उच्चस्तरीय राजनीतिक समिति, निर्वाचन विरोधी वैद्य माओवादीसँग वार्ता गरिरहेका बेला, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी सिंहदरबारमा प्रधान सेनापति गौरवशमशेर राणासँग निर्वाचन सुरक्षाबारे छलफलमा ब्यस्त थिए। भदौ ३१ गते रेग्मी र राणाबीच भएको भेटघाटलाई सिंहदरबारले महत्वका साथ सार्वजनिक गर्यो, प्रेस विज्ञप्तिमार्फत्। उता त्यसै दिन साँझ राष्ट्रपति भवनबाट समाचार प्रसारित भयो, वैद्यसँगको वार्ता विफल भयो।सरकारको एउटा तर महत्वपूर्ण सुरक्षा अंगका प्रमुखसँगको भेटवार्तालाई औपचारिकरूपमा सार्वजनिक गर्नुको अर्थ रहन्छ। हुन सक्छ, सिंहदरबारले सेनापतिसँगको भेटघाटको प्रभावकारी सन्देश दिने उद्देश्यले यसलाई औपचारिक बनायो।
प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– 'भेटका क्रममा उहाँहरुबीच आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधान सभा निर्वाचनलाई सुनिश्चित गर्दै सफलतापूर्वक सम्पन्न गर्न लिइने सुरक्षा रणनीति र सुरक्षा प्रबन्धका बारेमा गम्भीर छलफल भएको छ।' लामो समयदेखि निर्णयमा पुग्न नसकेको एकीकृत सुरक्षा योजनालाई आकार दिनुपरेको पृष्ठभूमिमा रेग्मी–राणा भेटघाटलाई स्वाभाविक अर्थमा लिनुपर्ने हुन्छ। तर सँगसँगै भेटको औचित्य सतहमा देखिए जस्तो स्वाभाविक लाग्दैन। भेट, भेटलाई औपचारिक वक्तव्यबाजी गर्नुको ध्येय र विज्ञप्तिको भाषा बहुअर्थीखाले छ। अहिलेको सरकार प्रशासकहरूको हो। प्रशासकहरू राजनीतिज्ञ जस्तो स्पष्ट कुरा गर्नेखालमा हुँदैनन्। रेग्मी अझ कानुनी प्रशासक, व्यवहारमा कुटिल स्वभावका देखिन्छन्। त्यसैले त्यस दिनको रेग्मी–राणा भेटको सन्देश शितलनिवाससँग सम्बन्धित देखिन्छ। यादवको सक्रियतामा भइरहेको गोलमेच सम्मेलनको निचोडसमेत नआइसकेको अवस्थामा, रेग्मी र राणा भेट भएको थियो। राजनीतिक संयन्त्र, सरकारसँगका वार्ताहरू विफल भएको अर्थ लगाएर रेग्मी र राणा वैद्यहरू चुनावमा आउँदैनन् भन्दै निर्वाचनमा सेना प्रयोगमा पुगेको भन्न सकिन्छ। तर घटनाक्रमहरूले यादव र रेग्मीबीच समन्वयको खाँचो औल्याइरहेछन्।
वैद्य माओवादीसँग सरकार र राजनीतिक संयन्त्रबीचका वार्ता विफल भएको पृष्ठभूमिमा राष्ट्रपतिले वैद्यको गोलमेच सम्मेलन आयोजना गरेर वैद्यहरूका माग सम्बोधन गर्ने अभ्यास गरेका हुन। रेग्मीले वाधा अड्काउ अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेकै दिन राष्ट्रपतिले त्यसलाई थन्काएर गोलमेच आह्वान गरेको राजनीतिको जवाफ हुनसक्छ रेग्मी–राणा भेट रणनीति। त्यसो त त्यसै दिन रेग्मीसँग भारतीय राजदूत रन्जन रे र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट भएको थियो। ती भेटलाई सिंहदरबारले औपचारिकता दिन आवश्यक ठानेन।
रेग्मी–राणा छलफलको उद्देश्य जे/जस्तो भए पनि अहिले परिणाम आइसकको छ। सरकार संविधान सभा निर्वाचनमा सेना प्रयोग गर्ने प्रचार गर्दैछ। वैद्य माओवादी निर्वाचनमा भाग लिँदै छैन। वैद्य माओवादीले चुनाव बिथोल्ने राजनीतिक निर्णय लिएको अर्थमा निर्वाचनमा सेना प्रयोगलाई सामान्य अर्थमा लिनेहरूको संख्या ठूलो छ। लोकतान्त्रिक निर्वाचनमा सेना प्रयोग कति उचित? प्रशासकहरूलाई राजनीतिको बागडोर सुम्पिएर, लोकतन्त्रको याचना गरिराखेको मुलुकमा यस्ता प्रश्नको उत्तर खोजिँदैनन्। वैद्य माओवादीले चुनावी वातावरण बिथोल्ने उद्घोष गरेका थिए । त्यसबाहेक मुलुकका विभिन्न भागमा राजनीतिक आवरणका सशस्त्र समूह र आपराधिक समूह पनि छन्। वैद्य माओवादीमा 'जनयुद्ध' कालीन जुझारू कार्यकर्ताको उल्लेख्य उपस्थितिले पनि निर्वाचन सुरक्षा चुनौतीपूर्ण बनाएको छ। वैद्य माओवादीले उम्मेदवारमाथि आक्रमण गर्नेसम्मका कार्यक्रम घोषणा गरेको र बन्दका नाममा धुलिखेलमा यात्रुसहितको बसमा आगजनी गरेको घटनाले चुनावी सुरक्षा अहिलेको अहं प्रश्न बन्न पुगेको हो। यद्यपि वैद्य माओवादीका पछिल्ला वक्तव्यको भाषा, त्यस्तो आक्रामक देखिँदैन। असोज १ मा उसले जारी गरेको वक्तव्यमा राजनीतिक दलहरूले निषधको राजनीति गरेको आक्षेप छ। चुनाव बहिस्कारसँगै वार्ताको ढोका खुला राख्ने वैद्यहरूको नीति र प्रमुख राजनीतिक दलहरूले निर्वाचन अयोगलाई उम्मेदवार मनोनयन दर्ताको समय तालिकामा लचिलो हुन आग्रह गर्नुले नयाँ चुनावी राजनीतिको सम्भावना टरेको छैन।
संंविधान सभा निर्वाचनसँगै शक्ति प्रदर्शनको मौसम प्रतित हुन्छ। शक्ति प्रर्दशनमा सरकार अघिल्लो मोर्चामा छ। सरकार अहिले धमाधम चुनावमा सेना प्रयोग गर्ने रणनीति कार्यान्वयन गर्दैछ। असोज १ मा सुरक्षा परिषद्ले निर्वाचनमा सेना प्रयोगको नीतिगत निर्णय गर्यो । मन्त्रिपरिषदले त्यसलाई अनुमोदन गरेपछि र राष्ट्रपतिले स्वीकृति दिएपछि निर्वाचनको वातावरण बनाउन गाउँगाउँमा सेना परिचालन हुनेछन्। संविधान सभा निर्वाचनमा करिव १ लाख ७५ हजार सुरक्षाकर्मी चाहिने एकीकृत सुरक्षा योजनाअन्तर्गत ६० हजार सेना फिल्डमा हुनेछन्। त्यस्तै करिव ५० हजार प्रहरी, २५ हजार सशस्त्र प्रहरी र ४५ हजार म्यादी प्रहरीको बाक्लो उपस्थितिमा दोस्रो संविधान सभा निर्वाचनको तयारीमा सरकार जुटेको छ ।
सरकारी रणनीतिमा औपचारिकरूपमा निर्वाचन सुरक्षाको कमाण्ड गृह मन्त्रालयको हुने भनिएको छ। जसअन्तर्गत निर्वाचनस्थलको पहिलो तहको सुरक्षा प्रहरीको, दोस्रो सशस्त्र प्रहरीको र अन्तिम तह सेनाको हुने भनिँदछ तर खासमा जनस्तरमा सुरक्षाको प्रत्याभूति दिने काममा सेना खटाउने सरकारी योजना छ। सेनाले निर्वाचन सामग्रीको ओसारपसार गर्नेलगायत्का काम गर्ने भनिँदैन। जनस्तरमा सुरक्षाको प्रत्याभूति दिलाउन सेनाले पैदल तथा हवाई गस्ती, फ्ल्याग मार्च गर्ने योजना छन्। प्रत्येक निर्वाचन क्षेत्रमा सेनाको बेसक्याम्प रहने र फ्याग मार्चअन्त्ार्गत सेनाका टुकडी गाउँ, टोलमा मार्चपास गरिरहने हुन्छन्। रेग्मी र राणाको भेटपछि जारी विज्ञप्तिमा 'प्रत्येक बालिग नेपाली नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको प्रत्याभूत गर्दै अघि बढ्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको छ' भनिएको छ। विज्ञप्तिमा भनिएजस्तो सेनाको सक्रियताले जनस्तरमा शान्ति सुरक्षाको प्रत्याभूति गर्ने हो वा थप भय सृजना गर्ने हो? हेर्न बाँकी छ। सेनाको प्रयोग र सक्रियताले जनस्तरमा सुरक्षाको प्रत्याभूति दिन्छ भन्दै कागजी सुरक्षा फिल्डमा लागु गर्न सहज हुन्न। खासमा सेनाका क्रियाकलाप, स्वभाव, आचरण र कार्यशैली शान्ति सुरक्षाको प्रत्याभूति दिनेखालका हुँदैनन्। उनीहरूको प्रयोग निर्वाचन विरोधीहरूविरुद्ध भय सृजना गर्नेगरी गरिएको देखिन्छ। सेनालाई सरकारले आफ्नो शक्ति प्रर्दशनको अर्थमा लिएको छ। गृह मन्त्रालयको सुरक्षा कमाण्डले सेनालाई छुँदैन। सेनामा प्रहरी र सशस्त्र प्रहरी भन्दा आफूहरू अब्बल दर्जाका हांै भन्ने मानसिकताले घर गरेको छ। तीन सुरक्षा निकायबीच समन्वयका आफ्नैखाले चुनौती छन्। एकीकृत सुरक्षा योजनामा समन्वयमा समस्या आउँछ भनेर कल्पनासमेत गरिएको छैन। चुनावमा सेना प्रयोग अहिले सोचेजस्तै सहज नहुन सक्छ। बेलैमा संवेदनशील होऔं।
लोकतान्त्रिक निर्वाचनमा सेनाको प्रयोग आफैँमा राम्रो मानिँदैन। निर्वाचनमा सेनाको प्रयोग एक किसिमले लोकतन्त्रको उपहास हो। सुरक्षाको बाध्यात्मक अवस्था दर्शाउँदै निर्वाचनमा सेना प्रयोग गर्नुपर्ने सरकारी निर्णयमाथि अहिलेसम्म प्रश्न उठेको छैन। पहिलो पटक यति धेरै सेना निर्वाचनमा प्रयोग हुँदैछन्। नेपाली सेनाले निर्वाचनमा आफ्नो प्रयोगलाई विकल्परहित बाध्यता ठान्नुभएन। सेना प्रयोगलाई सेना आफैँले मुलुकको परिस्थितिजन्य आवश्यकता भन्दै आत्मसात गर्नसक्यो भने त्यो लोकतन्त्र अनुकूल हुन जान्छ। अपेक्षा गरौँ, लोकतान्त्रिक मूल्य पद्धति आत्मसात गर्दै गाउँ, टोलमा सेनाका जवानले फ्ल्याग मार्च गर्न सकून्।