राजनीति नेपाली समाजमा व्याप्त भ्रष्टाचारको मुख्य कारण मानिदैआएको छ। राजनीतिक दलको छवि जनमानसमा समेत भ्रष्टाचारका प्रमुख पात्रका रूपमा रहेको एउटा सर्वेक्षणमा देखिएको थियो। पार्टी चालाउने खर्च जुटाउन नेताले अपनाउने गरेका उपाय पारदर्शी छैनन्। राज्यले पार्टी चलाउन अनुदान दिने व्यवस्था पनि छैन।फलस्वरूप, वार्षिक आयव्यय विवरणसमेत अधिकांश दलले समयमा पेस गर्दैनन्। यस्तो अवस्थामा मुलुकको सबैभन्दा पुरानो क्रियाशील पार्टी नेपाली कांग्रेसले बैंकमार्फत् चन्दा मागेर पारदर्शिताका पक्षमा एक पाइला अगाडि बढेको छ। कांग्रेसको यो निर्णय अरू दललाई मार्गदर्शन र चुनौती दुवै हुने देखिन्छ।
केही साता पहिला नेपालका प्रमुख उद्यमी व्यवसायीले राजनीतिक दललाई बैंकिङ प्रणालीमार्फत् मात्र चन्दा दिने अठोट सार्वजनिक गरेका थिए। तिनको त्यो सराहनीय अठोटलाई सकारात्मकरूपमा सम्बोधन गर्नेमा नेपाली कांग्रेस पहिलो राजनीतिक दल हुन पुगेको छ। यद्यपि, नेपाली अर्थतन्त्रको प्रकृति र बहुसंख्यक उद्यमी व्यवसायीको प्रवृत्तिका कारण कांग्रेसको यो निर्णय मूर्खतापूर्ण पनि ठानिनसक्छ। राजनीतिक दलभन्दा नेता विशेषलाई र त्यसमा पनि लगभग 'पेस्की घुस’का रूपमा चन्दा दिनेलिने चलन जो छ।
राजनीतिक नेतृत्वमा आदर्श हराएजस्तै अहिले उद्योग व्यापार जगत्मा पनि निष्काम उदारता देखिँदैन। राजनीतिक दलका निम्ति पैसा संकलन गर्दा अपनाइने उपाय पवित्र रहेको छैन। त्यसरी जम्मा पारिएको घन पनि सन्देहास्पद कार्यमा खर्च हुने गरेकोे छ। यसैले नेपाली कांग्रेसले बैंकिङ प्रणालीमार्फत् चन्दा संकलन गर्ने निर्णय गरेर संस्कार परिमार्जनको थालनी गर्ने चुनौती स्वीकार गरेको छ। यो सराहनीय निर्णय कांग्रेसको ऐतिहासिक गरिमाअनुरूप छ। तत्कालका लागि लाभदायक हुन नसके पनि कांग्रेसलाई अरूभन्दा बेग्लै र वास्तवमै लोकतन्त्रवादी दल बनाउन यसले सहयोग पुर्यानउनेछ।
यसो त, विदेशमा छरिएर रहेका र ठूलो रकम दिन नसक्ने शुभेच्छुक समर्थकलाई पनि यस निर्णयले सजिलो बनाएको छ। नेपाली कांग्रेसमाथि पुँजीपतिको पार्टी भएको आरोप लाग्ने गरेको छ। तर, चन्दा माग्नका लागि कांग्रेसले अपनाएको उपायले भने यसलाई निम्नमध्यमवर्गीय कामकाजी समूहको निकट बनाएको छ। बल र छलका दृष्टिले प्रतिर्स्धीहरूभन्दा कमजोर देखिएको कांग्रेसका लागि सम्भवतः यो उपयुक्त रणनीति पनि हो। विदेशबाट सहयोग गर्न चाहनेले मनीएक्चेन्जहरूबाट पनि रहम पठाउन सक्ने व्यवस्था मिलाइएको कांग्रेसले जानकारी दिएको छ। सामाजिक सञ्जाललगायत आधुनिक सञ्चार प्रविधि प्रयोग गरेर संसारभर छरिएका समर्थक शुभेच्छुकसम्म कांग्रेसले यो सन्देश पुर्यापउन सके पक्कै पनि ठूलै राशि संकलन हुनेछ। उठेको चन्दाको विवरण पारदर्शी बनाउने प्रतिबद्धता कांग्रेसले अहिले नै व्यक्त गरेको छ। यसले पनि चन्दा दातालाई आकर्षिकत गर्न सक्नेछ।
अब अरू दलहरू पनि बैंकिङ प्रणालीमार्फत् चन्दा संकलन गर्न र त्यसलाई पारदर्शी बनाउन प्रतिबद्ध हुनु जरुरी छ। अनिमात्र, कांग्रेसको पहलले नेपाली समाजमा सकारात्मक प्रभाव पार्नेछ। भ्रष्टाचार नियन्त्रणका निम्ति पनि यो पहल कोसे ढुंगा सिद्ध हुनेछ। यद्यपि, बलका आधारमा पैसा असुल्ने संस्कार भएका राजनीतिक दलका नेताहरूलाई यस्तो पारदर्शिता बढाउने यस्तो अभ्यास रुचिकर नलाग्ने डर भने बढी नै छ।