सुशील सत्ता र समीकरण
१५ माघ २०७०
•
१४ मिनेट पाठ
सुशील सत्ता र समीकरण
कांग्रेस सभापति सुशील कोइराला आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत गर्र्दैछन्। संविधान सभा निर्वाचनमा कांग्रेसले सबैभन्दा ठूलो दलको हैसियत प्राप्त् गरेपछि नै सुशील सरकार बनाउने खेलमा लागेका हुन्।मंसिर पहिलो सातायता उनले विभिन्न दलका शीर्ष नेता भेटेर सरकार निर्माणमा सहयोग गर्न याचना गरेका छन्। दुई महिनाअघि सुरू भएको अभियान कांग्रेस संसदीय दलको नेता चुनिएपछि अझ तीव्र पारिएको छ। राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदको पहिलो बैंठक बसेकै दिन १२ माघमा जुन दिन सुशील कांग्रेसको संसदीय दलको नेता चुनिएका पनि थिए, त्यसै दिन एक साताको म्याद तोकेका छन्, सहमतीय सरकारका लागि।

राजनीतिक वृतमा सहमतीय भनेको संविधान सभाका ३० दलको समर्थन हो। व्यवस्थापिका संसदको पहिलो बैंठकमा कतिपय साना दलले समेत कोइराला नेतृत्वको सरकारप्रति समर्थन हुने संकेत गरेका छन्। सरकार बनाउन सुशील समूहले सबैसँग वार्ता गर्ने औपचारिकता निर्वाह गरिरहेको भए पनि संविधान सभा निर्वाचनको दोस्रो पार्टी एमाले, तेस्रो एमाओवादी र मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकलगायत् दलसँग कोइराला 'कोटरी' ले वार्ता गरिरहेको छ– औपचारिक/अनौपचारिकरूपमा। एमाओवादीले प्रतिपक्षको राजनीति गर्ने संकेत गरेको छ। त्यस्तै मधेसी जनाधिकार फोरम, राप्रपा नेपालले पनि सरकारमा नजाने भनेका छन्। सहमतीय राजनीतिक गणितमा अर्थ राख्ने र परिवर्तित राजनीतिको अनुहार भएका एमाओवादी, फोरम नेपालले प्रतिपक्षमा बस्ने र संविधान सभामा रहेका सबै दलको समर्थन प्राप्त हुन नसकेपछि राष्ट्रपतिले दिएको म्याद माघ १९ सम्ममा सहमतीय सरकार गठनको सम्भावना देखिँदैन। यसको अर्थ सहमतीय सरकार गठनको म्याद सकिएपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरू हुने देखिन्छ। राजनीतिक वृत्तमा देखिएका छलफल र प्रमुख राजनीतिक पार्टीहरूले अघि सारेका माग र मुद्दाका आधारमा अन्तिम समयसम्म कांग्रेस र एमालेबीच सहकार्यको सम्भावना छ। विगत संविधान सभामा एमाओवादीविरुद्धको मोर्चामा एक आपसमा नजिकिएका कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने विचार छाएको छ। तर दुई पार्टी सरकार गठनमा उत्साही देखिए पनि उनीहरूका अडानले सहकार्यको सम्भावना सहज देखिन्न। एमाले संविधान सभा निर्वाचनको म्यान्डेटअनुसार राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने अडानमा छ। उता कांग्रेस अन्तरिम संविधानको अक्षरअनुसार संविधान सभाले संविधान जारी गरिसकेपछिमात्र नयाँ राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा छ। राष्ट्रपतिबारे दुई पार्टीका विपरित अडानकै कारण उनीहरूबीचको एकता चुनौतीपूर्ण छ। एमालेको शीर्ष नेतृत्व कांग्रेसले सरकारको नेतृत्व गर्ने कुराको विरोधमा देखिँदैन तर राष्ट्रपतिमा आफ्नो दलबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने आग्रह देखिन्छ। कतिसम्म भने एमालेले आफ्नो पार्टीका शीर्ष नेताहरूको व्यवस्थापनका निम्ति राष्ट्रपति पद पनि गणनामा राखेका छन्। कांग्रेस र एमालेको विगतको सम्बन्ध पनि सौहार्द्ध होइन। एमाओवादीको दबाबमुखी राजनीतिको विरोधमा उनीहरूमा देखिएको एकता सधैँ कायम रहन सक्तैन। संविधान सभामा बहुपहिचानसहितको संघीयताको मामलामा दुई दलमा केही समानता देखिए पनि अर्को जटिल मुद्दा शासकीय स्वरूपमा भिन्नता छन्।

एमाले र कांग्रेस राष्ट्रपति निर्वाचन मुद्दामा अडानमै रहिरहे भने कांग्रेसको अल्पमतको सरकारको विकल्पमात्र बाँकी रहन्छ। बहुमतीय सरकार गठनका लागि कम्तिमा कांग्रेसलाई एमाले वा एमाओवादीको साथ र समर्थन आवश्यक हुन्छ। उनीहरूको समर्थनमा मात्र अन्य साना दलको पनि समर्थनमा बहुमतीय सरकार गठन हुन सक्ने हो। बहुमतीय सरकार गठन हुन नसक्ने अवस्थामा माघ अन्तिमसम्ममा कांग्रेसको अल्पमतको सरकार गठन हुनसक्छ। र, त्यस्तो सरकारको नेतृत्व कांग्रेस सभापति सुशीलले लिनुपर्ने हुन्छ। यस अर्थमा सुशीलका सामु चुनौती छन्। सरकार निर्माणको चुनौती आफ्नो ठाउँमा छ। सरकार बनेपछि यसको सञ्चालन र उसले दिने डेलिभरी सहज छैनन्। कोइरालाका आफ्नै कतिपय कमजोरीबाट अघि बढ्न उनलाई समस्या छ। पार्टीमा देखिएको संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवासँगको सत्ता बाँडफाँट र शक्ति सन्तुलन अर्को चुनौती हो।

खुला राजनीतिमा भन्दा पर्दापछाडिबाट पार्टी अस्त्र चलाउन सिपालु सुशील बृहत् दायरामा रहेर काम गर्न नसक्ने, नचाहने नेतामा गणना हुन्छन्। सानो कोटरीमा रमाउने कोइरालाको विशेषता अडान हो। संविधान सभाको शक्ति सन्तुलनमा अडानमुखी व्यक्तित्व बाधक बन्नसक्छ। कारण, कुनै एउटा शक्तिको बहुमत पनि नपुग्ने अवस्थाले लचिलो नेतृत्वको अपेक्षा गरिँदैछ। कोइरालालाई त्याग र समर्पणको पर्याय मान्नेहरू पनि छन् तर उनको विगतले त्यस्तो भन्दैन। अहिलेसम्म उनी सरकारमा नजानुलाई त्यागको राजनीति भन्न मिल्दैन। २०४६ सालको राजनीतिक परिवर्तनपछिको कांग्रेस नेतृत्वको सरकारमा उनी आफूले चाहेको परराष्ट्र मन्त्रालय नपाएर सरकारमा नगएको चर्चा कांग्रेस वृतमा हुनेगर्छ। २०५८ मा उनी संसदीय दलको नेताको उमेदवार नै बनेका थिए। शेरबहादुर देउवासँग पराजित बनेका उनी सधैँ कांग्रेसमा संस्थापन पक्षको मसिहा भनेर चिनिन्छन्।

पार्टी राजनीतिको सत्तामा सुशील कोइराला लामो समयदेखि जरा गाडेर बसेका पात्र हुन्। २०५३ को नवांै महाधिवेशनबाट कांग्रेस सभापतिमा गिरिजाप्रसाद कोइराला आएपछि सुशील नै महत्वपूर्ण निर्णयहरूमा पर्दापछाडिबाट भूमिका खेल्थे। कांग्रेस पार्टीमा विभाजनको कारण खोज्दै जाँदा सुशील कोइरालाका बोली व्यवहारहरूले विभाजनलाई सघाएको अनुभव गर्ने कांग्रेसजनको संख्या ठूलो छ। गिरिजाप्रसाद कोइराला तेस्रो पटक सभापति भएको बेला मुलुक राजा ज्ञानेन्द्रको सक्रिय शासनमा थियो। देउवा समूह कांग्रेस प्रजातान्त्रिक पार्टीको हैसियतमा रहेको अवस्थामा नवनिर्वाचित सभापति गिरिजाप्रसादलाई घुर्की देखाएर सुशीलले कार्यवाहक सभापतिको बागडोर सम्हालेका थिए। १२ औं महाधिवेशनबाट उनी कांग्रेसका सभापति भइहाले। सरकारको सत्ता राजनीतिमा आफ्नै कारण परिस्थितिबस टाढिएको कोइराला पार्टी सत्तामा करिव दुई दशकदेखि बलियो पडक राख्दै आएका छन्। यस अर्थमा उनको त्यागको राजनीतिको प्रचारले सार्वजनिक जीवनमा अर्थ राखे पनि कांग्रेसको आन्तरिक राजनीतिमा महत्व राख्दैन।

कोइरालाले संसदीय दलको नेता हुन उपसभापति रामचन्द्र पौडेललाई कार्यबाहकको आश्वासनमा फकाएको अवस्था छ। पार्टी सत्ता छोड्न नसक्ने उनको विगतका कारण पौडेललाई दिएको आश्वासन कसरी पूरा हुन्छ ? त्यो हेर्न बाँकी नै छ। सुशीलका सामु पार्टीभित्र बलियो हैसियत राख्ने देउवा समूहको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो। पराजित भइसकेको वास्तविकता स्वीकारेर देउवा पक्षले कोइरालालाई सरकार सञ्चालनको मार्ग प्रशस्त गर्नुपर्ने हो तर त्यस्त्ाो जिम्मेवारीबोध देउवा पक्षमा हुने देखिन्न। सत्ता राजनीतिका खेलाडी देउवाले सरकार निर्माणका क्रममा बार्गेनिङ गरे भने त्यो आश्चर्य नमाने हुन्छ। उनी अहिले मौनमात्र छन्। आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउने रणनीतिमा रहेका देउवाका लागि सत्ता राजनीतिको लेनेदेन नउत्रनु उनकै हितमा छ। जुन सुशील सत्ताका लागि ठूलै राहत हुनजान्छ तर त्यस्तो सुखद् अवसर सायद सुशीले प्राप्त गर्ने छैनन्। २०६४ मा एकीकृत कांग्रेसमा संस्थापन र देउवा पक्षको विभाजन ज्युँका त्युँ देखिन्छ। एकता महाधिवेशनले एकाकार गर्न नसकेको कांग्रेसले पछिल्लो संसदीय निर्वाचन प्रकरणमा विभाजनको ताजा तस्बिर प्रस्तुत गरेको छ। संसदीय दलमा देखिएको सुशीलको करिव ५४ प्रतिशत र देउवाले पाएको ४६ प्रतिशतको सन्तुलन मिलाउने बुद्धिमानी कोइरालाको हो। उनी कोटरी राजनीतिबाट माथि उठ्न सकेमामात्र देउवाको किल्ला भत्काउन सक्छन्। त्यस्तो चातुर्य र साहस सुशीलले अख्तियार गर्लान्?

नेपालको लोकतान्त्रिक आन्दोलनहरूको अगुवा नेपाली कांग्रेसलाई संविधान सभा पटकपटक जनताले जिम्मेवारी दिएका छन्। सरकार बनाउने जनमत दिएका छन्। सात सालको राजनीतिक परिवर्तनपछिका प्रत्येक राजनीतिक घटनामा महत्वपूर्ण भूमिका खेलेको र लोकतान्त्रिक राजनीतिक प्रणाली उसको राजनीतिक दर्शन, जनसमुदायमा आधारित संगठन, मित्रराष्ट्रहरूले लोकतान्त्रिक पार्टीका रूपमा पत्याएको पृष्ठभूमिका जनताले यसलाई विश्वास गरेको देखिन्छ। तर राजनीतिक घटनाहरू केलाउँदा कांग्रेसले जनताप्रति जवाफदेही बन्न नसकेको पाइन्छ। सत्ता प्राप्तिपछि आफ्नै पार्टीभित्र समीकरण बनाउन, भत्काउन र सन्तुलन मिलाउने नाममा कांग्रेसले अधिकांश शक्ति खर्चने गरेको छ। अहिले फेरि त्यस्तो विगत नदोहोरिओस्। सुशील र शेरबहादुरले विगतलाई स्मृतिमा राखेर आत्मसात गर्ने बेला भएको छ। कांग्रेसले प्राप्त गरेको जनविश्वास लोकतान्त्रिक संविधान लेखनका निम्ति हो। सुशील र शेरबहादुरको सत्ता राजनीतिका लागि होइन।
अर्को समाचार
परिणामहीन समीकरण
०७ माघ २०७१
•
१३ मिनेट पाठ
परिणामहीन समीकरण
आज माघ ८ गते। केही समययता मुलुकमा यही तिथिलाई केन्द्रबिन्दु बनाएर दुईथरी राजनीति मञ्चन भए। सत्ता र विपक्षी दुवै गठबन्धनले यस तिथिलाई फरकफरक अर्थमा लिएका छन्।सत्ताधारी दल नेपाली कांग्रेस, विशेष गरी त्यसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रक्रियाबाट संविधान निर्माण सुरु भइसकेको दाबी गर्दैछन्। उनीहरू माघ ५ को मध्यराता संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई प्रश्नावली निर्माण समिति गठनको प्रस्ताव गर्ने अनुमति दिनुलाई संविधान निर्माण प्रक्रिया थालिएको रूपमा अर्थ्याउँदैछन्। अर्कोतर्फ तोडफोड र गालीगलौजबीच श्रेष्ठ रोस्ट्रममै पुग्न नसकेको र कुनै प्रस्ताव वाचन पनि गर्न नसकेकाले प्रक्रिया सुरु नभएको दाबी गरिँदैछ। 
माघ ५ मा तोडफोड र ताण्डव प्रदर्शन भएको संविधान सभा बैठक भोलि र पर्सिपल्टै क्रमशः सामान्य रूपमा सुरु र अन्त्य भए। के देखियो भने प्रतिपक्षीहरू त्यस दिन केही भएकै थिएन भनेजसरी रोस्ट्रम घेरेर नाराबाजी गर्न थाले। उता बहादुरीसाथ मध्यरात प्रक्रिया सुरु गर्ने सभाध्यक्षले मौन कूटनीति देखाइरहेका छन्। यो रोस्ट्रम घेराउ र नाराबाजी अनि मौन प्रदर्शनको राजनीति माघ ८ सम्मै जारी रहनेछ। पछिल्ला राजनीतिक घटनाक्रमले दुवै पक्ष आफू सफल भएको दाबी गर्दैछन् र ‘विन–विन' को अवस्थामा पुगेको प्रचार गरिरहेका छन्। उनीहरू एकले अर्कोलाई संविधानविरोधीको आरोप पनि लगाउँदैछन् । संविधान सभामा नाराबाजी भइरहेको छ– ‘संविधान सभाको हत्या गर्न पाइँदैन', ‘सहमतिमा संविधान जारी गरौँ।' आरोप र आग्रहपूर्ण यी नाराबीच माघ ८ भने त्यसै टरेको छ। एमाओवादी चाहन्थ्यो– संविधानलाई जसरी पनि माघ ८ भन्दा पछाडि धकेल्ने। अनि कांग्रेस–एमाले– माघ ८ मा केही न केही गरेको देखाएरै छाड्ने। दुवै काम भएका छन्। दुवै पक्ष आफूले जितेको ठान्दैछन् तर खै त संविधान? प्रश्न अनुत्तरित छ। अब संविधान सभा कसरी अगाडि बढ्छ? कहिले आउँछ नेपालको संविधान? माघ ८ पछि नयाँ रूपबाट संविधान निर्माणको काम हुन्छ कि हुँदैन? दलहरूबीच देखिएको अविश्वास र शत्रुताको अवस्था कति लामो समयसम्म रहन्छ वा हट्दै जान्छ? राजनीति यस्तै प्रश्नहरूबीच रुमल्लिएको छ। संविधान सभामा भएको तोडफोड र नेताहरूमाथि भएका भौतिक आक्रमणको जति निन्दा गरे पनि पुग्दैन। ‘जनयुद्ध'कालीन बन्दुके धडधङीमा संविधानभित्र जाइलाग्नु एमाओवादीको चरम कमजोरी हो। उसले आफ्नो कमजोरी स्वीकार गर्न सक्नुपर्छ। लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार गर्ने भनिसकेपछि संविधान निर्माणमा बाहुबलको अभ्यास पटक्कै सुहाउँदैन। एमाओवादीको कमजोरीमा टेकेर उसमाथि प्रहार गरिरहनु पनि राजनीतिक धर्म होइन। संसदीय राजनीतिमा विरोधका यस्ता स्वरूप र शैली बेलाबेला प्रकट हुने गर्छन्। संसदीय अभ्यासमा यस्ता दृश्य हामीकहाँ प्रजातन्त्रकालीन संसद्मा पनि प्रदर्शन भएकै हुन्। भारत, जापान र दक्षिण कोरियाका संसद्मा पनि यस्ता घटना बेलाबेला देखिएकै छन्। अब यी घटनालाई बिर्सेर अगाडि बढ्नुको विकल्प छैन दलहरूसँग। माघ ८ सार्नु थियो, त्यो सर्यो । अब नयाँ शिराबाट सहमतिका प्रयासहरूलाई आकार दिन आवश्यक छ। 
आशा गरौँ, माघ ८ लगत्तै दलहरूले नयाँ परिस्थितिमा संविधान जारी गर्ने अर्को तिथि तोक्नेछन् र त्यसैमा केन्द्रित हुनेछन्। विरोध र मौनको राजनीतिबीच भित्र कतै संवादको पहल सुरु भएको संकेत पनि देखिँदैछ। अब संविधान निर्माणका साथसाथ सत्तासमीकरणको खेल पनि हुने सम्भावना छ। माघ ८ लाई केन्द्रमा राखेर प्रधानमन्त्री कोइराला यही सरकारलाई नै राष्ट्रिय रूप दिने अभ्यासमा लागेका थिए। त्यस्ता अभ्यासले आकार लिन भने सकेनन्। सुशील कोइराला ठूलो छाती भएका नेता होइनन्। उनले यसअघि केही मधेसी दललाई सरकारमा ल्याउने अवसर गुमाएका छन्। सरकारमा सहभागी हुन खुट्टो उचालिरहेका मधेसी दलका केही नेतालाई विश्वासमा लिन सकेको भए अहिले संविधान बनाउने काममा सहयोग हुन्थ्यो। कोइरालाले राजनीतिका बहुआयामिक पक्ष आँकलन गर्न नसकेको देखियो। एमालेको ओली खेमा र गणनामा मात्र आउने राप्रपालगायत साना दलको आडमा संविधान जारी गर्न खोज्दा यहाँ पनि कोइरालाको अपरिपक्वता प्रदर्शन भएको छ। सत्ता कोइरालाले चलाउँदै छन् कि ओलीले? राजनीतिक वृत्तमा बेलाबेला प्रश्न उठ्ने गर्छ। 
नेपालको संविधान निर्माणमा यहाँका दलहरू प्रमुख जिम्मवार हुन्। त्यसमा पनि जंगलमा भौंतारिइरहेको माओवादीलाई शान्ति प्रक्रिया र लोकतान्त्रिक बाटोमा ल्याउने र जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका कारण मुलुकको राजनीतिमा अहिले सत्ताको नेतृत्व गर्ने कांग्रेसको विशेष भूमिका छ। विडम्बना, पछिल्ला राजनीतिक घटनाक्रममा कांग्रेसका सभापति प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्वदायी भूमिका खेल्न सकेनन्। उनी त फड्के किनाराका साक्षीजस्ता पो बन्न पुगे। संविधान निर्माणमा छिमेकीका साथै युरोपेली र अमेरिकी सबैले चासो मात्र राखेका छैनन्, बरु सक्रिय नै भएका छन्। तर कोइरालाले राजनीतिका पेचिला पक्ष, कूटनीतिका बहुआयाम र स्वार्थहरूको आँकलन गर्नै सकेनन्। संसदीय राजनीति अंकले निर्धारण त गर्छ, यो अंकगणितजस्तो सरलचाहिँ हुँदैन। राजनीति त बिजगणितजस्तो सूत्र र समीकरणमा चलेको हुन्छ। गिरिजाप्रसाद कोइरालाका अनुयायी भनिने सुशील कोइरालाको राजनीति भने गिरिजाप्रसादको भन्दा उल्टो देखियो। गिरिजाप्रसादले एमाओवादी, एमाले, मधेसवादी सबैलाई समदुरीमा राख्ने गर्थे। राजनीतिक आवश्यकताअनुसार उनका समीकरणहरू बन्थे, भत्कन्थे। सुशीलमा त्यस्तो चार्तुय देखिएन। प्रधानमन्त्री कोइराला त एमाओवादी, मधेसवादीलाई निषेध गर्ने र एमालेलाई काँध थाप्ने राजनीतिमा रमाएका छन्। 
एउटा अवस्थाको कल्पना गरौँ। कांग्रेस–एमाले गठबन्धनले प्रक्रियाबाट संविधान बनाउने योजनालाई एमाओवादीले प्रतिरोध नगरेको भए संविधान बन्ने थियो त? कोइराला र ओलीले सामना गर्नुपर्ने प्रश्नहरू विवेचनायोग्य छन्। कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको अन्तरिम संविधानलाई नै अनुमोदन गर्ने प्रस्ताव पछाडिको राजनीतिक प्रक्रियामा प्रवेशै नगरौँ भनेको होइन र? त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीलगायत दलसँग सहमतिका नाममा गरिरहेको राजनीतिलाई के भन्ने?
अहिले माघ ८ पछिको नयाँ परिस्थितिमा नवीन राजनीतिक समीकरण अपेक्षित छ। अहिलेकै अवस्था रहिरहे संविधान बन्दैन। संविधान बन्ने राजनीतिक वातावरण बन्न दाहाल नेतृत्वको मोर्चा भत्कनु आवश्यक छ। यता कांग्रेस–एमालेको सत्तागठबन्धन लामो सयमसम्म टिकाउँदा पनि यसले परिणाम दिँदैन। राजनीतिमा परिणाम नदिने समीकरणलाई कायम राखिरहनुको अर्थ हुँदैन। 
दोस्रो संविधान सभा निर्वाचनमा पहिलो हुने कांग्रेस र दोस्रो हुने एमाले मिलेर सत्ता चलाउने र संविधान पनि बनाउने गर्छन् भन्न्ने राजनीतिक पण्डितको कमी थिएन मुलुकमा। एक वर्षको कांग्रेस–एमाले सत्तारोहणले त्यो मान्यता मिथ्या साबित गरिदिएको छ। यसबीच न राम्रोसँग सरकार चल्यो, न त संविधानै बन्यो। संसदीय प्रणालीमा सामान्यतः दोस्रो दल रचनात्मक प्रतिपक्षको भूमिकामा रहनुपर्छ भन्ने मान्यता छ। हामीकहाँ सानाठूला सबै दल सत्तामै जान खोज्ने प्रवृत्ति छ। अबको राजनीतिक यात्राको प्रारम्भ राष्ट्रिय सरकार गठनबाट हुनुपर्छ।
ठूला दलहरू बहुमतको दम्भबाट मुक्त हुने र साना दलले आफ्नो धरातल आत्मसात गर्न सके सरकार सञ्चालन र संविधान निर्माण दुवै काम राम्ररी हुन सक्छ। एमाओवादीलगायत साना दलले आफ्नो मात्र बलमा संविधान बनाउन त सक्तैनन्। विरोधको राजनीति गर्ने उनीहरूको क्षमताका कारण दुई ठूला दलको दुइ तिहाइ बहुमतले पनि संविधान बनाउन सकेन। सहमति हुनेजति विषयमा सहमति हुँदै जाने र सहमति हुन नसक्ने विषयमा असहमतिका बुँदा राख्न पाउने लचिलो राजनीतिक अभ्यास हुन सक्यो भने मात्र मुलुकले संविधान पाउन सक्ने देखिन्छ। त्यस्तो संविधान परिणामदायी र भरपर्दो हुन्छ। यसअघि विसं २०४७ मा संविधान जारी गर्दा एमालेले २७ वटा असहमतिका बुँदा अघि सारेर संविधानमा आलोचनात्मक समर्थन गरेको थियो। अहिले पनि सहमत हुन नसक्ने विषय लिएर जनतामा जान सकिने अवस्था बाँकी नै छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस