छ। नेपाली राजनीतिमा त झन् रातारात समीकरण फेरिने गर्छ। अचम्म के भने अबको प्रधानमन्त्री को हुने भन्नेमा सक्रिय राजनीतिमा लागेका व्यक्तिबाहेक सामान्य जनलाई कुनै चासो छैन।
राज्यप्रति सामान्य जनको उदासीनता केही असहज देखिए पनि सर्वथा अनौठो भने होइन। बहुसंख्यक नेपाली जनताका लागि राज्य नकारात्मक एकाइमात्र रहँदैआएको छ। कुत र करदेखि बेठबेगर असुल उपर गर्ने, बिनाकसुर जग्गाजमिनबाट बेदखल गर्नेदेखि लिएर चारपाटा मुढेर देश निकाला गर्नसमेत सक्ने चलन देखे भोगेका नेपाली अझै जीवितै छन्। बलियालाई न्याय र निर्धालाई सजायको अवधारणा अझै कमजोर भएको छैन। नेपालको राज्य व्यवस्थाले सामान्य जनको सम्मानको प्रत्याभूति गर्ने त परै जाओस् जीउधनको सुरक्षासमेत सुनिश्चित गर्न सत्तै्कन। मालपोत र कर त उठाउँछ तर कुनै पनि सेवा उपलब्ध गराउन असमर्थ छ। राज्यको वैधानिकता हुनुमा मात्र सीमित छ।
नागरिकताको प्रमाणपत्र भएन भने असुविधा बेहोर्नुपर्छ। तर, नागरिकता प्रमाणपत्रले सामान्य जनलाई कुनै किसिमले पनि सक्षम बनाउँदैन। विदेश जान एउटा राहदानी चाहिन्छ। त्यो राज्यले उपलब्ध गराउँछ। त्यसबाहेक अरू कुनै उपयोगिता छैन नेपाली राहदानीको। हङकङ भएर अन्य मुलुक जाने नेपालीलाई भनिन्छ त्यहाँको ध्वजावाहक वायुसेवाको टिकल लिनु नत्र प्रवेशाज्ञा चाहिन्छ। नेेपालको कूटनीतिक वा पर्यटकीय निकायले वास्तासमेत गर्दैन। नेपाली नागरिक शुद्धरूपमा सार्वभौम छ। त्यो किनभने, उसले आफ्नो हितका लागि कुनै किसिमले पनि राज्यमा भर पर्न सत्तै्कन। यस प्रकारको निर्बन्धताको असर जताततै देख्न सकिन्छ।
जनसंख्याका अनुपातमा सबैभन्दा धेरै जनता विदेशिने मुलुकको सूचीमा नेपाल निकै माथि रहेको हुनुपर्छ। कामको खोजीमा विदेशिनु बाध्यता हो। सबै पुगिसरी आएपछि विश्व ग्राममा विचरण गर्नु सम्पन्नहरूको सोख हुनु पनि स्वाभाविकै हो। तर, मध्यम वर्गले डीभी चिट्ठा भरेर भए पनि विदेशिन खोज्नु रहर वा बाध्यता नभएर स्वतन्त्र व्यक्तिको छनोटमात्र हुनसक्छ। कटु भए पनि यथार्थ लुकाउन सकिँदैन। नेपालीले आफ्नो देशमा माया गर्नुपर्ने सायद केही देख्दैन।
देश र देशवासीबीचको विच्छेदित सम्बन्धलाई हेर्दा लोकतन्त्रको भविष्यप्रति चिन्ता गर्नुपर्ने हुन्छ। राज्य सञ्चालनमा सहभागिता सुनिश्चित गर्न सबैभन्दा पहिले नेतृत्व छनोटको विधि र प्रक्रियामा रुचि राख्नुपर्ने हुन्छ। त्यसो भएन भने जनताको भूमिका मतदातामा सीमित हुनपुग्छ। र, राज्य सञ्चालनमा रुचि नराख्ने मतदाता एवं राज्य व्यवस्थाबाट विमुख राखिएका प्रजाबीच खासै फरक रहँदैन। शब्दको छनोट फेरिए पनि नेपालमा कायम व्यवस्था पुरातन स्वरूपको प्रजातन्त्रभन्दा फरक हुनसकेको छैन। त्यति कुरा ठम्याउन शिक्षा क्षेत्रको अराजकता, जनशक्ति निर्यातका नाउँमा भइरहेका मानव तस्करीसम्मका गतिविधि एवं कार्टेल तथा सिन्डिकेटले वर्चस्व कायम गरेको सेवा र वस्तुको बजारमा जता हेरे पनि पुग्छ। चर्चामा भने अहिले चिकित्सा शिक्षा छ।
ऋण काडेर होस् वा घरजग्गा बेचेर, चीनबाट चिकित्साशास्त्र पढेर आएकाहरूले मनग्गे लगानी गरेर प्रमाणपत्र हासिल गरेका छन्। तिनीहरू बिरामीको सेवा गरेर प्राप्त हुने व्यावहारिक ज्ञान नेपालका अस्पतालमा अभ्यास गरेर आर्जन गर्न चाहन्छन्। चाहना राख्नुसम्म ठीकै हो। त्यसलाई उनीहरू अधिकारकै रूपमा स्थापित गर्न चाहन्छन्। चिकित्साशास्त्रको अध्ययनमा सुरुदेखि नै अस्पतालमा अभ्यास गर्नुपर्ने हुन्छ। कक्षा कोठामा पढेरमात्र चिकित्सक बनिदैन। पढ्ने बेलामा गरिने अभ्यासमा चिनिया भाषाको कठिनाइले कुनै समस्या भएन। अब व्यावहारिक अभ्यास भने नेपालमै गर्न पाउनु पैसाका बलमा विदेशबाट पढाइ सिध्याएकाहरूको नैसर्गिक अधिकार हो। त्यही सुनिश्चित गर्न नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरिएको छ।
डा. गोविन्द केसी साधु प्रवृत्तिका चिकित्सक हुन्। त्यसमा नेकपा (एमाले)सँग सम्बद्ध पेसाकर्मीबाहेक सायद अरू कसैलाई शंका पनि छैन। तर, चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको नियुक्ति वा बर्खास्तगीले समग्र जनस्वास्थ्य प्रणालीलाई खासै असर गर्दैन भन्ने कुरा उनलाई कस्ले सम्झाउने? डा. केसीको नैतिक बल र सत्याग्रह सस्तैमा नैतिकवान् देखिन चाहने प्रचारप्रेमी सहरिया जमातका लागि सुविधाजनक माध्यम बन्न पुगेको छ। खासमा चिकित्सा शिक्षाको निर्वस्त्र बजारीकरण चलिरहेसम्म एक दुई जना डिन वा उपकुलपति फेरिँदैमा केही हुनेवाला छैन।
रोगी काया
निरोगी कायालाई सबैभन्दा ठूलो सुखका रूपमा अर्थ्याउने गरिन्छ। शरीर स्वस्थ रहेमात्र इन्द्रीयहरूले रसानुभूति गर्न सक्छन्। आँसु, पसिना, र्याल, रगत एवं वीर्यजस्ता जीवनरसहरू स्वस्थ व्यक्तिमा निरन्तर प्रवाह भइरहन्छन्। निरोगिता त्यसैले जीवन्तताको प्राथमिक सर्त हो। तर शरीर न हो जल, भोजन, वायु, ऊर्जा एवं पर्यावरण असन्तुलन रोगहरू देखा पर्न सक्छन्। धर्म र पुनर्जन्ममा विश्वास छ भने कर्म र छैन भने संयोग वा वंशानुगत कारणले गर्दा पनि शारीरिक वा मानसिक अस्वस्थता देखिन सक्छ। अस्वस्थताको सबैभन्दा बढी र घातक असर बालबालिका, बृद्ध एवं आमाहरूमाथि पर्छ। यी कुरा कसैले कसैलाई भनिरहनु पर्दैन। सबैजसो सहजरूपमा ठम्याउन सक्छन्।
