कांग्रेसको तमासा
०७ असोज २०७०
•
१४ मिनेट पाठ
कांग्रेसको तमासा
पार्टीहरू संविधान सभा चुनावमा उमेदवारी तय गर्न लागेका छन्। चुनावपूर्व कुनै गठबन्धन हुने लक्षण छैन। र प्रत्याशीहरूको संख्या हेर्दा गठबन्धन सम्भव पनि देखिँदैन। संसदीय निर्वाचनमा उमेदवारी चयनका सम्बन्धमा अस्तिको एउटा घटना र वीश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’बाट दुईवटा प्रसंग प्रस्तुत गर्न मन लाग्यो।शनिबार साँझतिर काठमाडौंको बसुन्धरा थुम्की (हाइट)मा कांग्रेसका पुराना नेता भेटिए। फटाफट कतै जाँदै थिए। उनी त्यतै घर भएका उनीभन्दा धेरै कनिष्ट तर प्रभावशाली नेताकहाँ जान लागेका रहेछन्। त्यो सुन्दा दिक्क लाग्यो। 'यस्तो दिन पनि आउने रहेछ। ... कहाँ ... धाउने! ’ मेरो मुखबाट निस्क्यो। मसँग भेटिएमा कांग्रेस नेता करिब ४० वर्षदेखि राजनीतिमा सक्रिय छन्। उच्च शिक्षा हासिल गरेका, निर्वासन, जेल सबै भोगेका। उमेदवारी मिलाई दिन भन्नका लागि उनले नेहोरा गर्न लागेका नेता चाहिँ उनीभन्दा कम्तीमा पनि १५ वर्ष कान्छो। उनको नाम लिँदा चितवनको प्रशासन झस्कने बेलातिर अर्को नेता काठमाडौंको कुनै गल्लीमा गुच्चा खेल्दै थिए होलान्। विद्यार्थी राजनीतिमा सक्रिय भए पनि पछि अमेरिकामा गएर उच्च शिक्षा हासिल गरेपछि उतै बस्नुभन्दा यता आउनु नाफा देखेर फर्केका। नेता विशेषको प्रियपात्र हुनपुगेकैले राजनीतिमा पाउनुपर्नेभन्दा बढी नै पाएका। राजनीतिबाट अघिल्लाले धेरै गुमाएका र पछिल्लाका लागि चाहिँ राजनीति फापेको व्यवसाय।
उनी हिँडिहाले। धेरै बेर मन खिन्न भयो। ती साथीलाई पनि पक्कै ग्लानि भयो होला। मैले त्यसो नभनेकै भए पनि हुन्थ्योजस्तो लागिरह्यो। कम्तीमा ती मित्रका मनमा ग्लानि त हुने थिएन!
कुनै जनमानामा स्वाभिमानका उदाहरण मानिने कांग्रेसका नेता कार्यकर्तालाई यस्तो अवस्थामा समयले मात्र पक्कै पुर्‍याएको हैन। पार्टीका जिम्मेवार नेतामा विवेक नभएकैले नेपाली कांग्रेस निरन्तर ओरालो लागेको हो। अब २०१५ सालको चुनावका दुई प्रसंग उद्धृत गरौँ :  
१. ' ... त्यहाँ पनि त्यही कुरा थियो, मधेसीलाई दिनुपर्छ नत्र हामी हार्छौँ। मलाई त्यो विचार ठीक लाग्दैनथ्यो। मैले आफ्नो कुरा भने। तर, त्यहाँ पनि एक जना मधेसी उभियो। झा नै थियो त्यो पनि। त्यसले के भन्यो भने — ' यो मधेसी पहाडी किन भनेको? अगर मधेसी भनेरै दिने हो भने त वेदानन्दको पार्टी त छँदै थियो। म तपाईँको पार्टीमा आएर किन बस्ने? ऊ त मधेसी। ऊ नै भन्छ मधेसीहरू सेकेन्ड क्लास नागरिक भए भनेर। तर, यस सिद्धान्तका आधारमा त चुनावको टिकट बाँड्ने त होइन।
आजकाल कोही भन्छ त्यस्तो कुरा?
' तर त्यहाँ त्यस्तो कुनै पहाडी थिएन। अनि त्यहाँ माधव रेग्मी एउटा कुनामा बसिरहेको थियो। ३ बिघा जमिन थियो जम्मा ऊसँग। अरू केही छैन। मैले भने — यो माधव रेग्मीलाई टिकट दियो भने तिमीहरू मद्दत गर्छौ? ’
मित्रलालले भने — हुन्छ पार्टीलेे टिकट दिएपछि त हामी मद्दत गरिहाल्छौं नि
तुलसी गिरीले विरोध गर्‍यो, त्यो हुँदैन भन्यो। तर, सारा कार्यकर्ताहरूले भने — हामी समर्थन गर्छौँ। मैले उसलाई टिकट दिएँ।
त्यहाँ देवनारायण यादव पनि थियो। उसलाई टिकट दिनुथियो त्यसभन्दा पूर्वपट्टिको निर्वाचन क्षेत्रमा। ... देवनारायणले के भन्यो भने — एकचोटि तपाईँ आइदिनुपर्छ। म जिम्मालिन्छु जिताउने।’
 २. ' ... मेरो घोडाको सँगसँगै हिँड्ने एक जना लिम्बु ठिटो थियो। मैले भने — 'होइन, यहाँ त लिम्बुलाई टिकट नदिने हो भने जित्दैन भन्छन् क्या हो? ’
'... ... किन? लिम्बुलेमात्रै जित्ने हो र? हामीहरू लिम्बु होइनौ?'
मैले भने — 'रिजाललाई टिकट दियो भने के हुन्छ?' उसले भन्यो — 'जसलाई दियो भने पनि मैले टिकट पाउने हैन। हामीले त हो जिताउने त्यसलाई। कांग्रेसले टिकट दिने हो। जसलाई टिकट दिए पनि हामी जिताउँछौँ।'
... ... एउटा सानो १५ — १६ वर्षको त्यो ठिटो, घोडाको नजिक झन्डा लिएर हिँड्ने त्यस ठिटोको कुराबाट म प्रभावित पनि भएँ र मेरो विचार पनि त्यस्तै किसिमको थियो। त्यहाँ मैले गणेश रिजाललाई त्यो टिकट दिएँ। अत्यधिक बहुमतका साथ त्यहाँ तिनी जिते। तिनको विरुद्धमा उभिएको लिम्बु हार्‍यो। तर अर्को क्षेत्रमा मैले एउटा लिम्बुलाई नै दिएको थिएँ। ’
( विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, २०५५, ( पृ. २०६—२०८ )
नेपाली कांग्रेसले २०१५ सालको निर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो। नेपाली जनताले २०४६ सालपछि पनि २०४८ र २०५६ मा कांग्रेसलाई बहुमत दिए। विसं २०५१ मै पनि कांगे्रेसले प्राप्त मतका आधारमा सबैभन्दा ठूलो पार्टी कायमै रहेको थियो। पहिलो संविधान सभा निर्वाचनमा कांग्रेस सेनापतिविहीन भएर होमिएको थियो। गिरिजाबाबुले चुनाव अभियानमा कांग्रेसको नेतृत्व गरिदिएनन्। बिलखबन्द कार्यकर्तामाथि माओवादीको उद्दण्ड जत्थाले कति ठाउँमा आक्रमण गर्‍यो र कति क्षति भयो भन्ने लेखाजोखा पनि पार्टीले गरेनहोला। अचम्म, कुनै अध्येताको पनि यस्तो ज्यादती र लाचारीको तुलनात्मक अध्ययनमा ध्यान गएको देखिएन। पहिलो संविधान सभाको विफलतापछि कांग्रेसका पक्षमा जनमत बढ्दै गएको केही अध्ययनबाट देखिएको छ। यसको कारण बु‰ने व्यवस्थित प्रयास चाहिँ सायद कसैले गरेको छैन। राजनीतिक अभ्यास हेर्ने हो भने संसारभर निर्वाचनमा पहिलो भएको दलले जनसमर्थन गुमाउँदा त्यसको लाभ स्वतः निकटतम प्रतिद्वन्द्वीले पाउने गरेको देखिन्छ। अहिले कांग्रेसका पक्षमा जनसमर्थन बढ्नुको मूल कारण पनि सायद यही नै हो। नत्र, कांग्रेसलाई मत दिने वा समर्थन गर्ने कुनै आधार यस पार्टीका नेताले बनाउन सकेका छैनन्। सर्वसाधारण जनतामा त परै जाओस् आफ्नै कार्यकर्तालाई चित्त बुझाउन, आकर्षित र उत्साहित गर्न सकेका छैनन्।
बीपीले पहिलो संसदीय चुनावमा कार्यकर्ताकै सल्लाहमा उनीहरूबै बीचमा बसेर उनीहरूमध्येकै कसैलाई उमेदवार बनाएका रहेछन्। माधव रेग्मी र गणेश रिजाललाई त खोजेर पो चुनावको टिकट दिएका रहेछन् त। काठमाडौं धाउनु परेको भए सायद तिनीहरू आउने नै थिएनन्। उमेदवारी पाउने त कुरै भएन। यो ५५ वर्ष पहिलेको कुरा हो। काठमाडौं आउन उतिबेला सजिलो थिएन। त्यसैले नेता उतै गएका हुन् भने पनि होला। तर, प्रश्न प्रवृत्तिको हो। बीपीको कदको नेता छैन। बीपीको कदको त के सबै कांग्रेस कार्यकर्ताले विश्वास र सम्मान गर्न सक्ने एउटै नेता कोही पनि छैन अहिले। यसो हुँदैमा बीपीले देखाएको बाटामा हिँड्नै नसकिने त पक्कै होइन।
बीपीले कार्यकर्ताको विश्वासमा र तिनकै कुरा सुनेर निर्णय गरेका रहेछन्। चाटुकार मण्डलीसँग साउती मारेर निर्णय गरेका त रहेनछन्। उमेदवारीको आकांक्षा बोकेका हजारौं कार्यकर्ताको काठमाडौं आउनजान, बस्नखानमा खेर गएको रकम, समय र ऊर्जाको हिसाब गर्ने हो भने कति ठूलो नोक्सानी भएको होला? विधानमा उमेदवारी चयनको प्रक्रिया छ। त्यसैका आधारमा जिल्लास्तरमै टुंग्याएको भए हुन्थ्यो। केन्द्रबाट प्रतिनिधि गएर जिल्लामा उमेदवारी तय गर्ने प्रक्रिया अपनाएको भए यति धेरै समय, ऊर्जा र स्रोतको अपव्यय हुने थिएन। हजारौं रुपियाँ खर्चेर नेताहरूको चाकरी गर्न काठमाडौं आउँदा पनि उमेदवारी नपाएपछि कार्यकर्ताको पक्कै मन भाँचिने छ। पहिल्यै भग्नमनोरथ र उत्साहहीन  कार्यकर्ताले चुनावको सामना कसरी गर्लान्? नेताहरूले विवेक प्रयोग गर्ने गरेको भए सायद योग्य कार्यकर्ताले उमेदवारी पाउन पत्नीको गहना बेचेर वा अडना राखेर खर्च जुटाएर काठमाडौं आउनुपर्ने थिएन।
निर्वाचनका लागि हुने गतिविधिले राजनीतिक संगठनमा रक्त सञ्चार हुन्छ। नेपाली कांग्रेसका कार्यकर्ता पनि अहिले तातेका देखिएका छन्। अधिवेशन स्थगित गरिएका नेपाल विद्यार्थी संघका विद्यार्थीसमेत रिस देखाउनभन्दा चुनावमा सघाउन अग्रसर भएका देखिन्छन्। तर, कांग्रेसका ठूला नेता चाहिँ संसदीय बोर्डमा तेरो र मेरो को र कति भन्ने झगडा गरेरै बसेका छन्। यी पंक्तिहरू लेख्दासम्म बोर्ड गठन भएको सार्वजनिक भएको छैन। भागबन्डामै विवाद गरिरहनु थियो भने किन बित्थामा पार्टी एकीकरण गर्नुपरेको?
कार्यकर्ता यसरी काठमाडौं ओइरिँदासम्म पनि संसदीय बोर्ड बनाउन नसक्ने नेतालाई तिनले के ठानेका होलान्? अरू पार्टीका नेता घोषणापत्र लिएर मतदातासम्म पुग्ने बेला भइसक्यो। कांग्रेसका नेता चाहिँ यहीँ तमासा देखाइरहेका छन्। सहमतिका कुनै निर्णय हुन सत्तै्कन भने केन्द्रीय समितिबाट चुने भइहाल्यो नि! नियत नराम्रो नभए उमेदवारीको आधार पहिले तय गरेर त्यसैका आधारमा सूची बनाउन विशेषज्ञहरूलाई जिम्मा दिए पनि हुन्छ।
पार्टी जिम्मुवाली चलाएजसरी चल्दैन। कांग्रेस सुशील कोइराला र शेरबहादुर देउवाका आसेपासेको बिर्ता पनि हैन। यसैले नेता हुन् भने तिनले विवेक प्रयोग गर्ने विश्वास कार्यकर्तामा जगाउन सक्नुपर्छ। त्यति पनि गर्न नसक्ने हो भने कार्यकर्ताले त नेतालाई धारे हात लगाएर पनि आफ्नै पार्टीलाई भोट हाल्लान् तर जनताले त पक्कै त्यसो गर्ने छैनन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस