चकलेट र नोबेल पुरस्कार
२० कार्तिक २०७०
•
१६ मिनेट पाठ
चकलेट र नोबेल पुरस्कार
सन् २००३ मा कोरियन एकेडेमी अफ साइन्स एन्ड टेक्नोलजी (कास्ट)का अध्यक्ष प्रोफेसर इन क्यु हानको निमन्त्रणामा कास्टले आयोजना गरेको विज्ञान सम्मेलनमा भाग लिन दक्षिण कोरियाको राजधानी सोल गएको थिएँ। प्रोफेसर हानले सम्मेलनमा सहभागी ७ जना नोबेल पुरस्कार विजेता र यस पंक्तिकारलगायत केही विदेशी वैज्ञानिकलाई कोरियाका तत्कालीन राष्ट्र्रपति रोह मुह्युनसँग राष्ट्र्रपति भवनमा भेटघाट कार्यक्रम आयोजना गरेका थिए। भेटघाट कार्यक्रममा राष्ट्र्रपति रोहले नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई सोधेका थिए – 'नोबेल पुरस्कार प्राप्त गर्न वैज्ञानिकमा के कस्ता गुण हुनु जरुरी छ?।' प्रत्युत्तरमा नोबेल पुरस्कार विजेता भौतिकशास्त्री इभार गिभरले भनेका थिए – 'कुनै पनि वैज्ञानिकले नोबेल पुरस्कारको पूर्वयोजना बनाएर अनुसन्धान गर्न सम्भव छैन। तर पुरस्कारको महत्वाकाङ्क्षा राख्ने व्यक्ति अध्ययनशील, कल्पनाशील, परिश्रमी, दृढनिश्चयी र अलिकति भाग्यमानी हुनुपर्छ।' इभार गिभरको भनाइसँग अन्य नोबेल पुरस्कार विजेता वैज्ञानिक पनि सहमत थिए। नभन्दै, अधिकांश नोबेल पुरस्कार विजेता वैज्ञानिकमा त्यस्ता गुण पाइन्छन्। तर हालै गरिएको एक अध्ययनले नोबेल पुरस्कारसम्बन्धी नयाँ रहस्य प्रकाशमा ल्याएको छ। त्यो हो – चकलेट र न्ाोबेल पुरस्कारबीचको सम्बन्ध। अमेरिकाको कोलम्बिया विश्वविद्यालयका चिकित्सक फ्रान्स मेसर्लीद्वारा सन् २०१२ को अक्टोबरमा 'न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन'मा प्रकाशित एक खोजमूलक लेखअनुसार प्रतिव्यक्ति चकलेटको खपत बढी हुने राष्ट्रमा अन्यत्रका तुलनामा बढी नोबेल पुरस्कार विजेता पनि धेरै हुनेगरेको पाइन्छ।

चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्याबीचको यस्तो सम्बन्ध झट्ट सुन्दा अनौठो र अपत्यारिलो लागे पनि त्यसपछाडि वैज्ञानिक आधार भने नभएको होइन। चकलेट सेतो र कालो गरी दुई प्रकारका हुन्छन्। कालो चकलेट बनाउन प्रयोग गरिने कोको पदार्थमा पाइने रासायनिक तत्व 'फ्लाभोनोल्स'ले मानिसको मस्तिष्कलाई तीक्ष्ण बनाउनुको साथै स्मरण शक्ति वृद्धि गर्नेगरेको पाइन्छ। चकलेट खानाले मुसा र चिप्लेकीरामा समेत स्मरण शक्ति र आयुमा वृद्धि भएको वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको छ। यसैगरी कालो चकलेटमा पाइने अर्को रासायनिक तत्व 'क्यानाबिन्वाइडस्'ले मानिसमा सुख र आनन्दको अनुभूति पैदा गर्छ। कालो चकलेटमा 'माग्निसियम' तत्वको मात्रा पनि धेरै हुन्छ। माग्निसियमले बुढेसकालमा स्मरण शक्ति ताजा राख्न मद्दत गर्छ। यसरी कालो चकलेटमा पाइने कतिपय रासायनिक तत्वले मानव मस्तिष्कमा सकरात्मक असर पार्छ र चकलेट खानाले मानिसमा तीक्ष्ण बुद्धिको विकास हुन्छ भन्ने धारणा कतिपय विज्ञहरूको रहिआएको छ।
यिनै खोज नतिजालाई आधार मानेर फ्रान्स मेसर्लीले चकलेट र नोबेल पुरस्कारबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान गरेका थिए। फ्रान्स मेसर्लीको तर्कअनुसार चकलेटको उपभोगले मानिसको मस्तिष्कलाई साँच्चै नै तीक्ष्ण बनाउँछ भने चकलेटको उपभोग बढी गर्ने राष्ट्रका जनता बढी बुद्धिमान हुनुपर्छ र यस्ता राष्ट्रले ठूलो संख्यामा नोबेल पुरस्कार विजेताजस्ता तीक्ष्ण बुद्धि भएका व्यक्तिहरू उत्पादन गरेको हुनुपर्छ।  
चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्याबीचको सम्भावित सम्बन्धबारे अध्ययन गर्न फ्रान्स मेसर्लीले स्विजरल्यान्ड, स्विडेन, डेनेमार्क, नर्वे, अस्ट्रिया, संंयुक्त अधिराज्य, नेदरलान्ड, संयुक्त राज्य अमेरिका, आयरलान्ड, जर्मनी, बेल्जियम, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, पोलान्ड, इटाली, ग्रिस, पोर्चुगल, स्पेन, जापान, चीन र ब्र।जिल गरी २३ मुलुकमा प्रतिवर्ष प्रतिव्यक्ति खपत हुने गरेको कालो चकलेटको परिमाण र उक्त मुलुकमा प्रतिकरोड जनसंख्यामा नोबेल पुरस्कार प्राप्त गरेका व्यक्तिको संख्याबीचको सम्बन्धबारे अध्ययन गरेका थिए। फ्रान्स मेसर्लीको अनुसन्धानको नतिजा धेरैलाई अचम्म पार्ने खालको थियो।
जुन राष्ट्रमा प्रतिवर्ष प्रतिव्यक्ति चकलेटको खपत बढी हुन्छ त्यस राष्ट्रमा अरू राष्ट्रको तुलनामा धेरै नोबेल पुरस्कार विजेता हुने गरेको पाइयो। प्रतिव्यक्ति सबैभन्दा बढी चकलेटको खपत हुने राष्ट्र स्विजरल्यान्डमा प्रतिकरोड जनसंख्यामा सबैभन्दा बढी संख्यामा नोबेल पुरस्कार विजेता देखिए। स्विजरल्यान्डमा प्रतिवर्ष प्रतिव्यक्ति करिब १२ किलो चकलेट खपत हुँदोरहेेछ। त्यहाँ एक करोड जनसंख्यामा नोबेल पुरस्कार विजेताको संख्या करिब ३३ थियो। यसैगरी प्रतिवर्ष प्रतिव्यक्ति करिब ९ किलो चकलेटको खपत हुने राष्ट्र डेनमार्क, अस्ट्रिया र नर्वेमा एक करोड जनसंख्यामा नोबेल पुरस्कार विजेताको संख्या सरदर २५ भएको पाइयो। त्यसको तुलनामा प्रतिवर्ष प्रतिव्यक्ति करिब ५ किलो चकलेट खपत हुने संयुक्त राज्य अमेरिकामा प्रतिकरोड जनसंख्यामा नोबेल पुरस्कार विजेताको संख्या करिब १० जनामात्र पाइयो। अन्य राष्ट्रका लागि पनि चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्यामा सिधा सहसम्बन्ध (लिनियर कोरिलेसन) भएको पाइयो। चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्याबीच देखिएको सम्बन्ध एक संयोगमात्र हुनसक्ने सम्भावना १० हजारमा एक भागमात्र भएको तथ्यांकीय विश्लेषणले देखाएको छ। अर्थात्, चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्याबीच देखिएको सम्बन्ध संयोगमात्र नभई यथार्थ भएको भरपर्दो तथ्यांकले देखाउँछ।  तर अपवादले नै नियमलाई प्रमाणित गर्छ भनेजस्तै यस खोज नतिजाको पनि एक अपवाद पाइयो – त्यो हो स्विडेन। स्विडेनमा प्रतिवर्ष प्रतिव्यक्ति खपत हुने चकलेटको परिमाण जर्मनीको तुलनामा आधामात्र भए पनि स्विडेनमा नोबेल पुरस्कार विजेताको अनुपात भने जर्मनीकोभन्दा दोब्बर पाइयो। नोबेल पुरस्कार (शान्ति पुरस्कारबाहेक) प्रदान गर्ने राष्ट्र स्विेडन आफँै भएकाले पनि पुरस्कारका लागि उमेदवार छनौट गर्दा नोबल प्रतिष्ठानले अन्य राष्ट्रको तुलनामा स्विडेनका नागरिकलाई बढी प्राथमिकता दिएको हुनसक्ने  फ्रान्स मेसर्लीको तर्क छ।
चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्यामा देखिएको सिधा सम्बन्ध संयोगमात्र हो वा वास्तवमै त्यसको पछाडि केही सत्य पनि छ? यस प्रश्नको सही उत्तर पाउन क्यालिफोर्निया विश्वविद्यालयकी वैज्ञानिक बियाटि्रस गोलम्ब र उनकी सहकर्मीले भौतिकशास्त्र, रसायनशास्त्र, क्रिया विज्ञान वा चिकित्साशास्त्र तथा अर्थशास्त्रका २३ जना नोबेल पुरस्कार विजेतासँग उनीहरूको चकलेट खाने बानीबारे अनुसन्धान गरेका थिए। प्रतिष्ठित वैज्ञानिक जर्नल 'नेचर'मा केही महिनाअघि प्रकाशित उक्त अनुसन्धानको नतिजाअनुसार ती नोबेल पुरस्कार विजेतामध्ये ४३ प्रतिशतले नियमित रूपमा चकलेट खाने गरेको पाइएको थियो। त्यसको तुलनामा त्यही उमेर, लिंग र प्राज्ञिक पृष्ठभूमिका २ सय ३७ अन्य सहकर्मीमध्ये २५ प्रतिशतले मात्र चकलेट खाने गरेको पाइयो। अर्थात्, नोबेल पुरस्कार विजेताले वास्तवमै अरूले भन्दा बढी चकलेट खाने गर्दा रहेछन्। यसैगरी ३२ प्रतिशत नोबेल पुरस्कार विजेताले नोबेल पुरस्कारका लागि छानिएको अनुसन्धान कार्यमा संलग्न हुँदा अधिक परिमाणमा चकलेट खानेगरेको बताएका थिए। यसरी चकलेटको उपभोग र नोबेल पुरस्कारबीच महत्वपूर्ण सम्बन्ध भएको तथ्यांकले देखाउँछ। यद्यपि, अनुसन्धानमा सहभागी २३ जना नोबेल पुरस्कार विजेतामध्ये ३ जनाले नोबेल पुरस्कार पाउनुमा चकलेटको योगदान हुनसक्ने बताएका थिए। एक जना नोबेल पुरस्कार विजेताले त आफूले नोबेल पुरस्कार पाउनाको मुख्य कारण नै चकलेट भएको ठोकुवासमेत गरे। उनी हरेक दिन चकलेट खाने गर्थे। बाँकी अन्य नोबेल पुरस्कार विजेताले चकलेटको उपभोग र नोबेल पुरस्कारबीच कुनै सम्बन्ध नभएको धारणा व्यक्त गरेका थिए। तर केही विज्ञहरूका अनुसार सायद आफ्नो प्राज्ञिक क्षमता र बुद्धिमत्तामाथि प्रश्न नउठोस् भनेर अधिकांश नोबेल पुरस्कार विजेताले नोबेल पुरस्कार पाउनमा चकलेटको उपभोगलाई  महत्व दिन नचाहेका होलान्।
चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्यामा स्पष्ट सहसम्बन्ध देखिए पनि त्यसो हुनुमा चकलेटको उपभोग नै कारक तत्व हुनुपर्छ भन्ने चाहिँ निश्चित छैन। कुनै मुलुकमा नोबेल पुरस्कार विजेताको संख्या बढी पाइनुमा अन्य कारण पनि हुनसक्ने विज्ञहरू बताउँछन्। उदाहरणका लागि स्विजरल्यान्ड, स्विडेन, नर्वे र डेनेमार्कजस्ता जनसंख्याको अनुपातमा बढी संख्यामा नोबेल पुरस्कार उत्पादन गर्ने मुलुकमा मानव विकास सूचकांक (ह्युमन डेभेलपमेन्ट इन्डेक्स) र प्रतिव्यक्ति आय पनि अति उच्च रहेको पाइन्छ। यिनै कारणले पनि ती देशमा जनसंख्याको अनुपातमा अन्य मुलुकको तुलनामा बढी नोबेल पुरस्कार विजेता उत्पादन भएको हुनसक्छ। स्विजरल्यान्ड, स्विडेन, नर्वे र डेनेमार्कजस्ता आर्थिक दृष्टिकोणले सम्पन्न देशका जनताले बढी चकलेटको खपत गर्नुलाई स्वाभाविक मान्न सकिन्छ। यी सम्पन्न देशमा अनुसन्धानका पूर्वाधार र अवसर धेरै भएकाले पनि ती मुलुकमा जनसंख्याको अनुपातमा बढी संख्यामा नोबेल पुरस्कार पाउने वैज्ञानिक पैदा भएको हुनसक्ने केही विज्ञको धारणा छ। त्यसैगरी चकलेटले मानिसको मस्तिष्क तीक्ष्ण बनाउने नभई नोबेल पुरस्कार विजेताजस्ता तीक्ष्ण बुद्धि भएका मानिसले चकलेट खान बढी मन पराउने पनि हुनसक्छ। तसर्थ चकलेटको खपत र नोबेल पुरस्कार विजेताको संख्यामा देखिएको सम्बन्धको पक्षमा पर्याप्त र अकाट्य वैज्ञानिक प्रमाण नभएको र यस विषयमा थप अनुसन्धान हुनुपर्ने धेरैको राय छ।
नोबेल पुरस्कारका लागि चकलेटको महत्व नोबेल पुरस्कार प्रदान गर्ने स्विडिस संस्था नोबल प्रतिष्ठानले पनि राम्ररी बुझेको देखिन्छ। उक्त प्रतिष्ठानले स्टकहोममा हरेक वर्ष डिसेम्बर १० मा विशेष समारोहको आयोजना गरेर नोबेल पुरस्कार विजेतालाई प्रमाणपत्र, नगड र अल्फ्रेड नोबेलको चित्र अंकित पदक प्रदान गर्दा पदककै आकारमा बनाइएको नोबेलको चित्र अंकित चकलेट पनि उपहार दिने चलन छ। निश्चय पनि चकलेट धेरै खाँदैमा कोही नोबेल पुरस्कार विजेता बन्दैन तर आफ्नो मस्तिष्कलाई तीक्ष्ण बनाउन चाहेमा चकलेट खाने बानी बस्ााल्दा त्यसले कसैलाई हानि भने पक्कै गर्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस