संविधान सभाको दोस्रो निर्वाचनको मत परिणामपछि 'जनताले पहिचान पक्षधरलाई अस्वीकार गरेको' जिकिर पहिचानका विपक्षमा रहेका नेता तथा बुद्धिजीवीका मुखबाट अहिले प्रवाहित भइरहेको छ। पहिचानसहितको संघीयतालाई उनीहरुले 'जातीय संघीयता' भनेर व्याख्या गरिरहेका छन्। निर्वाचनका बेला मुलुकका चौतर्फी मुद्दालाई लिएर जनतामाझ गएका ती दल र नेताले निर्वाचनका मत परिणाम आफ्नो पक्षमा आएपछि सारा मुद्दा बिर्सेर पहिचानको मुद्दालाई मात्र अलग्गै टपक्क टिपेर संघीयताविरुद्ध उपयोग गर्दैछन्। पहिचान र संघीयताविरुद्ध यिनका मन र मष्तिष्क आग्रहले भरिएको छ भन्ने संकेत यसबाट आइरहेको छ। मत परिणामलाई पहिचानको मुद्दासँगमात्र जोडेर व्याख्या गर्दै सार्थक संघीयताको विपक्षमा ती दलले यसरी 'पोजिसन' लिँदै जाने हो भने अब संघीयताबारे बहस गर्नु आवश्यक रहेन।
विगतको मत परिणाम
२०६४ सालको निर्वाचनमा नेकपा (माओवादी) जातीय पहिचान, स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारसहितको संघीय संरचनाका पक्षमा उभिएको थियो। नेकपा (एमाले) ले जाति, भाषा, संस्कृति र भूगोलका आधारमा संघीयताको संरचना निर्माण गर्ने घोषणा गरेको थियो। प्रदेशको नामाकरण जाति, भाषा, संस्कृति र ऐतिहासिक पहिचान जनाउने किसिमले गरिनुपर्छ भन्ने पक्षमा थियो। नेपाली कांग्रेसले बहुलतामा आधारित लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल भनेको थियो। जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, भौगोलिक विविधता नै संघीय संरचनाको आधार हुने घोषणा उसले गरेको थियो। २०६४ सालको निर्वाचनले दिएको मत परिणाम हेर्दा नेकपा (माओवादी), मधेसवादी दललगायत् पहिचान पक्षधर अन्य साना दल मिलाएर लगभग ५५ प्रतिशत मत प्राप्त भएको थियो। नेकपा (एमाले) ले पाएको मतसमेत मिलाउँदा जम्मा ७३ प्रतिशत मत जातीय पहिचानसहितको संघीयताको पक्षधरलाई प्राप्त भएको देखिन्छ। त्यसबेला जनताले बौलाएर मत दिएका होलान् त?
२०६४ सालको निर्वाचनले 'लार्जेष्ट पार्टी' का रूपमा नेकपा (माओवादी) लाई उभ्यायो। जातीय पहिचान, स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारको पक्षमा रहेको नेकपा (माओवादी) ले त्यसबेला उक्त मुद्दाका साथै अन्य कारणबाट पनि मत पायो होला। शान्ति प्रक्रिया टुंगोमा पुग्न सजिलो होस भनेर, परिवर्तनकामी शक्ति हो भनेर वा नयाँ दलबाट नयाँ आशा, उनीहरुका त्याग र वलिदान, अनेक कारणबाट जनताले मत दिए होलान्। पहिचानसहितको संघीयताको पक्षधर मधेसी दल नयाँ राजनीतिक शक्तिका रूपमा उदायो। मधेसी पहिचान, प्रतिनिधित्व र पहुँचका साथै मधेसको आर्थिक–सामाजिक विकास तथा शान्ति सुरक्षाजस्ता सवालमा समर्पित हुन्छन् भन्ने आशाले मधेसी दललाई मत दिए होलान्। जीतका यस्ता अनेक कारण थिए होलान्। अहिले आएर तिनै मधेसवादी दलले हार बेहोरेका छन्। त्यसबेला पहिचानको नारा दिएर जित्नेले अहिले किन हारे भनेर विभिन्न पक्षको राम्ररी अध्ययन नगरी नेकपा (एमाले), नेपाली कांग्रेस, तिनका नेता र तिनका कित्तामा उभिएका स्वतन्त्र भनिने बुद्धिजीवीले मनखुसी ढंगले 'जातीयतावादी/क्षेत्रीयतावादीलाई जनताले अस्वीकार गरेको' भन्ने विशेष अभिव्यक्ति दिनुले यो जाहेर गर्छ कि तिनका लागि संघीयता ठूलै काउसो भइरहेको छ।
अहिलेको मतको व्याख्या
२०७० सालको दोस्रो निर्वाचनको मत परिणाम आएपछि नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता यो मत परिणामलाई यसरी व्याख्या गरिरहेका छन् मानौं यो जनमत संग्रह थियो, जनमत संग्रहका लागि एउटामात्र प्रश्न सोधिएको थियो, त्यो पहिचानसहितको संघीयताबारे वस्तुगत प्रश्न थियो जसको जनताले 'हुन्छ' वा 'हुन्न' मा रेजा लाएर जवाफ दिनुपर्थ्यो, रेजा लाएर दिइएको जवाफका आधारमा मत परिणाम निकालिएको थियो। यो विधिबाट पहिचानका विपक्षमा मत परिणाम प्राप्त भएको हो जस्तो गरेर व्याख्या गर्दैछन्। मत परिणामको यस्तो मनखुसी व्याख्याबाट स्पष्ट हुन्छ कि ती नेता तथा बुद्धिजीवीका मन र मष्तिष्क आग्रहले पुरै भरिएको छ। मत परिणामको यस्तो व्याख्या गर्दै पहिचान पक्षधरलाई 'जातिवादी' भनेर आक्षेप लाउनु र 'जनताले बढारिदिएको' भन्ने अभिव्यक्ति दिनु भनेको आग्रह पोखिएको हो, तुष्टि लिएको हो।
यस पटक पहिचान पक्षधर दलको मत घट्नुका अनेक कारण होलान्। मधेसवादी दल सत्तास्वार्थमा चुर्लुम्मै डुबे। एउटै मुद्दा बोकेका उनीहरु कैयौं टुक्रामा विभाजित भए। कुन पार्टी कसको भनेर ठम्याउन नै गाह्रो भयो। संघीय समाजवादी दल स्थापना भएको एक वर्ष नपुग्दै चुनाव लड्नुपर्ने अवस्था आयो। उसले आफूलाई जनतामाझ चिनाउने समय नै पाएन। ठूलो दल भनिएको एनेकपा (माओवादी) पनि नराम्ररी विभाजित भयो। विभाजनबाट सिर्जिएको अनेक क्रिया/प्रतिक्रियाले मत परिणाममा प्रभाव पर्यो होला। उसको मत घट्नुका अन्य कारण पनि होलान्। उसका नेता/कार्यकर्ता पद पैसा र शक्तिको भोगी देखिए होला, जनतासँग सम्बन्ध पातलियो होला, विकास र जनजीविकाका सवाल बिर्सिए होला। यस्ता थुप्रै कारक तŒवलाई मध्यनजर नगरी पहिचानको मुद्दालाई मात्र अलग्गै टपक्क टिपेर त्यसैका आधारमा मत परिणामको खण्डित व्याख्या गर्दै 'जातीय राज्य पक्षधरलाई जनताले अस्वीकार गरेको' एकमुष्ट निष्कर्ष निकाल्नु सार्थक संघीयताविरुद्ध उभिने प्रयत्न हो।
संघीयताको सान्दर्भिकता
उच्च जातीय सम्भ्रान्त पुरुष वर्गको आजसम्म राज्यसत्तामा चलिआएको एकल जातीय प्रभुत्वसँग असहमति जनाउँदै पहिचान पक्षधरले राज्यसत्तामा बहुजातीय सहभागिता हुनुपर्छ भन्ने आवाज उठाएका हुन्। परन्तु, जसले यस्तो जातिभेदको विरोध गरिरहेको छ उसैलाई जातिवादी भन्नु उदेकलाग्दो काम भइरहेको छ। यथार्थलाई स्वीकार गर्नुको साटो उल्टो आक्षेप लाउँदै संघीयताको तात्पर्य र उद्देश्यलाई जातीयताको रङ दिने हो भने अब संघीयताबारे बहस गर्नुको केही अर्थ छैन। पहिचान, स्वायत्तता र आत्मनिर्णयको अधिकारजस्ता संघीयताका मूलभूत तŒव नभएको संघीयता भनेको ५ विकास क्षेत्र वा १४ अञ्चल जस्तै हो। यस्तो संघीय व्यवस्था हुनुभन्दा लाज नमानी सिधै एकात्मक प्रणालीमा गए हुन्छ। जनयुद्धका नाममा बगेको हजारौंको रगत अनि मधेसी र जनजाति आन्दोलनमा बगाइएका थप रगत इतिहासको दुःखद स्मृतिका रूपमा सीमित राखे हुन्छ। बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई माटोमुनि गाडिदिए हुन्छ। राज्यको समावेशी लोकतान्त्रिक अग्रगामी पुनर्संरचना गर्ने संकल्पलाई वागमतीमा सेलाएर यथास्थितिमै चोखिएर बस्नका लागि विधिविधान मिलाउने प्रक्रियामा लागे हुन्छ। लोकतन्त्रको एउटा आधारभूत विशेषता भनेको धर्म निरपेक्षता हो भन्ने मान्यतालाई 'ॐस्वाहा' गरे हुन्छ। धार्मिक स्वतन्त्रताका नाममा घुमाउरो पाराले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरे हुन्छ। पहिचानरहित संघीयता र धर्म निरपेक्षतारहित लोकतन्त्र कायम गर्दै २०४७ सालको संविधान ब्युँताउन अब लाज मान्नुपर्दैन।
होइन भने हाम्रोजस्तो जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक विविधताले भरिएको मुलुकमा अहिलेसम्म चलिआएको एकात्मक शासन प्रणालीबाट मुलुकमा शान्ति तथा स्थायित्व कायम हुन सक्दैन, केन्द्रीकृत शासन प्रणालीले सबै जाति भाषी समुदाय र क्षेत्रका नागरिकको राज्य सञ्चालनमा सार्थक सहभागिता सुनिश्चित गर्न सक्दैन भनेर नै संघीयताको आवश्यकता महसुस भएको हो। ऐतिहासिकरूपले किनारामा पारिएका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय मुलुकको मूल प्रवाहबाट सधैँ टाढा रहनुपरेको, सामाजिक न्याय एवं अधिकारका कुरा सबै जनताले अनुभूत गर्न नपाएको, विकासका अवसर तथा सुविधा केन्द्रीकृत रहेको, सन्तुलित विकासको अभावमा भौगोलिक क्षेत्रबीच खाडल बढ्दै गएको जस्ता मुद्दाको सम्बोधन गर्ने उद्देश्यले पहिचान, स्वायत्तता र आत्मनिर्णयको अधिकारसहितको संघीयता अवलम्बन गर्न आवश्यक भएको हो। यसरी स्पष्ट उद्देश्य बोकेको संघीयताका यस्ता मूलभूत तŒवलाई जातीय संघीयताको रङ दिने हो भने अब संघीयताबारे बहस गर्नुको कुनै अर्थ छैन।
अन्त्यमा
जातीय, भाषिक, सांस्कृतिक विविधताले भरिएको हाम्रो देशमा राज्यशक्तिको सञ्चालन साझा ढंगले गर्ने परिपाटी नभएकाले चाहेर वा नचाहेर आजसम्म मुलुकमा जातिभेद रहिआएको छ। यसले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउँदै लगेको देखिन्छ। राष्ट्रिय एकतालाई मजबुत बनाउनका लागि सबैका पहिचानलाई मान र स्थान दिनुपर्ने हो। विडम्बना! संविधान सभाको पहिलो निर्वाचनताका पहिचानका नाममा मत बटुल्नेहरु संविधान सभामा पुगेपछि बोली फेर्दै पहिचानको विपक्षमा उभिए। त्यो चाला अशोभनीय र अनैतिकमात्र थिएन, मतदाताप्रति बेइमानी पनि थियो। अहिले नेपाली कांग्रेस वा नेकपा (एमाले) कसैले बहुमत नल्याए पनि 'पहिचान पक्षधरलाई जनताले बढारिदिएको' जस्ता पूर्वाग्रही अभिव्यक्ति दिएर पहिचानको मुद्दालाई फेरि चुनौती दिएका छन्। बिहानको रश्मिले दिनको संकेत गर्छ भनेझै ती अभिव्यक्तिले आउने दिन असहज हुने संकेत गर्दैछ।