ऋतु परिवर्तन हुने देश हो यो। सबै ऋतु स्पष्ट छुट्टिन्छन्। गजबको नृत्य देखाउँछन् तिनले यस देशमा। अचम्मको संगीत प्रस्तुत गर्छन्। यतिबेला आकाशको गड्याङ्गुडुङ् बिस्तारै कम हुन थालेको छ र झरीले बिस्तारै बिस्तारै बिदा लिँदैछ। बाढी र पहिरोले पारेका आला घाउ बिस्तारै पुराना हुँदैछन् र गहिरो खतमा परिणत हुँदैछन्। यी कुरूप खतहरू जतिसुकै पीडादायी भए पनि हामी सधैँ झैँ सजिलै अभ्यस्त भइदिन्छौं। किनभने हामी नेपाली हौँ।वर्षा र हिउँदको ठिहीले छोडेका खत हामीले हरेक वर्ष पचाउँदै आएका छौँ। हिंसा र आपसी द्वेषले, मूर्खता र असहिष्णुताले, पराइका मिचाइले, जेसुकैले पारेका घाउ भए पनि तिनले छाडेका जतिसुकै असुन्दर र गहिरा दाग पनि त हामीले पचाउँदै आएका छौँ।
शरद ऋतुले ढोका ढकढकाउन थालेको छ। सधैँ झँै ऊ फेरि आफ्नो उज्यालो रङ्ग लिएर आउनेछ। फेरि पनि चाडबाड आउनेछन्। तर यस पाटकको शरद आउँदा चाडबाडमात्र बोकेर रमाउँदै आउनसक्ने छाँट देखिन्न। चाडबाडहरूभित्रै सुटुक्क मिस्सिएर जबर्जस्ती अरू केही पाहुना लाग्न आउने डर छ अशान्ति र हिंसा, द्वेष र असहष्णुता। यी पाहुनाले अचम्मको खेल खेलाउनेछन् हामीलाई र त्यो खेलमा सबै खेलाडी हार्न पनि सक्छन्। जित्ने कोही नहुन सक्छ। नेता भनाउँदा अनौठा प्राणीको मूर्खता प्रदर्शन फेरि पनि हुनेछ।
यस्तो नभइदिए हुन्थ्यो तर छाँटकाँट त्यस्तै हुने देखिन्छ।
दोस्रो संविधान सभाको चुनावका निम्ति भनेर खेलाडीहरू फेरि तात्न थालेका छन्। अघिल्लो संविधान सभाले के कारणले संविधान निर्माण गर्न सकेन? कहाँ गएर त्यो रोकियो? के गर्दा साँच्चै नै नयाँ संविधान बन्ला? यस्ता प्रश्नको उत्तर खोज्ने गम्भीर प्रयत्न भएको देखिँदैन। 'अब त हाम्रो पालो नि!’ भनेर नयाँ अनुहार उमेदवारीका निम्ति तँछाड्मछाड् गर्दै अगाडि बढेका देखिन्छन्। यस्तो लाग्छ, रुवाबासी, घुर्की, धम्कीदेखि लिएर दल फेर्नेजस्ता सस्ता खेलको सिलसिला जारी नै रहनेछ। नेताहरू आफ्नै पार्टीभित्र पनि एक अर्काको मानमर्दन गरिरहनेछन्। अर्काले गर्यो भन्ने निहुँमा सफा छवि नभएका र सामाजमा हानिकारक तत्वका रूपमा चिनिएका व्यक्तिलाई पनि उमेदवार बनाउने प्रतिस्पर्धा जारी रहने देखिन्छ। चुनाव साँच्चै भएछ भने, त्यसले बनाउने भीमकाय संविधान सभालाई समावेशी चरित्रको भनेर तारिफ त फेरि पनि गर्न सकिएला तर जुन उद्देश्यका निम्ति संविधान सभा बनेको हुन्छ, त्यो उद्देश्य भने पूरा हुन्छ हुँदैन अझै केही भन्न सकिन्न। अघिल्लो संविधान सभामा रहेर पनि केही गर्न नसक्ताको पीडा व्यक्त गर्ने असल मनसाय भएका निवर्तमान सभासद्हरूको नियति नयाँले पनि भोग्ने स्थिति आउने सम्भावना प्रशस्तै छ। पहिलो संविधान सभा र अब बन्ने संविधान सभाबीचमा तात्विक भिन्नता के हुन्छ होला? जुन् जुन् कारणले 'दाइ' संविधान सभाले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको थिएन, 'भाइ' संविधानसभाले ती कारणलाई साँच्चै जित्न सक्ला त? समयका दृष्टिबाट ४ वर्षको फरक भए पनि यी दुई संविधान सभाको कार्यकालमा परिस्थितिका आधारमा कति फरक भएको होला र? समावेशी चरित्रको सभाले सबैको हितको प्रतिनीधित्व गर्ने सम्भावना स्वाभाविक रूपमा बढी हुन्छ। विभिन्न तप्काका जनतालाई आफ्नो आत्मसम्मानको अनुभूति गराउन सक्छ। विभिन्न किसिमले सशक्त पनि बनाउन सक्छ। तर, कुनै महत्वपूर्ण र विशिष्ट कार्यलाई ठोस रूपमा सम्पादन गर्ने काम धेरै मानिसको जमातले राम्रोसँग गर्न सक्ला? कि समावेशी तर थोरै सक्षम व्यक्तिबाट सार्थक ढङ्गले त्यस्तो कार्य पूरा होला? कुनै पार्टी विशेषका निम्ति दुःख गरेका, लगातार नेताका आदेश तामेल गरिरहेका इमानदार कार्यकर्तालाई पुरस्कारका रूपमा दिइने वस्तु हो र संविधान सभाको उम्मेदवारी? कि देशलाई चाहिएको जस्तो संविधान बनाउने काममा सार्थक भूमिका पूरा गर्नसक्ने इमानदार, दूरदर्शी, सन्तुलित र सक्षम मानिसलाई खोजी खोजी दिइनु पर्ने हो उमेदवारी मौका?
सम्भावना र अवसरले भरिएको देश हो यो। प्रस्फुटित हुन बाँकी क्षमताले भरिएका जनता हुन् यहाँका। बेला बेलामा यो यथार्थ प्रकट भइरहेको हुन्छ – कहिले खेलको मैदानमा, कहिले युवा कविहरूको कवितामा, कहिले प्रयोगशालाको अभावमा छट्पटिँदै देशदेखि धेरै पर पुगेका युवा वैज्ञानिकको उपलब्धिमा, अनि कहिले देशको कुना कन्दरामा गएर सेवा गर्दागर्दै आँफै मृत्युतर्फ कदम बढाइरहेको चिकित्सकका पाइलाहरूमा। यहाँका युवाभित्र लुकेको क्षमता पराई देशका मरुभूमिदेखि लिएर साइबर आकाशका बादलमा सम्म निचोरिएको छ। भलै त्यसको फल चाख्नेहरू भने पराई नै किन नहुन्, लुकेका शक्ति र सीप त छ नि नेपालीमा। समस्या छ, ती सब सीप, क्षमता, शक्ति र बुद्धिको व्यवस्थापन गर्ने। सम्भावना र अवसरले नेपाललाई कहिल्यै छाडेका छैनन्। तर यिनलाई समाउने र उपयोग गर्ने काम चाहिँ हामीले कहिल्यै गर्न सकेनौ।
नौलो सिर्जनात्मक राजनीतिको क्षमता भएका नयाँ पुस्ताका अभियन्ता अझै बलिया भइसकेका छैनन्। देशको निम्ति नौलो प्रवृित्तका रूपमा तिनको विकास अझै भइसकेको छैन। यस्तो बेला, चाहेर वा नचाहेर परम्परागत रुढीग्रस्त राजनीतिका पुरानै खेलाडीमा भर पर्नुपर्ने स्थिति छ नयाँ संविधानका निम्ति। धेरै आशा गर्न सक्ने अवस्था छैन। तैपनि, अलिकति मात्रै बुद्धि पुर्याइदिए देशलाई, युगलाई यिनले गुन लगाउन सक्ने थिए। राजतन्त्र समाप्त भएपछि गणतान्त्रिक संविधान बनाउनु कति महत्वपूर्ण र महान् जिम्मेवारी हो भन्ने यिनले पटक्कै ख्याल राखेजस्तो देखिँदैन। त्यति मात्रै ख्याल राखिदिए पनि इतिहासको यति महत्वपूर्ण घडीमा यिनले केही गर्नसक्दा हुन्। प्रतिस्पर्धीको दानवीकरणमात्रै गरेर बस्नुको सट्टा समानताका कुरामा टेकेर देशलाई प्रगतिको दिशामा अलिकति अगाडि ठेल्दा हुन्। जनतालाई 'भोट बैंक'को हैसियतमा झारेर, अमानवीकरण गरेर मनपरी नारा बेच्नुको सट्टा संविधान निर्माणमा सहयोग पुर्याउने सार्थक र सक्षम शक्ति जनताकै पंक्तिभित्रबाट खोज्दा हुन्।
समय धेरै बाँकी छैन। तर जति छ, त्यति पनि राम्रो काम गर्नलाई भने यथेष्ट हुन्छ। दसैंका बेलामा गरिने चण्डी पाठमा देवीका विभिन्न नाम लिइन्छ। देवीका विभिन्न रूपमध्ये लज्जा पनि एक हो क्यारे। दुर्भाग्य, यिनै लज्जा देवीले छाडिसकेकी छिन् राजनीतिका हाम्रा खेलाडीलाई। तै पनि आमा हुन् लज्जादेवी। पुकार्यो भने ती फर्केर आउन सक्छिन् फेरि र सहीबाटो देखाइदिन सक्छिन्। संविधान सभालाई र नयाँ संविधान बनाउने कार्यभारलाई समेत सत्तामोहको चस्माले हेर्नेहरूले ती देवीको – लज्जा देवीको आराधना गर्नु अत्यन्त जरुरी भइसकेको छ। नत्र संविधान बनाउने यज्ञस्थल नै अपवित्र हुनेछ। अपवित्र यज्ञस्थलबाट पवित्र फल निस्कँदैन।
बिचरा! शरद ऋतु। भए भरका रंग बोकेर, उज्यालो बोकेर, खुसीको पोको बोकेर आउन खोज्दैछ यो ऋतुहरुले नृत्य देखाउने देशमा। तर यसपटक ऊ खुसी बाँड्ने गरी आउन सक्ला र? उसको साथमा अरू के के आउने हुन्? हेर्न बाँकी नै छ।
हे माता लज्जा देवी, मानिसको साथ नछोड!