कुनै कुरामा सन्देह भयो भने मलाई 'विश्वेश्वरप्रसाद कोइरालाको आत्म वृत्तान्त’ पढ्न मन लाग्छ। यसपटक उमेदवारी चयन र त्यसपछि देखिए सुनिएका घटना नेपालको राजनीतिमा समेत अलि अनौठै हुन्। नेपाली कांग्रेसबाट उमेदवारी नपाउनेबित्तिकै कुनै व्यक्ति एनेकपा (माओवादी)मा प्रवेश गरेर उमेदवार हुने वा राप्रपा (नेपाल)को तर्फबाट चुनाव लड्नेजस्तो फन्कै मार्ने घटना सायद यसअघि भएको थिएन।यस्तै, माओवादीले उमेदवार बनाएन भनेर मधेसी दलहरूमा जाने र मधेसी दलले समेत उमेदवारै बनाउने घटना पनि सायद संक्रमणकालीन (अ)राजनीतिमा मात्र सहज र सम्भव हुन्छ। यसैले उमेदवारी चयनका क्रममा बीपीले अपनाएका अभ्यास र भोगेका समस्या पढ्न मन लागेको थियो। ( उमेदवारी चयन नहुँदै पनि दुईवटा प्रसंग मैले 'आत्मवृत्तान्त’बाट उद्धृत गरेको थिएँ। तिनमा बीपीले कार्यकर्तासँगै बसेर तिनैको भावनाअनुसार तर ठूलाठालुको धम्की नसुनेर, नटेरेर उमेदवार छानेका थिए भन्ने सन्देश थियो। अहिलेका नेताबाट त्यस्तै व्यवहारको अपेक्षा गर्नु सायद मूर्खता हो। तर, मुर्ख्याइँ गर्ने स्वतन्त्रता त छ नि! ) नेताहरूले स्थानीय कार्यकर्ताको निर्देशको कदर गरिदिएका भए पछिल्लो चरणको असन्तुष्टि पक्कै कम हुनेथियो। बीपीको जस्तो बुद्धिमत्ता अरू नेताबाट अपेक्षा राख्नु हुँदैन तर उनले गरेको अभ्यास गलत नभएकाले सिक्न सबैले सक्थे।
यसपटक उमेदवारी चयनमा धम्की र धुर्की अलि बढी नै निर्णायक भएको देखियो। बीपीले पनि एउटा यस्तै प्रकारको घटना 'आत्मवृत्तान्त’मा उल्लेख गरेका छन्। धम्की र धम्कीभन्दा पनि घुर्कीका कारण कसैलाई उमेदवार बनाउनु परेको र जसमाथि अन्याय भयो उसले भने त्यसलाई सजिलै स्वीकार गरेको प्रसंग छ।
'चुनावका लागि टिकट दिने कुरा आउँदा विश्वबन्धु, गिरिजा र तुलसी गिरीलाई टिकट नदिने भएको थिएँ मैले। मेरो इच्छा के थियो भने तिनीहरूले चुनाव नलड्दा संगठनको काममा लाग्छन् र फेरि अर्को कुनै संघर्ष गर्नका लागि उपयोगी पनि रहन्छन्। त्यसो हुनाले 'तिमीहरू चुनाव नलड्नू’ भनेको थिएँ। तुलसी गिरीलाई त चुनावमा कुनै रुचि थिएन र ऊ जित्ने पनि थिएन। ऊ सहर्ष मान्यो। गिरिजाले त मैले भन्नेबित्तिकै मानिहाल्यो। विश्वबन्धुले मानेन। उसले भन्यो — 'अब अरू कुनै किसिमको लडाइँ हुँदैन, यही लडाइँ हुन्छ, त्यसो हुनाले मलाई टिकट दिनुपर्छ।’
अनि त्यसमा मैले भने — ' गोरखामा तेरो क्षेत्र बना।’
'होइन चितवनमा मैले घर बनाएको छु। म चितवनमा लड्छु ’ भन्न थाल्यो। चितवनमा बखानसिंह थिए हाम्रा पुराना मानिस। मैले विश्वबन्धुको पृष्ठभूमि दिएको हुँ, उसको महत्वाकांक्षाको कुरा बताएको हुँ।
एकदिन आएर के भन्छ भने, मेरो कमजोरी पनि भनु, ' अब पर्सिसम्ममा टिकट दिने हो। तपाईँले टिकट दिनुहुन्न भने म राजासँग कुरा गर्न जान्छु। भूपालमान सिंहको मार्फत् मेरो कुरा भएको छ।’
त्यो बसेको छ मेरै घरमा। एउटा कोठा दिएको छु उसलाई र तुलसी गिरीलाई। तुलसी गिरी मलाई भन्छ — ' होइन, त्यसलाई त एउटा टिकट दिनुपर्यो।’
मैले भने — ' बखानसिंह जसको छोरो मर्यो मैले उसलाई कसरी भन्ने? ’ (बखानसिंह गुरुङका छोरा धर्मध्वज २००७ सालको जनक्रान्तिमा बन्दिपुर कब्जा गर्न जाँदा सेनाको गोलीबाट मारिएका थिए। राणाको फौजका लप्टन बखानसिंहले त्यसपछि मकैसिंहमा रहेको आफ्ना मातहतका सबैलाई लिएर कांग्रेसमा प्रवेश गरेका थिए।)
म भनिरहेछु उसलाई कि तँ गोरखा जा। योे विश्वबन्धुको के चरित्र छ भने भयानक महत्वाकांक्षा, व्यक्तिगत महत्वाकांक्षा छ। अरू कुनै पनि कुराको त्यसलाई परहेज छैन। मलाई यसबाट बडो तुच्छता लाग्यो।
त्यसपछि मैले बखानसिंहलाई बोलाएँ। बखानसिंहलाई समर्थन गर्ने त बडा धेरै मान्छेहरू थिए। उनी सबैको साथ आए। सबैलाई थाहा भयो कि बखानसिंहको क्षेत्र विश्वबन्धुले ताकिरहेछ। मैले बखानसिंहलाई भने — 'यस्तो समस्या आइपरेको छ, के गरौँ?’
उनले भने — 'लिडरको जो हुकुम हुन्छ, म त्यही गर्छु। तर, दाबा त मेरो हो।’
मैले भने — 'मैले त्यो बुझेको छु।’
मैले टिकट पाइन भने मलाई दुःख लाग्ला। तर पार्टीको विपरीत म हुन्न, लिडरको खिलाफ त म जान्न।’
मैले भने — ' म तपाईँलाई महासभामा राख्छु। तपाईँले एउटा युवकलाई दिनुपर्यो। ’
'हुन्छ’ उनले भने। त्यसमा जो साथीहरू थिए त्यहाँका धेरै रिसाए मसँग। जस्तो त्यसबेला मैयाँदेवी भन्ने थिइन्, अरू पनि सारा कार्यकर्ताहरू थिए, रिसाए। अनि बखानसिंहले नै ती सबैलाई सम्झाए। उनले भने — ' भइहाल्यो नि, लिडरले जो तय गरे भइहाल्यो। उहाँमाथि छाडिदिएपछि उहाँले जे गर्नुहुन्छ त्यो मान्नुपर्छ। ’
विश्वबन्धुले बीपीलाई त्यसको दुई वर्षमै छाडे। बखानसिंहले करिब १८ वर्षपछि छाडे।
माथिको घटनाको आआफ्नै अर्थ लगाउन सकिएला तर बीपीले पनि घुर्की र धम्कीका प्रभावमा उमेदवार बनाएका रहेछन् र त्यसरी पुलपुल्याइएका व्यक्तिले चाँडैनै उनलाई धोका दिए भन्ने पाठ चाहिँ नेताहरूले सिक्नसक्थे। त्यस्तो पाठ सिकेर व्यवहारमा अपनाउन नेताहरूमा नैतिक बल चाहिन्छ। दुर्भाग्य, अहिलेका नेताको यही पक्ष सबैभन्दा कमजोर छ। यसैले उनीहरू धम्कीसँग डराए, घुर्कीसँग तर्से, पैसा देखेर लोभिए र सबैभन्दा बढी जितेर आउनेमा आफ्ना हनुमानमात्रै परुन् भनेर नजित्दै ढुक्क हुन खोजे।
नेपाली कांग्रेस र नेकपा (एमाले)मा देखिएको असन्तुष्टि धेरै हदसम्म स्वाभाविक पनि हो। कुनै विलक्षण नेतृत्व शक्ति भएर हैन रोलवाला भएकाले नेता हुन पुगेका केही व्यक्ति २०४८ सालदेखि निरन्तर चुनाव लडिरहेका छन्। ती नभएकै भए पनि पार्टीलाई केही फरक हुने थिएन। डाडुपन्यु हातमा भएकाले सधैँ आफ्नै भागमा चौटा खन्याउने बानी परेकालाई कसैले श्रद्धा गर्ने त हैन! फाइदा भए न नेता मान्ने हो त्यस्ता व्यक्तिलाई। तिनले यसपटक चुनाव नलडेकै भए हुन्थ्यो। नत्र, समानुपातिकमा नाम राखेको भए पनि हुन्थ्यो। दुवै पार्टीले कम्तीमा पनि ६०—६५ जनाका दरले त पक्कै समानुपातिकमा ठाउँ पाउँछन् नै होला। त्यसमाथि तिनले अर्को चुनाव नलड्ने घोषणा गरेको भए अझ बेस हुन्थ्यो। पक्कै पनि अहिलेको जति असन्तोष देखिने थिएन। त्यति गर्नसकेको भए कसैले धम्क्याएको वा घुर्क्याएकै भरमा लुरुक्क लागेर निर्णय गर्न वा फेर्नपर्ने थिएन। मतदाता हाँसेका छन् यिनको बुद्धि देखेर। भोट हाल्ने ठाउँ पाए यिनलाई मत पनि दिने थिएनन् होला!
निश्चित आधारमात्र अपनाएको भए पनि यति असन्तोष हुने थिएन। यथार्थमा क्षेत्रीय समितिको सिफारिसलाई बढी अंक दिएर अरू वस्तुगत आधार पनि तय गरी पारदर्शी निर्णय गर्नुपर्थ्यो। त्यस्तो परिपाटी बसालेको भए संसदीय समितिमा आफू नहुनेबित्तिकै उमेदवारी नै नपाउने जोखिम हुने थिएन। तर, लोकतन्त्रप्रति प्रतिबद्धता नभएपछि व्यक्तिलाई मौका पाउनेबित्तिकै तजबिजी अधिकार प्रयोग गर्न मन जो लाग्छ।
असन्तोषको व्यवस्थापन राम्ररी नगरे दलहरूलाई हानि अवश्य पनि हुन्छ। कथित ठूला नेतामात्रै हारे त सायद त्यसले नेपाली राजनीति र राजनीतिक दलहरूकै पनि भलो हुन्थ्यो तर त्यसको असर अरू उमेदवारमाथि पर्ने र संविधान सभामा अलोकतान्त्रिक शक्तिको प्रभुत्व बढ्ने भयो भने सिंगै मुलुकले र एउटा अर्को पुस्ताले फेरि सजाय भोग्नुपर्ने हुन्छ। यसैले जति नै अन्याय भएको भए पनि बागी उमेदवारको समर्थन गर्नु बुद्धिमानी हुँदैन। अझै बेला छ, तिनले आधिकारिक उमेदवारलाई सघाउने। पार्टीलाई यस्तो संकटका बेलामा धोका दिनेलाई जनताले पनि माफ नदेलान्। अहिले कसैले कुनै भोटबैंक छ भन्ने ठानेको छ भने त्यो गलत हुनेछ। परिवारभित्रै पनि कसैको उर्दी चल्ने लक्षण छैन।
लोकतन्त्र र मुलुकको हितलाई प्राथमिकता दिने हो संविधान सभामा मध्यमार्गी लोकतान्त्रिक शक्ति निर्णायक हुनुपर्छ। पहिलो संविधान सभाकै नियति नदोहोरियोस् भन्ने हो मतदाताले पनि कम्तीमा संविधानमा लोकतान्त्रिक अधिकार सुरक्षित हुने र राष्ट्रिय अखण्डता कुण्ठित नहुने गरी जनादेश दिनु आवश्यक हुन्छ। मतदातालाई आश्वस्त पार्न सबैभन्दा पहिले पार्टीभित्रको असन्तुष्टिको सम्बोधन गर्नु आवश्यक छ। यसका लागि कम्तीमा ३ पटक प्रत्यक्ष निर्वाचनमा लगातार उमेदवार भएपछि पार्टीमा मात्र चुनाव लड्नेजस्ता प्रावधान अभ्यासमै भए पनि सुरु गरिनुपर्छ। त्यसमा पनि संसदीय समितिका सदस्यले अर्को चुनाव नलड्ने अभ्यास गर्नुपर्छ। नेपाली कांग्रेसले मात्रै भने पनि यसको अभ्यास गरोस्। यसपटक पार्टीका लभभग सबै पदाधिकारी प्रत्यक्षतर्फ उमेदवार बने। सबैजसा ठाउँमा विद्रोही पनि उठेका छन्। अब तिनले पार्टीका अरू उमेदवारलाई कसरी सघाउलान्? यसपटक हार्नेले पार्टीको पदाधिकारी पद पनि त्याग्नुपर्छ। जनताले नपत्याएको मान्छेले पार्टीको पनि नेतृत्व गर्न सुहाउँदैन। अर्को, सामान्यतः जनाधारित लोकतान्त्रिक दलहरूमा पार्टी र संसद्को नेता एकै जना हुने चलन हुन्छ। यसैले पनि संसदीय चुनावमा हार्नेले पार्टीको पनि पद छाड्नुपर्छ।
असन्तुष्टिको अन्त्य कहिल्यै हुँदैन। राजनीतिमा लाग्नेहरूमा महत्वाकांक्षा पनि अस्वाभाविक हैन। नेताले अन्याय गर्दैनन् भन्ने देखाउन र मान्न सक्नुपर्थ्यो राजनीति गर्नेहरूले। अन्याय भएकै हो भने पनि त्यसलाई सच्याउने मौका आत्मघाती खेलमा रमाएर त पाइँदैन। बरु, पार्टीभित्रै विवाद गर्नुपर्थ्यो र अर्को महाधिवेशनमा अहिलेको असन्तुष्टि देखाउन सक्नुपर्थ्यो।
विश्वबन्धुहरूको हुलमा बखानसिंहहरूको खडेरी नै छ। अहिले को कति देखिने हुन् थाहा पाउन भनेे मंसिरको दोस्रो सातासम्म पर्खनुपर्नेछ।