चुनावी नतिजाले प्रायः स्पष्ट आकार लिँदा संविधान सभामा नेपाली कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो ठूलो पार्टी बनेका छन्। दुवै दल मिल्दैमा मात्र पनि दुई तिहाईको सम्भावना बलियो हुन्छ। जनादेश छ–सहमतिमा संविधान जारी गर्ने! जनताले दल विशेषलाई दुई तिहाई त के साधारण बहुमत पनि दिएनन्। जनमतको कदर गर्न सहमतिको राजनीति अनिवार्य छ। कांग्रेस र एमालेले सहमतिको वातावरण निर्माण गरी अघि बढेमात्र त्यो सम्भव छ। संविधान जारी गर्ने ऐतिहासिक दायित्व निर्वाह गर्न तेस्रो ठूलो दल एनेकपा (माओवादी) सहमति निर्माणमा आफै अग्रसर हुनुपर्ने हो। ऊ अगाडि सर्दैन भने उसलाई मनाउने जिम्मेवारी काग्रेस र एमालेको हो। माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याएको दाबी यीनै दुई दलले गर्ने जो गरेका छन्। जित र हारको मानसिकताभन्दा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने अबको दायित्व हो। कुनैपनि बहानामा दायित्वबाट पन्छन र भाग्न मिल्दैन। संविधान सभा आफ्नो मुद्दा भएको दाबी गर्ने माओवादीले त्यहाँ प्रवेशको सर्त राख्नु आफैमा हास्यास्पद हो। बरू मूलढोकामा बसेर अरूलाई स्वागत गर्न तयार हुनुपर्छ। आफ्नो मुद्दा भन्ने अनि संविधान सभामा प्रवेश गर्न सर्त राख्ने ? जनताले संविधान बनाउनलाई मत दिएका हुन् पन्छनलाई होइन। सर्त राख्नु जनमतको अपमान हो। अर्कोतर्फ जितको उन्मादमा परेर पन्छाउने व्यवहार गर्नु पनि घातकसिद्ध हुनसक्छ। भविष्यको जोखिमको सामना दल विशेषले मात्र गर्न सक्दैन। मिल्नुको विकल्प खोज्ने दुस्साहस कही कतैबाट हुनुहुँदैन।
संविधान निर्माण प्रक्रिया सिधा गतिमा अघि बढ्नेछैन। सत्ताको नेतृत्व र भागबन्डाबारे विवाद आउने लक्षण देखिइसक्यो। त्यसैका कारण प्रक्रियामा अवरोधहरू आउनसक्छन्। सत्ताको गणितीय जोडघटाऊ र जोरजाम गर्ने प्रवृत्तिबाट नेपाली राजनीति सधैँ प्रभावित भइआएको छ। अब पनि त्यस्तो अवस्था नआउला भन्न सकिन्न। जित्नेले चाल्ने कदम र देखाउने उदारताले विवादहरूको व्यवस्थापन हुनसक्छ। त्यसका लागि सक्षम र सबल नेतृत्वको खाँचो छ। देशले सामूहिक नेतृत्वको आभास दिनसक्ने नेतृत्व चाहेको छ जसले भविष्यको चुनौतीलाई मनन गरेर सामूहिक नेतृत्वको सोच अनुरूप बढ्न सकोस्। व्यक्तिवादी सोच र व्यवहारभन्दा माथि उठी पद्धति र प्रणालीलाई संस्थागत गरी बढ्न सकोस्। कोही नछुटून् र कोही नटाढिऊन्। भाग्न खोज्नेलाई फकाएर वा अड्काएर भएपनि प्रक्रियाबाट भाग्न नदिने खुबी नेतृत्वमा हुनुपर्छ।
सहमतिबाट जानुपर्ने दायित्वलाई मनन गरेर नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक परामर्श थालिसकेका छन्। उनले एनेकपा (माओवादी) अध्यक्ष प्रचण्डलाई निवासमै गई सहमतिका साथ अघि बढ्न आग्रह गरिसके। भविष्यको बाटो सजिलो बनाउन अन्तर्राष्ट्रिय समुदायसँग छलफल थालिसके। बाहिर जे जस्तो प्रतिक्रिया दिएपनि प्रचण्डले थालेको उच्च तहको राजनीतिक भेटघाटलाई सकारात्मक संकेत मान्नुपर्छ। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटले पनि सकारात्मक संकेत गरेको छ। एमाओवादी अहिले दलभित्रको समस्यालाई मिलाउन खोजिरहेको भान हुन्छ। अपेक्षा गरेभन्दा बेग्लै परिणामले हतोत्साही हुँदा केही समय तनाव हुनु स्वाभाविकै हो। समयले तनाव विस्तारै मथ्थर पार्ने अपेक्षा गर्न सकिन्छ। संविधान सभाबाट टाढिनु घातकसिद्ध हुने हेक्का एमाओवादीलाई पनि होला। सहमतिको राजनीतिबाट कोही भाग्न मिल्दैन। भागेमा व्यक्तिगत राजनीति त संकटमा परिहाल्छ नै सँगै पार्टी पनि कमजोर हुन्छ। संविधान सभा निर्वाचनमा विरोधीको अवरोध हुँदाहुँदै पनि ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्नुले जनता आफ्ना प्रतिनिधिले जारी गरेको संविधान हेर्न आतुर रहेको प्रमाणित गरिसक्यो। बितेका छ वर्षमा धेरै काम भई पनि सकेका छन्। अब तिनलाई अन्तिम रूप दिई सहमति बनाउनेमात्र हो। तसर्थ देशले एक वर्षभित्र संविधान पाउनुपर्छ।
उत्कृष्ट संविधान जतिसक्दो छिटो दिन सबल र सक्षम नेतृत्व ल्याउन जनादेश अनुरूपको हैसियतलाई सबैले स्वीकार गर्नुपर्छ। नगर्नु जनादेशको अवज्ञा हो। यात्रा जोखिमयुक्त र चुनौतीपूर्ण छ। मिलेर गए सहज हुन्छ तर नमिले पनि राजनीतिक प्रक्रिया अड्किँदैन। जनताले पाठ सिकाइहाल्छन्। विगतबाट पाठ सिकेर जानु अनिवार्य भइसक्यो। सहमति, सहकार्य र एकताको राजनीतिलाई बेवास्ता गर्दा देशले पहिलो संविधान सभा चुनावबाट संविधान पाउन सकेन। भुल दोहोर्याउनु हुँदैन। अतिवादी सोच र व्यवहारले विध्वंश निम्त्याउँछ। देशले भने अहिले निर्माण चाहेको छ, विध्वंश होइन। अतिवादले परिवर्तनलाई संस्थागत गर्ने अभियान बिथोल्यो। उत्तेजना र उग्र व्यवहारबाट देशलाई कुनै प्राप्ति भएन। परिवर्तनलाई पछाडि धकेल्ने र अराजकतामा फाइदा लिनेलाई अवसर मिल्यो। अब अतिवाद होइन संयम र सन्तुलित व्यवहारको खाँचो छ। सबैका आआफ्ना स्वार्थ होलान् तर संविधान निर्माणसम्म राष्ट्रिय स्वार्थ प्रधान हुनैपर्छ। देश चलाउने मूल कानुनका बारेमा सत्ताको जोडघटाऊभन्दा माथि उठेर सोच्नसक्नुपर्छ। नत्र, जनतामाथि विश्वासघात ठहरिनेछ।
विगतको सहमति बिर्सँदा संविधान निर्माण प्रक्रियामा धेरै अवरोध आए। संविधान सभा नै विघटन भयो। अब पनि त्यस्तो अवस्था ल्याउन खोज्नेहरूले उठ्नैनसक्ने गरी राजनीतिक झड्का बेहोर्नुपर्नेछ। जनताले संविधान सभामार्फत् शान्ति र प्रगतिको मूल फुट्ने विश्वास लिएका छन्। नत्र एकपटक संविधान सभा विफल भइसक्ता पनि दोस्रोपटक अभूतपूर्व संख्यामा मतदान गर्नेथिएनन्। जनताको महानता र उदारतालाई कमजोरी ठान्नु प्रमुख दलहरूका लागि घातक हुनसक्छ। दलहरूले गल्ती गरेमा अब जनता चुप लागेर बस्दैनन्। लोकतन्त्रभित्रै विकल्प खोज्ने प्रशस्त ठाउँ छन्। चुनावी परिणामले दलहरूलाई राम्रै सबक सिकाएको हुनुपर्छ। विगतको सहमतिको अध्याय टुट्न हुँदैन। बरू यसको दायरा फराकिलो हुनुपर्छ। नयाँ शक्ति र संविधानसभाको चुनावबाट टाढिएका शक्तिलाई समेत समेटेर जानुपर्छ। प्रयास गर्दा गर्दै बहाना गर्दै टाढिन खोज्नेको हैसियत जनताले देखाइदिनेछन्। राजनीतिको बहावभन्दा विपरीत जान खोज्नेहरू एक्लिँदै जानेछन्। अबको नेतृत्वले देश विकास र आवश्यक परिवर्तनलाई सही दिशा दिने साहस गर्न सक्नुपर्छ ।
विगतको सहमतिको मार्ग अन्त भइसकेको छैन। बाटोमा अलमल भएको मात्र हो। मार्ग फराकिलो बनाउन आवश्यक छ। बाह्र बुँदे सहमतिदेखि शान्ति प्रक्रियाको वर्तमान अवस्थासम्म आइपुग्दा तीनवटा दलबाहेक मधेसवादी दलहरू पनि प्रमुख शक्तिका रूपमा उभिएका थिए। चुनावी परिणामले शक्ति सन्तुलनमा फेरबदल मात्र ल्याएको हो। दायित्वबाट कोही पन्छन मिल्दैन । गिरिजाप्रसाद कोइरालाको निधनपछि एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले बारम्बार आफ्नो काँधमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने ठूलो जिम्मेवारी आएको दोहो¥याउने गरेका थिए। त्यसलाई चटक्कै भुल्न मिल्दैन। दायित्व निर्वाहमा पार्टीलाई सक्रिय बनाउनुपर्छ। जनमतलाई कदर गर्दै सहमतिको राजनीतिलाई ऊर्जा दिनुपर्छ । कम्युनिस्ट होस् या दक्षिणपन्थी अतिवादले एकाध व्यक्ति वा समूहलाई क्षणिक लाभ पुर्याउँछ। कालान्तरमा त्यो पानीको फोका जस्तै हराउनसक्छ। संसारमा अतिवादीहरूको चुरीफुरी कहीँ कतै पनि लामो समय टिकेको छैन। इतिहासले सिद्ध गरिसक्यो। विश्वसँग निकट रहेर बढिरहेको नेपाली समाजले अतिवादलाई अस्वीकार गरिसकेको छ। परिवर्तनको आकांक्षालाई प्राप्त गर्न सन्तुलित र व्यवस्थित गतिलाई स्वीकार गरेको छ। यो नै आजको सत्य हो। आफुलाई परिवर्तनको 'मसिहा' ठान्नेले परिवर्तनलाई सहज ढंगले सम्मान गर्न सक्नुपर्छ। आफूअनुकूलको मात्र होइन। आफू प्रतिकूलको परिवर्तन पनि परिवर्तनै हो। परिवर्तनलाई सम्मान गरेमात्र सहमति र सहकार्यको वातावरण बन्छ।