चाडबाडका बेला अलिकति भए पनि सफासुग्घर भएर बस्ने चाहना र प्रयत्न हुन्छ धेरै नेपालीको । व्यस्त मानिसले केही फुर्सदिलो समय पाएर हुनसक्छ, धर्मभीरुहरुलाई दुर्गा भवानी रिसाउलिन् वा लक्ष्मी माताले बेवास्ता गर्लिन् भन्ने डरले हुन सक्छ, धनाढ्य नवधनाढ्यलाई आफ्नो तुजुक प्रदर्शन गर्ने लालसाले हुन सक्छ, कतिपय मध्यमवर्गीयलाई विदेशबाट छुट्टीमा छोराछोरी फर्केका बेलामा सारै बिजोग बनाएर नबसौँ भन्ने चाहनाले पनि हुन सक्छ । कारण जे भए पनि, दसंैतिहार वा अन्य चाडबाडका बेलामा अलिकति भए पनि सफा देखिने प्रयत्न गर्छन् धेरै नेपाली।यो स्वाभाविक हो । तर चाडबाडका बेला खास गरी सहरिया मध्यम वा निम्न मध्यमवर्गीय घरहरुमा देखिने सफाइ अभियानका विभिन्न सूक्ष्म झलकलाई हेर्ने हो भने हाम्रो समाजलाई, देशलाई र आँफैलाई ठूलो पर्दामा हेरेजस्तो पनि हुँदोरहेछ ।
जब दसैँतिहार आउँछ, घरघरमा सरसफाइ, लिपपोत, किनमेलको काम हुन्छ । प्रयोगमा आउन छोडिसकेका तर फ्याँक्न नसकेर राखेका थोत्रा चिजबिजलाई फेरि ओल्टाईपल्टाई गर्ने काम हुन्छ । बडो आँट गरेर केही थोत्रामोत्रा सामान फ्याँकिन्छन् पनि । तर वर्षौँदेखि व्यर्थमा ठाउँ ओगटिरहेका अधिकांश थोत्रा सामान भने फेरी कतै कुना तिर लुकाइन्छन् । देखिने ठाउँका फोहोर मिल्काइन्छन् । झट्ट नदेखिने ठाउँका फोहोरलाई कहिल्यै घरनिकालाको खतरा हुन्न । भुइँमा, भित्तामा, ढोका र पर्खालहरुमा, भान्सा र शौचालयहरुमा जमेका फोहोर सकेजति कोट्याइन्छन्, पुछिन्छन् । नसके जति भने हरेक वर्ष झैं त्यत्तिकै छोडिन्छन्, छोपिन्छन् ।
यही बेलामा थाहा हुन्छ, कति फोहर लुकाएर राखेका हुँदारहेछौं घरमा भन्ने ! आफँैलाई समेत ढाँट्ने, आँफैसँग पनि ढाकछोप गर्ने पाखण्डले कति गाँजेको रहेछ भन्ने पनि यही बेलामा थाहा हुन्छ । घरको व्यवस्थापनमा कति कमजोर हुँदा रहेछौँ हामी मध्ये अधिकांश ! सौन्दर्यबोधको कति ठूलो खडेरी रहेछ हामीमा भन्ने यस बेला फेरि हेक्का हुन्छ । हामीले भित्तामा पोतेका रंगहरुले वरपरका घाँस दुबोलाई फोहोर पारेकोमा कुनै मतलब हुँदैन । आठ तले घर भएकाहरु घरको मोहडालाई झिलिक्क पार्छन् र पछिल्तिर फोहोर लुकाउँछन् । घरभित्र मार्बलको भुईं सफा गर्छन् तर घरको ढोकै अगाडिको आफँै हिँड्नुपर्ने सडकमा फोहोर फ्याँक्न पटक्कै अप्ठेरो मान्दैनन् । एक हात जमिन छोड्दा बाटो अलि फराकिलो हुन्छ, दमकल र एम्बुलेन्स आउनजान सक्छ, आँपूmलगायत पूरै टोलको भलो हुन्छ भने पनि त्यसको लागि तयार हुँदैनौ हामी, बरु जतिसुकै भूकम्पीय जोखिम मोलेर पनि नौ इन्चका पिलरमा नौ तले घर बनाउन र त्यसको नाम फलानो 'टावर' वा ढिस्कानो 'भवन' राख्न मजा लाग्छ हामीलाई ।
यो बानी, यो चाला, हाम्रो चरित्र भएको छ । यसलाई 'संस्कार ' भन्न हुँदैन भनेर एकजनाले मित्रले कुनै बेला भनेका थिए मलाई । ठीकै छ, यसलाई संस्कार नभनौ, संस्कृति नभनौ, परम्परा नभनौ – तर यथार्थमा हामीले गर्दैआएको यस्तै हो, यसै गर्छौं हामी । अनि हाम्रो जीवनको हरेक आयाममा यही चरित्र प्रदर्शित भइरहेको हुन्छ, प्रकट भइरहेको हुन्छ । हाम्रो प्रशासनमा हेरौँ, व्यवस्थापनमा हेरौँ, पेसाकर्ममा, व्यापारमा, उद्योगमा हेरौँ, कहाँ देखिन्न र यो चाला ? सबभन्दा बढी त सायद हाम्रो राजनीतिमा प्रकट भइरहेको हुन्छ हाम्रो यो चरित्र जसको सारमा हुन्छ अतिआत्मकेन्द्रवाद, प्रदर्शनमोह र परनिन्दा । हाम्रो सप्रिने चाहनालाई, हुर्किने चाहनालाई, उज्यालोतर्फ पाइला चाल्ने आँटलाई यही बानीले छेकिरहेको छ । पराईहरु समेत ¥याल चुहाउँदै, ईष्र्या गर्दै भन्छन् – यो क्षेत्रकै समृद्ध देश बन्नसक्छ नेपाल भनेर । तर हाम्रो समृद्धिको सम्भावनालाई यही चरित्रले छेकिरहेको छ ।
अहिले राजनीतिक सरगर्मी बढेको छ । मुलुकभर चुनावी वातावरण तयार भइरहेको छ । बाहिरबाट हेर्दा, चाडबाड र चुनावी तयारी एकाकार हुन खोजेजस्तो देखिन्छ । यस्तो बेला, अधिकांश उमेदवार र तिनका नेताको अभिव्यक्तिले फेरि पनि हाम्रो त्यही अतिआत्मकेन्द्रवादी चरित्रलाई देखाउँदैछ । अर्कालाई गाली गरिरहँदा आफ्नो धोती खुस्केको थाहा पाउँदैनन् नेताहरु । चुनाव अब नेपालीका निम्ति त्यति नौलो, त्यति रहस्यमय रहेन । ठूलो राजनीतिक परिवर्तन पछिका चुनावले ल्याउने आशामिश्रित रोमाञ्च अहिलेको चुनावले ल्याएजस्तो लाग्दैन । नेताका नौटंकीहरु पनि अब नौला रहेनन् । वाक्पटुता र तुक्काबाजीबाट पनि जनता अब त्यति प्रभावित नहोलान्, जति पहिले हुने गर्थे । यसपटकको संविधान सभाले पनि देशलाई चाहिएजस्तो नयाँ संविधान बनाउन सकेन भने, मानिसका आकांक्षा, सपना, आशाका दियो निभ्न थाल्नेछन् । एउटा अत्यासलाग्दो अँध्यारो, निराशा, अविश्वासले खर्लप्प निल्नेछ देशलाई । त्यस्तो भयो भने, घनघोर अन्धकार र जीवनको संगीतबिनाको नमीठो मौनमा जिउँदै मरिरहेका निराश रोगीहरु र तिनकै रगतमा जिउने 'भ्याम्पायर ' को नारकीय थलो बन्नेछ यो देश । यस्तै होस् भन्ने चाहना भएका अमानुष यस दुनियाँमा छैनन् भन्न कसरी सकिन्छ र ?
यस स्थितिबाट देशलाई जोगाउन साँच्चैका असल नेता चाहिएको थियो देशलाई । त्यस्ता नेतालाई भोट दिएर जिताउन पाए कति राम्रो हुन्थ्यो ! तर खै कहाँ छन् त्यस्ता नेता ? चुनावी सरगर्मीमा तातेका मानिसहरुबीच नेतामा हुनुपर्ने गुण भएका मानिस किन देखिँदैन ? नेता त त्यो पथ प्रदर्शक हुनुपर्ने थियो जसले सबैलाई उज्यालो देखाउन सक्छ । जो अगाडिको बाटोबारे अत्यन्त स्पष्ट भए पनि जनताको लस्करभन्दा पर गएर आदेश दिँदैन, लामबद्ध भएर जनतासँगै तर अघिअघि हिँड्छ, सबैलाई ठीक बाटोमा हिंड्न हौस्याउँछ । मानिसका आआफ्ना भोगाइ हुन्छन्, परिस्थिति र तिनले निर्माण गरेका दृष्टिकोण हुन्छन् भन्ने जान्नुपर्ने हो नेता हुने व्यक्तिले । त्यो भिन्नता बीच समानता पहिल्याउनसक्ने अभिभावक र गुरु हुन सक्नुपर्ने थियो नेता त । तर अहिले नेता हुँ भनेर देखा पर्नेहरूको चुनावी अभिव्यक्ति सुन्दा त यस्तो लाग्छ, केही सहोदर दाजुभाइ अंशबण्डाको झगडामा फसेकाछन् र एकार्कालाई 'तँ कुकुरको छोरो' भनेर गाली गर्दैछन् ! देश अहिलेजस्तो अभूतपूर्व संक्रमणमा भएको बेला त जनताको असन्तुष्टिभित्र लुकेको ऊर्जाको महत्व चिन्न सक्ने नेता चाहिएको थियो । त्यस उर्जालाई सकारात्मक सोच र निर्माणको ऊर्जामा परिणत गरेर देशलाई केही कदम अगाडि बनाउन सक्षम हुने नेतृत्व चाहिएको थियो । तर अहिले देखापरेका अधिकांश नेतालाई देख्दा लाग्छ, तिनको चाहना त जनता भिड नै बनिरहोस् भन्ने पो छ ! ती त जनतामा रहेको यथास्थितिप्रतिको असन्तुष्टिलाई, त्यस असन्तुष्टिमा रहेको ऊर्जालाई सकारात्मक, सिर्जनात्मक शक्तिमा हैन ध्वंशात्मक विस्फोटमा परिणत गर्न पो उद्यत देखिन्छन् ।
सुनेको थिएँ सांगठनिक जीवनको सुरु परिवारबाट हुन्छ । अचेल मनमा प्रश्न आउँछ, घरभित्र पतिपत्नी असल मित्र हुनसत्तैmनन्, हुन चाहँदैनन् भने, एकापसप्रति सन्देह, शंका ईष्र्या आदिबाट ग्रस्त भएर अनादरपूर्ण, असमान, शत्रुवत् व्यवहार गर्छन् भने, तिनले आफ्ना पार्टीभित्रका मित्रप्रति कस्तो व्यवहार गर्लान् ? छरछिमेकमा सामान्य मानवीय सम्बन्ध पनि राख्न नसक्ने मानिस कुनै पार्टीको नेता भयो भने उसले अरू पार्टीका मानिससँग कसरी भद्र, न्यापूर्ण र समझदारीपूर्ण सम्बन्ध राख्न सक्ला र ? छोराछोरीका कुरा सुन्नेसमेत धैर्य नभएको व्यक्तिले पार्टीमा कार्यकर्तासँग कस्तो व्यवहार गर्ला ? परिवारभित्रको सामान्य व्यवस्थापनसमेत गर्ने ढंग नभएका मानिसले सिंगै देशको राज्य व्यवस्थापन गर्नु प¥यो भने कसरी गर्ला ? घरको फोहर घरभित्रै कुनामा लुकाएर बस्ने बानी परेकाहरू कति पारदर्शी हुन सक्लान् ? सौन्दर्यचेत शून्य प्रायः भएका व्यक्तिको कूटनीतिक सामथ्र्य, संस्कृति तथा प्रकृति संरक्षणजस्ता क्षेत्रमा कस्तो योगदान रहला ?
गणतन्त्र नेपालको म एउटा नागरिक । मलाई मेरो गणतन्त्रको निम्ति राम्रो संविधान चाहिएको छ । त्यसैले म भोट दिन चाहन्छु । यतिबेला म मेरो देशलाई चाहिएजस्तो राम्रो संविधान बनाउन साँच्चै योगदान गर्न सक्ने उमेदवारको खोजीमा छु । त्यस्ता उमेदवार उठाउने असल पार्टीको खोजीमा छु । अहिलेसम्म भेटेको छैन । मलाई संविधान चाहिएको छ – नभई भएको छैन । एउटा यस्तो संविधान जस्को उज्यालोमा देशमा जमेको फोहोर साँच्चै सफा गर्न सकियोस् । सरसफाइको निम्ति कुनै चाड, कुनै साइत पर्खनु नपरोस् ।
म भोट हाल्न चाहन्छु तर खोजेजस्तो उम्मेदवार भेटिन भने के गरूँ ? मलाई कुनै बुथमा भेट्नु भएन भने यसले चुनाव बहिष्कार ग¥यो नभनिदिनु होला। भोट दिनलाई कोही भेटिनछु भने म जहाँ उभिएको छु, त्यहीँ उभिएर आफूले जानेको केही राम्रो काम गर्ने प्रयत्न गर्नेछु । आपूmले जान्दै नजानेको, नसकेको त के गरूँ र खै ?