उच्च आकांक्षा, सुन्दर सपना नभई नहुने कुरा हुन् कुनै पनि मानिसका निम्ति, कुनै पनि देशका निम्ति। यिनैले त हो नि मान्छेलाई अघि बढाउने! तर यथार्थ र आकांक्षाबीचको दूरी ज्यादै लामो भयो भने यथार्थमा बाँधिएर टाढाको आकांक्षातिर निरन्तर तन्किइरहनु अत्यन्त पीडादायी हुँदो रहेछ। सपना र विपनाबीच सधैँ च्यातिई रहनुपर्ने बाध्यता साह्रै ठूलो सजाय हुँदो रहेछ।हामी आफ्नो कहाली लाग्दो, दिक्क लाग्दो अँध्यारो यथार्थमा बाँधिएकाछौँ र बाँकी दुनियाँको झिलीमिलीलाई लोभिएर हेरी रहेकाछौँ। भोको गाईलाई चोयाको दाम्लोले किलामा बाँधेर उसले नभ्याउने ठाउँमा हरियो घाँस राखिदिए जस्तो भइरहेछ हाम्रा लागि। हामी पीडामा छौँ। यो पीडा हाम्रो जीवनको हरेक पक्षमा अभिव्यक्त भइरहेको छ। हाम्रा असन्तुलित सोचहरुमा र गलत क्रियाकलापमा व्यक्त भइरहेको छ।
संचार प्रविधिका कारण हामी अत्यन्त छोटो अवधिमा संसारको अन्य भागसँग जोडिन पुग्यौँ। केही दशक अघिसम्म पनि असम्भव लाग्ने घटना आँखै अगाडि धमाधम हुन थाले। कोठामा बसी बसी संसारको जुनसुकै कुनाका मानिससँग अनुहार हेरेर कुरा गर्ने भयौँ। संसारका जुनसुकै ठाउँका साहित्यकारको कृति पढ्नसक्ने भयौँ। घर बसीबसीमात्र हैन, बसमा यात्रा गरिरहेको बेला, साथी पर्खन सडक छेउ उभिइरहेका बेलासमेत संसारमा कहाँ के भइरहेको छ भन्ने थाहा पाउने भयौँ। संसारभरका मानिससँग 'साइबर स्पेस'मै भेटेर विभिन्न विश्वव्यापी आन्दोलनमा सरिक हुनसमेत सम्भव भइसक्यो हाम्रा निम्ति।
यथास्थितिप्रतिको असन्तुष्टि मानिसको नैसर्गिक प्रवृत्ति हो। नयाँ केहीको , आफ्नो स्थितिमा परिवर्तनको चाहना अत्यन्त स्वाभाविक हो। यही चाहनाले हो हामीलाई अघि बढाउने। संचार प्रविधिले हामीलाई बाँकी संसारको जति नजिक पुर्या।एको छ, त्यसैले परिवर्तनको चाहनालाई पनि अझ तीव्रतर बनाइदिएको छ। हाम्रा आकांक्षा बेसरी बढिरहेका छन्। हाम्रा सपना पनि परिवर्तित भइरहेकाछन्। तर तिनलाई धान्ने आधारभूत संरचना छैन। हामीले हाम्रा चुलिंदा आकांक्षाको धरहरा धान्न सक्ने जग बनाउन सकेका छैनौँ। यो अत्यन्त खतरनाक स्थिति हो।
बितेका केही दशकभित्र सहरिया मध्यम वर्ग बस्ने घरमा अत्यन्त ठूलो परिवर्तन आएको छ। तर यी नयाँ घरहरुले खोज्ने पानीको मात्रा, बिजुलीको निरन्तरता, ढल निकासको बन्दोबस्त, फोहोरमैला व्यवस्थापनआदि भने कतै केही छैन। बिस्तारै बिस्तारै अग्ला आवासीय भवन देखा पर्दैछन्। तर ती घरमा बस्ने मानिसका निम्ति बिजुली, पानीजस्ता आवश्यकता होचा घरमा बस्नेहरुको भन्दा अझ फरक हुन्छ। यसको बन्दोबस्त भएजस्तो अझै देखिन्न। सडकमा दगुर्ने गाडीहरुको संख्या अकल्पनीय रूपमा बढेको छ। तर ती गुड्ने सडकहरु न बलिया छन्, न चौडा छन्। कतै कतै त आवागमन छिटो हैन उल्टै ढीलो पो भएको छ। शृङ्गारका अनेक साधन आएकाछन् तर तिनलाई उपयोग गर्ने वनिताका निम्ति नुहाउनलाई पानीसम्म छैन।
आकांक्षा र यथार्थबीचको यो दूरी जीवनशैलीमा मात्र सीमित छैन। संसारका अन्य विश्वविद्यालयमा, अनुसन्धानशालामा के भइरहेको छ भन्ने आजका हाम्रा मेधावी विद्यार्थीलाई तुरुन्तै थाहा हुन्छ। उनिहरुलाई आफू पनि ज्ञानको त्यही वा त्यस्तै क्षेत्रमा काम गर्ने चाहना स्वाभाविकरूपमा तीव्र हुन्छ। तर त्यस आकांक्षामा सघाउने क्षमता यहाका विद्यालयहरुमा छैन, बाहिर देशमा गएर आफ्नो चाहनाको विषयमा अध्ययन अनुसन्धान गर्न सहज सम्भव हुँदैन। यसले गर्दा प्रशस्त सम्भावना भएका नयाँ पुस्ताको बौद्धिक भ्रूणहत्या भइरहेको छ। के थाहा, यिनै मेधावी युवा 'साइबर अपराधी'मा रूपान्तरित पनि भइरहेका होलान्। युवा डाक्टरहरु छट्पटिइरहेका भेटिन्छन् – चिकित्सा विज्ञानले आजको विश्वमा मारिरहेको फड्कोले तिनलाई आकर्षित गर्नु स्वाभाविक हो। तर यहाँको यथार्थ फरक छ। विदेशी अस्पतालको एक पटकको यात्रापछि वर्षौंसम्म उनीहरुको तारिफ गरेर नथाक्ने यस देशका स्वनामधन्य नीति निर्माता र नेता आफ्नै देशमा के गर्ने भनेर गम्न सकिरहेका छैनन्। चिकित्सा विज्ञानको नवीनतम उपलब्धिसँगै चिकित्सकीय धर्म पुनर्परिभाषित भइरहेको छ। त्यसका अनुगमनका नयाँ तरिका प्रयोगमा छन्। 'साइबर स्पेस'को यात्राले हामी सबैलाई पनि त्यहाँसम्म पुर्याकइरहेको हुन्छ। स्वास्थ्य सेवाग्राहीका आकांक्षा पनि त्यही अनुरूप चुलिन्छन्। तर त्यसलाई धान्ने आधार भने यहाँ कतै केही बनिसकेकै छैन।
आकांक्षा र यथार्थबीचको फराकिलो र गहिरो खाडलको अझ डरलाग्दो रूप त राजनीतिमा देखिन्छ। सायद बीसौं शताब्दीमा भित्रिएका पुस्तक र दुनियाँ देखेका केही मानिसका वर्णनका कारण रैतीका रूपमा आफ्नो अमानवीकरण भइरहेको चेत नेपालीलाई हुन थालेको होला। रेडियो युग हुँदै अहिलेको साइबर युगमा प्रवेश गरिसक्दा ऊ बेलाको प्रजातान्त्रिक र समाजवादी चेतले अहिले भिन्नै रूप लिन थालिसकेको छ। मानव अधिकारको चेतले भिन्नै रूप लिनथालेको छ। लैङ्गिक सबालहरूमा हुने गरेका छलफल नयाँ आयाममा प्रवेश गरेका छन्। नयाँ कुरालाई ग्रहण गर्न हामी आतुर छौँ। नयाँ गणतान्त्रिक संविधान बनी नसकेको अहिलेकै स्थितिमा पनि जति आधुनिक, प्रगतिशील तत्वले विद्यमान कानुनमै प्रवेश पाइसकेका छन्, त्यो हेर्दा हामीभन्दा निकै विकसित र धनी भनिने धेरै देशको भन्दा हाम्रो कानुन प्रगतिशील छ भने हुन्छ। जनताको मन त्यसभन्दा पनि अघि बढ्न चाहन्छ।
नागरिकका आकांक्षाको उँचाइ निरन्तर बढिरहेको छ। तर यथार्थ भने कहालीलाग्दो अन्धकारमा छ। भएका कानुनकै कुरा पनि कार्यान्वयन हुँदैनन्। अझै पनि बोक्सीको आरोपमा असहाय महिलाले अमानुषिक यातना पाइरहेकाछन्। बलात्कारको प्रयासविरुद्ध बोल्ने महिलालाई उल्टै कालो मोसो दलिन्छ। छोरी जन्मने भई भनेर भ्रूण हत्या गरिन्छ। सुरक्षार्थ खटिएको पुलिस दलित भनेर मन्दीर प्रवेशबाट रोकिन्छ। दण्डविहीनताको पराकाष्ठाको पृष्ठपोषक राजनीतिका नेता नै बनिरहेका छन्। राष्ट्रियताले, देशभक्तिले नयाँ उचाइमा परिभाषा खोजिरहेको छ। नेताहरू भने साष्टाङ्ग दण्डवत् मुद्रामा पराइको चाकरी गरिरहेका हुन्छन्। राजनीतिमा पनि, विधि विधानकै बारेमा पनि, जनताका आकांक्षा र यथार्थबीच अत्यन्त फराकिलो र गहिरो खाडल छ। र, यो डरलाग्दो खाडलमा देश खस्ने ठूलो खतरा छ।
कुवाको भ्यागुता हुनुको पनि आफ्नै प्रकारको मजा हुँदो हो! तर भ्यागुताकै निम्तिमात्रै हुन्छ त्यस्तो मजा। अन्य गरिब र पिछडिएका देशमा जस्तै हामीकहाँ पनि 'मान्छे भ्यागुता'का निम्ति पनि त्यो 'मजा' लिने अवसर अब झन् झन् छिटो गुम्दै छ । अब पछाडि फर्कनुको कुनै तुक छैन। आकांक्षालाई तल झार्नु भनेको सानो जुत्ता लगाउन खुट्टा काट्नुजस्तो हो। गणतन्त्र धानन सकिएन भनेर राजतन्त्र फर्काउन खोज्नुजस्तो हो। प्रगतिशील कानुन कार्यान्वयन गर्न नसकिने रहेछ भनेर अनुदार कानुन बनाउन खोज्नुजस्तो हो। हामीले खुट्टा काट्ने हैन, जुत्ता नयाँ बनाउनु पर्योु।
लोकतान्त्रिक गणतन्त्रको अग्लो धरहरा धान्न सक्ने राजनीतिक, आर्थिक सांस्कृतिक आधार बनाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण काम होला नेपालीका निम्ति। त्यो आधार बनाउन एउटा 'बहाना', एउटा कारण प्रदान गर्न सक्नुपर्छ संविधानसभाको निर्वाचनले। नत्र त्यो फेरि नौटंकीमात्र हुन्छ। महंगो नौटंकी खेलाइरहनु भनेको मूर्खतामात्रै हैन अपराध पनि हो।
नेता गुहारुँ भने साँच्चैको नेताको अनुहार मैले देखेको छैन। राजनीतिका खेलाडी प्रशस्तै देखिन्छन्। त्यसैले ती खेलाडीसँग नै फेरि पनि नम्र निवेदन गरौँ – साँच्चैको लोकतान्त्रिक गणतन्त्रका निम्ति आधार बनाउन केही त गरिदिनोस्! हामीलाई थाह छ, तपाईंहरुबीच भिन्नता छ। तर नेता नै बन्न चाहनुहुन्छ जनताको भने, विद्यमान भिन्नतालाई अझ फराकिलो पार्ने हैन, त्यसभित्र समानता पहिल्याएर अगाडी बढिदिनुस्। हेर्नोस् त! संसार कहाँ पुगिसक्यो? हेर्नोस् न जनताको आकांक्षा कसरी चुलिएको छ