कांग्रेसको अग्निपरीक्षा!
२३ मंसिर २०७०
•
१५ मिनेट पाठ
कांग्रेसको अग्निपरीक्षा!
संविधान सभा निर्वाचनको पूरै परिणाम घोषित भइनसत्तै्क सबैभन्दा पहिले राष्ट्रपति डा. रामवरण यादवलाई 'माले, मण्डले। मसाले'ले विवादमा ताने। गिरिजाप्रसाद कोइरालाले २०४७ सालको कुनै महिनामा रचना गरेको यो 'माले, मण्डले। मसाले' एकता बेलाबखत प्रकट भइहाल्छ। 'ताजा जनादेश आएकाले म पद त्याग गर्छु' भनेर राष्ट्रपति यादवले भनेकै भए पनि उनलाई संविधानले तोकेको पदावधिसम्म रहेर अभिभावकत्व लिइदिन अनुरोध गर्नु सभ्य राजनीतिक संस्कार हुन्थ्यो। राजनीतिक दलका नेताहरूको बेइमानी र विफलताको विष आफूले धारण गरेर भए पनि राष्ट्रपति यादवले मुलुकलाई हार्न दिएनन्। रुक्मांगद कटुवाल थमौती प्रकरण होस् वा अन्तरिम संविधानमा पटक पटक संशोधन गरेर पनि लोकतान्त्रिक पद्धतिबाटै देशलाई 'लिक'मा ल्याउने काम होस् अवगाल राष्ट्रपति यादवले पाए। त्यसको जस र लाभ भने राजनीतिक दलका नेताले लिए। कटुवाललाई थमौती नगरेको भए माधवकुमार नेपाल पक्कै प्रधानमन्त्री हुने थिएनन्। प्रधान न्यायाधीशलाई चुनावी मन्त्रिपरिषद्को नेतृत्व गराउने गरी संविधानमा संशोधन गर्दा राष्ट्रपति यादवको चर्कै आलोचना भएको थियो। तर, त्यही कारणले चुनाव भयो र मुलुकले लोकतान्त्रिक प्रक्रिया एवं विधिबाटै निकासको सम्भावना पहिल्यायो। त्यही चुनावले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई ठूला दलका रूपमा स्थापित पनि गरिदियो। यसको सबै जस राष्ट्रपति यादवले मात्र पक्कै पनि पाउँदैनन् तर दलका नेताले भाग लगाएर जस लिए पनि बिलो त तिनको भागमा पनि पर्ला नि!

राष्ट्रपति कांग्रेस हैनन्!

संसदीय गणतन्त्रमा राष्ट्रपति कुनै पार्टीको पनि भइरहन सत्तै्कन। राष्ट्रपति चुनिनेबित्तिकै ऊ पार्टी राजनीतिबाट अलग हुन्छ। संसदीय पद्धतिमा संसद्को निर्वाचनपछि सरकार बदलिन्छ तर राष्ट्रपति परिवर्तन हुँदैन र सामान्यतः तोकिएको पदावधिसम्म बहाल रहन्छ। निर्वाचनमा दलकै उमेदवार हुनसक्छ तर चुनावपछि रष्ट्रपतिको दलगत राजनीतिक जीवन सकिन्छ। यसैले राष्ट्रपतिलाई कांग्रेसै देखेर सत्ता भागबन्डाको विवादमा तान्नु संसदीय मर्यादाविपरीत हुन्छ।

शंकर पोखरेल, कमल थापा र बाबुराम भट्टराईहरूले राष्ट्रपतिलाई 'कांग्रेस' ठान्नु वा देख्नु भने अस्वाभाविक होइन। तिनीहरू सबै कुनै न कुनै प्रकारको सर्वसत्तावादी सिद्धान्तमा दीक्षित भएका हुन्। शीतयुद्ध समाप्त नभएको भए र सन् १९९० को दशकमा लोकतन्त्रको लहर नचलेको भए यी कसैले आफूलाई लोकतन्त्रवादी भन्ने पनि थिएनन्। पोखरेल र भट्टराई 'संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने' प्रणाली हो भन्ने रटेर हुर्किएका हुन्। थापा 'बहुदलले राष्ट्र नै समाप्त पार्छ र देशलाई राजाको सक्रिय नेतृत्व चाहिन्छ ' भन्ने चिन्तनका उपज हुन्। यसैले यिनले लोकतन्त्रलाई आत्मसात् गर्न सकेनन् भनेर चिन्ता गर्नु चाहिँ व्यर्थ हो।

कम्युनिस्ट शासनमा सत्ताका सबै अंग र संयन्त्रमा पार्टीको कब्जा हुन्छ। कमल थापाले दीक्षा पाएको पञ्चायतमा त झन् अरू राजनीतिक सिद्धान्त र शक्तिको अस्तित्व नै स्वीकार गरिदैन थियो। त्यसैले तिनले राष्ट्रपतिलाई पार्टी विशेषको देख्नु र ठान्नु स्वाभाविकै हो। सायद, 'मोति र काँच मालामा उनिदा सँगैसँगै हुन्छन् तर किनबेचका बेला काँच काँचकै भाउमा बिक्छ र मोतिको मूल्य पनि बेग्लै हुन्छ ' भन्ने संस्कृत सूक्ति सायद एक पटक फेरि चरितार्थ भएको देख्नुपर्नेछ। कांग्रेसका नेताहरूका लागि भने यो विवाद सिद्धान्त र निष्ठासँग बढी जोडिएको छ। हेर्नु छ, तिनले सत्ता र सिद्धान्तमध्ये केलाई प्राथमिकता दिने हुन्?