सहज बुद्धिकै अर्को पक्ष जनस्वास्थ्यका सामान्य विषयहरूसँग सम्बद्ध छ। शुद्ध पेय जल, सास फेर्न मिल्ने हावा, उपयुक्त पोषण, जलवायुअनुसारको वस्त्र एवं आवास, व्यक्तिगत तथा सामूहिक सरसफाइको पर्याप्त प्रबन्ध र सामाजिक अवलम्बको व्यवस्था निरोगिता सुनिश्चित गर्ने प्राथमिक अवयव हुन्। मातृशिशु कल्याण एवं शारीरिक वा मानसिक चुनौती बेहोरिरहेकाहरूको रेखदेख तथा बृद्धबृद्धाको हित जनस्वास्थ्य व्यवस्थाका अन्य प्राथमिकता हुन्।
रोग प्रतिरोधक खोप एवं अप्रत्याशित दुर्घटना, महामारी तथा रोगव्याधसँग जुध्ने निरन्तरको तयारी पनि जनस्वास्थ्यको प्राथमिकतामै पर्ने गर्छन्। समग्रमा सामूहिकता जनस्वास्थ्य नीतिको निर्देशक सिद्धान्त हुनुपर्छ। दुर्भाग्यवश, ती मान्यता व्यक्तिवादी समाज एवं बजारमुखी अर्थराजनीतिका आवश्यकतासँग मेल खाँदैनन्।
बजारमुखी अर्थराजनीतिमा निरोधकभन्दा उपचारात्मक विधिले प्रधानता पाउँछ। बजारमुखी स्वास्थ्य सेवा मूलतः चिकित्सामा आधारित पद्धति हो। यस पद्धतिले निरन्तरता पाउन नयाँ नयाँ रोगहरू देखिइरहनुपर्छ। निरोधात्मक उपायहरू गौण एवं उपचार मुख्य हुन पुगेपछि लगानीअनुसारको प्रतिफल प्राप्त गर्न सकिने बजार सिर्जना हुन्छ। पुँजी एवं प्रविधिको आवश्यकता बढ्छ। र, बजारले मान्य ठहर्याएका पेसा एवं तालिमको एकाधिकारको औचित्य स्थापित हुन्छ। सर्वत्र बजारकै बोलवाला भएका बेला अस्ट्रियाका चिन्तक इभान इलिच (सन् १९२६—२००२) अब कमैमात्र सम्भि्कइन्छन्। तर, उनको तर्क भनेे झन् प्रासंगिक बन्न पुगेको छ – चिकित्सा क्षेत्रको अर्थराजनीति समाजलाई झन्झन् रोगी बनाउँदै लगेरमात्र फस्टाउन सक्छ।
जनस्वास्थ्यमा नाफा क्षेत्रले लगानी गर्दैन। त्यहाँ प्रतिफलको आयतन आकर्षक छैन। चिकित्सा क्षेत्र भने समसामयिक बजारका पाँच सबभन्दा नाफामूलक लगानीका क्षेत्र बैंक र बिमा, संचार र मनोरंजन, धर्म र शिक्षा, ऊर्जा र अस्त्र एवं जीवनशैली र सौन्दर्यमध्ये एउटा हो। खासगरेर जीवनशैली र सौन्दर्यसँग जोडिएको चिकित्सा सेवाको बजारमा नाफाको कुनै सीमा नै छैन। गरिबले ज्वरो आएका बेला आराम गर्नुको साटो छिमेकको औषधि पसलमा सोधेर खरिद गर्ने प्याकेजिङ गरिएको ढुटाको गोलीदेखि लिएर धनीले पेटमा जम्मा भएको अतिरिक्त बोसो हटाउन गराउने शल्यक्रियासम्म लगानीका तुलनामा पर्याप्त प्रतिफल दिने क्षेत्र अनगिन्ती छन्। स्वाभाविक हो अधिकांश राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुँजीपतिले चिकित्सा क्षेत्रमा विशाल धनराशि लगानी गरेका छन्। त्यस लगानीको सुरक्षा एवं प्रतिफलको सुनिश्चितताका लागि चिकित्सा शिक्षाको व्यापारीकरण अत्यावश्यक बन्न पुगेको हो। मूल्य एवं मान्यतालाई शिक्षामार्फत् नै निरन्तरता दिने हो।
रुग्ण मस्तिष्क
चिकित्सा शिक्षाको असन्तुलित व्यवस्था बु‰न गणितमा पोख्त हुुन जरुरी छैन। गल्लीगल्लीमा खुलेका नर्सिङ होम एवं नाफामुखी अस्पतालमा खर्बौं रुपियाँ लगानी भएको छ। तिनलाई लाभदायी लगानीकारूपमा कायम राख्न व्यापारिक सोच भएका चिकित्सक चाहिन्छन्। सार्वजनिक क्षेत्रका चिकित्सा अध्ययन संस्थानहरूले सामाजिक हितप्रति प्रतिबद्ध डा. गोविन्द केसीजस्ता मेधावी चिकित्सक उत्पादन गर्ने ...जोखिम' कायमै रहन्छ। त्यसैले नाफामुखी चिकित्सा व्यवस्थालाई निरन्तरता दिने हो भने पेसासँग सम्बद्ध ...हिप्पोत्रे्कटिक ओथ' भन्दा आमाबाबुको लगानीको प्रतिफलप्रति बढी संवेदनशील उपचारकको उत्पादन आवश्यक हुनजान्छ। सामाजिक दायित्वका नाउँमा केही छात्रवृत्ति प्रदान गर्नु बेग्लै कुरा हो। आखिर ती पनि आफ्ना समकक्षीहरूको जीवनशैली अँगाल्न त्यस्तै मूल्य एवं मान्यता पछ्याउन बाध्य हुनछन्। तर, समग्रमा महंगो चिकित्सा शिक्षा नाफामुखी क्षेत्रको आवश्यक अवयव बन्न पुगेको छ।
जहाँ गोबर हुन्छ त्यहाँ भिँ्कगा भन्किनछन्। चिकित्सा शिक्षामा प्रतिफलको सम्भावना बढी देखिएपछि थरीथरीको पुँजी त्यता प्रवाहित हुनु नै थियो। त्यसै भयो र भइरहेकै छ। यो क्रम अझ विस्तारित हुनेछ। औसत नेपालीको आयको अनुपातमा ४०—५० लाख असाध्यै ठूलो रकम भए पनि वैश्वीकृत चिकित्सा बजारका लागि अझै पनि नेपालको स्वास्थ्य शिक्षा अपेक्षाकृत सस्तो छ। त्यो घट्न नदिन कार्टेलहरू प्रयत्नरत छन्। अर्कोथरी सिन्डिकेट थप लगानी भित्र्याउने ध्याउन्नमा छ। यस ठूलो बाजीको खेलमा डा. केसी परिधीय पात्रमात्र हुन्। बजारशास्त्रमा नैतिकताको छाप मूल्य (ब्रान्ड भ्यालु) अत्यन्त सीमित हुने गर्छ। त्यसलाई सच्याउने भनेका जनपक्षीय राजनीतिले मात्रै हो।
आम र वाम (मास र क्याडर) पक्षीय राजनीतिको निरर्थक द्वन्द्वमा सार्वजनिक सरोकारका विषयहरू गौण बन्न पुगेका छन्। निर्वाहको साटो समृद्धिका बारेमा बहस हुन्छ। शिक्षा चरित्र निर्माणका लागि नभएर बजारका लागि चाहिने गुणका रूपमा बेचिन थालेको छ। रैती प्रजामा रूपान्तरित भए। प्रजा जनता बन्न प्रयत्नशील थिए। नागरिक बन्ने आकांक्षालाई २०६२/६३ को जनविद्रोहले वाणी दिएको थियो। तर बजारलाई चेतनशील जनताभन्दा भोको उपभोक्ता चाहिएको छ।जिम्मेवार नागरिक हैन महत्वाकांक्षी एवं बिकाउ श्रमशक्ति चाहिएको छ। आवश्यकता छ बजारलाई बिनाकुनै प्रश्न स्थापित मूल्य र मान्यता स्वीकार गर्ने प्राणीहरूको। तिनले डा. गोविन्द केसीका कुरा सुन्दैनन्। र, तिनलाई सुशील कोइराला र खड्ग ओलीमध्ये जो प्रधानमन्त्री भए पनि केही फरक पर्दैन। स्थायी सत्ताको लगाम तिनकै हातमा छ। यति कुरा सामान्य जनलाई पनि थाहा छ। यसैले तिनीहरू नौटंकीका दर्शक हुन् तर पात्र चाहिँ हैनन्।