बम/बन्दूकलगायत्ले चुनाव बिथोल्न सक्ने चेतावनी चुनावका विरोधी शक्तिले दिँदादिँदै पनि असोज १७ गते उत्साहपूर्वक उमेदवारी दर्ता भएका छन्। प्रत्यक्षतर्फ दलको उमेदवारीमात्र दर्ता भएन, टिकट पाउन नसकेका अधिकांश बागी उमेदवारका रूपमा दर्ता भए। विशेषगरी तीन ठूला दलमा बागी उमेदवार बढी देखिएका छन्।स्थानीय तहबाट सिफारिस भएकालाई टिकट नदिएर नेतृत्वले आफ्ना आसेपासेलाई टिकट दिएको आरोप लगाउँदै शीर्ष नेतृत्वकै विरोधमा बागी उमेदवारी परेका छन्। लोकतन्त्रमा विरोध गर्नु र आफ्नो जनमत पुष्टि गर्न उमेदवारी दिनु स्वाभाविक भए पनि ठूला दलमा यस्ता प्रवृति देखिनुले दुई कुराको संकेत गर्छ। ठूला दलमा आन्तरिक अनुशासनको अभाव छ भने केन्द्रीकृत सोच यद्यपि हाबी छ। स्थानीयको सिफारिसमा टिकट दिने लोकतान्त्रिक पद्धतिलाई बाइपास गरी खल्तीबाट लिस्ट निकाली टिकट दिनु किमार्थ लोकतान्त्रिक हुँदैन। ठूला दलका नेताहरु हार्नुको एउटा कारण यो पनि बन्न सक्छ। विगतको पनि अनुभव छ कि ठूला दलका प्रायः नेता विरोधीबाट होइन कि आफ्नै दलका अन्तरघातबाट हारेका थिए। त्यो समस्या सामाधान गर्नुपर्नेमा ठूला दल यद्यपि चुकेका छन् भन्ने बागी उमेदवारीबाट पुष्टि हुन्छ।
यो ठूला दलको जितमा मात्र बाधक बन्दैन, चुनावको सुरक्षामा पनि ठुलै चुनौती बढाउन सक्छ। टिकट नपाएकाले आफू जित्नुभन्दा आधिकारिकलाई हराउन हरेकखाले रणनीति अपनाउन सक्छन् जसबाट मारकाट, झगडा र आचारसंहिता उल्लंघनका कामले बढावा पाउँछ। जुन निकै चिन्ताजनक छ। उत्साहपूर्वक उमेदवारी दर्ता हुनुले विरोधी शक्तिहरुको चेतावनीले खासै प्रभाव पार्न नसकेको भन्नैपर्छ। जुन चुनावका लागि सकारात्मक वातावरण हो। बाजागाजासहित आमजनताको पनि व्यापक सहभागिता उमेदवारी दर्तामा देखिएकाले चुनावमा आमजनताको पनि उत्साहजनक सहभागिता छ भन्ने पुष्टि हुन्छ। यसले चुनावको विरोध गर्नुभन्दा कुनै न कुनैरूपमा चुनावको समर्थन गर्नु नै जनमैत्री हुन्छ। प्रत्यक्षतर्फको उमेदवारी शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र उमेदवारीमा पनि तँछाडमछाड भएकाले चुनावको सुनिश्चिता बढाएको छ। अब चुनावको अवरोधक भनेको असुरक्षा नै बन्न सक्छ। चुनाव हुने सुनिश्चित भएपछि चुनावको सुरक्षामा सम्बद्ध पक्षको गम्भीर ध्यान जानुपर्छ। अब चुनावलाई अवरोध गर्ने कारण अशान्तिबाहेक अरु कुनै शक्ति नदेखिएकाले अशान्ति उत्पन्न गर्न सक्ने हरेक सम्भावित क्रियाकलाप नियनत्रणमा सबैको गम्भीर ध्यानाकर्षण अपरिहार्य छ। मंसिर ४ गतेसम्म अशान्ति भएन भने चुनाव कुनै पनि शक्तिले रोक्ने हैसियत देखिँदैन। यसर्थ सरकारलगायत् सम्बद्ध पक्षले अब चुनावको सुरक्षामा विशेष निगरानी दिन अपरिहार्य छ।
अहिलेसम्मको सुरक्षा अवस्था कस्तो छ भन्नेबारे विश्लेषण गरेर उपाय निकाल्नुपर्छ। उमेदवारी दर्ताको भोलिपल्ट बाराको निर्वाचन क्षेत्र ४ का बलियो उमेदवारका रूपमा चिनिएकामाथि गोली प्रहार भएको छ भने केही हप्ताअगाडि मात्र सर्लाहीको मलंगवास्थित नापी कार्यालयमा बम बिष्फोट भयो। सर्लाहीको घटनामा केही पर्चा भेटिएकाले भूमिगत शक्तिको काम हो भन्ने एकिन भए पनि बाराको घटना कसले किन गरायो एकिन हुन सकेको छैन। यस घटनामा विभिन्न किसिमका अडकलबाजी हुँदैछन्। ठोस सवुत फेला नपरेसम्म घटना गराउनेको एकिन हुन नसक्ने भए पनि यस्ता घटनाको पछाडि जे/जस्तो उद्देश्य रहे तापनि यस्ता घटनाले चुनावको सुरक्षामा शंका उठाउने ठाउँ भने निर्माण गरेको छ। सरकारले सुरक्षा व्यवस्थामा गम्भीर रहेको जति दाबी गरे पनि उपरोक्त घटनाले सुरक्षा अवस्था कमजोर रहेको पुष्टि हुन्छ। बाराको घटना दिउसो रक्सौल सीमादेखि लगभग १५ किलोमिटर भित्री हाइवे क्षेत्रमा भएको बताइन्छ। पीडित पञ्चायतीमा थिए। यसको अर्थ त्यहाँ जनताको पनि उपस्थिति बाक्लै थियो होला। घाइतेलाई कन्चटमा नजिकबाट गोली प्रहार गरेको समाचार आएका छन् भने गोली प्रहार गर्नेहरु भारतीय नम्बरको मोटरसाइलकमा आएको बताइन्छ।
घटना गराई सीमापारि भागेको पनि अनुमान छ। घटनास्थलबाट सीमा पार गर्न कमसेकम दश वटा प्रहरी पेाष्ट उछिन्नुपर्छ भने अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत् भारतीय कस्टम तथा सीमा सुरक्षा बललाई पनि पार गर्नैपर्छ। यत्रो कडा सुरक्षा घेराभित्र हतियारसहित प्रवेश गरी घटना गराई फरारसमेत हुनु कम चिन्ताको विषय होइन। यसले सीमा क्षेत्रका बासिन्दा कति असुरक्षित होलान् भन्ने अनुमान गर्न गाह्रो हुँदैन। अर्थात् यस्तो बलियो सुरक्षा घेराभित्रबाट उमेदवारलाई गोली हानी अपराधी फरार हुनुले बारा पर्सामात्र होइन, भारतीय सीमा क्षेत्रको पनि सुरक्षा चुस्त र दुरुस्त नरहेको मान्न सकिन्छ। जुन चुनावका लागि उचित छैन। यसले अन्य उमेदवार र मतदाताको पनि सुरक्षामा चुनौती थपेको भन्नैपर्छ। भारतीय नम्बर प्लेटको गाडी वीरगन्ज क्षेत्रबाहिर लान पाइँदैन। लग्नेहरुलाई विभिन्न ठाउँमा चेक जाँचको सामना गर्नुपर्छ। घटना वीरगन्ज क्षेत्र बाहिर भएको छ। यसर्थ यस क्षेत्रका सुरक्षा निकायले पनि आफ्नो समीक्षा गरी कमजोरी कहाँ छ, अविलम्ब सच्याउन सक्नुपर्छ
यस क्षेत्रको सुरक्षा चुनौतीको कुरा गर्दा विविध शक्ति छन् जसलाई व्यवस्थित र नियन्त्रित गर्न अपरिहार्य छ। पहिलो खुला सीमा र साना हतियार तथा अपराधीको ओहोरदोहोर। खुला नाकालाई बन्द नगरी दुवै देशका सुरक्षा बलले दुरुस्तरूपले सीमाको निगरानी गर्नुपर्छ। सामाजमा रहेको हतियार नियन्त्रण गर्नुपर्छ भने अपराधीको खोजीमा तदारुकता बढाउनुपर्छ। सीमावर्ती क्षेत्रको सम्भावित हतियार कारोबारको पहिचान गरी रोक्न सक्नुपर्छ। तस्करी रोक्न त अपरिहार्य छ नै सशस्त्र संघर्षमा कुनै बेला पनि लाग्नेहरुउपर पनि निगरानी हुनैपर्ने देखिन्छ। ठूला दलबीचको आन्तरिक मतभेद तथा युवा दस्ता परिचालन गर्ने मनस्थिति पनि चुनावी सुरक्षाको अवरोधक छ। मधेसवादी दलबीचको मतभेदले पनि सुरक्षामा चुनौती थप्न सक्छ भने ठूला दलमा टिकट वितरणमा देखिएका असन्तुष्टिले पनि सुरक्षामा चुनौती थप्न सक्ने अवस्था छ। सामाजमा देखिएका विकृति/विसंगति पनि चुनावी सुरक्षाका लागि चुनौतीयुक्त विषय हुन। कुनै पनि घटनामा दोषी बचाउने र निर्दोषलाई मुद्दा चलाउने प्रवृति पनि सुरक्षा चुनौती हुन।
तराई मधेसमा जातीयता, धार्मिक तथा साम्प्रदायिक विभाजन पनि चुनौतीकै आधार हुन। चुनावमा मत किन्न, मतदातालाई त्रसित बनाउन, विरोधी उमेदवारलाई हराउन काला धन पनि खर्चिन सकिने अवस्था छ। यस्ता अवैधानिक धनको प्रयोगले पनि चुनौती उत्पन्न गर्न सक्छन्। यस्ता सम्पत्तिको खोजविन र जफततर्फ पनि पहलकदमी आवश्यक छ। सम्पत्ति शुद्धीकरण कानुन कार्यान्वयनले धेरै सहयोग मिल्न सक्छ। विभिन्न मुद्दाका फरार अभियुक्त तथा फरार अपराधी पनि प्रयोग हुन सक्छन्। यस्तालाई नियन्त्रण गर्न दुवै देशको सहकार्य आवश्यक छ। यसले सुरक्षा मात्र बढ्दैन, न्यायलाई पनि सहयोग पुग्न सक्छ। अपराधी प्रवृतिका र अपराधमा सजाय पाएकालाई दलहरुले पनि आफूभित्र मौलाउनुको साटो नियन्त्रणमा ध्यान दिनुपर्छ। राजनीतिलाई अपराधीकरण हुनबाट रोक्ने पहल हुनै पर्छ। यस्ता विकृति हटाउन र नियन्त्रण गर्न सबैको साझा दायित्व बनाउनुपर्छ। सरकार एक्लैले पनि गर्न सक्ने अवस्था छैन। सरकार, दल, नागरिक समाजलगायत्को सामूहिक पहल हुनुपर्छ। छिमेकी सरकार तथा सुरक्षा बलको पनि भूमिका यसमा उत्तिकै छ। समानुपातिकतर्फको लिस्टले पनि चुनौती उत्पन गर्न सक्छ। जुन उद्देश्यका लागि समानुपातिक व्यवस्था लागु गरिएको हो सोको विपरीत विगत जस्तै विज्ञ र उपयुक्तलाई छाडी नातावाद/कृपावादको आधारमा सूची बनाइयो भने आन्तरिक विवाद बढ्छ। यसले दल छाड्ने, उमेदवारविरुद्ध लाग्ने, अन्तरघात गर्ने वातावरण निर्माण हुन्छ जसले अशान्ति र झगडा बढाउँछ।