आठौं साफ च्याम्पियनसिपको अध्याय समाप्त भएको छ। काठमाडौंमा सपन्न खेलमा नेपाल सेमिफाइनलसम्मको यात्रा गरेर थान्को लाग्यो। भारत र अफगानिस्तानबीचको अन्तिम खेलमा ... गरेर ...... ले सिल्ड हात लगायो। एकसरो हिसाव गर्दा सार्क राष्ट्रहरूमा फुटबलको अवस्था आँकलन गर्ने बेला पनि हो यो। दुई दशकअघिको अवस्था र अहिलेको फुटबल खेलमा कुन देश कहाँ छन्? सबै देशका खेलप्रेमीले यसको हिसावकिताव गरिरहेकै होलान्। दुई वर्षपछि साख जोगाउने र बदला लिने प्रतिस्पर्धा हुनेछ। अब सबै देश त्यसकै तयारीमा जुट्ने छन्। सेमिफाइनलसम्मको यात्रामा नेपालले बंगलदेशलाई हरायो, पाकिस्तानसँग बराबरीमा चित्त बुझायो, भारतलाई पछार्यो र अफगानिस्तानसँग पराजयको सामना गर्यो। संयोग नै भन्नुपर्छ, नेपालसँग हार्ने भारत र नेपाललाई हराउने अफगानिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न पुगे।
फूटबलमा गोल नै प्रमुख मापक भएकाले कुन देशको खेल स्तर कस्तो? खासै खुट्याइँदैन। विश्लेषकहरू दुई दशकयता नेपालमा फुटबल विकास हुन नसकेको चित्र अघि सार्छन्। उनीहरूका अनुसार भारत विगतको भन्दा खस्किएको, अफगानिस्तान, मालदिभ्सले स्तर उन्नति गरेको आँकलन गर्छन्। अफगानिस्तान सार्कमा आबद्ध कान्छो राष्ट्र हो। उसले सन् २००५ देखिमात्र सहभागिता जनाउन थालेको हो।
सार्कका अन्य राष्ट्रका आ–आफ्नो कथा/व्यथा होलान्। हामी नेपालीले नेपालकै अवस्था आँकलन गर्ने हो। विगतको साफ च्याम्पियन भारतलाई पराजित गर्नुलाई नै सफलता मान्ने हो भने बेग्लै कुरा हो, नेपालले सेमिफाइनलसम्मको यात्रामा भारतलाई पराजित गर्यो। तर नेपालले अफगानिस्तानलाई किन गलाउन सकेन? राम्रा भनेर कहलिएका खेलाडी रोहित चन्दले दुई दुईवटा पेनाल्टी कसरी खेर फाले? खेलको अन्तिम अवस्थामा पाएको पेनाल्टी अवसर गुमाउनुपर्दाको पीडा प्रत्येक खेलप्रेमीमा छ। खेल मैदानमै उपस्थित करिव २० हजार खेलप्रेमी र टेलिभिजन स्त्रि्कनमा आँखा गाडेका लाखौं नेपालीले पेनाल्टी पनि हान्न नसक्ने हैसियतको ठान्यो नेपाली टिमलाई। पेनाल्टी सुट, सम्भावनको खेल भनिन्छ। रोहित नायकमात्र हुन। उनको प्रहारलाई अफगानी गोलरक्षक मनसुर फागिययारले रोकिदिए। विश्वका नामुद खेलाडीका पेनाल्टी गोलरक्षकले रोकेका इतिहासबीच चन्दको प्रहारलाई लिन आवश्यक छ। चन्दको आलोचना गर्ने पनि छन्। उनले आमदर्शकको भावना कदर गर्दै आत्मआलोचना गरेका छन्। अब उनको व्यावसायिकताको सम्मान गरौं। कुरो चन्दको पेनाल्टी होइन। नेपाली टिम जसोतसो सेमिफाइनसम्म पुगेको अवस्थाको आँकलन गरौं।
नेपालको फुटबल खेलमा भइरहेका उतारचढाव, प्रयोगहरू, सरकारी र निजी क्षेत्रले गरेको लगानी, फुटबलका लाखौं नेपाली फ्यान र फुटबललाई आफ्नो लालपुर्जा ठान्ने अखिल नेपाल फुटबल संघको भूमिकाको आधारमा विश्लेषण आवश्यक छ। अफगानिस्तानसँगको खेलबारेमा सबैको एउटै धारणा छैन। त्यस दिन नेपालले राम्रो खेल्यो भन्नेहरूको ठूलो संख्या छ। नेपालले राम्रो खेल्यो भन्दा पनि धेरै पटक गोल पोष्टमा आक्रमण गर्यो भन्नेहरू पनि छन्। खासमा दोस्रो हाफमा नेपाल आक्रामक थियो, गोरखाली फौजी पाराको आक्रमणझैं। पंक्तिकार फुटबलको विश्लेषक होइन। त्यसैले नेपालले कसरी खेल्नुपर्थ्यो भन्न सक्दैन। व्यक्तिपिच्छे फरम मत हुन्छन् यस्ता प्रश्नमा। तर जिम्मेवारहरूले आफ्नो टिमलाई कसरी प्रशिक्षित गर्ने त्यसको निधो गर्ने हो । केही वर्षयता नेपाल प्रयोग भूमि भएको छ। नेपालले ग्राउण्ड बल खेल्ने गर्थ्यो, छोटा कदका नेपाली खेलाडीले आपसमा छोटाछोटा पास दिँदै सुन्दर खेल खेल्थे। पछिल्लो समय बेलायती प्रशिक्षक ग्राहम रोबर्टसले लामा लामा आकासे खेलमा नेपाली टिमलाई होमे। त्यसैलाई निरन्तरता दिएका छन् अहिलेका कोच ज्याक स्टेफानोस्किले। कतै, नेपालमा गरिएको पछिल्लो प्रयोगले यस्तो परिणाम दिएको त होइन? प्रश्न गर्नेहरूको संख्या पनि ठूलै छ। अफगानिस्तानका लम्बुहरूबीच नेपालीका प्रहारहरू जम्न नसक्नुपछाडिका कारण खोज्ने बेला पनि यही हो। हामी प्रयोगका नाममा कतै चुकेका त छैनौं? आफ्नो मौलिकता गुमाएर नयाँ खोज्दा कतिपय अवस्थामा त्यो प्रत्युत्पादक हुने खतरनाक हुन्छ। नेपालमा भइरहेको प्रयोगबारे बहस आवश्यक छ।
खेलमा हार–जित हुन्छ भनेर चित्त बुझाउने होइन। नेपालको फुटबल जहाँको त्यहीँ रहनुपर्ने अवस्थाको प्रमुख जिम्मेवार अखिल नेपाल फुटबल संघ (एन्फा) को भूमिकाबारे प्रश्न गर्न ढिला भइसक्यो। दुई दशकदेखि नेपाली फुटबल उभो लाग्न नसक्नुका पछाडि खेलाडीलाई दोष दिने कि तालुकवाल एन्फालाई? यसबीच राष्ट्रिय टोलीमा धेरै नयाँ खेलाडी आए, धेरै बाहिरिए। थरिथरिका कोच आए। तर नेपालको फुटबललाई आफ्नो बिर्ता ठान्ने गणेश थापाहरू खै परिवर्तन भएका? उनीहरू जहाँको त्यहीँ भइरहनुको औचित्य के? चन्द्रले पेनाल्टी हान्न नसकेकोमा क्षमायाचना गरे। उनी धन्यवादका पात्र छन्। खै, एन्फाले आत्मआलोचना गरेको? थापा राम्रो गफ गर्छन्। फुटबलबारे उनी राम्रो जानकारी राख्छन् तर मुख्य कुरा नेपालको फुटबल स्तर माथि उकास्न उनले के के गरे? अढाई दशकदेखि उनी एन्फाको एकछत्र राज गर्दैछन्। यता नेपालको फुटबल पनि जहाँको त्यहीँ छ? यसलाई के भन्ने? खेल हो हार–जित हुन्छ भन्ने होइन, अब खेलप्रेमीहरू थापाहरूको विकल्प खोज्न लागिपर्ने बेला हो यो। फुटबल विकासका बाधक को को हुन? लेखाजोखा आवश्यक भयो। एन्फाको आजीवन अध्यक्षको ठेकेदारी तोडिनुपर्छ। गणेश थापाका अपार्टमेन्ट, लाखौं नगदका आश्वासनले खेल जितिने रहेनछ। नेपाली खेलाडीलाई प्रभावकारी प्रशिक्षणको आवश्यकता खटि्कयो। खेलमा कुशलताको अभाव देखियो। खै एन्फाले त्यसको व्यवस्थापन गरेको?
काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपले नेपाली खेलप्रेमीको अर्को पाटो पनि उघारेको छ। त्यो हो, खेलमा भारत विरोध। भारत विरोधलाई राष्ट्रवाद ठान्ने राजनीतिज्ञहरूको मनोविज्ञान अहिलेका युवाहरूमा जस्ताको त्यस्तै रहेछ। भारतसँगको खेलमा .. धोती ... जस्ता नारा पनि लगाइयो। किन भारत विरोधी जनमत फुटबलमा पनि? यस्तै शब्द हिल सेन्ट्रिक मानसिकताका युवाहरू तराई मधेसमा बस्ने नेपालीहरूमा प्रयोग गर्ने गर्छन्। अहिलेको युवा पुस्तामा देखिएको नेपाल, नेपालको गुञ्जनसँगै भारतको विरोध शैली र परम्परामा अब परिवर्तन आवश्यक छ। नेपाल, भारतको प्रतिस्पर्धामा आफ्नो देशको पक्ष लिने भन्दा भारतको विरोध गर्ने शैली काठमाडौंका खेलहरूमा प्रशस्त देखियो। भारत–पाकिस्तान खेल हुँदा पाकिस्तानको पक्षमा, भारत–बंगलादेशसँग खेल्दा बंगालीको पक्षमा हौसिने युवाहरूको मनोविज्ञानलाई नेपाल–भारत सम्बन्ध केलाउने एउटा आधार बनाउन सक्नुपर्छ। भनिन्छ, खेलहरूले राष्ट्रिय भावना जगेर्ना गर्छन्। विभिन्न जातजाति, क्षेत्रका नागरिकलाई खेलले जोड्ने काम गर्छ। सबै देशबासी एउटै भावना, नारामा रमाउन सकेको अवस्थामा त्यसले रचनात्मक काम गर्छ। भारतलाई गाली गर्दा प्रयोग गरिने भाषाले नेपालीकै मन दुखाइरहेको पनि हुन्छ, त्यता ख्याल गरांै।
काठमाडौंलगायतका पहाडी क्षेत्रका युवाले सीमावर्ती क्षेत्रमा बस्ने श्याम वर्णको धोती, कुर्ताधारी, मैथिली, अवधी, भोजपुरी बोल्ने भारतीय जस्तै रहनसहन र व्यवहार भएको नेपाली अझ बढी दुःखित छ भन्ने वास्तविकता बुझ्नुपर्छ। यहाँ काठमाडांैमा बस्नेहरू भारतीय व्यवहार अनुभवमात्र गर्छन्। उता मधेसका सीमावर्ती नेपाली दिनदिनै नेपाली हुनुको पीडा भोग्न बाध्य छन्।
खेलहरू मुलुकभर राष्ट्रिय भाव फैलाउने माध्यम बन्नुपर्छ। आउँदा दिनमा सार्क देशबीच क्लब स्तरका खेल हुने योजना बन्दैछन्। त्यस्ता खेल काठमाडौंमामात्र होइन, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज जस्ता सीमावर्ती सहरमा आयोजना गरिनुपर्छ, जहाँ टोपी लगाउने र धोती लगाउनेहरूले एक स्वरमा आफ्नो टिमको समर्थनमा नेपाल... नेपाल्... भनिरहेका हुनेछन्।