भदौ १७ को नेकपा (एमाले) केन्द्रीय समितिको बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा चुनावी 'कमाण्डर' पार्टी अध्यक्ष झलनाथ खनाल हुने उल्लेख छ। पार्टी अध्यक्ष चुनावी कमाण्डर हुने एमालेको निर्णयलाई मिडियाले राम्रै ठाउँ दिए। खनाल कसरी कमाण्डर बने? चुनावी कमाण्डर हुने नेता केपी ओली र महासचिव ईश्वर पोखरेलको प्रयास स्यायी कमिटी हुँदै केन्द्रीय कमिटीमा पुग्दा कमजोर बन्नपुग्यो। खनाल कमाण्डर तोकिए।विज्ञप्तिमा अर्को महत्वपूर्ण बुँदा पनि छ। विज्ञप्तिमा लेखिएको छ – 'पार्टी उमेदवारी सिफारिस र निर्णयका सम्बन्धमा पार्टीका आफ्नै स्थापित वैधानिक व्यवस्था रहेको कुरा ध्यानाकर्षण गराउँदै बैंठक यस विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय धाउने काम बन्द गरेर सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा लगाउँदै आफ्नो काम सुचारु राख्न सम्पूर्ण कमरेडहरूलाई दिशा निर्देशित गरेको छ।'
विज्ञप्तिको भाषाबाट स्पष्ट हुन्छ, एमालेमा उमेदवारीका प्रत्याशी केन्द्रीय कार्यालय घाइरहेका छन्। औपचारिक विज्ञप्ति प्रकाशित गरेर टिकटका प्रत्याशी केन्द्रीय कार्यालय धाउनबाट त रोक्न सकिएला तर पार्टी नेताका निवासमा लाग्ने भिड नियन्त्रण कसरी गर्ने? के गर्ने? अहिले प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम सिफारिस भएर आउने क्रम छ। पार्टी केन्द्रीय कार्यालयको मागअनुसारै अंधिकाश एमाले क्षेत्रीय कार्यालयहरूले एक स्थानका लागि ३ जनाको नाम सिफारिस गरेका छन् । एमालेको विधानअनुसार क्षेत्रीय समितिका सिफारिस जिल्ला कार्यसमिति हुँदै पार्टीको अञ्चल समन्वय समितिमा पुग्छ। त्यहाँबाट स्यायी समितिमा लगिन्छ। स्यायी समितिमा उमेदवारको अन्तिम टंुगो लागेपछि नाम केन्द्रीय समितिबाट पास गर्नुपर्ने हुन्छ। विभिन्न चरणबाट सिफारिस हुँदै अन्तिममा केन्द्रीय समितिको ढोकाबाट आउँनुपर्ने प्रक्रियाले रामै लोकतान्त्रिक अभ्यास हुने छनक दिन्छ। तर,एमाले पार्टीका विभिन्न गुटको छायाँले क्षेत्रीयदेखि केन्द्रीय कमिटीसम्म कसरी प्रभावित पार्छन्? यसको लेखाजोखा सहज देखिँदैन।
एमालेभित्र बलिया बलिया गुट छन्। पार्टी अध्यक्ष खनाल र नेता ओलीको स्यायी गुटमा अर्का नेता माधवकुमार नेपालका कहिले यता कहिले उता हुने प्रवृत्ति थपिन्छ। सायद, एमालेको आन्तरिक राजनीतिमा गुट व्यवस्थापन प्रमुख चुनौतीमध्ये पर्छ। संविधान सभा निर्वाचनमा गुट राजनीतिले अझ व्यापकता पाउने संकेत देखिँदैछ। आन्तरिक राजनीतिमा गुटबन्दीको प्रभावसँगै बाहुबलका भरमा समाजमा स्थापित हुने प्रवृत्ति पनि चर्कै छ। यस्तो प्रवृत्ति झाँगिदै गएको देखिएको छ। त्यसलाई मूलतः ओलीले प्रोत्साहित गर्दैआएका छन्। पार्टीको युवा संगठनको जगमा रहेका कति दादाले संविधानसभा उमेदवारको टिकट हत्याउने हुन्? अहिल्यै अनुमानमात्र गर्न सकिन्छ। टिकटका प्रत्याशीको ठूलो संख्या छिमल्दै २४० मा टुंगिदासम्म खनाल, ओली र नेपालले कसरी एक आपसमा संझौता गर्दै जानेहुन्? उनीहरूले आपसी मिलोमतोमा कसरी टिकट वितरण गलान्? त्यो पनि हेर्न बाँकी छ।
नेपाली कांग्रेसको पनि प्रमुख चुनौती गुट व्यवस्थापन नै हो। काग्रेसका क्षेत्रीय समितिमध्ये थौरेले मात्र पार्टी नीतिअनुसार तीन जनाको नाम सिफारिस गरेका छन्। अधिकांश क्षेत्रीय समितिले आकांक्षीहरूको संख्या घटाउन नसकेपछि उमेदवार हुन चाहने सबैको नाम सिफारिस गरेका छन्। झट्ट हेर्दा त उमेदवार हुन चाहने सबैको नाम सिफारिस गर्नुलाई सम्बन्धित नेतृत्वको लचिलोपन भन्न सकिएला। तर यसो गर्नुको वास्तविक अर्थ चाहिँ क्षेत्रीय समितिले गाउँस्तरका सक्रिय कार्यकर्ताको भावनाअनुसार तीन जना उमेदवार छान्न नसकेर केन्द्रका नेतालाई अधिकार दिनु हो।
नेपाली कांग्रेस संस्थापन र शेरबहादुर देउवा पक्षमा विभाजित छ। पार्टीको टिकट टुंगो लगाउने संसदीय बोर्ड गठन नै गुटका आधार हुने अवस्थाले अन्तिम समयमा संस्थापन र देउवा पक्षबीच बाँडफाँट हुने नै संकेत देखिँदैछ।
उमेदवारीका आकांक्षीको भिडमा दिंवगत नेताको उत्तराधिकारको दाबी गर्नेहरूको राजनीतिले संसदीय बोर्ड गठनमा अर्थ राख्ने देखिँदैछ। अहिले काँग्रेसमा उत्साह देखिएको छ। एकपछि अर्को नेता उमेदवार हुन चाहनेको सूचीमा परेकोमा उत्साहित छन्। र, ती सबै आकांक्षीहरू महाराजगगंज र बूढानिलकण्ठ घाइरहेका छन्। उनीहरू टिकटका लागि याचना गरिरहेका छन्। कोइराला र देउवा दुवैले आश्वासन राजनीति गरिरहे पनि टिकट वितरणमा कोटा प्रणाली नै लागु हुने देखिँदैछ। पार्टी राजनीतिमा प्रभाव राख्ने पारिवारिक घरानाका सदस्यहरूको राजनीति र एकले अर्कालाई समाप्त गर्ने खेलहरू क्षेत्रीयतहबाटै आरम्भ भएको छ। दिंवगत नेता गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र मोरंग १ बाट समानुपातिकमा पनि सिफारिस नपाएपछि सुजाता कोइरालाको आक्रोश पोखियो विराटनगरमा। सुजाताले पिताले निर्वाचन लडेको क्षेत्रलाई आफ्नो उत्तराधिकार ठाने जसरी मोरङ्ग काग्रेसले उनको दाबी मानिदिएन। सुजाताको नाम सुनसरी क्षेत्र नं ५ ले प्रत्यक्ष र समानुपातिक दुवैमा १ नम्बरमै राखेको छ। मोरङ्ग १ र सुनसरी ५ दुवैबाट टिकटमा दाबी गर्ने सुजाता जस्ता उत्तराधिकारीहरूले अरू टिकटका आकांक्षीलाई कसरी मानमर्दन गर्दैछन्? नेतृत्वले बु‰नसक्ने अवस्था पनि देखिँदैन । नेताहरूले आफ्नो राजनीतिक महत्वाकांक्षा पूरा गर्दा क्षेत्रीय स्तरका कति होनहार नेताहरू पछारिन्छन्? सुजाता त प्रतिनिधि पात्रमात्र हुन्।
कांग्रेसमा संस्थापन र देउवा पक्षबीच ६० : ४० को अनुपातमा बाँडफाँट हुने परम्परा छ। यही अभ्यास यस पटक पनि दोहोरिन सक्छ। क्षेत्रीय समितिको सिफारिस सकिएपछि कांग्रेसको गुटबन्दीको राजनीतिक अब संसदीय बोर्डतर्फ सर्दै जाने र अन्त्यमा भागबन्डामा टिकट वितरण भएर सकिने हुनसक्छ।
एकीकृत नेकपा (माओवादी)मा पछिल्लो समय टिकट बाँड्ने प्रयोजनकै लागि हेडक्वाटरको नयाँ व्यवस्था भएको छ। एमाओवादीको पछिल्लो केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहेको हेडक्वाटर गठन गरेको हो। विगतमा पदाधिकारीको हैसियतमा रहेका भट्टराई, श्रेष्ठ र बोगटी बाबुरामको राजीनामसँगै सामान्य हैसियतमा झरेका थिए। हेडक्वाटर गठनको पछिल्लो निर्णय किन त? अध्यक्ष दाहालले टिकट वितरणमा मनोमानी गर्नसक्ने भयबाट ग्रसित बाबुरामहरूले यसको रचना गरेका हुन्। उनको एकलौटी हुन नदिन रचिएको हेडक्वाटर एमाओवादी 'जनयुद्ध'मा रहदाँजस्तै दाहाल केन्द्रित हेडक्वाटर भने होइन। पार्टी विधानमा भएको पदाधिकारीको व्यवस्थालाई पन्छाएर गठन भएको यो हेडक्वाटर निर्वाचन प्रयोजनसँग जोडिएको छ। जसको उदेश्य प्रचण्ड भयबाट बाबुरामहरू सुरक्षित हुनुसँग सम्बन्धित देखिन्छ। अहिलेको हेडक्वाटरको सामूहिक निर्णयको परिपाटीले पार्टीमा विकसित गुटलाई मलजल गर्ने निश्चित छ। एमाओवादीको निर्वाचन क्षेत्र, राज्य कमिटी हुँदै आएका नामहरू अब हेडक्वाटरमा हेडहरूको अंश लाग्नेछन्।
रूपमा फरक देखिए पनि सारमा प्रमुख तीनवटै राजनीतिक पार्टीमा गुट राजनीति प्रभावशाली देखिँदैछ। त्यसैले निर्वाचन क्षेत्रका सिफारिसमा परेका नामहरू नेताका कोटामा परेर उमेदवार घोषित हुनेछन्।