'परम्परागत राजनीतिको बलिवेदीमा हजारौंको ज्यान लिने हिंसापूर्ण आन्दोलन होस् वा मानिसका चेतमा थोरै जागरण ल्याउन भनेर अत्यन्त असल मानिसले आत्मदाह गर्नुपर्ने बाध्यता होस् – महंगा आन्दोलनहरूबाट समाजले मुक्ति पाउनु पर्छ।'
'गोविन्द! प्यारो साथी, तिमीले फेरि अनशन बस्नु नपरोस् '
करिब डेढ वर्षअघि यस्तो लेखेकोरहेछु मैले यही स्तम्भमा । विडम्बना, डा. गोविन्द केसी यतिबेला फेरि अनशनमै छन्, उही सन्दर्भमा अर्थात् प्रािज्ञक संस्थामा राजनीतिक हस्तक्षेपविरुद्धमा। यसपटक त उनले पानी खान पनि अस्वीकार गरेछन्। स्वास्थ्य स्थिति झन् छिटोछिटो बिग्रँदैरहेछ। अनशन स्थलमा भेट्न जाँदा जब यी साधु मानिसले कुरा गर्न चाहे, मैले उनलाई रोकेँ, 'भो कुरा नगर! थोरै भए पनि क्यालोरी जोगाऊ' भनेर। उनको दृढता देख्दा, आत्मबलिदानको भावना देख्दा जो कोही पनि भावुक बन्नु स्वाभाविक हो। मेरा पनि आँखा रसाए। मेरो पनि गला अवरुद्ध भयो। अनशन नतोडेसम्म उनको स्वास्थ्य स्थिति झन्झन् बिग्रँदै जानु स्वाभाविक छ। यतिबेला जसरी भए पनि उनले अनशन तोड्ने स्थिति सिर्जना गर्नु आवश्यक छ। तर त्यत्तिकै महत्वपूर्ण (हुनसक्छ, अझ महत्वपूर्ण ) हो यस देशमा चिकित्साविज्ञानको अध्ययन अध्यापन केका निम्ति, कसका निम्ति र कसरी गराउने भन्ने बारेमा स्पष्टता र राष्ट्रिय मतैक्य हुनु।
विकास, राजनीति, सामाजिक अभियानआदिमा जस्तै चिकित्सा विज्ञान शिक्षण पद्धतिका बारेमा पनि हामी 'आयातित धर्म'का बन्दी बन्ने गरेका छौँ। यस देशमा करिब चार दशकको मात्र इतिहास छ आधुनिक चिकित्सा विज्ञान शिक्षणको। नेपालमा चिकित्सा विज्ञानको शिक्षण सुरु हुँदा राष्ट्रिय आवश्यकतालाई नै सम्बोधन गर्ने गरी, आफ्नै मौलिकता सहित, अन्तर्राष्ट्रिय मान्यताको समेत ख्याल राखेर सुरु भएको थियो। तर सम्भ्रान्त भनिनेहरूको हस्तक्षेपका कारण त्यो पद्धति, त्यो मौलिकता कसरी क्रमशः विकृत हुँदै गयो? कसरी पराइका सामु हाम्रा आफ्नाले घुँडा टेके, त्यसका बारेमा अचेल बिरलै कुराकानी हुन्छ। पाटन चिकित्सा विज्ञान प्रतिष्ठानजस्ता नयाँ मेडिकल कलेजमा सिर्जनात्मक शिक्षण विधी र तार्किक न्यायपूर्ण भर्ना पद्धति अपनाइन थालेको छ। तर परम्परावादीका निम्ति यो सब अझै अपाच्य भइरहेकै छ। पोहोरमात्रै भएको लज्जास्पद राजनीतिक हस्तक्षेपका कारण त्यस संस्थाले भोग्नुपरेको चोटको खत अझै बाँकी छ गहीरो र पीडादायी। जसरी त्रिवि चिकित्सा विज्ञान प्रतिष्ठानले सुरु गरेको देशको आवश्यकताअनुरूपको शिक्षण र विद्यार्थी भर्नाको पद्धति कालान्तरमा परम्परावादी शक्तिको सामु टिक्न सकेन। काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिसिनले धेरै नयाँ तरिका अपनाए पनि 'नियम पुर्याउन' सीमापारका अशक्त वृद्धहरुलाई ल्याएर प्राध्यापकका रुपमा खडा गर्नुपर्ने बाध्यताबाट मुक्त हुनसकेन। त्यसैगरी पाटनको जस्तो नयाँ संस्थानले अपनाएको सिर्जनशील शिक्षण पद्धति र न्यायपूर्ण विद्यार्थी भर्ना गर्ने तरिका पनि कुनै बेला धराशायी हुनसक्ने जोखिम रहेको नकार्न सकिने अवस्था छैन।
एउटा मेडिकल कलेजमा पढाइ कत्तिको राम्रो भइरहेको छ भनेर मापन केले गर्ने? यसमा अझै स्पष्टता छैन। भवन कत्रो छ? कुर्सी टेबुल कति छन्? पढाउने मान्छे कति छन्? जस्ता विषयको भूमिका नहुने हैन। तर, त्यसभन्दा धेरै महत्वपूर्ण कुरा अरु छन् जसका बारेमा अहिले गहिरिएर हेर्न सकिएको छैन। विद्यार्थीहरु जीवन र मृत्युका कुरा कति गहीराइमा गर्छन्? जीवनको धेरै कुरा गर्छन् कि मृत्युको? स्वास्थ्यको धेरै कुरा गर्छन् कि रोगको? मानिसको दुःख र पीडाका बारेमा कति बु‰छन्? प्रेम र सद्भावजस्ता मानवीय गुणले उनीहरुको शिक्षामा स्थान पाएका छन् कि छैनन्? मानव शरीरलाई एउटा जटील यन्त्रका रुपमा मात्रै बु‰छन् कि खर्बाैं वर्षको लगानीपछि बनेको परम्अस्तित्वको अद्भूत सिर्जनाका रूपमा। शरीरविज्ञान बु‰न मृत शरीरको चिरफार गरिरहेका बेला त्यो शरीरको सम्मान गर्छन् कि अंग विशेषका बारे ठट्टा गरेर बस्छन्? बिरामीलाई बिग्रेको मेसिन र आफूलाई मेकानिक ठान्छन् कि त्यसभन्दा फरक, त्यसभन्दा बढी केही? देशको भौगोलिक, सांस्कृतिक, जातीय, भाषिक विविधताका बारेमा कति जानकार वा जिज्ञासु छन्? शिक्षक र विद्यार्थीको बीचको सम्बन्ध कस्तो छ? पढाइका क्रममा गाउँघरमा कति समय बिताउँछन् विद्यार्थीहरुले? सम्मान गर्न सिकेका छन् कि छैनन् विरामीलाई? यस्ता विषयले विद्यार्थीहरुको अध्ययनमा प्रवेश पाउन मेडिकल कलेजको कस्तो भूमिका हुनुपर्छ? यस्ता विषयको महत्वका बारेमा 'जानिफकार'हरुबीच सार्थक कुराकानीको सर्वथा अभाव छ। यी कुराभन्दा बढी महत्व कुर्सीटेबुलको संख्या र शिक्षकका निर्जीव प्रमाणपत्रले पाउने गरेका छन्। कुन उद्देश्यका लागि कस्ता डाक्टर कसरी उत्पादन गर्ने भन्ने बारेमा सोच्नु आवश्यक ठानिएकै छैन। तीस, चालीस, पचास लाखमात्र हैन, विशेष परिस्थितिमा करोडौं रुपियाँ खर्च गरेर बनेका डाक्टरहरु भविष्यमा कतिसम्म सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्षम होलान्? राज्य र गैरराज्य पात्रहरूबीच कस्तो सम्बन्ध हुँदा चिकित्साविज्ञान अध्ययन र स्वास्थ्य सेवा राम्रो हुन्छ? सिंगै गणतन्त्रको भविष्य र यसले लिने बाटोसित गहिरो सम्बन्ध राख्ने यति गम्भीर कुरा बारे खै सार्थक छलफल?
सत्ता र व्यापारको स्वार्थ, कालो धनलाई धोएर सेतो पार्ने 'बाध्यता', स्वास्थ्यकर्मी र पत्रकारहरुमा हुनुपर्ने परिपक्वताको कमी र स्वधर्मको अभाव, एकापसमा द्वेषभावको प्रचुरता, सत्य तथ्यभन्दा 'सेनसेसनल न्युज'को आकर्षण, आफ्नो आवश्यकता भन्दा बढी विदेशका नियामक निकायले के भन्छन् भन्ने पीरआदि अनेक कारणले आफ्ना वास्तविकता र आवश्यकताका बारेमा हामी केन्द्रित हुनै सकिरहेका छैनौं।
यस्तो स्थितिमा, पहिले डा. गोविन्द केसीको जीवन रक्षाको निम्ति गर्नुपर्ने पहल तुरुन्तै गरिहाल्ने, निर्णयको अभावमा रोकिएका विषयवस्तुलाई तत्काल निकास दिने र दीर्घकालीन महत्वका अत्यावश्यक विषयमा तत्काल राष्ट्रिय छलफल थाल्ने काम अविलम्ब गर्नुपर्छ – यो असम्भव कुरा हैन।
झन्डै आधा शताब्दीदेखि वि्र्कयाशील छ महाराजगन्जको चिकित्साविज्ञान प्रतिष्ठान। कीर्तिपुरमा भएको विश्वविद्यालयको अर्थपूर्ण भूमिका चिकित्साविज्ञान प्रतिष्ठानको मूल गतिविधिमा छँदै छैन भने हुन्छ। त्यसलाई किन छुट्टै विश्वविद्यालयका रुपमा विकास हुन नदिने? अहिले डा. गोविन्दको अनशनले जन्माएको भावनात्मक आँधीका बीच केही पदाधिकारीले हटिदिए कति नोक्सान हुन्छ? प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेपको समाप्ति किन अस्वीकार्य हुनुपर्ने? तत्कालको निकासका निम्ति यस्ता केही काम गरेर, समस्याको केन्द्रमा रहेका विषयबारे छलफल गर्न अझै साइत हेरी राख्नुपर्छ र?
राजधानीका वा अन्य सहरका तारे होटेलमा ठाउँ खाली नहोला, बाह्रै महिना 'फेसनेबल' छलफलहरु भइरहेकै होलान्। तर माथिका विषयमा सार्थक छलफलको खाँचो भने यथावतै छ। अब गर्न थाल्नु पर्यो। त्यसो नहुँदा, राष्ट्रिय स्तरमा दिशाबोधको अभाव भइ नै रहन्छ। दिशाबोधको अभावमा डा. गोविन्द केसीजस्ता साधुहरु आफ्नो विवेकअनुसार आन्दोलित, उद्वेलित हुनुपर्ने स्थिति आइरहन्छ। त्यसले विभिन्न तरंगहरु सिर्जना गरिरहने छ। यथार्थ र भावुकताका संसारहरुबीच असहज, असन्तुलन रहिरहन्छ। आत्मगत ढंगले आआफ्नै स्वार्थअनुरुप अनेक गुटहरु खेली नै रहनेछन्। राम्रो हुँदैन यसले।
धेरै संस्थाले मेडिकल कलेज खोल्नका लागि राज्यबाट मनसाय पत्र प्राप्त गरेकाछन्। त्यसैको आधारमा धेरै लगानी पनि भइसकेको छ। कतिले हरेक महिना डेढ दुईकरोड रुपियाँ त ब्याजै तिरिरहेका छन् रे! कति संस्थामा राज्यकै समेत लगानी भइसकेको छ। तिनले निकास त पाउनै पर्यो नि! कतिपय चलिरहेकै मेडिकल कलेजहरुको संरचनात्मक वा मानव संसाधनको अवस्थामा कन्तबिजोग छ। कतिपय संरचना बलियो नभएका संस्था भने प्रतिबद्धता, दिशाबोध आदिका हिसाबले अब्बल छन्। यस्तो विविधताको स्थितिमा, यो कलिलो गणतन्त्रको चीकित्साविज्ञान सम्बन्धित आवश्यकतालाई सम्बोधन गर्ने गरी राष्ट्रिय स्तरमै सार्थक बहस नहुने हो भने देशलाई अत्यन्त महंगो पर्नेछ। त्यस्तो हुन नदिउँ्क!