'संविधान बन्दैन' भन्ने वाक्य जताततै सुनिन्छ भने 'संविधान कुनै पनि हालतमा बन्छ' भन्ने स्वर दलको सिकुवामा मात्र सुन्न पाइन्छ। 'मुख्य तीन दलको सहमति भयो भने दुईतिहाइ पुग्छ, संविधान स्वतः बन्छ' यस्तो तर्क जसले पनि दिन सक्छ। दलको मझेरीमा पाईने तर्क यस्तै हुन्छ। विवेक नेताको सन्दुकमा जम्मा गरेका कार्यकर्ताले 'गोपी कृष्ण कहो' जसरी यस्तो तर्क गर्ने गर्छन्।
संविधान बन्न नसक्ने एक से एक कारण र तिनका यथेष्ट उत्तर नेपाली जनतालाई थाहा छ। तर जनताले सबालजबाफ गर्न पाउँदैनन्। लोकतन्त्रको आवरणमा कुलीनतन्त्रीय शासन व्यवस्थाको कारण यस्तो भएको हो। जनताको सार्वभौम अधिकार संविधानसभाको निर्वाचनमार्फत दलहरूले आफ्नो पोल्टामा पारिसकेका छन्। तिनै कुलीन वर्गलाई संविधानको भ्रुण जिम्मा दिइएको छ। तिनले तुहाउने संभावना बढी छ।
संविधान बनाउन र मुलुकलाई यथार्थ निष्कर्ष दिन दलहरूले खोजेका भए संविधानमा आधारभूत सिद्धान्त अहिलेसम्म तय भइसक्नु पर्ने थियो। यसैले दलहरू तर्कको पछिमात्र लागेका र यथार्थ निष्कर्षतिर उन्मुख नभएको स्पष्ट हुन्छ। बाह्रबुँदे समझदारीको प्रस्तावनामा भएका कुरालाई मूर्तता दिँदै गएको भए संविधानसभा निर्वाचनअगाडि नै संविधानको आधारभूत सिद्धान्तको खाका निस्कने थियो। संघीयताको विषयलाई संवैधानिक मान्यता दिलाउन मधेश आन्दोलन भएको सबैलाई थाहा नै छ।
सबैभन्दा पहिले संविधान बनाउने सैद्धान्तिक आधार तयार गर्नु जरुरी छ। सैद्धान्तिक आधार भनेको साँचो (फर्मा) हो। फर्माबिना कस्तो आकार प्रकारको वस्तु उत्पादन गर्ने हो भन्ने केही निश्चित् हुन्न। पहिलो गाँठो यही हो।
दोस्रो गाँठो संघीयताको आधार हो। संघीयताको आधारबेगर राज्यको पुनःसंरचना असम्भव हुन्छ। तेस्रो गा"ठो राज्यको शासकीय स्वरूप हो। संसदीय वा अध्यक्षीय कुन शासकीय स्वरूपमा जाने भन्ने टुंगोमा नपुगुन्जेल संविधानको पेटबोली सुरु हुन्न। चौथो गाँठो, व्यवस्थापकीय अंगको स्वरूप निर्धारण हो। यो सिधै पहिचान, पहुँच र प्रतिनिधित्वसँग सम्बन्धित छ। पाँचौ गाँठो तपसिलका विषय हुन्। मौलिक अधिकार, न्याय प्रणाली, सांस्कृतिक तथा सामाजिक सम्बन्ध, सम्पत्तिको हक, अल्पसंख्यक तथा सीमान्तीकृतको अधिकार, प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट आदिको सूची पनि कँचै छ।
तर, माथिको गाँठो फुकाउने मामिलामा प्रमुख राजनीतिक दलहरूको दृष्टिकोण विपरीत ध्रुवमा फर्किएको छ। माओवादी जनपक्षीय संविधान, जातीय र क्षेत्रीय आधारको 'जनताको संघीय गणतन्त्र' र अध्यक्षीय शासकीय स्वरूपको पक्षमा छ। नेपाली कांग्रेस पश्चिमा लोकतान्त्रिक संविधान, भौगोलिक आधारको संघीयता र संसदीय शासकीय स्वरूपको पक्षमा छ। एमाले कांग्रेस र माओवादीबीचको अर्थात् 'वर्ण शंकर' प्रस्ताव लिएर आएको छ। एमालेको संवैधानिक अवधारणा माओवादीभन्दा टाढै छ। एमाले संसद्वादी कित्ताकै नजिकमा छ। मधेसवादी दललाई एक मधेश प्रदेश भए पुग्छ। संविधान निर्माणमा आएका यी बाधा अड्काउ फुकाउन संसदवादी या माओवादी मध्ये कुनै एकले 'यु टर्न' गर्नैपर्छ। माओवादी घुमेर संसद्वादी कित्तामा पुग्यो भने संविधान त बन्ला तर माओवादीको भविष्य 'न घर न घाट'को हुनेछ। संसदवादी दल माओवादी कार्यसूचीमा आउने सम्भावना छैन। त्यस्तो भयो भने आठौं आश्चर्य मात्र होइन माओवादीले भन्दै आएको नयाँ नेपालको नौलो चमत्कार हुनेछ। त्यतिबेला ती दल संसदवादी पनि रहने छैनन्। यस्तो कल्पना फगत मिठो सपना मात्र हो।
दसैँको चियापानले हौसिनुको अर्थ छैन। यसको कुनै दिगो राजनीतिक महत्व छैन। दसैँ चियापान वर्र्षौदेखि हुँदै आएको हो। विकर्षणमा परेका नेताहरूले चियापानमार्फत जनता जनार्दनलाई अझै पनि उनीहरू नै राष्ट्रिय राजनीतिका 'रोल मोडल' भएको देखाउन खोजेका हुन्। चियापानमा नेताको 'फोटो सेसन' ले राष्ट्रिय सहमति खोजेको छैन भन्ने सन्देश तिनकै 'बडी ल्यांवेज' ले पनि देखायो। यति चाहिँ सत्य हो दसैँको चियापानमार्फत् गिरिजाबाबुले छोरी सुजाताको कदकाटी बढाउने उपायको 'शिल्यान्यास' गर्न खोजेका छन्। माधव नेपालले सरकार बचाउने जोगाडको प्रयास गरे। प्रचण्डले गिरिजाबाबुको पुत्री मोहमा 'अन्तरविरोध'को खिचडी पकाउन खोजे।
संविधानसभा यतिखेर खेलो हराएर बसेको छ। राष्ट्रिय सहमति झर्ला र ल्याप्चे लगाउँला भनेर दिन कटनी गर्नुबाहेक तिनको काम छैन। राष्ट्रिय सहमति खोज्न आफ्नै पार्टीभित्र पनि सहमति जुटाउनुपर्ने परिस्थितिमा अन्यान्य दलसँग सहमति खोज्नु भ्यागुताको धार्नी पुर्याउनु बराबर हो। राष्ट्रिय सहमतिको लागि सहमति बनाउनुपर्ने उदेकलाग्दो स्थिति छ। यस्तो परिवेशमा जनताले इच्छाएको संविधान बन्छ भनेर पत्याउने आधार अहिले देखिन्न। संविधान बन्यो र नेपाली जनताले रुचाएनन् भने पनि संकट निम्तिन्छ। यस विषयमा नेताहरूले हेक्का राखेका होलान्?