संविधान सभा निर्वाचन भएको आज ठ्याक्क एक महिना भयो। २०७० मंसिरमा नेपाली जनताले राजनीतिक दललाई जनादेश दिएका थिए । एक महिना बितिसक्दा पनि निर्वाचन पूरा भएको छैन । जनताले दलमाथि विश्वास गरेका थिए । राजनीतिक दलका शीर्ष नेताहरू अहिले जनमतको बलमा आफ्नो पक्ष बलियो बनाउने अभ्यास गरिरहेका छन्।
निर्वाचन आयोगले मंसिर पहिलो साता प्रत्यक्षको परिणाम सार्वजनिक गरेको थियो । मंसिर तेस्रो सातादेखि समानुपातिकतर्फका सभासदहरूको निर्वाचनको कार्यक्रम थालनी गरेको हो । राजनीतिक दलहरू समानुपातिक सभासद छनौट गर्न नसक्दा म्याद थप्ने काम भइराखेको छ । संविधान सभा निर्वाचन परिणाम स्वीकार गर्न नसकिरहेको एमाओवादीको नाममा पहिलो पटक कांग्रेसले एक साताको म्याद थप्ने राजनीतिको अगुवाई ग¥यो । पुस ३ मा पनि दलका जिम्मेवार नेताहरूले समानुपातिक सभासद्हरूको छिनोफानो गर्न नसकेको अवस्थामा एमाओवादीलाई अघि सारेर अहिले पुस १० सम्म म्याद थप भएको छ । राजनीतिक वृतमा पछिल्लो म्याद थप्ने राजनीतिलाई एमाओवादीको संविधान सभामा सहभागी हुने अर्थमा लिइएको छ ।
अघिल्लो संविधान सभाको तुलनामा शर्मनाक पराजय भोग्नुपरेको एमाओवादीलाई शान्ति प्रक्रियाको एउटा पक्षको हैसियतमा कांग्रेस र एमालेले मौका दिएको अर्थ लगाइँदैछ तर पछिल्लो पटक थपिएको पुस १० सम्मको म्यादमा समानुपातिक सभासद् छनौटको प्रक्रिया सम्पन्न होला त ? संशय छन् । जनताले आफ्नो कर्तव्य निर्वाह गरेर दलहरूलाई आदेश दिए । निर्वाचन आयोगले भने अहिलेसम्म पनि चुनाव सम्पन्न गर्न सकेको छैन । संवैधानिक आयोग राजनीतिक दलहरूको आदेशमा चल्ने गरेको छ । एमाओवादीको अनुपस्थितिमा पनि संविधान सभा गठन हुनसक्ने अभिव्यक्ति दिने निर्वाचन आयोगका स्वनामधन्य प्रमुख आयुक्त र आयुक्तहरू अहिले आएर दलका छायाँ जस्तो बनेका छन् । जनताबाट निर्वाचित सभासद् प्रमाणपत्र लिएर सडकमा भौतारिइरहेको अवस्था छ । संविधान सभा कहिलेसम्म गठन हुन्छ ? कसरी गठन हुन्छ ? कस्तो समीकरण बन्ने हो दलबीच जनप्रतिनिधि कुहिरोको कागझैँ बनेका छन् र नेताहरू कोठे बैठकबाट जनादेशको धज्जी उडाउने धन्दा गर्दैछन् ।
एमाओवादीकै अगुवाईमा एक साता म्याद थपिएको भए पनि संविधान सभामा सहभागी हुन उसले अघि सारेका बुँदाहरू गहिरो अर्थ राख्नेखालका छन् र सत्ता राजनीतिको सौदावाजीमा एमाओवादीले अघि सारेका मागहरू पूरा गर्न प्रमुख दलहरू बाध्य हुन सक्ने खतरा देखिएका छन् । उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिन दलका शीर्ष नेता तयार हुनुले जनादेशको के औचित्य भन्ने प्रश्न उठाएको छ । एमाओवादीले म्याद थप्ने राजनीतिका पछाडि सत्ता राजनीतिमा बार्गेनिङ गर्न समय लिएको अर्थ लगाइँदैछ । एमाओवादीको म्याद थप्ने मागलाई कांग्रेसले हार्दिकतासाथ दिएको राजनीतिको अर्थ गहिरो छ । सत्ता राजनीतिलाई सर्वोपरि ठान्ने एमाओवादी र कांग्रेसबीच सहकार्य हुनसक्ने सम्भावनाले आकार लिइरहेको त छैन ? सरकार बनाउनसक्ने गरी कसैको बहुमत नपुगेको अवस्थामा प्रमुख दलबीच सहकार्य लोकतन्त्रमा अन्यथा मानिन्न । दुई प्रमुख काग्रेस र एमालेको भाले जुधाईको लाभ एमाओवादीले लिन खोज्न राजनीति नै हो तर उसले संविधान सभामा भाग लिन आफ्नो नेतृत्वका राजनीतिक संयन्त्र हुनुपर्ने माग अघि सारेको छ । त्यो माग जनादेश विपरित छ । जुन खतरनाक छ । सत्ता राजनीतिका निम्ति कांग्रेसले त्यस्ता मागमा सम्झौता गर्ने गल्ती नगरोस् ।
संविधान सभा निर्वाचनमा धाँधली भयो भन्ने आरोपको राजनीति लामो समय टिक्ने होइन । पराजयको आवेगमा आएका यस्ता माग समयक्रमसँगै कमजोर बन्दै जानेछन् तर राजनीतिक संयन्त्र गठनको मागको सोझो अर्थ जनादेशको उपेक्षाबाहेक केही होइन । जनताका प्रतिनिधिले संविधान सभा र व्यवस्थापिका संसदबाट काम गर्नुपर्ने हुन्छ । व्यवस्थापिका संसदले सरकार बनाउने, चलाउने र ऐन नियम बनाउने मुख्य काम हो । उता संविधान सभाको मुख्य काम संविधान निर्माण हो । प्रमुख राजनीतिक दलहरू एक वर्षभित्र संविधान निर्माण गर्ने वाचा गरेका छन् । यस अर्थमा संविधान सभा गठन भएर काम गर्नुपर्ने हुन्छ । तर राजनीतिक परिदृश्यमा संविधान बनाउने र सरकार चलाउने भन्दा विधि र प्रक्रिया बाहिर गएर राजनीतिक संयन्त्रहरू जन्माउने अभ्यास भइरहेका छन् ।
जनताले नेपालको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसलाई पहिलो स्थानमा, वामपन्थी राजनीतिबाट माझिँदै प्रगातिशील समाजवादी बाटो समाएको एमालेलाई दोस्रो र अघिल्लो निर्वाचनको सबैभन्दा ठूलो दल तत्कालीन माओवादीलाई तेस्रो शक्तिमा स्थापित गरिदिए । राजतन्त्रवादी र हिन्दु धर्मको आडमा राजनीति गर्ने राप्रपा, नेपाल चौथो र विभाजित अवस्थाका मधेसवादी दललाई समग्रमा पाँचौ स्थानमा राखिदिए जनताले । जनताले जसजसलाई जसरी मत दिए त्यही अनुपातमा ती दलको मुलुकप्रति जिम्मेवारी हुनुपर्ने हो । यहाँ मुख्यतया नेपाली कांग्रेस र एमालेलाई जनताले प्रमुख जिम्मेवारी दिएको राजनीतिक आंकलन र अर्थ लगाइँदैछ । दलका नेताहरू जनादेशको पालना गरिराखेका छैनन् ।
प्रत्येक प्रमुख राजनीतिक दलभित्र जनमतको आडमा नेताहरूले राज गरिरहेको अधिनायकवादी प्रवृत्ति देखापर्दैछ । जनताले पार्टीको नीति र सिद्धान्तका आधारमा मत दिएका हुन् तर निर्वाचन परिणामपछि पार्टी नेतृत्व कसलाई समानुपातिक सभासद् बनाउने भन्नेमा विभाजित भएका छन् । कांग्रेसले रुखको नाममा पाएको मत अहिले संस्थापन सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको नाममा विभाजन गर्नुपर्ने माग दाबी भइराखेका छन् । रुखले पाएको मत अब सुशील र देउवाको नाममा विभाजन हुनुपर्ने विडम्बना मुलुकको मुख्य जिम्मेवार दलको नियति बनेको छ । संस्थापन पक्षको नाममा ६० प्रतिशत र बाँकी ४० प्रतिशत देउवा गुटको नाममा बाँडफाँट हुँदै आएको परम्पराले निरन्तरता पाउने हो वा होइन ? सत्ता राजनीतिको नेतृत्व लिन तयार कोइरालाले के कसरी सम्झौता गर्ने हुन ? आउँदा दिनमा प्रकट हुँदै जाला । कांग्रेसभित्र अहिले सुशील नेतृत्वमाथि आलोचनाहरू तीव्र भएका छन् । गुट राजनीतिमा विश्वास गर्ने सुशील शैलीको विरोधमा उनी आफैँ नजिकका केन्द्रीय सदस्यहरू उत्रिएको अवस्था छ । यसले सुशील कार्यशैलीमा सुधारको अपेक्षा राखेको छ । 'कोठे' बैठक छाडेर औपचारिक केन्द्रीय समिति बैंठक बोलाउनुपर्ने आग्रहले सुशीललाइ मात्र अप्ठ्यारोमा पार्ने होइन गुट राजनीति गर्नेहरूलाई कमजोर बनाउन सक्छ । जुन काग्रेसको हितमा हुन्छ । निर्वाचन आयोगले कारण देखाउँदै म्याद थप्दै जानुलाई जिम्मेवार नेताहरूले गुट व्यवस्थापन गर्ने अवसरका रूपमा लिएका छन् । म्याद थपलाई अवसरभन्दा उल्झनको अर्थमा लिनुपर्ने हुन्छ नेताहरुले । समय जति लम्बियो त्यत्ति नै सभासद् छनौट पेचिलो बन्दै जाने हुन्छ एमाओवादीका लागि म्याद थपिएको हो भने कांग्रेसले पुस १० अघि नै समानुपातिक सभासदको सूची बुझाए भइहाल्यो । यसो गर्नु कांग्रेसकै हितमा छ ।
अर्को जिम्मेवार दल एमाले पनि समानुपातिक सभासद् छान्न समस्या झेल्दैछ । नेताहरू आफैंले सृजना गरेको समस्याको समाधान जनताले गर्ने होइन । एमालेले सूर्य चिह्नमा पाएको मत पार्टी सभापति झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का नेता केपी ओलीले आ–आफ्ना मान्छेका नाममा बाँडफाँट गर्ने योजना बुन्दैछन् । नवौं महाधिवेशनको संघारमा सभासदका आकाक्षी कसैलाई पनि चिढाउन नुहने स्थितिमा एमाले नेताहरू छन् । जसको असर सभासद् चयनमा परिरहेको छ र 'क्याडरवेस' पार्टीमा गुट राजनीतिले आकार लिँदैछ ।
तेस्रो ठूलो दल माओवादी सभासद् छनौटको राजनीतिमा सक्रिय हुनमात्र थालेको छ । गोलाकारभित्रको हँसिया हथौडाको नाममा झरेको मत अब पुष्पकमल दाहाल, बाबुराम भट्टराईका नाममा बागबन्डा हुनेछन् । चौथो ठूलो दल राप्रपा, नेपाल पञ्चायतकालीन मण्डले प्रवृत्ति प्रदर्शन गरिरहेको छ । जनमतको कदर गर्ने हो भने संविधान सभा गठन हुन ढिलो हुनुहुँदैन । संविधान सभाभित्रबाटै सरकार र संविधान निर्माण गर्ने समीकरणहरू बन्नुपर्छ ।