मौसम र अर्थशास्त्र मैले कहिल्यै बुझ्न नसकेका विषय हुन्। 'आकाशमा देखिने बादलका रूप र रंग किन यति धेरै हुनु परेको? कसरी फेरिन्छन् ती रूपहरु?' जस्ता प्रश्न हुन् वा 'मुद्राहरुको सटही दर केका आधारमा निधरित हुन्छन्, कसरी छिन्छिन्मै फेरिइरहन्छन्?' जस्ता प्रश्नहरु, आँफैलाई मात्र हैन साथीहरुलाई समेत झर्को नलागुन्जेल सोध्थेँ।किशोरावस्था गयो, युवावस्था पनि गयो तर त्यस्ता 'केटाकेटी' प्रश्नले भने मलाई छोडेनन्। निकै पछिसम्म पनि यस्ता प्रश्न सोधिरहेँ। सम्बन्धित विषयकै ज्ञाता साथीले मलाई बुझाउने प्रयत्न नगरेका हैनन्। तर अहँ, कहिल्यै बुझिन तिनका कुरा। तर सोध्न पनि छोडिन। अचेल बरु अलिअलि होस पुर्याउन थालेँ हुँला – उमेरसँगै धेरै कुराको चेत आउँछ, ('सेग्यासिटी') भन्छन् मानिसहरु। केही वर्ष अघिसम्म त चिन्दै नचिनेको मानिसलाई पनि खोज्दै खोज्दै गुरु थाप्न पुग्थेँ। अज्ञान र आग्रहबाट जन्मेको यस्तो 'मनोग्रह' (अब्सेशन)ले अप्ठेरो पार्नु स्वाभाविकै थियो। एकचोटि साँच्चैको अप्ठेरोमा परेको छु म।
त्यस घटनाको पृष्ठ भूमि यस्तो थियो।
आफ्नै देशको बदलिँदो परिस्थिति र छिमेकी देशमा भइरहेको परिवर्तनले थरीथरीका उत्सुकता जन्माइरहेको थियो। उत्तरका छिमेकी ' चिनियाँ विशेषताको समाजवाद' निर्माण गर्दैछौँ भन्थे। तर आफ्नो आँखाले भने त्यहाँ राज्य संरक्षित अत्यन्त चर्को पुँजीवादको विकास भइरहेको देख्थ्यो। दक्षिण छिमेकका युवा 'पुँजीकर्मी' मात्र हैन, सिंगो राष्ट्र नै उदार बजार अर्थतन्त्रतर्फ उन्मुख भइरहेको थियो। भारत भ्रमणमा रहेका त्यसबेलाका अमेरिकी राष्ट्रपतिको स्वागतमा सडक सडमा झुन्ड्याएका स्वागत वचनमा समेत 'उदार' पुँजीवादप्रतिको प्रतिबद्धता व्यक्त भएको देखेर छक्क परेको थिएँ। अनि यी दुवै छिमेकीको आर्थिक उन्नति अत्यन्त तीव्रताका साथ भइरहेको सुनिन्थ्यो। यो सब हेर्दा 'बजार' कति शक्तिशाली छ भन्ने विषयमा त कुनै शङ्का रहेन। तर यो यथार्थ आफ्नो देशमा कसरी अनूदित हुने होला? देशकै सानो रूपजस्तो लाग्ने आफ्नो कार्यस्थलको यथार्थमा यसले के प्रभाव पार्ला? पटक्कै बुझ्न सकिरहेको थिइन। लाग्न थाल्यो – किशोरावस्था देखि आफू 'दीक्षित' भएको कम्युनिस्ट 'ब्रान्ड'को समाजवादभन्दा फरक विचारका बारेमा नबुझी भएन। अनि एकजना गैरवामपन्थी साथीलाई गुहारेँ। तिनले एकजना कहलिएका विद्यावारिधि उपाधि धारण गरेका विद्वानसँग भेट गराइदिए।
ती विद्वान् 'उदार' अर्थतन्त्रका ठूला पक्षधर हुन् भन्ने सुनेको थिएँ। भेट भएपछि मैले आफ्नो अनभिज्ञताबारे बताएँ। मेरो किशोरवय देखिको 'वाम' सोचले उत्पन्न गर्नसक्ने सम्भाव्य सीमाबारे म सचेत भएको कुरा भने। केही बुझ्न भनी गएको थिएँ, ज्ञान माग्न गएको थिएँ – दिमागको भिक्षापात्रलाई सकेसम्म रित्तो बनाएर ज्ञानगुन ग्रहण गर्न तयार भएँ। हुनुपर्ने जति विनम्र हुन प्रयत्न गरेँ। र सोध्न थालेँ – 'बजार अर्थतन्त्रको ताकत त म देखिरहेको छु। थरीथरीका समाजवादलाई यसले पालै पालो निलिरहेको पनि म देखिरहेको छु। तर म जे काम गर्छु, त्यहाँ भने बजारको शक्तिले पीडा जन्माउँछ। त्यो त करुणा चाहिने ठाउँ हो। मानव संवेदना, सामाजिक न्याय, सामाजिक उत्तरदायित्व र करुणाका विषयलाई गरिबहरुको देशमा काम गर्ने एउटा डाक्टरले बजार अर्थतन्त्रसँग कसरी जोडेर हेर्ने? 'उदार' बजार अर्थतन्त्रमा यी कुरा कसरी अटाउँलान्?'
