आलु र सयपत्रीको प्रत्यक्ष सम्बन्ध देखिँदैन। वनस्पती जगत्का यी दुवै उत्पादनको स्वभाव र प्रयोग पनि बेग्लाबेग्लै छ।
आलु खाद्य वस्तु हो भने सयपत्री पूजा र शृंगारमा प्रयोग हुने फूल। यी दुवैमा एउटा चाहिँ समानता रहेछ। माटोमा फल्ने, आलु र फूल्ने सयपत्रीमा पनि कृषि प्रधान भनिएको नेपाल आत्मनिर्भर रहेनछ। आयात गर्नुपरेकाले होला आलुको मूल्य दिनदिनै आकासिँदै गएको छ। राजधानीवासीलाई भूटानको आलुले पनि नपुगेपछि चिनिया आलु चाहिएको छ। नेपाली भान्सामा चिनिया आलु पाक्न थालेको छ। धार्नीको झन्डै सय रुपैयाँ तिरेर हामी चिनिया आलु खाँदै छौं।
तिहारमा हाम्रो गला भारतबाट आयातित सयपत्री फूलका मालाले सजिने छ। फूलका व्यापारीले भारतबाट २ लाख सयपत्रीका माला आयात गर्ने प्रक्रिया सुरु गरिसकेका छन्। आलु र सयपत्री मात्र होइन, फिलिपिन्सको खुर्सानी, न्युजिल्यान्ड र अस्ट्रेलियाका गेडागुडी र बर्मेली दाल पनि हाम्रो भान्सा चलेको छ। खासमा हामी नेपाली पो उपभोक्तावादी रहेछौँ त। नेपाली संसारभरि छरिएका छन्। आफ्ना डाडाँपाखा र मैदान बाँझो भए पनि विदेशी भूमिमा पाखुरा बजाएर 'पौरखी' कहलाउँदै छौ। विदेशमा कमाएको पैसा ल्याएर विदेशकै सामान उपभोग गर्देछौं। हामीलाई छिमेकी देशका उत्पादनले धानेको छ।
आलु र सयपत्रीको माला मूलतः राजधानीवासीको आवश्यकता हो। प्रतिस्पर्धी बजार प्रणालीमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुन्छ। उपभोत्ताको मागअनुसार सामान ल्याएर विक्री गरिन्छ। प्रतिस्पर्धी बजार प्रणालीमा विश्वास गर्नेले आलु , प्याज र खोर्सानी कुन देशबाट ल्याउने वा नल्याउने भनेर प्रश्न गर्नै मिल्दैन। तर आलु र सयपत्रीमा मात्र होइन हाम्रो देशको शासन सत्तामा समेत छिमेकीमा निर्भर हुन थालेको छ।
प्रधानमन्त्री माधवकुमार नेपाल, भारत भ्रमणपछि बलियो भएको महसुस गर्दैछन्। 'विदेशी प्रभुका सामु घुँडा नटेक्ने' हुँकार गरेर नथार्क्ने पुष्पकमल दाहाल (प्रचण्ड) अहिले भारतसँगको सम्बन्ध सुधारिँदै गएको बताएर चीन भ्रमणमा निस्किएका छन्। दिल्लीको अगुवाइमा १२ बुँदे सहमती गरेर प्रतिस्पर्धात्मक राजनीतिमा आएको माओवादी अहिले 'चिनिया तुरुप' दिल्लीलाई दोखाउन खोज्दैछ।
सरकारले हिमाली सिमानामा १० हजार सशस्त्र प्रहरी तैनाथ गरेर चीनलाई खुसी पार्ने रणनीति अपनाएकोे छ। चिनिया 'प्रेसक्रिप्सन'को हिमाली सुरक्षा नीति कसको हितमा हुने हो? सशस्त्र प्रहरीको बाक्लो उपस्थिति भारतसँग सिमाना जोडिएको तराइका जिल्लामा आवश्यक छ की हिमाली जिल्लामा? बुझिनसक्नु छ। केही वर्षयता काठमाडौमा सक्रिय तीब्बती गतिविधीबाट सशंकित चिनिया अधिकारी नेपाल सरकारले उसको आन्तरिक सुरक्षालाई महत्व दिनुपर्ने सर्त अघि सार्दै थिए। अहिले आफ्नो अनुकूल नेपाली सुरक्षा निकाय परिचालन गराउन सफल भएका छन्। विद्रोही तिब्बतीको गतिविधि नियन्त्रण गर्ने चिनिया चाहना पूरा गर्न नेपालले आफ्नो सश्स्त्र प्रहरी थप गरिदिएको छ। हामी साँच्चिकै उदार छौ, अर्काको सुरक्षाका निम्ति हाम्रो सुरक्षा निकाय तैनाथ गरिइँदै छ। चीनको चाहनाअनुसारको यो कार्यक्रम कार्यान्वय गर्न सरकारले चाहे जति सहयोग पनि पाउला। राष्ट्रिय सुरक्षा निकाय परिचालन गर्न अरूको भर पर्नुपर्ने प्रचलन नयाँ नेपालमा झन् बढ्ने लक्षण देखियो। चीनले नेपाली सुरक्षा अधिकारीलाई आफ्नो देशमा तालिम दिने, भ्रमण गराउने गरेर प्रभाव विस्तार गर्ने काममा तीव्रता दिँदै आएको छ।
अधिकांश 'मधेशवादी' सशस्त्र समूहले भारतीय भूमिलाई कार्यथलो बनाएका छन्। नेपालमा अपराध गर्ने र भारत छिरेर सुरक्षित हुने मधेशवादी नेपालको सुरक्षाको प्रमुख समस्या हुन्। भारतसँग सिमाना जोडिएको तराईको समतल मैदान अपराधले आक्रान्त छ। मधेशका नाममा अपराध गर्नेविरुद्ध बिशेष सुरक्षा नीति प्रभावकारी बन्न सकेको छैन। तर तराईमा नभएर हिमाली क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गर्न सरकारलाई अप्ठेरो लागेको छैन।
प्रधानमन्त्री नेपालको भारत भ्रमणका बेला भारतसँग सिमाना जोडिएको तराईको असुरक्षाको विषय प्रस्तुत गरिएको थियो। भारतले यस समस्यालाई सम्बोधन गर्ने के कस्तो वचन दियो? त्यो त माधव नेपालहरूलाई नै थाहा होला। तर भारतीय संचार माध्यमअनुसार भेटका बेला मनमोहन सिंहले नेपालमा पाकिस्तानी गुप्तचर सस्थाले भारत विरोधी सक्रियता बढाएको आरोेप लगाएका थिए। समाचारअनुसार नेपालले सिंहलाई त्यसो हुन नदिने भनेर आश्वस्त पारेका छन्।
भारतीय राजदूत राकेश सुद मुस्ताङ्ग भ्रमणमा निस्किएका छन्। उनको भ्रमणको उद्देश्य भारतीय सहयोगमा निर्मित स्कुल, अस्पताल र धर्मशालाहरूको निरीक्षण गर्नुरहेको बताइएको छ। सुद मुस्ताङ भ्रमणमा चिनिया चाहनाअनुसार हिमाली क्षेत्रमा सशस्त्र फौज परिचालन गर्ने निर्णय कारक त छैन? तिब्बती मामला चीनको टाउको दुखाइको विषय बनेको छ। स्वतन्त्र तिब्बतको मुद्दालाई मलजल गर्नेमा भारतमात्र होइन अमेरिकालगायतका पश्चिमा पनि छन्। स्वतन्त्र तिब्ततसँग जोडिएको हिमाली सुरक्षाजस्तो विवादास्पद र संवेदनशील सबालमा नेपाल मुछिँदैछ। यसको मूल्य कहिले र कसरी चुकाउने पर्ने हो ?
भारत र चीन नेपालमा अनुदान र सहयोगको ओइरो लगाउने प्रतिस्पर्धामा उत्रिएको महसुस भएको छ। बजेट सहयोग भन्दै ठूलो परिणाममा सरकारलाई अनुदान पनि दिँदै छन्। दूतावासहरूले सोझै जनस्तरमा सामाजिक कामका लागि पैसा दिइरहेका छन्। सहयोगमा स्वार्थ जोडिएको हुन्छ। त्यो स्वार्थ के हो ?