शासनवृत्तको विजय पताका
१३ मंसिर २०७०
•
१५ मिनेट पाठ
शासनवृत्तको विजय पताका
मतदानभन्दा केही दिन अगाडि एनेकपा (माओवादी)को आन्तरिक एवं गोप्य भेलासम्बन्धी ध्वनि टेप सार्वजनिक भएको थियो। त्यस टेपमा अरू कुरा पनि थिए होलान् तर चर्चा भने अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई दिएको निर्देशनका बारेमा भयो। केही चिन्तित एवं हतास स्वरमा अध्यक्ष दाहाल आफ्ना सेनामेनालाई हौस्याइरहेका थिए — 'साम, दान, दण्ड, भेद जे गरेर भए पनि हामीले चुनाव जित्नैपर्छ। नभए सबै कुरा सकिन्छ।'त्यो निर्देशन सुन्ने कार्यकर्ताले दाहाललाई कीर्तिपुरबाट चुनाव जिताउन सकेनन्। सबै कुरा खत्तम भएको हो वा होइन भन्ने ठम्याउन चाहिँ पुनः निर्वाचित संविधान सभाको काम कारबाहीलाई कुनुपर्ने हुन्छ। तर, एनेकपा (माओवादी) सोच्दै नसोचेको परिस्थिति सम्हाल्न बाध्य भएको छ भन्ने निक्र्योलमा पुग्न भने गहिरो विश्लेषण आवश्यक छैन। सशस्त्र द्वन्द्वको सुरुदेखि नै अग्रसरता आफ्नो हातमा राख्न सफल दाहाल सम्भवतः प्रथम पटक प्रतिक्रियात्मक राजनीति गर्नुपर्ने अवस्थामा पुगेका छन्। धाँधलीको आरोपमा सत्यको मात्रा भए पनि जुन किसिमको चुनावी धक्का एनेकपा (माओवादी)ले बेहोर्नु परेको छ त्यो हेर्दा दाहालको प्रतिक्रिया किचलोभन्दा बढी लाग्दैन।

निर्वाचन प्रक्रिया एक किसिमले युद्धको विकल्प हो। भनाइ नै छ, युद्ध र प्रेममा सबै जायज हुन्छ। त्यसैले साम, दाम, दण्ड, भेदको एमाओवादी रणनीतिमा खोट लगाउने ठाउँ छैन । सम्भवतः भएको केमात्र हो भने जुन संसदीय पाठशालामा दाहालले चुनावी रणनीतिको कखरा सिकेका छन् उनका अनुभवी प्रतिद्वन्द्वीहरूमध्ये केही प्रधानाध्यापक रहिसकेका व्यक्ति पनि छन्। सुशील कोइरालाले गिरिजाप्रसाद कोइरालासँग चुनाव व्यवस्थापनबारे प्रशिक्षण पाएका छन्। माधवकुमार नेपाल संसदीय राजनीतिको नयाँ चाणक्यका रूपमा विघटित संविधान सभाभित्रै स्थापित भइसकेको थिए। निर्वाचन परिणामप्रति दाहालले जति अचम्म मानेको देखाएका छन् उनी त्यति होइनन् कि ? विदेशी शक्तिद्वारा प्रायोजित, सुरक्षा संयन्त्र समर्थित, एवं अदालत तथा प्रशासनबाट नियिन्त्रत सरकारले गराउने निर्वाचनजस्तो हुनसक्छ त्यस्तै भयो।

युद्धका मोर्चामा कम्तीमा बराबरीको स्थिति कायम राख्न सफल छापामार समूहका योद्धालाई राजनीतिकरूपले निर्णायक धक्का खेप्न पक्कै पनि गाह्रो लागिरहेको हुनुपर्छ। तर, चुनावलाई युद्धको विकल्पका रूपमा लिइए पनि दुवै संघर्षका स्वरूपहरू भने फरकफरक हुन्छन् । युद्धमा सेनापतिको नेतृत्व हुन्छ। खेलको रणनीति कप्तानले बनाउँछन् । युद्धमा जित हारको निर्णय अरूका हातमा नभएर दुवै पक्षको शक्ति सन्तुलनमा निर्भर रहन्छ। खेलको निर्णायक भने रेफ्री हुन्छ। खेल मैदानको व्यवस्थापन तथा रेफ्री छनौट एवं स्वीकार्यतामा त्रुटि भएपछि सच्याउने उपाय अर्को खेलको प्रतीक्षाबाहेक अरू हुनसक्तैन। अदालती परीक्षणको प्रक्रिया कार्यकर्ताको मन बहलाउने बाटोभन्दा बढी केही होइन।

धाँधली गर्नेले समेत प्रमाण छोड्ने गरी हेराफेरी गर्दैन। संरचनागत चालबाजी त झन् सरकारी कर्मचारीले गर्ने अपचलनजस्तो हो। कौटिल्यमा शब्दमा 'पानीको माछाले कुन बेला जल ग्रहण वा परित्याग गरेको हो अरू कसैले चाल पाउन सक्तैन। प्रतिद्वन्द्वीहरूको राजनीतिक दाउपेच ठम्याउन नसकेर गैरराजनीतिक सरकारको माखेसाङ्लोमा एमाओवादी, मधेसवादी राजनीतिकर्मीहरू नराम्ररी फस्न पुगेका थिए। अहिले सम्भवतः त्यही भएको हो जे हुनुथियो। यस परिणतिका पाठ भने पछारिएका राजनीतिक दलहरूका लागि उपयोगी ठहरिन सक्नेछन्। आत्मसमीक्षा तथा पुनरावलोकन गर्ने विनम्रता एवं संयम भने जरुरी हुन्छ। पाठ त विजेताले पनि हृदयंगम गर्नुपर्ने हुन्छ।

निरन्तर सत्ता

के भयो भन्ने वृत्तान्त तथ्यमा आधारित हुनेगर्छ। जे भयो, त्यो किन भयो ? त्यसको उत्तर विश्लेषकहरूले खोज्ने गर्छन्। संविधान सभा निर्वाचनको परिणाम बारे यी दुई प्रश्नमा आधारित व्याख्या, सिद्धान्त, एवं धारणाको वेग अझै मत्थर भएको छैन। अब के हुन्छ भन्ने प्रश्न भविष्य बारे आश्वस्त हुन गर्ने गरिन्छ ।तथ्य र तर्कमा आधारित प्रक्षेपण होस् वा सुसूचित अनुमान र आकलन, भविष्यको अन्तर्निहित प्रवृत्ति नै के हो भने त्यसले सबैजसोलाई चकित तुल्याउँछ। सायद, त्यसैले होला राजनीतिक विश्लेषणको उदीयमान विधि प्रक्रियामा संलग्न शक्ति केन्द्रहरूले के भएको हेर्न चाहन्छन् भन्ने आशय अध्ययनमा आधारित हुन थालेको छ। उद्देश्यहरूको प्रतिस्पर्धामा द्वन्द्वसँगै लेनदेन पनि हुन्छ र औपचारिक विजेताले शक्तिकेन्द्रहरूको सामूहिक चाहनाको स्वामित्व ग्रहण गर्नुपर्ने हुन्छ।

संविधान सभा निर्वाचन परिणामलाई सर्सती हेर्ने हो भने केही कुरा स्वतः स्पष्ट हुन्छ। परिवर्तनको कार्यसूचीले मतादेश पाएको निक्र्योलमा पुग्नु अतिशयोक्ति हुँदैन। संघीयता एवं समावेशिताका सबालमा नेपाली कांग्रेसका नरहरि आचार्य, गगन थापा वा विमलेन्द्र निधि कुनै पनि माओवादी वा मधेसवादी नेताभन्दा कम समर्पित छैनन्। रणनीति भने निसन्देह नयाँ चाणक्य माधवकुमार नेपालको सफल ठहरिएको छ। स्थायी सत्तामा उनको प्रभाव र पहुँचको उपयोग बेगर निर्वाचन परिणाम यस किसिमको नहुन पनि सक्थ्यो। नेतृत्व भने परिणामको अंकगणितले गर्दा सुशील कोइरालाले गर्नुपर्ने अवस्था देखिँदैछ। यस प्रकारको कार्यसूची, रणनीति एवं नेतृत्वका बीचमा तालमेल नदेखिएपछि सारभूत परिवर्तन संस्थागत गर्न सकिने सम्भावना रहँदैन। स्थायी सत्ताको नियन्त्रण एवं निर्देशनमा राजनीति सञ्चालित हुनुपर्ने परिस्थिति उत्पन्न हुन्छ। सायद, स्थायी सत्ताले चाहकै परिणाम मतदाताले उत्पन्न गराएका छन्।

'नेपाली कांग्रेस—नेकपा(एमाले)को दुई तिहाइ मत' भन्ने अथ्र्याइ पनि सतहीमात्रै हो। खासमा अगिल्लो संविधान सभाजस्तै यस पटक पनि खण्डित मतादेश प्राप्त भएको हो। जसरी विगत संविधान सभामा स्तालिनवादी—माओवादी गठजोड कृत्रिम थियो त्यसरी नै उदारवादी—नियन्त्रणवादी समझदारी पनि अस्थायीमात्र ठहरिन सक्छ। यस्तो परिस्थितिमा देशी विदेशी शक्तिकेन्द्रहरूले खेल्ने ठाउँ पर्याप्त पाउँछन्। सुरक्षा संयन्त्र समर्थित प्रशासनिक सरकार गठन गराएर चुनाव गराउन सघाएका अन्तर्राष्ट्रिय शक्तिहरूको चाहनालाई पनि मतदाताले पूरा गरिदिएका छन्। शक्ति सन्तुलन मिलाउन 'प्रभुहरूको' आशीर्वादका लागि हानथाप भयो भन अचम्म नमाने हुन्छ। राजदूतहरू विजेताकहाँ बधाई दिन ओइरिनु औपचारिकता हो। शक्ति बाँडफाँटको चलखेल त अहिले सुरु हुनै बाँकी छ। राष्ट्रको सर्वोच्च पदाधिकारीको निरन्तरतालाई सरकार निर्माणको गोटीमा परिवर्तित गर्न चाहनु एमालेको स्वतन्त्र निर्णय होला भन्ने पत्याउन गाह्रो छ। क्रिकेटमा नेपाली खेलाडीले चमत्कार गरेका छन्। राजनीतिकर्मीहरू भने भूपि शेरचनले लेखेजस्तै गोटी भइरहन अझै केही कालसम्म अभिशप्त देखिन्छन्।

परिवर्तन प्रयत्न

निर्वाचन प्रक्रिया मतदानको तिथिमिति घोषणा भएदेखि नै क्रियाशील हुन्छ। दाहालले प्रक्रियाको आधिकारिकतालाई स्वीकार गरेका छन्। मतदान त्यसभित्रको एउटा क्रियकलापमात्रै हो। क्रियाकलापको स्वच्छताबारे प्रश्न उठाउनु समग्र प्रक्रियाको वैधानिकतालाई आलोचनात्मक स्वीकृति प्रदान गर्नु नै हो। त्यस अर्थमा एमाओवादी संसदीय अभ्यासबाट बाहिरिन खोजेको हो भन्ने निक्र्योलमा पुग्न हतारो हुनेछ। बाहिरिनु पर्ने नै परिस्थिति आइप¥यो भने पनि त्यसका लागि राजनीतिक आधार चाहिँ दाहालले बनाइरहेको देखिन्छ।

राजनीतिमा स्थिरता सम्भव हुँदैन । उकालोमा ढुंगा घचेट्ने सिसिफस त्रासदी हुनेगर्छ राजनीतिकर्मीको नियति। टुप्पोमा पु¥याउन सकिएन भने कार्यसूची पुनः फेदमै फर्किन्छ। त्यस्तो जोखिमको कल्पनामात्रले मधेसवादी नेता, जनजाति जुझारु, महिला अधिकारकर्मी एवं दलित अगुवा अल्तालिएका देखिन्छन्। कार्यसूची, रणनीति एवं नेतृत्वबीचको अन्तद्र्वन्द्वले गर्दा परिवर्तनका मुद्दाहरू साँच्चिकै गोलचक्करमा फस्न सक्छन्। वैकल्पिक सम्भावना आकर्षक नै नभए पनि आश्वस्तकारी ठहरिन सक्छ।

राजनीति पहाड चड्नुजस्तो हो भने सत्ता नदीजस्तो बगिरहन्छ। खहरे मिसिन्छन्, भंगाला फुट्छन् तर नदी निरन्तर अगाडि बगिरहन्छ। फ्रान्सेली दार्शनिक मिसेल फुकोले यस प्रकारको प्रवृत्तिलाई शासनवृत्त (गभरमेन्टलिटी) नामाकरण गरेका छन्। शासनवृत्तले के गर्नेभन्दा पनि कतिसम्म सोच्न उचित हुन्छ भन्ने सीमा निर्धारण गरेर आफ्नो सफलता सुनिश्चित गर्छ। त्यसका लागि परिवर्तनको आवरण सिर्जना गर्न आवश्यक हुन्छ।

विरोधीहरूको कार्यसूचीको स्वामित्व ग्रहण गर्नु त्यसलाई आपूmखुसी अथ्र्याउने अधिकार प्राप्त गर्नु हो। रणनीतिलाई फगत कार्यनीतिका रूपमा परिभाषित गर्ने प्रयत्न उदारताजस्तो देखिन्छ। सहवरणद्वारा उदाउँदा जुझारुहरूलाई शासनवृत्तमा सम्मिलित गराउनु 'आम सहमति' ठहरिन सक्छ। देखावटी सुधारले परिवर्तनको भ्रम सिर्जना गर्छ र अधिकांश अगुवा त्यसमा सहजै विश्वास गर्न थाल्छन्। त्यस्तो आवरण टिकाउ हुन्छ वा हुँदैन भन्ने आन्तरिकभन्दा पनि भूराजनीतिक अवस्थाले निर्धारण गर्छ।

दाहाललाई होच्याउने, उपेन्द्र यादवलाई गिज्याउने एवं माधवकुमार नेपालको देवत्वकरण गर्ने लहड बाटामा लडेका बटुवालाई उठाउनुको साटो रमाएर गलल्ल हाँस्ने निम्नमध्यम वर्गको परपीडक प्रवृत्तिको परिचायक हो। तर, बाटो त त्यही हो। समाज, संस्कृति एवं अर्थराजनीतिमा सारभूत परिवर्तन नभएसम्म स्थिरता जडतामात्र ठहरिन सक्छ। संविधान सभा निर्वाचनको परिणामलाई तात्कालिक प्राप्तांक सूची (स्कोर बोर्ड) भन्ठाने हुन्छ। खेल अझै चालु छ र आउँदा दिनहरू अझ चाखलाग्दा हुनसक्छन्।

दाहालले 'साम, दाम, दण्ड, भेद'को कौटिल्य नीति दोहोर्याउँदा चाणक्यको सबैभन्दा प्रभावशाली रणनीतिक निर्देश दोहोर्याउन सायद, जानीजानी छुटाए। सचेत र संयमपूर्णरूपले अवसरको प्रतीक्षा युद्धजस्तै राजनीतिमा पनि महत्वपूर्ण हुनेगर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस