मानिसलाई बाँच्न अपरिहार्य आवश्यकता हुन् रोटी र शान्ति। भोकबाट मुक्ति र शान्तिसँग बाँच्न पाउनु मानवअधिकार हो। बीसौँ शताब्दीको महत्वपूर्ण घटना मानिने सन् १९१७ को रसियाली क्रान्तिको प्रमुख नारा पनि 'रोटी र शान्ति' थियो। तैपनि विश्वमा अझै करोडौँ मानिस भोकबाट ग्रस्त र शान्तिसँग बाँच्न पाउने अधिकारबाट वञ्चित छन्। विश्वशान्तिका लागि भोक गम्भीर खतरा बनेको छ। समस्त मानवजातिलाई पर्याप्त हुने खाद्यवस्तु उत्पादन गर्नु र विश्वशान्ति कायम गर्न सहयोग पुर्याउनु विज्ञान र वैज्ञानिकका लागि अहिले सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी बनेको छ।
जंगलमा स्वतन्त्र जीवन बिताउँदै आएको आधुनिक मानिस 'होमो सेपियन्स' ले करिब ११ हजार वर्षअघि खेतीपाती गर्न थाल्दा विश्वको कुल जनसंख्या ५० लाख मात्र थियो। खेतीपातीबाट खाद्यवस्तुको आपूर्ति निश्चित् हुन थालेपछि मानिसको संख्या निरन्तर बढ्दै गयो। पछिल्लो समयमा विज्ञान र प्रविधिमा भएको उल्लेखनीय प्रगतिका कारण विश्वमा मानिसको जन्मदरभन्दा मृत्युदर घटिरहेको छ र जनसंख्यामा निरन्तर वृद्धि भइरहेको छ।
सन् १९५० र १९६० को दशकमा विकासशील देशहरूमा देखा परेको बढ्दो जनसंख्यालाई खुवाउन पुग्ने गरी कृषि क्षेत्रले खाद्यान्न उत्पादन गर्न सक्नेमा धेरैलाई शंका थियो। सन् १९६८ मा प्रकाशित चर्चित पुस्तक 'पपुलेसन बम' का लेखक एवं जीव वैज्ञानिक पौल एरलिखले लेखेका थिए, - 'सम्पूर्ण मानवजातिलाई खान पुग्ने गरी खाद्यान्न उत्पादन गर्ने हाम्रो प्रयास पूर्णरूपले असफल भइसकेको छ। आउँदो १९७० र १९८० को दशकमा खाद्यान्न अभावले विकासशील देशमा करोडौँ मानिसको मृत्यु हुने निश्चित् छ र यसलाई कसैले चाहेर पनि रोक्न असम्भव छ'। हुन पनि त्यतिबेला कतिपय विकासशील मुलुकमा ठूलो भोकमरीको लक्षण देखा पर्न थालिसकेको थियो। तर ठीक त्यसै समय वैज्ञानिकहरू कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याई खाद्यान्न उत्पादनमा नाटकीय वृद्धि गर्न सफल भए। उनीहरू एरलिखको निराशाजनक भविष्यवाणीलाई गलत साबित गर्दै विकासशील देशका करोडौँ जनतालाई सम्भावित भोकमरीबाट बचाउन सफल भए। 'हरित क्रान्ति'का नामले चिनिने त्यस कृषि क्रान्तिका अगुवा वैज्ञानिक थिए नर्मन बोरलाओ।
मेक्सिको सरकार र अमेरिकी संस्था रकफेलर फाउन्डेसनद्वारा मेक्सिकोमा संचालित कृषि अनुसन्धान केन्द्रमा कार्यरत अमेरिकी वैज्ञानिक बोरलाओे सन् १९४९ तिर नयाँ उन्नत जातको गहँुको विकास गर्न सफल भएका थिए। बोरलाओले विकास गरेको त्यस उन्नत जातको गहँुमा परम्परागत जातको तुलनामा धेरै गुणा बढी अन्न उत्पादन गर्ने गुण थियो। गहँुको बोटमा लाग्ने विभिन्न प्रकारका रोगविरुद्ध लड्न सक्ने क्षमतायुक्त उक्त जातको गहँुबाली विश्वका विविध किसिमका माटो र मौसम भएका भूभागमा पनि सजिलै उमार्न सकिने प्रकारको थियो।
बोरलाओले विकास गरेको अनुसन्धान पद्धति र प्रविधि प्रयोग गरी कृषि वैज्ञानिकहरू धान र मकै जस्ता अन्य प्रमुख अन्नबालीको उन्नत जात विकास गर्न पनि सफल भए। यसरी विकास गरिएका उन्नत जातको अन्नबालीको खेतीबाट मेक्सिको, भारत, पाकिस्तानलगायत एसिया, ल्याटिन अमेरिका, मध्यपूर्व र अफ्रिकाका धेरै विकासशील मुलुकमा खाद्यान्न उत्पादनमा चमत्कारपूर्ण वृद्धि भयो। सबैभन्दा ठूलो सफलता भारतले प्राप्त गर्यो। सन् १९६० र १९९० को दशकसम्म विश्वमा खाद्यान्नको उत्पादन दुई गुणाले वृद्धि भयो। भारत, मेक्सिकोलगायत भोकमरीको चपेटामा परेका कतिपय मुलुक केही वर्षभित्रै खाद्यान्नमा आत्मनिर्भर मात्र भएनन्, ठूलो परिमाणमा खाद्यान्न निर्यात गर्ने राष्ट्र पनि बने। भोकविरुद्धको लडाईँमा विज्ञान प्रभावकारी हतियार साबित भयो।
बोरलाओ सन् १९७० को दशकमा नेपाल पनि आएका थिए। त्यति बेला पंक्तिकार त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागमा उपप्राध्यापक थियो र हरिहर भवनस्थित कृषि विभागमा उनको व्याख्यान सुन्न आफ्नो विद्यार्थीसहित पुगेको थियो। बोरलाओ जुन जुन मुलुकमा गए ती मुलुकहरू उनको अनुसन्धान पद्धतिबाट लाभान्वित भए र खाद्यान्न उत्पादनमा ठूलो सफलता प्राप्त गरे, तर नेपालले बोरलाओको अनुसन्धानबाट सिकेर लाभ लिन सकेन।
अठारौँ शताब्दीमा आविष्कार गरिएको वाष्प यन्त्र 'स्टीम् इन्जिन' ले औद्योगिक क्रान्ति ल्याउन खेलेजस्तै महत्वपूर्ण भूमिका बोरलाओले विकास गरेका उन्नत जातको अन्नबालीले कृषि क्षेत्रमा क्रान्ति ल्याउन खेलेको मानिन्छ। कृषिक्षेत्रमा आएको हरित क्रान्तिकै कारण सन् १९६० र १९९० को दशकसम्म पहिलोपल्ट जनसंख्याभन्दा खाद्यान्न उत्पादनको वृद्धिदर बढी हुन पुगेको थियो।
बोरलाओको सहयोगमा विकास गरिएका उन्नत जातको अन्नबालीको खेतीबाट खाद्यान्न उत्पादनमा भएको वृद्धिले बीसौँ शताब्दीको केही दशकमा विकासशील देशका करिब एक अर्ब मानिसलाई भोकमरीबाट जोगिन सहयोग भएको बताइन्छ। संयुक्त राष्ट्रसंंघीय खाद्य कार्यक्रमका पदाधिकारीकाअनुसार बोरलाओले जस्तो एक व्यक्तिले यति धेरै मानिसकोे जीवन बचाएको मानव इतिहासमा अरू कुनै उदाहरण छैन। एक वैज्ञानिकले मानव समाजमा कति ठूलो प्रभाव पार्न सक्छ भन्ने गतिलो प्रमाण थियो त्यो। विश्वबाट भोक हटाउन र विश्वशान्ति कायम गर्न योगदान पुर्याएबापत सन् १९७० मा बोरलाओलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। यस पुरस्कारले विज्ञान, रोटी र शान्तिबीचको सम्बन्धलाई स्थापित गरेको थियो। बोरलाओको गत १२ सेप्टेम्बरमा ९५ बर्षको उमेरमा निधन भयोे। उनको निधनले कृषिविज्ञानका क्षेत्रमा एक अविस्मरणीय युगको अन्त्य भएको छ।
खाद्यान्न उत्पादनमा हरित क्रान्तिले ल्याएको वृद्धिका कारण विश्वबजारमा खाद्यान्न सस्तो हुन थाल्यो। कतिपय विकासशील मुलुकले कृषि अनुसन्धानमा कम ध्यान दिन थाले र आफैँले अन्न खेती गर्नुभन्दा आयात गर्नु फाइदा देखे र अन्नबालीको ठाउँमा नगदे बाली लगाउन थाले। विकसित मुलुकले बढी भएको खाद्यान्न सहयोगका रूपमा गरिब मुुलुकलाई सित्तैमा वितरण गर्न थाले। कतिपय विकासशील देशले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ बिर्सेर परनिर्भर हुन थाले। कृषि क्षेत्र ओझेलमा पर्यो। फलस्वरूप सन् १९९७ देखि विश्वमा जनसंख्या वृद्धिदरका तुलनामा खाद्यान्न उत्पादन दर घट्न थाल्यो।
अहिले विश्वमा खाद्यान्नको अभाव फेरि भयावह भएर देखिन थालेको छ। विश्वको झन्डै ७ अर्ब जनसंख्यामध्ये विशेषतः विकासशील देशका एक अर्बभन्दा बढी मानिस पेटभरी खान नपाएर भोकै जीवन बिताउन बाध्य छन्। पर्याप्त खाद्यान्नको अभावमा नेपालमा मात्र करिब ३४ लाख मानिसको जीवन असुरक्षित रहेको बताइन्छ। विशेष गरी सुदूर पश्चिमका जिल्लामा ठूलो खाद्यान्न संकट भएको समाचार हामी प्रायः दिनहँु अखबारमा पढ्छौँ।
खाद्यान्नको घट्दो उत्पादन र बढ्दो मूल्यका कारण आउँदा वर्षमा विश्वभर १० करोड भोका मानिस थपिने अनुमान गरिएको छ। खाद्यान्नको मूल्य वृद्धि र अभावका कारण कतिपय मुलुकमा प्रदर्शन र दंगासमेत हुने गरेको छ। राष्ट्रसंघीय खाद्य कार्यक्रमअन्तर्गत नेपाल लगायत ७४ मुलुकका ११ करोड गरिब मानिसलाई निःशुल्क खाद्यसामग्री उपलब्ध गराइँदै आइएको भए पनि अहिले प्रत्येक वर्ष झन्डै ७६ लाख मानिस भोकमरीबाट मरिरहेका छन्। हरेक पाँच सेकेन्डमा भोकमरीका कारण एउटा बच्चा मरिरहेको छ। विकसित राष्ट्रबाट प्राप्त हुने आर्थिक अनुदानमा कमी आएको कारण आउँदो वर्षमा राष्ट्रसंघीय खाद्य कार्यक्रमअन्तर्गत प्राप्त हुने खाद्यान्नमा कमी आउन सक्ने र त्यसबाट विकासशील देशका थप मानिस भोकमरीबाट प्रभावित हुने आशंका विशेषज्ञहरूले व्यक्त गरेकाछन्। आउँदो दिनमा देशको अस्तित्व खाद्यान्नमा आत्मनिर्भर हुने क्षमतामा भर पर्नेछ। खाद्यवस्तुका लागि देशभित्र र देशहरूबीच ठूलो प्रतिस्पर्धा र युद्धसमेत हुने जोखिम बढेको छ।
सन् २०५० सम्ममा विश्वको जनसंख्या करिब १० अर्ब पुग्ने अनुमान गरिएको छ। यस बढ्दो जनसङ्ख्यालाई पर्याप्त खाद्यान्न उपलब्ध गराउन हालको उत्पादनमा कम्तीमा ७० प्रतिशतले वृद्धि हुनु जरुरी भएको विश्व खाद्य संस्थाका विशेषज्ञले बताएकाछन्। भविष्यमा थप खेतीयोग्य जमिन उपलब्ध हुन नसक्ने मात्र नभएर मौसम परिवर्तनका कारण भएकै खेतीयोग्य जमीन पनि अझै घट्ने सम्भावना भएकोले बढ्दो खाद्यान्नको मागको पूर्ति गर्न वैज्ञानिकहरूले नयाँ उन्नत जातको अन्नबालीको विकास गर्नुको विकल्प देखिँदैन। वैज्ञानिकहरू आधुनिक जैविक प्रविधिको प्रयोग गरी बदलिँदो मौसममा राम्ररी उम्रने र बढी अन्न फल्ने तथा प्रोटिन र भिटामिनयुक्त उन्नत जातको अन्नबाली 'सुपर ग्रेन्स' विकास गर्न प्रयासरत छन्। यस प्रयासमा वैज्ञानिकहरूले प्रारम्भिक सफलता पनि पाएका छन् र उनीहरू भविष्यमा पूर्ण सफलता पाउनेमा आशावादी छन्। केही गरी विश्वमा अपेक्षा गरेअनुसार पर्याप्त खाद्यवस्तु उत्पादन हुन नसके बोरलाओले बीसौँ शताब्दीमा भोकमरीबाट बचाएका करोडौँ मानिसका अर्बाैँ नाति नातिनीलाई यस शताब्दीमा भोकमरीबाट बचाउन कठिन पर्नेछ।