राजधानीका अस्पतालमा बिरामीलाई चाहिने रगतको अभाव भएको छ । आफन्तले रगतको जोहो गर्न नसक्ता कतिपय बिरामीको जीवन संकटमा परेको छ । अस्पतालहरू र रक्तसञ्चार केन्द्रमा रक्त संकलन निकै कम मात्रामा भइरहेको छ । उपत्यकामा बिरामीका लागि प्रतिदिन सरदर ४०० पिन्ट रगत आवश्यक भए पनि जम्मा ५० पिन्ट जतिमात्र संकलन हुने गरेको बताइएको छ । केन्द्रले यो संकट समाधानका निम्ति राजनीतिक दलहरूलगायत स्वयंसेवी सामाजिक संघसंस्थासँग सहयोग मागे पनि खासै फलदायी हुनसकेको छैन । अर्थात्, सामान्य अवस्थाकै लागि पनि आवश्यक रगतको ठूलो अभाव छ भने आकस्मिक अवस्था आइपरे स्थिति अकल्पनीय हुनसक्छ ।
रक्त सञ्चार सेवाका दृष्टिले छरछिमेकभन्दा नेपाल धेरै पहिले पूर्णतः स्वयंसेवीमा निर्भर हुनसकेको थियो । काठमाडौंको रक्त संकलन व्यवस्था कुनै बेला दक्षिण एसियामै नमुना मानिन्थ्यो । समयक्रममा स्वास्थ्य सेवाको विकास निकै तीव्र गतिले भयो तर अरू आवश्यक पक्षमा खासै ध्यान दिइएन । यही त्रुटिका कारण पनि सम्भवतः अहिलेको अवस्था उत्पन्न भएको हुनुपर्छ । हुनत, चुनाव र चाडबाडका कारण आवश्यक मात्रामा रक्तसंकलन हुननसकेको तर्क दिइएको छ तर यस्तो अभाव अचेल बर्सेनि पटकपटक दोहोरिन थालेकाले वास्तविकता यसभन्दा जटिल छ भन्ने स्पष्ट हुन्छ । यसैले रक्त संकलन र व्यवस्थापनका क्षेत्रमा रहेको कमजोरी र समयसापेक्ष सुधारको आवश्यकतालाई उपेक्षा गर्न सकिँदैन ।
नेपाल रक्त संकलनमा मूलतः स्वयंसेवी रक्तदातामा निर्भर छ । कतिपय सामाजिक संघसंस्थाले रक्त संकलनलाई नियमित कार्यक्रम नै बनाएका छन् । पटकपटक रक्तदान गर्नेहरूको संख्या पनि नेपालमा उल्लेख्य छ । किन्तु, समयसँगै जनसंख्या र स्वास्थ्य सेवामा भएको वृद्धिअनुसार रक्त संकलन सेवाको विस्तार र आधुनिकीकरणमा भने ध्यान पुगेन । युवा पुस्तालाई रक्तदानको महत्व बुझाउन नसकेका कारण पनि नयाँ रक्तदाताको संख्यामा पर्याप्त वृद्धि नभएको हुनुपर्छ । यस्तै, स्वास्थ्य संस्था विशेषगरी निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूको 'द्रव्य मोह’ले पनि स्वयंसेवी रक्तदातालाई विरक्त बनाएको हुनसक्छ । रक्त संकलन आवश्यकताका अनुपातमा कम हुनुको कारण खोज्न व्यवस्थित अध्ययन हुनु जरुरी देखिन्छ । राज्य र स्वास्थ्य संस्थाहरूले 'रक्तदान जीवनदान' हो भन्ने सन्देश फैलाउन र युवा रक्तदातालाई उत्प्रेरित गर्न विशेष प्रयास गर्नु आवश्यक छ । कारण, अहिलेसम्म मानव रगतको पूर्ण विकल्प तयार गर्न वैज्ञानिकहरू सफल जो
भएका छैनन् ।
यो संकट समाधान गर्न स्वयंसेवी रक्तदातालाई उत्पेरित गर्ने दीर्घकालीन कार्यक्रम बनाउनु आवश्यक छ । दीर्घकालीन बहुपक्षीय योजनाबिना यो समस्या सधैँका लागि समाधान हुनसत्तै्कन । साथै, तत्कालको अभाव टार्नका लागि पनि उत्तिकै सक्रियतापूर्वक रक्तसंकलन गर्नु आवश्यक छ । प्रहरी, सेनालगायत संगठित क्षेत्रबाट रक्त संकलन गरेर पनि तत्कालको संकट कम गर्न सकिन्छ । यस्तै, स्वयंसेवी संघसंस्थालाई आग्रह गरेमा पनि केही मात्रामा रक्त संकलन हुनसक्छ । रक्तदाताको सम्मान गर्ने संस्कार समाजमा बसाउन सके रक्तदानप्रति आकर्षण पनि बढ्नेछ । नेपालमा रक्त सञ्चार सेवाको अगुवाइ गर्ने नेपाल रेडक्रसले पनि वर्तमान संकटको समाधानका लागि अग्रसरता देखाउनु उचित हुनेछ । रगतको अभावमा कसैको जीवन जानु सिंगो समाज र स्वास्थ्य सेवाका लागि चिन्ता एवं ग्लानिको विषय हो ।