राजधानीमा वस्तु र सेवा बजारको अनुगमनमा सक्रियता देखिएको छ। उपत्यकाबाहिरका जिल्लामा भने प्रभावकारी बजार अनुगमन नभएको गुनासो छ। उपत्यकाबाहिर किन प्रभावकारी बजार अनुगमन हुँदैन रु अनुगमन मौसमी हो कि नियमित हो रु अनुगमनबाट उपभोक्तालाई राज्यको उपस्थिति महसुस भएको छ छैन ? बजारमा भेटिएको कसुरलाई कसरी व्यवस्थापन गरिएको छ ? भन्नेजस्ता विभिन्न जिज्ञासा प्रकट भइरहेका छन्।
कानुनले वस्तु र सेवा बजारमा गर्न नहुने भनी उल्लेख गरेका कसुर बजारमा भएका छन् वा छैनन् ? मूल्य सूची छ छैन ? वस्तुको परिमाण, त्यसको तौल सामग्री, म्याद सकिएका वस्तु भण्डारणको अवस्था कस्तो छ रु बजारमा अनुचित र गैरप्रतिस्पर्धात्मक व्यापारिक क्रियाकलाप भएको छ वा छैन रु भनेर थाहा पाउन कानुनद्वारा तोकिएका निकाय वा अधिकारीले गर्ने निरीक्षणलाई नै बजार अनुगमन भनिन्छ। उपभोक्ता कानुनल बजार अनुगमन आकस्मिक र नियमित हुने व्यवस्था गरेको छ। केही व्यापारीले यसलाई बजारमा छापा मारिएको भने पनि हालसम्मको अनुगमनमा सूचना नदिई आकस्मिक बजार निरीक्षण खासै भएको पाइँदैन। उपभोक्ता कानुनले सूर्याेदयदेखि सूर्यास्तसम्म कुनै पनि समय, कुनै पनि वस्तु र सेवा बजारमा निरीक्षण गर्ने अधिकार र दायित्व सरकार र त्यसका अधिकारीलाई सुम्पिएकाले आकस्मिक अनुगमनलाई बजारमा छापा मारिएको कार्यका रूपमा उल्लेख गर्नु हुँदैन। बजार अनुगमनको मुख्य उद्देश्य वस्तु र सेवा प्रदायक तथा स्थलको शुद्धीकरणको लागि सम्परीक्षण र त्यहाँ भएको कसुरको व्यवस्थापनको लागि मात्र हो।
नेपालका अधिकांश कानुनले जनतालाई अधिकार प्रक्षेपण गरेको पाइन्छ। तर उपभोक्ता संरक्षण कानुनले सरकार र उपभोक्ता दुवैलाई अधिकार प्रक्षेपण गरेको छ। उक्त कानुनमा वस्तु र सेवा बजार व्यवस्थित, नियन्त्रित र अनुगमन गर्न पहिलो, वस्तु र सेवाको गुणस्तर, मूल्य निर्धारण, आपूर्ति नीति जारी गर्ने दोस्रो, उपभोक्ता हितविपरीतका क्रियाकलापको अनुगमन, रोकथाम र नियन्त्रण गर्ने तेस्रो, देशभित्र खपत हुने वस्तु र सेवाको माग तथा आपूर्तिको विश्लेषण र आपूर्ति नियमन गर्ने, चौथो, वस्तु र सेवा विक्री तथा संचय, ढुवानी, थोक तथा खुद्रा विक्रेताबाट हुने कृत्रिम अभाव, मूल्य वृद्धि रोक्न आवश्यक काम गनर्,े पाँचौ, अनुचित व्यापारिक क्रियाकलाप हतोत्साहित गर्ने अधिकार नेपाल सरकारलाई तोकिएको छ। अरू देशमा जस्तै नेपालमा पनि यस्तो कानुनी व्यवस्था गरिएकोले यसलाई बजार शुद्धीकरणका लागि सरकारलाई दिइएको अधिकार भनिन्छ। नेपालमा यो अधिकार मन्त्रिपरिषद्, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृहमन्त्रालय र सोअन्तरगतका निकाय र समिति, अधिकारीले प्रयोग गरेको पाइन्छ।
बजारमा व्यापारको लागि उपलब्ध कुनै पनि वस्तु र सेवा व्यक्तिको सम्पत्तिको हकभित्र पर्दैन। व्यक्तिले व्यापार गर्न आफूसँग रहेको वस्तु, आफ्नो सम्पत्तिको हकभित्र पर्ने दावी गर्ने आशंकामा उपभोक्ता संरक्षण कानुनमा नै बजार शुद्धीकरणको लागि सरकारको अन्तिरनिहित अधिकारको व्यवस्था गरिएको हो। त्यसैले बजारमा रहेको वस्तु र सेवाको कुनै पनि समय अनुगमन गर्ने सरकारको अधिकार र दायित्व हो।
उपभोक्ता संरक्षण कानुनले नेपाल सरकारलाई वस्तु र सेवाका उपभोक्तालाई प्रदान गरिएका ६ अधिकारको रक्षा र सम्वर्द्धन गर्ने, वस्तु र सेवा बजार शुद्धीकरण र सम्परीक्षणका लागि अनुगमन गर्ने बजारमा भएका कानुनविपरीतका क्रियाकलापमा कारवाही गरी मुद्दा चलाउने, कुनै पनि वस्तु र सेवा उपलव्ध नभएमा वा कृत्रिम अभाव भएमा वा मूल्य वृद्धि भएमा बजार हस्तक्षप गर्ने दायित्व र अधिकार सुम्पेको छ। सरकारले यी दायित्व पूरा नगरेकाले बजार अराजक बन्दै गएको हो। व्यापक जनगुनासोपछि सरकारले राजधानीमा बजार सम्परीक्षण तथा शुद्धीकरणको काम गर्ने थाले पनि जिल्लाका बजारहरूमा सक्रिय बजार अनुगमन हुन सकेको छैन। उपत्यकामा पनि व्यवसायीको दबाब बढ्न थालेकाले अहिलेकोे अनुगमन नियमित नभई मौसमी हुनेे आशंका बढिरहेको छ। यस्ता आशंकालाई गलत साबित गर्ने चुनौती सरकारी निकाय र अधिकारी सामु छ।
वाणिज्य विभागका महानिर्देशक अध्यक्ष हुने केन्द्रीय अनुगमन समिति, जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला अनुगमन समिति एवं वस्तु तथा सेवा नियमन गर्ने कानुनबाटै जिम्मेवारी पाएका निरीक्षण अधिकृतलाई बजार अनुगनको जिम्मेवारी सुम्पिएको पाइन्छ। यी अनुगमनकारी निकायमा उपभोक्ता संघ संस्थाको पनि उपस्थिति हुने भएकोले संचारकर्मीलाई साथै लिएर केन्द्रीय र जिल्ला अनुगमन समितिले बजारको प्रभावकारी अनुगमन गर्नुपर्ने हुन्छ। ती निकायले अनुगमनमा अहिलेभन्दा बढी सक्रियता नदेखाएसम्म बजार शद्धीकरण हुने देखिँदैन।
कानुनले अनुगमन समिति र निरिक्षण अधिकृतलाई बजार व्यवस्थित, नियन्त्रित र अनुगमन गर्न असीमित अधिकार दिएको छ। दिनमा जुनसुकै बखत बजार नीरिक्षण, जाँचवुझ, खानतलासी गर्न सकिने, कमसल, उपभोगका लागि अयोग्य र शंकास्पद वस्तु रोक्का, जफत र नष्ट गर्न सक्ने, कुनैपनि वस्तु मुचुल्का उठाई कब्जामा लिन सक्ने, कुनैपनि व्यक्तिसँंग जानकारी र बयान लिन सक्ने, कुनै पनि वस्तु र सेवा परीक्षण गर्न सक्ने, वस्तु र सेवाको उत्पादन र कारोबारमा रोक लगाउन सक्ने, उत्पादक विक्रेतालाई तत्काल वा कुनै पनि समयमा उपयुक्त लागेको आदेश जारी गर्न सक्ने र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्ने अधिकार दिएको छ। विद्यमान नेपाल कानुन हेर्दा सबैभन्दा बढी अधिकार सम्पन्न यिनै अधिकारीलाई जिम्मेवारी सुम्पिएको देखिन्छ। यसरी उपभोक्ता हित संरक्षण र स्वच्छ व्यापार गर्नेलाई प्रात्साहन गर्ने हेतुले ऐन नियम र कार्यविधिमार्फत् बजार शुद्धीकरणको असीमित अधिकार दिँदासमेत साधन स्रोत र जनशक्तिको अभाव देखाई कार्यान्वयन गरिएको छैन।
अनुगमन र निरीक्षण अधिकारीलेे प्रभावकारी बजार अनुगमन गर्न नसकेको र बजारबाट समाती ल्याएको कसुरलाई व्यवस्थापन गर्न नसकेको जनगुनासो छ। अनुगमनबाट मुचुल्का गरी ल्याइने विषयमा मूल्य सूची नराखेको, लेबल नभएको र म्याद सकिएको वस्तु विक्रीको लागि राखिएको, कम तौलका तौल सामग्रीे, गुणस्तर र परिमाणयुक्त वस्तु नराखिएको, एउटा सामानलाई अर्काे वस्तु भनी राखिएको, झटो तथा भ्रमपूर्ण प्रचार गरेको, तोकिए भन्दा बढी मूल्य लिएको, एउटा सामान नलिए अर्काे सामान नदिने गरेको, अरूलाई बजार प्रवेश निषेध गरेको जस्ता कामबारबाही पर्छन्। यी सबै सरकार वादी भई अनुचित र गैरप्रतिस्पर्धात्मक व्यापारिक क्रियाकलापअन्तर्गतका कसुर हुन्। यस्ता कसुरमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नु ती अधिकारीको कर्तव्य हो। बजारबाट कसुर गरेको आरोपमा समातेर ल्याउने तर मुद्दा दायरसम्म नहुँदा अनुगमनकारी उपर आशंका जन्मिनु स्वाभाविकै हो । त्यसैले बजार अनुगमनसँंगै कसुर व्यवस्थापन पनि सरकारको चुनौती हो।
सर्वाेच्च अदालतका न्यायाधीश खिलाराज रेग्मी र गौरी ढकालको इजलासबाट बजार अनुगमनसम्बन्धी विषयमा सरकारलाई आदेश जारी भइसकेको छ। ्उपभोक्ताको उजुरीका आधारमा र बजार अनुगमनबाट समाती ल्याएका प्रत्येक कसुरलाई कानुन वमोजिम जिल्ला अदालतमा मुद्दा दायर गर्नु सम्वन्धित अधिकारीको दायित्व र कर्तव्य भएकाले कानुनले तोकिएको प्रक्रिया पूरा गरी आवश्यक कारवाही र अनुसन्धान गरी सरकारी वकिलको रायसमेत लिई मुद्दा चलाउनु र कानुनी व्यवस्थाको परिपालना गर्नु गराउनु भन्नेसमेतका परमादेश जारी भएको पनि तीन वर्ष नाघिसकेको छ। तर पनि अझै प्रभावकारी बजार अनुगमन हुन सकेको छैन र बजारमा उपभोक्ताविरुद्धका कसुरको बिगबिगी छ। यसबाट बजारमा स्वच्छ व्यापार गर्नेहरु पनि पिडित भइरहेका छन्।
यसैबीच राजधानीमा सुरु भएको अनुगमन प्रक्रियामा सबै उपभोक्ता र स्वच्छ व्यापारी क्रियाकलाप गर्नेले साथ दिनु जरुरी छ। सरकारको बजार नियमनको इच्छा शक्ति वढाउन र बजारमा भइरहेको उपभोक्ता लुटलाई न्युनीकरण गर्न बजार शुद्धकरणका लागि गरिने अनुगमन र त्यस क्रममा भेटिएका कसुरको व्यवस्थापन गर्नु सबै सरकारी निकायको दायित्व हो। त्यति नहुँदासम्म जनताले सरकार भएको अनुभूति गर्न पाउँदैनन्।