तर मैले प्रश्न सिध्याउनै भ्याइन। 'करुणा' भन्ने शब्दको उच्चारणमात्र के गरेको थिएँ, उनी अनुहारभर उपेक्षा भाव पोतेर करिब करिब आक्रामक मुद्रामा उत्रिए। र भन्न थाले – 'तपाईं वामपन्थीहरु, समाजवादीहरुलाई म 'अनइथिकल' भन्छु। 'सामाजिक न्याय', 'समानता', 'करुणा' जस्ता अनेक शब्दहरुको प्रयोग गर्नुहुन्छ तपाईंहरु। हेर्नोस्, प्रकृतिमा कहाँ हुन्छ समानता? तपाईंका पाँच औंला समान छैनन्। प्रकृतिको विरुद्ध जानु नै 'अनइथिकल' हो बुझ्नु भो? ' अनपेक्षित स्थिति उत्पन्न भएकोमा अवाक भएर बसिरहेको म बबुरोलाई हेर्दै उनी भन्दै गए –' म 'जैसी बाहुन्' भन्ने गर्छु यस्ता मानिसलाई। युरोपको विश्वविद्यालयमा गएर मेरा महान गुरुसँग शिक्षा लिन नपाएको भए म पनि सायद त्यस्तै 'जैसी बाहुन्' हुन्थेँ होला' उनको प्रवचन धाराप्रवाह गइरह्यो। तर मैले अपेक्षा गरेभन्दा एकदमै फरक थियो त्यो प्रवचन। मैले खोजेको भन्दा धेरै फरक थियो त्यो विद्वत्ता। मनलाई एकछिन अल्मल्याउन खोजेँ। अनि बिस्तारै हल्का फुल्का विषयतिर मोडिएँ। जसोतसो एउटा साँझ बिताएर फर्केँ।
'करुणा' सामान्यतया वामपन्थीहरूले प्रयोग गर्ने शब्द हैन। तर किन हो कुन्नि 'करुणा'लाई समेत तिनले वामपन्थीहरुको 'अनइथिकल जार्गोन' ठाने। त्यसको एउटै अर्थ निस्किन्थ्यो सामाजिक न्यायको कुरा कुनै पनि हिसाबले तिनका निम्ति ग्राह्य थिएन। 'राज्यले सबै कुरा बजारलाई छोडी दिनुपर्छ। आँफै सबै कुरा ठीक ठाउँमा आउँछ' – उनले भनेका थिए।
ती विद्वान्सँग केही सिक्ने मेरो चाहना यसरी तुहिएको धेरै समय बितिसकेको छ। बजार झन् झन् बलियो हुँदै गइरहेको म देखिरहेको छु। सामाजिक न्यायका निम्ति भनेर हिंसात्मक आन्दोलन गर्नेदेखि लिएर लामो समयसम्म कष्टकर भूमिगत संघर्ष गर्ने पार्टीहरुको रूपान्तरण र विकृतीकरणको सिलसिलाको साक्षी भइरहेको छु। समाजवाद भन्ने शब्दलाई कहिल्यै नछोडेका पार्टीका वरिष्ठहरुले समाजवादलाई पुरानो जनै बनाएर लुकाएको देखिरहेकोछु। सामाजिक न्यायका पक्षमा बोल्न कहिल्यै नछोडेका तर आफ्नो व्यक्तिगत जीवनमा भने चरम नाङ्गो उपभोक्तावादको अभ्यास गरेर समकालीन पुँजीवादलाई बेसरी नै मलजल गरिरहेका 'नेता' देखिरहेको छु। र यी सबका बीचमा अलिकति सामाजिक जिम्मेवारीबोध गर्न खोज्ने डाक्टरको सपना थलिँदै, ढल्दै, अदृश्य हुँदै गइरहेको पीडाबोध गरिरहेको छु। कम सुविधा पाएका धेरै जनताका निम्ति राम्रो स्वास्थ्यसेवाको नमुना तयार गर्ने सपना थियो कुनै बेला। स्वास्थ्यकर्मका माध्यमबाट जनताको सशक्तीकरणलाई सघाउने सपना थियो कुनै बेला। रोगाएको राजनीति, रोगाएको देश, रोगाएका मनहरु र रोगाएको संस्थाका बीचमा ती सपना थिचिएका, किचिएका र थिलथिलो हुन थालेका देखिरहेको छु।
तर पनि मरिहालेका भने छैनन् सपना। केही सपना नमर्ने रहेछन्।
ती विद्वान्ले मलाई के सिकाउन खोजेका थिए कुन्नि? केही महत्वपूर्ण कुरा भने उनैसितको वार्तालापबाट सिकेछु। हो रहेछ, दोषरहित समाज, सम्यक र पूर्ण संसार सम्भव नहुँदो रहेछ। उज्यालो र अँध्यारो, असल र खराब, करुणा र निर्दयता, प्रेम र घृणा, यिनीहरुबीचको खेल सधैँ चलिरहँदोरहेछ। मानिसको जीवनको हरेक पाइलामा बाटो फाट्दा रहेछन् – सद्गुणको उज्यालो बाटोतर्फ लाग्ने कि कुटिलताको अँध्यारो बाटोतर्फ! यो छनौटको अवसर हरेक पाइलामा पाइरहने अद्भूत भाग्यशाली प्राणी रहेछ मानिस। हो रहेछ, प्रकृतिमा साँच्चै नै विविधता छ, विषमता छ। तर यही विषमताले मानिसलाई हुर्किने, सम्यकतातर्फ बढ्ने अवसर प्रदान गरेको रहेछ। प्रकृतिको, अस्तित्वको यस अद्भूत खेलमा क्रीडारत मानिसलाई जहिले पनि स्वधर्म (इथिक्स)को पालना गर्ने कि नगर्ने छनौट गर्ने स्वतन्त्रता हुँदोरहेछ।
फेरि कुनै दिन ती विद्वान्सँग कुरा गर्ने मौका मिल्यो भने उनलाई प्रणाम गर्दै म कृतज्ञता व्यक्त गर्नेछु र भन्ने छु – 'स्वधर्मबारे हाम्रो मत अझै पनि फरकै रह्यो गुरुदेव! प्रकृतिले, अस्तित्वले, दिएका सवालहरुको, 'क्विज' हरुको समाधान नगरी स्वधर्म पालन नहुँदो रहेछ। असमानता, विविधता, विषमता, अनेकरूपमा ती देखा पर्दा रहेछन्। ती सवालहरूको समाधान नखोजी जस्ताको तस्तै स्वीकार्नु आलस्य रहेछ। र आलस्य भनेको त स्कट पेकले भनेजस्तै सबै पापहरुको मुहान रहेछ। यी 'क्विज'हरुको समाधान खोज्दा मानिस कुन बाटोको छनौट गर्छ भन्ने कुराले स्वधर्म पालना गरे नगरेको निर्णय दिने रहेछ। 'युनिभर्सल इथिक्स' भन्ने पनि केही हुँदोरहेछ गुरुदेव! करुणा त साँच्चै नभई नहुने गुण रहेछ मानिसका लागि!'
खै, के भन्दा हुन् उनी! धेरै समय बितिसकेको छ। उनी पनि फेरिए कि? अनित्य छ भन्छन् संसार!