निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा भाग लिएका दलहरूले समानुपातिकमा प्राप्त गरेको मतको फेहरिस्त थमाएको छ र उनीहरूलाई साता दिन भित्र सभासद तोक्न आग्रह गरेको छ। संविधानसभा निर्वाचनको क्रममा दलहरूले समानुपातिक उमेदवार तोकेकाहरूको लामो लिस्टबाट अब प्राप्त मतका आधारमा सदस्यहरू तोक्नुपर्ने छ। आरक्षण नीतिभित्र रहेर दलहरूले उमेदवार तोक्ने गणित उनीहरूका लागि चुनौती बनेको छ।
निर्वाचनमा प्रत्यक्षका उमेदवारहरूको भोट राजनीतिमा योगदान पुगोस भन्ने उदेश्यले एउटै जिल्ला वा क्षेत्रबाट धेरै उमेदवार सिफारिस गरेका दलहरूलाई सभासदका सबै आकाक्षीको चित्र बुझाउन सहज छैन। नेताका घर आगन, पार्टी कार्यलय जताततै अहिले समानुपातिक उमेदवारहरू सभासदको याचना गरिरखेको भेटिन्छन्। औपचारिक रुपमा पार्टीको केन्द्रीय समितिको सिफारिस हुने भनिए पनि पार्टीका शीर्ष नेतृत्वको अरन खटनमा अन्तिम टुंगो लाग्ने समानुपातिक सभासदको मनोनयमा पार्टी भित्रका गुट व्यवस्थापन एउटा प्रमुख समस्या हो। समानुपातिक उमेदवारको स्पष्ट आधार राजनितीक दलहरू बनाएको पाइदैन। निर्वाचन अघि प्रत्येक दलले आफ्ना मातहतमा जिल्ला र क्षेत्रिय समितिलाई प्रत्यक्षमा तीन र समानुपातिकमा ५ जनाको नाम सिफारिस गर्न भनिएको थियो। तर, त्यस्तो नीति कार्यान्वयमा आउँन सकेन। प्रत्यक्ष निर्वाचनका उमेदवारलाई सहयोग पुगोस भन्ने उदेश्यले समानुपातिक उमेदवारको नामको लिस्ट लामो बनेको प्रशस्त उदाहरण भेटिन्छन्। काग्रेस सभापति सुशील कोइरालाको गृहनगर बाँकेको अवस्थाले काग्रेसको कथा व्यथा औल्याउँछ।
चार निर्वाचन क्षेत्र रहेको बाँकेबाट समानुपातिकमा १८ जनाको नाम आयोगको बन्द सूचिमा छ जसमा ९ जना कोइराला उमेदवार भएको क्षेत्र नं ३ का छन्। काग्रेसले आयोगलाई बुझाएको ३३४ जनाको सूचिमा बाँके क्षेत्र नं ३ बाट आयोगको नेपालगंज मेडिकल कलेजका प्रमुख लगानी कर्ता डा. सुरेश कुमार कनौडिया जो कोइरालाको चुनावी अभियानका अर्थमन्त्री पनि हुन लगायतका ९ जना मध्ये कसले सभासद हत्याउने हुन्? सायद कोइराला आफ्नै लागि टाउको दुखाइको विषय बनेको हुनुपर्छ। कोइरालाको चुनावी रथ सम्हालेका कनौडियाको र मोहम्मद सिद्धिकी जो यस अघि पनि समानुपातिक सभासद थिइन बाहेकका सूचिमा परेका सात जना बाँकेका काग्रेसजनकै लागि आलाकाचा अनुहार हुन्। कोइरालाले पार्टीमा समानुपातिकको उमेदवार हुने हैसियत समेत नभएकालाई किन बन्द सूचिमा राखे ? उत्तरहरू स्पष्ट छैनन्। काग्रेसजनको चर्चाको विषय भने भैरहेको छ। काग्रेस सभापति कोइराला र उनी उम्मेदवार रहेको क्षेत्रमा समानुपातिकका दाबेदारहरू मध्ये कस माथी निगहा हुने हो? अहिल्यै आँकलन गर्न सकिन्न। स्वय सभापतिले चुनावी राजनीतिमा खेलेको समानुपातिक कार्ड अहिले काग्रेसका लागि चुनौती बनेको बन्ने देखिन्छ। कारण, काग्रेसका उपसभापति, महामन्त्रीहरू र शीर्ष नेताहरूले आफू उमेदवार भएको क्षेत्रबाट उदारततापूर्वका समानुपातिक उमेदवार बनाएका छन् र ३३४ को बन्द सूचिमा उनीहरूको नाम पारेका छन्। काग्रेसको आन्तरिक राजनीतिमा संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच के कति सिट बाँडिने हो ? काग्रेसले समानुपातिकमा प्राप्त गरेको सभासद मध्ये संस्थापन र देउवा पक्षमा हुने विभाजनले उनीहरूबीचको शक्ति सन्तुलन जनाउँने छ। अहिलेसम्म दुइ पक्षबीच थोकमा प्रतिशत वा संख्या तोकेर हुँदै आएको बाँडफाँडलाई यसपटक कसरी पटाक्षेप हुन्छ ? काग्रेसको आन्तरिक राजनीतिमा त्यसले ठूलो अर्थ राख्दछ्। राष्ट्रिय राजनीतिमा प्रधानमन्त्रीको उमेदवार बनाइएका कोइरालाले त्यो पद प्राप्त गर्न पनि पार्टी भित्रै लेनदेन गर्नुपर्ने हुन्छ। कोइराला उदार हुनुपर्ने अवस्थाको लाभ देउवाले कुन हदसम्म लिनसक्छ? त्यसको लेखाजोखा यसै सातादेखि हुने छ। सहमतिको जामा लगाएर दई पक्षबीच भागबण्डा गरिनेछ।
संविधानसभा निर्वाचनमा दोश्रो ठूलो दल एमालेमा समानुपातिक सभासदको मनोनयनले ठूलै रडाको मच्चाउने आँकलन गरिदैछ। समानुपातिकका उमेवारहरूको बाक्लो उपस्थितिकै कारण बुधबार एमालेले केन्द्रिय कार्यालय स्यायी कमिटी बैंठक बस्न सकेन। सभासदका आकाक्षीहरूको भीडबाट टाढा रहन स्यायी कमिटी बैंठक मनमोहन स्मृती भवन, सानेपाका बस्यो। स्यायी समिति बैंठकको एउटा प्रमुख मुद्धा समानुपातिको बन्द सूचिमा रहेका ३३३ जना मध्ये कसकसलाई सभासद बनाउने भन्ने हो। एमालेलाई समानुपातिकमा ८४ सिट प्राप्त भएको छ। तर अहिलेको मुख्य प्रश्न ८४ जनामा कसका मान्छे कति जना राख्ने भन्ने देखिन्छ। पार्टीका जिम्मेवार नेताहरू ३३३ जना मध्येबाट आआफ्न मानिसको लिस्ट बनाएर लविङ्गका साथसाथ दबावको राजनीति गर्दे आएका छन्। पार्टी अध्यक्ष झलनाथ खनालले समानुपातिक अन्तिम सूचि बनाउँने क्रममै धाँधली गरेर आफ्ना मान्छे पन्छाएको आरोप लगाउँदै आएको केपी ओली समुह कसरी प्रकट हुन्छ? पार्टी स्यायी कमिटीले मापदण्ड तयार पार्ने। मापदण्डहरूको आडमा पार्टी अध्यक्ष, वरिष्ठ नेता माधव कुमार नेपाल, अर्का प्रभावशाली नेता केपी ओलीका साथसाथ वामदेव गौतमका मानिस पर्नुपर्छ भन्ने आवाजहरू उठिरहेका छन्। एमालेले ३३३ जना मध्ये पार्टी गुटमा हैसियत राख्ने कसकसकका मानिस जोडेर एमालेका ८४ सभासद बनाउने हो? त्यो हेर्न बाँकी छ। तर, एमालेका शीर्ष नेताहरू सरकार बनाउने गिराउने खेलमा सहयोगी हुने भएकोले एक अर्काको पल्लाभारी हुन दिनबाट रोक्ने र आफ्ना मानिस धेरै भन्दा धेरै पार्ने राजनीतिमा सक्रिय हुने देखिन्छ। अहिले सतहमा देखिएको राजनीतिक विकासक्रममा काग्रेस, एमाले मिलेर सरकार गठन र संविधान निर्माण गरिनुपर्छ भन्ने मान्यतामा पार्टी अध्यक्ष खनाल र वरिष्ठ नेता नेपाल उभिएका छन्। तर पार्टीको आन्तरिक राजनीतिमा महत्व राख्ने केपी ओली खुलेर काग्रेसँगको कार्यगत एकताको पक्षमा खुलेका छैनन्। सत्ता राजनीतिलाई ध्येय बनाएका उनका लागि पार्टीमा आफू बलियो हुन आवश्यक हुन्छ। उनले समानुपातिकको सूचिमा रहेका मध्येबाट धेरै भन्दा धेरै आफ्ना मान्छे पार्ने रणनीति अपनाएको एमालेका जानकारहरू बताउँछन्। सामान्यतया, राजनीतिको सबै भन्दा बलियो शक्ति माथी आक्रामक हुने ओली आउँदा दिनमा काग्रेसको कटु आलोचक बन्नसक्छन। यस्तो अवस्थामा ओलीको बोली एमाओवादीका पुष्प कमल दाहालसँग मिल्यो भने आश्चर्य नमाने हुन्छ।
यो साताभरी समानुपातिक सभासदकै नाममा प्रमुख राजनीतिक दलहरूमा पक्ष, विपक्ष, गुट, उपगुटको राजनीतिक चलखेल तीव्र हुने छन्। तेश्रो दल एकिकृत माओवादी अहिलेसम्म संविधानसभा निर्वाचनको परिणाम स्विकार गरिनसकेको अवस्थामा उसलाई समानुपातिकको चटारो छैन।
अन्तरिम संविधानमा प्रत्येक दलले कम्तिमा ५० प्रतिशत महिला, करिव ३१.२ प्रतिशत मधेशी, १३ प्रतिशत दलित, उत्पीडित जाती, आदिवासी जनजाति ३७.७ प्रतिशत, पिछडिएको क्षेत्रबाट ४ प्रतिशत र खस आर्य र अन्य समुह ३०.२ प्रतिशत हुनुपर्ने प्रावधान छ। संविधानसभामा सबै जातजाति, लिङ्ग क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न अख्तियार गरिएको आरक्षणको व्यवस्थालाई दलका नेताहरू आफू अनुकूल प्रयोग गर्न सक्ने देखिन्छ। जस्तो मधेशी एउटी दलित महिलालाई सभासद बनायो भने उनको गणना मधेशी, महिला र दलित तीनवटा कोटामा गणना गर्न सकिन्छ। नेताहरूले दोहोरो, तेहोरो अर्थ लाग्ने खालमा केही उमेदवारलाई सभासदको माला लगाएर बाँकीमा आफू र आफ्ना मान्छे पार्ने छन्। अहिले यस्तै खेल भैरहेका छन्। लामालामा लिस्टबाट सभासदहरू छनौट गनुपर्ने नेताहरू मौजावाल र उमेदवारहरू रैतीको हैसियत छन्। उमेदवारहरू याचना गरिराखेको अवस्थाले समानुपातिको असली पाटो उदाङ्गो पारेको छ।