पुटिनको बुद्धिमत्ता
३१ भदौ २०७०
•
१४ मिनेट पाठ
पुटिनको बुद्धिमत्ता
हजार शब्दमा भन्न व्यक्त नहुने विचार एउटै चित्रबाट सजिलै अभिव्यक्त हुन्छ भन्ने कथनको पुष्टि इन्टरनेसनल हेराल्ड टि्रब्युनमा प्रकाशित पेटि्रक सपातको 'सिरिया सम्बन्धमा रसियाली धारणा’ शीर्षकको व्यंग चित्रबाट भएको छ। ह्वाइट हाउसको कुनै सभाकक्षमा 'प्रेसिडेन्ट अफ् दी युनाइटेड एस’ लेखिएको देखिने पोडियम छ। छेउमा तारैतारा भएको झन्डा छ। पछाडि दुईवटा खाली कुर्सी छन्। पोडियममा उभिएको व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हुन् भन्ने सजिलै चिनिन्छ।उनको हातमा गातामा 'सिरियाका लागि रुसी योजना’ लेखिएको कागज छ। उनी ' अमेरिकी मित्रहरू’ भनेर सम्बोधन सुरु गर्दैछन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाकै ठाउँमा उनैको मञ्च प्रयोग गरेर रुसी राष्ट्रपति पुटिनले अमेरिकी जनतालाई सिरियाका बारेमा सम्बोधन गरेको यो चित्र सम्भवतः केही दिन पहिले प्रकाशित राष्ट्रपति पुटिनको लेखबाट उत्पन्न स्थितिप्रति गरिएको व्यंग्य हो। इन्टरनेसनल हेराल्ड टि्रब्युनको (नेपालमा छापिने) हंगकंग संस्करणमा गत शनिबार प्रकाशित 'रुसबाट सावधानीको आह्वान’ शीर्षकको लेखमा पुटिनले अमेरिकी राष्ट्रपति ओबामाको सिरिया नीतिका कमजोरी औंल्याएर वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन्। पुटिनको लेखमा पाठकले ४ हजारभन्दा बढी प्रतिक्रिया व्यक्त गरेको अनलाइन संस्करणमा देखिन्छ। धेरैले युद्धको विभीषिका रोक्न पुटिन अग्रसर भएकोमा सराहना नै गरेका छन्। केहीले सिरियामा अमेरिकी आक्रमण रोक्ने नाममा पुटिनले त्रू्कर तानाशाहलाई जोगाउन खोजेको आरोप पनि लगाएका छन्। पुटिनले लेखको अन्त्य 'ईश्वरले हामी सबैलाई समान बनाएको बिर्सन हुँदैन ’ भनेर गरेका छन्। 
केहीले पुटिनको यही अभिव्यक्तिप्रति व्यंग्य गर्दै रुसको कानुनमा समलिंगीविरुद्ध भएको भेदभावको विषय पनि उठाएका छन्। समलिंगी अधिकारकर्मीका लागि सिरियामा विषालु ग्यासको प्रयोग, मानवीयताका नाममा अमेरिकी आक्रमणको तयारी र त्यसलाई रोक्न पुटिनको कूटनयिक अग्रसरता जत्तिकै महत्वपूर्ण हुन्छ होला रुसमा समलिंगी अधिकारको निषेधको विषय। जेहोस्, पुटिनले अमेरिकीमात्र हैन विश्व जनमतकै ध्यान आकर्षित गरे यस लेखका म्ाध्यमबाट। 
पूर्व गुप्तचर भ्यादिमिर पुटिन मलाई मन नपर्ने नेतामध्येमा पर्छन्। रुसमा लोकतन्त्रलाई उनले उपहासको विषय बनाएका छन्। उनमा सत्ता मोह पनि उत्तिकै धेरै छ। बेलाबखत साइबेरियामा चरासँग उँड्नेजस्ता चटकले लोकप्रियता बढ्छ भन्ने उनको धारणा पनि उत्तिकै आलोचनाको विषय बनेको छ। उदार लोकतन्त्रवादी रुसीहरू पुटिनको अधिनायकवादी शासनविरुद्ध संघर्ष गरिरहेका छन्। पुटिनको विरोध गर्नेहरूलाई कुनै न कुनै अभियोग लगाएर जेलमा हाल्ने वा निर्वासित गर्ने रुसी शासनको नियमित अभ्यासजस्तै भएको छ। यी सबै कारणले होला मलाई पुटिन धूर्त हुन् तर असल हैनन् भन्ने लाग्छ। 
यस प्रकरणमा निरीह 'निमित्त नायक' बन्न पुगेका बाराक ओबामा भने मलाई मन पर्ने नेतामध्येका हुन्। ओबामालाई नोबेल शान्ति पुरस्कार दिँदा मैले 'उधारो’ भन्नुको तात्पर्य काठमाडौंस्थित अमेरिकी राजदूतावासले लगाएजस्तो 'स्केप्टिकल’ थिएन। शान्तिका लागि ओबामाले थप योगदान पुर्‍याउन सकुन् भन्ने चाहना मिसिएको आग्रह थियो। कारण, शान्ति पुरस्कार दिइँदा उनले धेरै योगदान गरेका थिएनन्। परन्तु, विश्व शान्तिमा निर्णायक भूमिका हुनसक्ने व्यक्तिका पंक्तिमा ओबामा सबैभन्दा अगाडि थिए। दुर्भाग्य, उनले संसारको उनीप्रतिको अपेक्षा पूरा गर्न सकेनन्। इराकबाट अमेरिकी सेना फर्काउने र अफगानिस्तानबाट हट्ने उनका राम्रा निर्णय हुन् तर मध्यपूर्वका हकमा उनले अमेरिकालाई मानव अधिकारको पक्षमा उभ्याउन सकेनन्। अमेरिकी अर्थतन्त्रलाई उनले बाटामा ल्याए। परन्तु, संसारलाई बाटो देखाउन सकेनन्। इजिप्टको निर्वाचित सरकारलाई सेनाले अपदस्थ गर्दा उनको अमेरिकाले मौन समर्थन गर्‍यो। सिरियाकै हकमा पनि अमेरिका स्पष्ट हुनसकेको देखिएन। मुस्लिम ब्रदरहुडलाई अल कायदा ठान्ने अमेरिकी अनुदार दृष्टिकोणकै ओबामाले पनि प्रतिनिधित्व गरेको देखियो। सिरिया संकटमा पनि अमेरिकाले सैनिक हस्तक्षेपकै नीति अपनाउन खोज्यो। बेलायतको संसद्ले प्रधानमन्त्री डेभिड क्यामरुनको सिरिया आक्रमणको प्रस्ताव विफल नपारेको भए अमेरिकी सदनमाथि पनि राष्ट्रपति ओबामालाई साथ दिने दबाब बढ्ने थियो। त्यस अवस्थामा सिरियामा आक्रमण हुने जोखिम अति नै धेरै थियो। अहिले पनि यो जोखिम टरिसकेको त छैन तर अमेरिकी राष्ट्रपति ओबामा पक्कै हच्केका चाहिँ हुनुपर्छ। (अचम्म, तैपनि मलाई अझै ओबामा नै मन पर्छन्।) 
राष्ट्रपति पुटिनले यस लेखलाई सुरक्षा परिषद्को भिटोभन्दा बलियो अस्त्र बनाउन सके। उनले अमेरिकी जनतासँग प्रत्यक्ष संवादका लागि जनसञ्चारको माध्यम अपनाउनु परेको उल्लेख गरेर लेख सुरु गरेका छन्। रुसी टेलिभिजन वा अन्त कतै यही धारणा प्रकट गरेको भए त्यसले पक्कै पनि दी न्युयोर्क टाइम्समा प्रकाशित भएको लेखले जति प्रभाव पार्न सक्ने थिएन। यसैले पुटिनले माध्यमको चयनमा पनि बुद्धि पुर्‍याएको देखियो। अमेरिका र रुसका बीचमा शीतयुद्धकालीन वैमनस्य र विश्वयुद्धमा भएको सहकार्यको उल्लेख गरेर मित्रता र शत्रुता स्थायी नहुने सन्देश दिएका छन्। र साथै, शीतयुद्धकालभर संसारलाई ठूला युद्धबाट जोगाउन सफल संयुक्त राष्ट्रसंघको औचित्य र भूमिकाको पनि चर्चा गरेका छन्। सुरक्षा परिषद्को निर्णयबिना अमेरिकाले एक्लै वा नेटो राष्ट्रका बलमा सैनिक कारबाही गरेमा संयुक्त राष्ट्र संघको नियति पनि 'लिग अफ नेसन्स ’कै जस्तो हुनसक्ने चेतावनी पनि पुटिनको लेखमा दिइएको छ। 
सिरियाली तानाशाह बसर अल असादको प्रत्यक्ष समर्थन पनि पुटिनले लेखमा गरेका छैनन् तर विद्रोहीहरूको अल कायदासँग सम्बन्ध हुनसक्ने स्पष्ट उल्लेख गरेर उनले असादको बचाउ गरेका छन्। तर, उनको तर्कले असादको पक्षधरता गौण बनाइदिएको छ। पुटिनको बठ्याइँ यसले पनि पुष्टि गर्छ। 
सिरियाले रासायनिक हतियारको प्रयोग गरेको विषय पक्कै पनि मानवताका लागि कलंकै हो। पुटिनले त्यो घातक विष विद्रोहीले प्रयोग गरेको पनि हुनसक्छ भन्ने सन्देह प्रकट गरेका छन्। आफैँ मारिन सक्ने गरी विद्रोहीले रासायनिक हतियार प्रयोग गरे होलान् भनेर पत्याउन मुस्किल हुन्छ। यो असदलाई शंकाको सुविधा दिने पुटिनको धूत्याईँ हो।
ओबामामा भने उल्टो दम्भ प्रकट भएको छ। अमेरिकीहरू विशेषगरी अनुदार रिपब्लिकनमा देखिने अहंकार ओबामाबाट पनि व्यक्त हुँदा उनलाई माया गर्ने संसारभरका उदार लोकतन्त्रवादीको चित्त दुखेको हुनुपर्छ। अमेरिकाको विशेषता अरूभन्दा बेग्लै हुनुमा होला तर मानवीयताका दृष्टिबाट त संसारमा सबै समान छन्। पुटिनले मानवीय समानताको पाठ ओबामालाई सिकाउने दिन पनि देख्नु पर्दोरहेछ। पुटिन स्टालिनका युगअनुसारका अवतार हुन्। यसमा पटक्कै सन्देह छैन। तर, ओबामाका आदर्श त मार्टिन लुथरकिङ पो हुन्, महात्मा गान्धी र नेल्सन मन्डेलाको ओबामाले धेरै पटक प्रशंसा गरेका छन्। जोन एफ. केनेडी ओबामाका आदर्श हुन्। त्यतिमात्र हैन केनेडी परिवारको साथ र शुभेच्छा पाएरै ओबामा अमेरिकाको राष्ट्रपति बन्न सफल भएका हुन्। तर, किन जर्ज बुस (दोस्रा)को जस्तो दम्भ देखियो उनमा? यो सुहाउँछ र? 
पुटिन सिरियामा अमेरिकी आक्रमण रोकाउन सफल भए। त्यतिमात्र हैन, वार्ताबाटै सिरियाका रासायनिक हतियार सन् २०१४ को मध्यसम्म नष्ट गर्न सहमति रुस र अमेरिकाबीच भएको छ। यी सबैमा 'हिरो' भए पुटिन। हुनु त पर्थ्यो ओबामा। उनैले नेतृत्व र अग्रसरता लिनुपर्थ्यो वार्ताको। संसारको शान्ति र प्रगतिको नेतृत्व अमेरिकाका प्रथम काला राष्ट्रपति बाराक ओबामाले लिन सकेका भए संसारमा खुसी हुने धेरै नै हुन्थे । अहिलेको स्याबासीले बढाएको साखलाई पुटिनले रुसी जनताको लोकतान्त्रिक आकांक्षाको दमनमा प्रयोग गर्न जो सक्छन्। 
ओबामाले अमेरिकालाई शक्तिको मातबाट मुक्त गर्ने अपेक्षा उनको कार्यकालमा पूरा हुने लक्षण देखिएन। तर, उनका पूर्ववर्ती राष्ट्रपति जिमी कार्टर, बिल क्लिन्टन अझै पनि मानवीयताको सेवामा लागेकै छन्। ओबामाको पनि उमेर छ। के थाहा, सत्तामा नभएपछि दुनियाँको यथार्थ उनले राम्ररी बुझ्ने र सामान्य मानिसहरूको हितमा संलग्न हुन सफल पो हुन्छन् कि? अझै उनको कार्यकाल डेढ वर्ष बाँकी छ। चमत्कार एकै रातमा हुनसक्छ। अझै पनि एउटै निर्णयले संसारको गति र दिशा परिवर्तन गर्नसक्ने शक्तिशाली व्यक्ति हुन् ओबामा! उनलाई कुन्नि केले रोकेको छ? 
यस्तो विडम्बना, नेपाली राजनीतिमा पटकपटक देखिएको छ। चटकेहरू धेरैपटक नायक बनेका छन्। बनाइएका छन्। असल व्यक्ति निमित्त नायक हुन पुगेको छ। संसारको जस्तै नेपालमा पनि धेरैजसो जनमत चटकेले निर्माण गर्छ। बेलामा सही निर्णय लिन नसक्नेहरू जति नै असल र शक्तिशाली भए पनि ओझेलमा पर्छन्। अहिले अमेरिकी राष्ट्रपति ओबामा परेजस्तै।

अर्को समाचार

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस