परि' उपसर्गले विस्तार, श्रेष्ठता, पूर्णता, तिरस्कार एवं क्रमका साथै अन्तरनिहित गुणलाई पनि बुझाउने रहेछ । गति र आयतनको गुणनफलले चलायमान वस्तु वा व्यक्तिको वेगशक्तिलाई निर्दिष्ट गर्छ । अंग्रेजीमा त्यस प्रवृत्तिलाई 'मोमेन्टम' भनिएको हुन्छ । वेगशक्ति शब्दावलीलाई अन्य तरिकाले पनि अथ्र्याउन सकिने हुनाले मोमेन्टमलाई केही शब्दकोशले 'परिवेग'का रूपमा उल्था गरेको हुनुपर्छ । यस अनूदित शब्दले मूल अभिव्यक्तिको भावलाई अझ सशक्तरूपले सम्प्रेषण गरेजस्तो लाग्छ । परि उपसर्गले कहिले कहीँ व्यापकता पनि जनाउने भएकाले परिवेगले मोमेन्टम शब्दको वैज्ञानिक परिषाभामा नअटाएको समग्रगतासमेतलाई समेटेको छ।
सामाजिक अभियन्ताहरू परिवेग उत्पन्न गर्न लालायित हुन्छन् । निर्दिष्ट आयतन एवं समुचित गति प्राप्त गर्न सफल मुद्दाहरू समाजमा स्वस्पूmर्तरूपमा चलायमान रहिरहने हुँदा परिवेग निर्माण परिवर्तनकारी शक्तिको सपना हुने गर्छ । त्यो काम सहज भने हुँदैन । आन्दोलनको आयतन जनसहभागिताले बढ्ने हो । गति भने कार्यसूचीको सशक्तता, नेतृत्वको क्षमता एवं वस्तुगत परिस्थितिको आधारभूमिमा भर पर्छ । सायद, यही भएर होला, परिवेग सिर्जनाका लागि काम गर्न सकिन्छ तर यथेष्ट वेगशक्ति उत्पन्न हुन्छ वा हुँदैन भन्ने भविष्यवाणी चाहिँ गर्न सकिँदैन । परिवेगलाई रोक्न भने सितिमिति कसैले सक्तैन।
जडसूत्रमा आधारित माक्र्सवाद—लेनिनवादका प्रखर व्याख्याता एवं माओवादी विचारका पुनर्रचनाकारमध्ये प्रमुख रहेका मोहन वैद्यले धरातलीय यथार्थलाई ठम्याइ सकेको हुनुपर्छ । पद छोड्नुपर्ने डरले ओँठमुख सुकेका चुनावी मन्त्रिपरिषद्का सदस्यहरूको भावभंगीमाले अब निर्वाचन सहजरूपमा सर्न सत्तैmन भन्ने देखाउँछ । कर्मकाण्डकै रूपमा भए पनि घोषित मितिमा मतदान हुन्छ । हदैसम्मको लचक अपनाएको दाबी कायम राख्नमात्र वैद्य समूहले निर्वाचन सार्ने माग तेस्र्याएको हुनुपर्छ । ठूलो प्रक्रियाले परिवेग हासिल गरिसकेपछि त्यसको गति वा दिशा परिवर्तन गर्न त्यसभन्दा बृहत् शक्ति चाहिन्छ । वैद्य समूहसँग त्यो छैन । तिनका अदृश्य सहयोगीहरूको क्षमता भने परीक्षण हुन बाँकी छ ।
एकथरी शुद्धतावादीहरू निर्वाचनमात्र प्रजातन्त्र होइन भन्ने धारणा राख्छन् । हुन पनि, मतलाई विचार सम्प्रेषणको साटो दान गरिने विशेषाधिकारका रूपमा लिने हो भने पुरेत प्रवृत्तिको प्रभुत्व हुन्छ । स्वर्गको चाहना एवं पुण्यको कामनाले गरिएको कर्मकाण्डबाट यजमानी संस्कृतिले निरन्तरता पाउनेमात्रै हो । तर, समग्र निर्वाचन प्रक्रिया मतदानमा मात्रै सीमित हुँदैन । चुनावको चहलपहलले ल्याउने जागरुकताले गर्दा प्रतिगामी शक्तिहरू प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाका विरोधी हुनेगर्छन् ।
कम्युनिस्टहरूले 'बुर्जुवा निर्वाचन' नरुचाउने कारण सैद्धान्तिकमात्र नभएर व्यवहारिक पनि हो । मताधिकारको स्वतन्त्र प्रयोगले क्रान्तिकारी अग्रपंक्तिको पकडलाई कमजोर तुल्याउँछ । नेताले आफ्नो शक्ति कार्यकर्तासँग बाँड्नुपर्ने अवस्था निर्वाचनका क्रममा स्वभावतः उत्पन्न हुन्छ । र, शास्त्रीय सूत्रहरू कण्ठस्थ गरेका जुझारुहरू हार्ने एवं मतदातासँग भिजेका राजनीतिकर्मी जित्ने जोखिम पनि रहिरहन्छ ।
सम्भ्रान्तहरूको निर्वाचनप्रतिको अरुचि पनि बुझ्न कठिन छैन । प्रत्येक चुनावले एकथरी चप्पल लगाउनेहरूलाई लबेदा सुरुवाल लगाउनेहरूको जमातमा समकक्षीका रूपमा ठड्याउँछ । स्थायी सत्ताले नयाँ दाबेदारलाई पहिले सहवरण गर्न खोज्छ । त्यसो गर्न नसकिएकालाई भ्रष्ट भन्दै तथानाम गर्न थाल्छ । र, त्यतिले पनि नपुग्ने भयो भने आफ्ना संयन्त्रहरू प्रयोग गरेर बदनाम गर्छ । तर, जति नै प्रयत्न गरे पनि शक्तिको केही न केही बाँडफाँट नगरी निर्वाचन परिणामलाई पूरै लत्याउन चाहिँ सकिँदैन ।
जतिसुकै पक्षपात एवं धाँधलीपूर्ण भए पनि २०३६ सालको जनमत संग्रहले व्यक्ति नभएर नीति आधारित निर्वाचनको अवधारणालाई सामान्य जनताले बुझ्ने भाषामा स्थापित गरेको थियो । विकृति अनेक उब्जिए तर २०४८ र २०६२ ÷६३ बीचका चुनावहरूले ल्याएको जागरणले गर्दा नै जनआन्दोलन, मधेस विद्रोह तथा संविधान सभा निर्वाचन सम्भव भएको हो ।
सशस्त्र माओवादीले जनचेतना निरस्त गर्न सकेका भए शक्ति मतपेटिकाको साटो बन्दुकको नालबाट निस्किन्छ भन्ने मान्यता स्थापित भइसकेको हुन्थ्यो । तत्कालीन शाही नेपाली सेना तथा अध्यक्ष ज्ञानेन्द्रका आसेपासेले आम निर्वाचनको साटो नगरपालिकाको चुनाव गराएर सन् १९६० को दशकताका पश्चिमा मुलुकहरूले तेस्रो विश्वमा प्रवर्धन गर्ने गरेको 'आधारभूत प्रजातन्त्र' ब्युँताउन खोजेकै हुन् । तिनको सम्पूर्ण शक्तिले जनचाहनालाई परास्त गर्न सकेन । अध्यक्ष ज्ञानेन्द्रले जनप्रतिनिधिका सामु हार स्वीकार गर्न गरेको ढिलाइले अन्ततः राजतन्त्रै समाप्त भयो । राजनीतिक चेतनालाई पैmलाउने काम आम निर्वाचनले गर्ने गर्छ ।
सास रहेसम्म आशा भने बाँकी रहिरहँदो रहेछ । संविधान सभाको षड्यन्त्रमूलक विघटनबाट उत्साहित सम्भ्रान्तहरू नयाँ निर्वाचनप्रति पटक्कै उत्साहित थिएनन् । स्थायी सत्ताको वर्चस्व रहेको सरकार गठन एवं निर्वाचन आयोगको नेतृत्वले गर्दा परस्परागत शक्तिका खेलाडी झनै हौसिएका थिए । एउटा वा अर्को बहानामा चुनाव सार्दै लाने र अन्ततः गोलमेच सम्मेलन वा संविधान आयोगजस्ता संयन्त्र प्रयोग गरेर सके त राजतन्त्रै ब्युँताउने नभए कम्तीमा हिन्दु राष्ट्र सुनिश्चित गर्ने योजनाका औजार बन्न पुगेका हुन् वैद्य समूहका कार्यकर्ता । निर्वाचनप्रतिको तिनको राजनीतिक वितृष्णा गौण बन्न पुग्यो । त्यो यथार्थ वैद्य समूहले ठम्याउँदासम्म ढिलो भइसकेको थियो ।
अन्तर्राष्ट्रिय समुदायले आवधिक निर्वाचनलाई जनआक्रोशको शान्तिपूर्ण एवं वैधानिक अभिव्यक्तिका रूपमा बुझ्छ । व्यवसायीका लागि केही महिनाभित्रै ५० अर्बको व्यापारको आकर्षण लोभलाग्दो हुने नै भयो । राजनीतिकर्मीहरू आफ्नो अस्तित्व जोगाउनसमेत चुनावमा होमिन वाध्य छन् । सामान्य मतदातामा उत्साह त छैन तर ती पनि आम निर्वाचनमा निस्पृह रहन सत्तैmनन् । मतदानका अवसरमा केही दिनका लागि भए पनि जनार्दन हुन पाउने लोभ संवरण गर्न सामान्य जनलाई गाह्रो हुने रहेछ । निर्वाचन बहिष्कारमा सन् १९८० को दशकमा खटेका नेपाली कांग्रेसका कार्यकर्ता र सन् १९९० को दशकका माओवादी लडाकाले आम मतदाताको मत खसाल्ने अदम्य आकांक्षालाई राम्रोसँग ठम्याएको हुनुपर्छ । जस्तोसुकै निर्वाचन भए पनि कमजोर वर्गका व्यक्तिहरू मत खसाल्न लाम लाग्ने निश्चित छ । परिणाम भलै जे सुकै होस्, सम्भाव्य शक्तिको भाग्य निर्धारण गर्ने मौका सामान्य मतदाताले गुमाउन चाहँदैन । चुनाव हुने नै भएजस्तो देखेर यथास्थितिवादीले फेरि एकपटक वैद्यका काँधमा निर्वाचन सार्ने मागको बन्दुक राखेर पड्काउन खोजिरहेको हुनुपर्छ ।
मिडियाले भने सम्भ्रान्तको स्वार्थभन्दा पनि बजारको हितलाई प्रमुखता दिने हुँदा चुनाव बिथोल्न गरिएका क्रियाकलापले सम्भवतः अब मूलधारका सञ्चार माध्यममा प्रमुखता पाउनेछैनन् । एकआपसमा सम्भ्रान्तहरू गुनासो पनि गर्छन् — 'काठमाडौंमै मोटरमा आगजनी भयो, मिडियाले त्यसलाई महत्व नै दिएन । सामान्य क्षतिमा सीमित गरिदियो । ' चुनाव हुने नै देखेपछि वैद्य समूहका पृष्टपोषकहरूले आफ्नो रणनीति अब निर्वाचनपछिको अवस्थामा केन्द्रित गर्न सक्छन् । फेरि पनि संविधान बन्दैन भन्ने प्रायोजित कोकोहोलो त्यही उद्देश्यबाट उब्जिएको हुनुपर्छ । अतिवादीहरूको तात्कालिक कार्यनीतिमा पनि छठ पर्वपछिका दिनहरूमा परिवर्तन देखिन सक्छ । केही प्रभावशाली बहिष्कारवादीहरू कम्बल ओडेर चुनाव प्रचारमा ओर्लिए भने अचम्म नमाने हुन्छ ।
संसदीय निर्वाचनमा मतदाताको ठूलो हिस्सा राजनीतिक दलका प्रतिबद्ध कार्यकर्ता एवं समर्थकहरूको वृत्तबाहिरै रहेको हुन्छ । तिनको मत सामान्यतः व्यक्तिगत संलग्नताका आधारमा निर्धारण हुने गर्छ । बेलायतको कुहिएको मताधार (रोटेन बरो) अवधारणामै आधारित हो जातीयता, जनसम्पर्क वा आर्थिक सामथ्र्यका आधारमा गरिने उमेदवार छनोट प्रक्रिया । गत निर्वाचनमा विनोद चौधरी वा यसपटक राज्यलक्ष्मी गोल्छालाई नेकपा (एमाले)ले आस्थाका आधारमा उमेदवार छानेको हो भन्ने त त्यही दलका नेता कार्यकर्ताले समेत पत्याउने छैनन् । कुहिएको मताधाररूपी सिक्काको अर्को पाटो हो प्रतिबद्धताहीन मतदाताको लचकता । सामान्य आस्था एकातिर भए पनि व्यक्तिगत लाभहानिको लेखाजोखा गरेर 'मत खेर फाल्नु ' भन्दा जित्ने उमेदवारलाई सघाउनुलाई सचेत मतदाताले पनि अन्यथा लिँदैनन् ।
चलनचल्तीको आकलनअनुसार परिवर्तन विरोधीहरूको मत राप्रपा—नेपालतिर आकर्षित हुनसक्छ । खुलारूपमा हिन्दुत्व एवं राजतन्त्रको वकालत गर्ने र संघीयताको विरोध गर्ने ससाना राजनीतिक समूहबाहेकको शक्ति राप्रपा—नेपालमात्र हो । दुर्भाग्य, राजावादी दलको त्यही अडानले गर्दा पुनरुत्थानवादीहरूले राप्रपा—नेपाललाई सघाउने सम्भावना भने कमै छ । मूलधारमा स्थापित हुन नसकेको दललाई समर्थन गर्नुको साटो बरु अन्य कुनै सम्भावनायुक्त दललाई प्रभावित गर्न रुढीवादी एवं पुनरुत्थानवादी मताधारको प्रयोग हुनसक्छ ।
जति नै यज्ञ होम र भैँसी पूजाको भ्रम छरे पनि हिन्दुत्ववादीहरूले पुष्पकमल दाहाल र तिनको एनेकपा (माओवादी)लाई पत्याउनेवाला छैनन् । यथास्थितिवादी एवं नेपाली कांग्रेसबीचको अन्तद्र्वन्द्वको इतिहास आधा शताब्दीभन्दा पुरानो छ । स्थापित सम्भ्रान्तका मतको आशामा बसेका कांग्रेसका कार्यकर्ता सपनामा रमाइरहेका हुन् । स्थायी सत्तासँग सम्बद्ध मतदाताले अरू जस्लाई सघाए पनि कांग्रेसलाई सघाउँदैनन् । गएको निर्वाचनमा केही सम्भ्रान्त कांग्रेसप्रति आकर्षित भए पनि अहिले त्यस्तो अवस्था छैन । त्यसो भए वैद्य समूहका पछाडि सुरुदेखि नै रहेको दक्षिणपन्थीहरूको मत कता जान्छ त ? माओवादी अतिवादप्रति प्रतिबद्ध जमातले त इज्जत जोगाउनै भए पनि बहिष्कारै गर्ला तर निहित स्वार्थका कारण चुनाव भाँड्न त्यतातिर लागेकाहरूले दोस्रो विकल्प खोज्नसक्छन् । निर्वाचनपछि अग्रगामी संविधान बिथोल्ने शक्तिलाई अँगाल्न सक्छन् । दक्षिणपन्थीहरूको कार्यनीतिक अन्तरण (ट्याक्टिकल सिफ्ट)को लाभ एमालेले पाउन सक्छ ।
निर्दलीय सरकार निष्पक्ष देखिनुपर्ने भए पनि तिनको सहानुभूति लबेदासुरुवाललाई राष्ट्रिय पोसाकका रूपमा पुनस्र्थापित गर्ने दलतिर रहनु स्वाभाविकै हो । कर्मचारी तन्त्र एवं सुरक्षा संयन्त्रमा एमालेको पहुँच र उपस्थिति सर्वविदितै छ । संसद् पुनस्र्थापनापछि जनविद्रोहका सर्वमान्य प्रणेताको साटो सेना प्रमुखले एमालेका नेतालाई रुचाएको त सार्वजनिक नै भइसकेको छ । पुँजीपति, गैसस उद्यमी, प्रभावशाली मिडियाकर्मी एवं विभिन्न 'सिन्डिकेट ' तथा 'कार्टेल' सञ्चालकहरूको संलग्नता स्थायी सत्तासँग सबैभन्दा नजिक रहेको दलसँग हुने नै भयो । आम निर्वाचनको संघारमा आइपुग्दासम्म नेकपा (एमाले)सँग प्रचुर स्रोत, प्रतिबद्ध कार्यकर्ता एवं जागरुक समर्थकको जमात जस्तो चुनाव जित्ने सबै संसाधन पर्याप्त छ । छैनन् त केबल मतदाता । वैद्य समूहबाट विकर्षित सम्भ्रान्तले नियन्त्रण गर्ने कुहिएको मताधारले त्यो कमी पनि पूरा गर्नसक्छ ।
नेकपा (एमाले)को मुख्य आकर्षण नै त्यस दलको अन्तर्निहित लचकता हो । एनेकपा (माओवादी) प्रमुख शक्तिका रूपमा स्थापित भएमा वामपन्थी एकताको दुहाइ दिँदै झलनाथ खनाल पुनः अगाडि आउनसक्छन् । नेपाली कांग्रेसले आफ्नो आकार बढाउन सक्यो भने लोकतान्त्रिक गठबन्धनका स्वाभाविक नेता खड्ग ओली ठहरिनेछन् । केही गरी चमत्कारै भयो र पूर्वपञ्चहरू पनि प्रभावशाली शक्तिका रूपमा उदाए भने वामदेव गौतम राष्ट्रवादी गठजोडमा उपेन्द्र यादवदेखि चित्रबहादुर केसीसम्मका नेता बन्न सक्छन् । धर्मनिरपेक्षता, संघीयता तथा सामेली राज्य व्यवस्थाका विरोधीहरू मोहन वैद्यलाई छाडेर माधव नेपालका पछि लामबद्ध भए भने निर्वाचन बहिष्कारको नारा स्वतः निस्तेज हुनेछ ।

प्रतिगामी रुचि

जित्नेलाई मत