नेपालमा लामो समयदेखि नेसनालिज्म अर्थात् राष्ट्रियतावादबारे व्यापक बहस, छलफल र आन्दोलन हुने गरेका छन्। खासगरी, दक्षिणतर्फको छिमेकीको व्यवहारले गर्दा नेपालको राष्ट्रियता संकटमा पर्दैगएको चासो र चिन्ता लामो समयदेखि नेपालमा रहँदै आएको छ। राणाकालमा राष्ट्रियतावादबारे नेपालमा जुन किसिमको चासो र चिन्ता थियो, अहिले गणतान्त्रिक युगमा पनि त्यसमा खासै परिवर्तन हुन सकेको छैन। नेपालको भूगोललाई विदेशी राष्ट्रबाट अतिक्रमणको शंका र यसबाट मुलुकलाई जोगाउने अभिप्रायको वरिपरि नेपालको राष्ट्रियतावाद घुमिरहेको छ, कुमालेको चक्रझैँ निरन्तर।
अहिले फेरि नेपालमा राष्ट्रियताको मुद्दा चर्चामा छ, नेकपा–माओवादीको आन्दोलनका कारण। न्ोकपा–माओवादी नेतृत्वको ३३ दलीय गठबन्धन मुख्यतः राष्ट्रियताको सवाललाई लिएर आन्दोलनमा छ। विश्ोषगरी, प्रधान न्यायाधीश खिलाराज रेग्मी नेतृत्वको सरकार गठन गर्ने प्रक्रियाबाट राष्ट्रियता कमजोर भएको निष्कर्ष निकाल्दै स्ांघर्ष गरिरहेको छ। राष्ट्रियताको संरक्षणका लागि आसन्न संविधान सभाको निर्वाचन रोकिनुपर्नेमा उसको जोड छ।
भ्ा्कट्ट सुन्दा राष्ट्रियताको यस मुद्दाले जो कोहीलाई पनि आकर्षण गर्छ। सरकार परिवर्तन, राजीतिक दलको उपल्लो पदमा कसलाई नियुक्ति गर्ने, कुन कर्मचारीलाई माथिल्लो पदमा बढुवा गर्नेसम्मको 'सुक्ष्म व्यवस्थापन' मा विदेशी हस्तक्षेप भइरहेको अवस्थामा राष्ट्रियताको मुद्दाले नेपाली मनलाई छुन्छ। यही राष्ट्रियताको मुद्दाको सहारामा नेपालमा कैयौं सरकार बने र विघटित भएका छन्। त्यसैले नेपाललाई विदेशी हस्तक्षेपबाट मुक्त राखी आत्मनिर्भर भविष्यको सुनिश्चितताको विषय सुन्दा सुन्दर र मिठासयुक्त लाग्छ। तर यस अवधारणाबारे संसारमा भएका परिवर्तन र रुपान्तरणलाई बेवास्ता गर्दै पुरातन शैलीमा नारा उचाल्दै हिँड्दा खासमा राष्ट्रियतालाई संरक्षण र सम्बर्द्धन गर्दैन। बरु थप समस्या खडा गर्ने निश्चित छ।
कुनै पनि राष्ट्र बन्नका लागि एउटा काल्पनिकीको साझा संरचना हुन्छ, त्यसले काल्पनिक समुदायलाई एक सूत्रमा बाँध्छ भन्छन् समाजशास्त्री वेनेडिक्ट एन्डरसन। समाजशास्त्री एन्डरसनका अनुसार देशप्रेम र राष्ट्रियताको मुद्दाले काल्पनिक समुदायलाई एकत्रित पार्न सक्छ र यही काल्पनिकी संरचनाको जगमा राष्ट्रियता निर्माण हुन्छ। यतिखेर नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा यही काल्पनिकी संरचनामा बन्ने भनिने राष्ट्रियताको संरक्षण गर्ने नाममा आन्दोलनमा छ। निर्वाचनपछि देश निर्माण, उन्नति र राजनीतिक स्थायित्वको बलियो जग निर्माण हुन्छ भन्ने तथ्यलाई लत्याइरहेको छ। निर्वाचनको जगमा बलियो सरकार निर्माण र त्यसैको सहारामा आत्मनिर्भर बाटोमा अगाडि बढ्न सकिन्छ भन्ने यथार्थता उसले भुलिरहेको छ।
यतिखेर नेकपा–माओवादीले भुलेको वा नजरअन्दाज गरेको अर्को महत्त्वपूर्ण सवाल के हो भने भने जडसूत्रीय राष्ट्रियतावादको विषय संसारको बौद्धिक वृत्तबाट लगभग हराइसकेको छ। राष्ट्रियताको स्वरूप परिवर्तन भएको छ। मुख्यतः भूमण्डलीकरण र विश्वव्यापीकरणका कारण संसारमा पुरातन शैलीको राष्ट्रियतावादको विषय ओझेलमा परिसकेको छ। उदाहरणका लागि दोस्रो विश्वयुद्धमा जुन किसिमको 'जर्मनहुड' वा 'फ्रेचहुड' थियो अहिले युरोपियन युनियनको गठनसँगै त्यसमा परिवर्तन आएको छ। यतिखेर आर्थिक र प्राविधिक विश्वव्यापीकरणले गर्दा सय वर्षअगाडिको जस्तो राष्ट्रियतावाद संसारमै छैन। आफ्नै देशभित्र बसेरमात्र राष्ट्रभक्ति हुन्छ भन्ने मान्यता ओझेलमा परिसकेको छ। राष्ट्रियताको विषय भूगोलभित्रमात्र सीमित छैन।
संसारका धेरै मार्क्सवादी विद्वान्ले पनि पुरातन राष्ट्रियतावाद संसारबाट क्रमशः संकटमा पर्दै गएको उल्लेख गरेका छन्। मार्क्सवादी सामाजिक इतिहासविद् इरिक हब्सवमले 'बीसौ शताब्दीमा राष्टियतावाद' शीर्षकको पुस्तक लेखेका थिए। उक्त पुस्तकमा खासगरी रसिया र युगोस्लाभियाको पतनपछि राष्ट्रियतावादको परिभाषामा व्यापक पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनको ठम्याई छ। उनका अनुसार विशेषगरी प्रविधिको व्यापक विकास र विस्तारको कारण एउटै देशका फरकफरक स्थानका नागरिकभन्दा फरकफरक देशका समान उमेर, लिंग, वर्गका व्यक्तिहरुको चाहना समान हुन्छ। यसैगरी, सन् १९८० को दशकपछिको स्वतन्त्र व्यापारका कारण खासमा अब राष्ट्रियताको परिभाषामा व्यापक परिवर्तन आइसकेको उनको एक निष्कर्ष छ। यसका लागि उनले आर्थिकरूपमा व्यापक उन्नति गरेका सिंगापुर, मकाउ जस्ता देशमा स्वदेशीभन्दा बढी विदेशी व्यापारी ब्ाढी रहेका उदाहरण दिएका छन्। त्यसैले उनी भन्छन्– खासगरी १९ औ शताब्दीमा राष्ट्रियतावादको लहर आयो। यसैको कारण दुईवटा विश्वयुद्ध भए। र, अब त्यो विश्व परिवेशबाट ओझेल पर्यो।
यसैगरी अर्का विद्वान् अरनेष्ट गेल्नर पनि समकालीन विश्वमा राष्ट्रियतावादको प्रभाव कमजोर भइसकेको विचार राख्छन्। उनका अनुसार अधिकांश राष्ट्रवादीले अहिले आवरणमा मात्र राष्ट्रियता र संस्कृतिको सवाल उठाइरहेका छन्। खासमा विश्वव्यापीकरण र अर्थतन्त्रका कारण राष्ट्रियतावाद भित्रभित्रै मक्किसकेको छ। गेल्नरका अनुसार जुन राष्ट्रले स्थानिक संस्कृति, परम्परा ध्वस्त पार्न सकेको छैन त्यहाँ शिक्षा, स्वास्थ्य, जस्ता आधारभूत आवश्यकताको परिपूर्तिमै समस्या छ। बाहिर देखिँदा आफ्नो देश, आफ्नो भाषा, आफ्नो संस्कृतिबारे चर्का भाषण गरे पनि भित्र एउटै भाषा अंग्रेजीप्रतिको आर्कषण बढेको छ। एउटै संस्कृति आधुनिकीकरणतर्फ मान्छे आकर्षित छन्।
माथि उल्लेख गरिएका विद्वान्हरुको अध्ययनको सार नेपालमा पनि मेल खान्छ। शायद राष्ट्रियतावादको बदलिँदो परिवेशकै कारण होला, गोपाल योञ्जनको 'नजाउ छोडी यो देश आमालाई रुवाएर...' बोलको गीत बज्दा युवा पुस्ताले असान्दर्भिक अनुभव गर्न थालेका छन्। बरु १९७४ एडी ब्यान्डको 'जता जाउ जे गर जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो' बोलकोे गीत युवापुस्ताले गुन्गुनाउन थालेका छन्। यो पुस्तान्तरको कारणले मात्र भएको परिवर्तन होइन। विश्वव्यापीकरण, भूमण्डलीकरणको कारण आएको परिवर्तन हो। यसले राष्ट्रियतावादमा आएको परिवर्तन र रुपान्तरणलाई स्पष्टरूपमा देखाउँछ।
यतिखेर संसारभर पुरातन राष्ट्रियतावादको परिभाषा बदलिएको छ। दोस्रो विश्वयुद्धको अवधिसम्म कुनै पनि देशका नागरिकले आफ्नो देशको शासकले लिएको युद्धसम्बन्धी निर्णयको खुलेर विरोध गर्न सक्दैनथे। तर अहिले परिवर्तन भएको छ। केही समयअगाडि मात्रै सिरियामाथि आक्रमण गर्ने सवालमा धेरैजसो अमेरिकी नागरिक सडकमै आएर उक्त युद्धको विरोध गर्न सके। अन्य कारण जेसुकै देखाए पनि ओबामा सरकार आफ्नै नागरिकको विरोधको कारण सिरियामाथिको आक्रमणबाट पछि हट्यो।
यसैगरी, संयुक्त राष्ट्र संघको स्थापना तथा शितयुद्धको अन्त्यसँगै अब सैनिकीकरणबाट कुनै पनि मुलुकको भूगोल संसारबाट नामेट पार्न असम्भव प्रायः भएको छ। यस्तो अवस्थामा पनि ठूला तथा बलिया राष्ट्रले साना राष्ट्रको 'सुक्ष्म व्यवस्थापन' मा समेत देखाउने गरेको चासो र दबाबको सन्दर्भमा राष्ट्रियताको सवाललाई उठाउनु आवश्यक छ। नेपाल जस्तो विभिन्न समस्याबाट जेलिएको मुलुकमा त झनै आवश्यक छ। तर राष्ट्रियताको सवाललाई बलियो बनाउने भनेको आन्तरिक आन्दोलन र युद्धबाट होइन। यसबाट त झन् साम्राज्यवादी र विस्तारवादीहरुका लागि चलखेल गर्ने आधार तयार पारिदिन्छ।
त्यसैले राष्ट्रियतावादको बारेमा आन्दोलन र आवाज उठाउनुपूर्व संसारभरको बदलिँदो परिवेशलाई नबुझी अगाडि बढ्दा दलदलमा भासिनेसिवाय कहीँ पुगिँदैन। अहिलेको अवस्थामा मेची–महकाली दौडेरमात्र राष्ट्रियता बचाउन सकिँदैन। यस्तो अवस्थामा आन्तरिक लोकतन्त्रलाई बलियो बनाएर आफ्नो कूटनीतिक निकायलाई सक्रिय बनाएर अगाडि बढ्नु आवश्यक छ। निर्वाचनलाई अवरोध गरेर नेकपा–माओवादीले भनेजस्तो राष्ट्रियता बलियो हुँदैन बरु यसमा थप समस्या जबर्जस्तरूपमा आउन सक्छन्। त्यसैले यतिखेर संविधान सभा निर्वाचनको विकल्प छैन।