सत्ता कि सिद्धान्त?

कांग्रेस सायद पटक पटक अग्निपरीक्षा दिन अभिशप्त छ। जनताले निर्वाचनबाट ठूलो पार्टी बनाएर मुलुकलाई अन्योलको भुमरीबाट पार लगाउने मुख्य जिम्मेवारी कांग्रेसलाई सुम्पेका छन्। लोकतन्त्रमा एकै मतले पनि हारजित हुन्छ। यस्तै, सदनमा एउटै स्थानमात्रै पनि बढी पाउने दललाई ठूलो मानिन्छ। सामान्यतः त्यही ठूलो दलले सरकारको नेतृत्व गर्छ। संसद्मा स्पष्ट बहुमत नभएका अवस्थामा गठबन्धन सरकार चलाउनुपर्ने हुन्छ। राष्ट्रपतिले पहिलो हुने दललाई सरकार बनाउने र बहुमत सिद्ध गर्ने मौका दिनुपर्छ। तर यो सामान्य अवस्थाको प्रक्रिया हो र संसद्मा लोकतान्त्रिक दलहरूको वर्चस्व भएका स्थितिमा मात्र सहजरूपमा यो विधि कार्यान्वयन गर्न सकिन्छ। सन् २०१० को बेलायतको संसदीय निर्वाचनमा लामो समयपछि त्रिशंकु संसद् बन्यो। कन्जरभेटिव पार्टी सबैभन्दा ठूलो दल भयो। लिबरल डेमोक्य्राटको समर्थन पाउने दलले सरकार गठन गर्नसक्ने भयो। लेबर पार्टीसँग कतिपय विषयमा निकटता भए पनि लिबरलहरूले सबैभन्दा ठूलो दललाई समर्थन गर्ने निर्णय गरे। त्यहाँ निर्वाचन सकिनेबित्तिकै सजिलै सरकार परिवर्तन भयो। यहाँ पनि त्यस्तै होस् भनेर कामना गर्न त सकिएला तर त्यो यथार्थपरक हुँदैन। न लोकतान्त्रिक अभ्यास हाम्रो संस्कार बनेको छ न संसद्मा लोकतान्त्रिक मर्यादाको पालन गर्नेहरूकै बहुमत छ। तर, नेपाली कांग्रेसले भने जनताले सत्ता दिएका भए पनि सिद्धान्तसँग साँट्नु राजनीतिक दृष्टिबाट समेत आत्मघाती हुनसक्छ।

कांग्रेसको अडान

सैद्धान्तिक आधारमा उभिने हो भने कांग्रेसका नेताहरूले स्पष्ट शब्दमा भन्न सक्नुपर्छ — राष्ट्रपतिको पदावधि संविधानअनुसारै हुछ। राष्ट्रपतिको पदलाई सत्ता मोलतोलको विषय बनाउनु हुँदैन। एमालेलाई भागै चाहिएको हो भने सरकार गठन गरे हुन्छ। हाम्रो समर्थन चाहिए हामी सहयोग गर्नेछौँ। सरकारमा सामेल नभएर पनि सहयोग गर्न सकिन्छ। संविधान निर्माणमा केन्द्रित हुने वचनमात्र कांग्रेसको सर्त हुनेछ। यस्तै, स्थानीय निकायको निर्वाचन सकेसम्म चाँडो गराउनु पनि कांग्रेसको अर्को सर्त हुनेछ। वर्ष दिनभित्र संविधान बनाउने र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने प्रतिबद्धता नेपाली कांग्रेसले चुनावमा जो गरेको छ।

एमालेलाई सत्ता

कांग्रेससँग एमालेले सत्ता साझेदारी पनि नगरे हुन्छ। अपेक्षाकृत अरूभन्दा बढी संसदीय प्रणालीप्रति अभ्यस्त दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा हुँदा सरकार र संसद्को सञ्चालन सहज पनि हुन्छ। एक्ल्याउनै मन लागे संसद्मा नेपाली कांग्रेसबाहेककै दलहरू मिलाउँदा पनि बहुमत पुगिहाल्छ। नेपाली कांग्रेस र प्रतिपक्षमा बस्ने घोषणा गरेको राप्रपा — नेपालबाहेकै पनि संसद्मा बहुमत पुग्छ। त्यसमाथि, बिस्तारै कमल थापाले भाका फेर्न थालेका पनि छन्। सरकार बनाउने गिराउने खेलमा उनी पोख्त पनि छन्। कांग्रेसलाई किनारा लगाउन पञ्च र कम्युनिस्टहरू उहिल्यैदेखि परेका बेला सँगै उभिने पनि गरेकै हुन्।

पहिलो संविधान सभामा पनि कांग्रेसबिना ३ वटा सरकार गठन गरिएकै हुन्। त्यसले कांग्रेसलाई पनि नोक्सान त भएन छ। यसैले अब पनि कांग्रेसले संविधानमा ध्यान केन्द्रित गरेर सरकार गठन गर्न एमालेलाई भनिदिए हुन्छ। यसलाई जनादेशविपरीत भन्ने अर्थ लगाउनु मन बुझाउने बाटो होला तर संसदीय पद्धतिमा यस्तो अभ्यासलाई विधि र प्रक्रियासम्मत हुँदासम्म अन्यथा ठान्न मिल्दैन। कांग्रेसले पनि त्यसमा गुनासो गर्ने ठाउँ रहँदैन। सरकारमा नहुँदैमा कांग्रेसको भूमिका खुम्चिने पनि होइन। मिलेर जाने सहमति भए सभामुख नेपाली कांग्रेसले लिए हुन्छ। संसदीय समिति विशेषगरी संवैधानिक समितिको नेतृत्व पनि कांग्रेसले गरे हुन्छ। त्यसो भए संविधान बनाउन कांग्रेसले बढी योगदान गर्न सक्छ। कुनै पद नपाए पनि लोकतान्त्रिक विधि र प्रक्रिया स्थापित भए कांग्रेसलाई नोक्सान पर्दैन। चुनाव भयो र न कांग्रेसले आफू जनादेश पाउने ठूलो दल भएको देखाउन सक्यो। यसैले कांग्रेसको आवाज कमजोर बनाउने खेलमा गरिने बहुरंगी गोलमेच, सभा, सम्मेलन हैन संविधान सभामात्र निर्णायक हुन्छ भन्ने सन्देश पनि कांग्रेसले स्पष्टसँग दिनुपर्छ। (हुनत, शनिबार कांग्रेस र एमालेबीच सहकार्य गर्ने सम्झौता भएको छ। जनताले दिएको आदेश पनि त्यही हो। तर, एमालेले राष्ट्रपति बदल्नुपर्ने निर्णय गर्न देखाएको हतारले भने सहकार्य लामो नहुने शंका नै बलियो भएको छ।)

राष्ट्रपति हटाउने सजिलो बाटो

संविधान छिटो बनाए त राष्ट्रपतिको पद यसै रिक्त भइहाल्छ। सबैभन्दा सजिलो बाटो यही हो। तर, सरकारको नेतृत्व पाउँदा पनि एमाले नेताहरूको चित्त नबुझे वा अरू साझेदारलाई भाग पुर्‍याउन परे संविधान सभाको बैठकबाट प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई पद त्याग गर्न आग्रह गरे हुन्छ। राष्ट्रपति हट्नुपर्छ भन्नेको बहुमत पुग्न पनि सक्छ। त्यस अवस्थामा डा. रामवरण यादवले दुई तिहाइ बहुमतले नै हटाउनुपर्छ भन्ने जिद्दी पक्कै पनि गर्नेछैनन्। कांग्रेसलाई पनि सिद्धान्तहीन सम्झौता गर्नु परेन र असंसदीय अभ्यासमा सहभागी हुनु पनि परेन। कसैलाई राष्ट्रपति हुनै र बनाउनै पर्ने भए 'सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने' यही उपाय अपनाए हुन्छ।

र, अन्त्यमा

राष्ट्रपतिलाई अहिले सत्ता मोलतोलको विषय बनाउँदा असंसदीय अभ्यासको बीउ रोपिने हुनाले पनि कांग्रेस यसबाट जोगिनुपर्छ। संसदीय धर्म पालन गरेमात्र कांग्रेस जीवन्त रहन्छ। यस्तै, अहिले तत्काल राष्ट्रपति हटाउने विवादले मधेसी मतदाताको चित्त दुखाउनसक्छ। मधेसका जनताले मधेसी दलहरूलाई पन्छाएर ठूला दललाई मत दिएको पहिलो मूल्य मधेसी मूलका राष्ट्रपति र उपराष्ट्रपतिले संवैधानिक प्रावधानविपरीत पद छाडेर चुक्ता गर्नुपर्‍यो भने त्यसको कस्तो सन्देश जाला? अगिल्लो पटक मधेसी दललाई मत दिँदा मधेसी मूलका व्यक्तिहरू राष्ट्रपति र उपराष्ट्रपति भएका थिए। अहिले मधेसी दलहरू कमजोर हुनेबित्तिकै उनीहरू पदावधि बाँकी छँदाछँदै संविधानको प्रावधानविपरीत हटाइए भन्यो कसैले भने जनताले किन नपत्याउने? राष्ट्रिय दलहरूलाई मत दिनु गल्ती भएछ भने मधेसी जनताले पछुताउनु पर्‍यो भने त्यसको परिणाम के होला? केही मधेसी पार्टीका नेताले मुख फोरी जो सकेका छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस