विज्ञान र प्रविधिको यस युगमा कुनै पनि देशको समग्र विकासमा विज्ञान विषयको अध्यापन र अनुसन्धानको महत्वपूर्ण भूमिका हुन्छ। नेपालमा विज्ञान विषयको अध्यापन सुरु भएको झन्डै एक शताब्दी हुन लागेको छ। यसैगरी देशको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना भएको आधा शताब्दी बितिसकेको छ। पछिल्लो समयमा विज्ञान प्रविधि विषयको अध्यापन गरिने थुप्रै शैक्षिक संस्था देशमा स्थापना भएका छन्। फलस्वरूप, देशमा विज्ञान प्रविधि विषयको अध्यापन कार्यमा तीव्रता आएको छ तर वैज्ञानिक अनुसन्धानको संस्कृति भने आजसम्म राम्ररी विकास हुनसकेको छैन।देशमा वैज्ञानिक अनुसन्धानको संस्कृति विकास हुन नसक्नुका घेरै कारण छन्। तीमध्ये प्रमुख हुन् – वैज्ञानिक अनुसन्धानलाई उचित महत्व नदिनु, राष्ट्रिय वैज्ञानिक अनुसन्धान नीति तर्जुमा नहुनु, विश्वविद्यालयजस्तो शैक्षिक संस्थामा अध्यापन र अनुसन्धानलाई अलग्याइउनु, स्वायत्तताप्राप्त अनुसन्धान केन्द्रमा विद्यार्थीको संलग्नता नहुनु, वैज्ञानिक अनुसन्धानको विकासका लागि सुविधा र अधिकार सम्पन्न राष्ट्रिय निकाय नहुनु, वैज्ञानिक अनुसन्धानमा पर्याप्त आर्थिक लगानी नहुनु, देश विकासका लागि अपरिहार्य वैज्ञानिक अनुसन्धानका प्राथमिकता क्षेत्रको निर्धारण नहुनु, अनुसन्धान गर्ने विभिन्न निकायमा स्पष्ट कार्यदिशा निर्देश नहुनु, अनुसन्धान केन्द्र र शिक्षणसंस्थाबीच समन्वय नहुनु र पर्याप्त संख्यामा विज्ञान विषयमा उच्चस्तरीय (विद्यावारिधि तहको) मानव संसाधन उत्पादन नहुनु।
हाम्रो देशमा २००७ सालको राजनीतिक परिवर्तनपछि बल्ल शिक्षाको क्षेत्रमा विस्तारै प्रगति हुन थालेको हो। तदुपरान्त, देशभर प्रमाणपत्र र स्नातक तहको अध्यापन हुने धेरै कलेज खुुले। विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा स्नातक तह र केही सीमित विषयमा स्नातकोत्तर तहको अध्यापन गराइने धेरै शैक्षिक संस्था खोलिए। विशेषगरी चिकित्साशास्त्र र इन्जिनियरिङको पढाइ हुने कलेजहरू उल्लेख्य संख्यामा खुलेका छन्। आज देशमा विज्ञान तथा प्रविधि विषयमा उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा विश्वविद्यालय सरहका शैक्षिक संस्थाको संख्या १५ पुगेको छ। विज्ञान तथा प्रविधि विषयमा अध्यापन हुने शैक्षिक संस्थाको वृद्धिले पछिल्लो समयमा देशमा विज्ञान प्रविधिका विषयको अध्यापनमा ठूलो सुधार आए पनि विज्ञान प्रविधिको विषयमा अनुन्धानका गतिविधिमा भने खासै प्रगति भएको पाइँदैन।
विगत केही दशक यता देशमा प्रत्येक वर्ष विज्ञान प्रविधिका विभिन्न क्षेत्रमा हजारौंको संख्यामा स्नातक तथा स्नातकोत्तर तहको जनशक्ति उत्पादन हुनेगरेको छ। विशेषगरी प्रत्येक वर्ष ठूलो संख्यामा डाक्टर र इन्जिनियरहरूको उत्पादन हुने गर्छ। तर त्यसको तुलनामा हाम्रो देशमा प्रत्येक वर्ष एक डेढ दर्जनमात्र विद्यावारिधि तहका वैज्ञानिक अनुसन्धानकर्ता उत्पादन हुने गरेको छ। आज देशमा उपलब्ध विज्ञान प्रविधिको कुल मानव संसाधन संख्याको झन्डै ६० प्रतिशत डाक्टर र इन्जिनियरहरू रहेका छन्। देशभित्र ठूलो संख्यामा डाक्टर वा इन्जिनियरजस्ता प्राविधिज्ञ उत्पादन हुनु राम्रो हो। तर, त्यही अनुपातमा वैज्ञानिक अनुसन्धानकर्ता उत्पादन हुन नसकेकाले हामीले देश विकासका लागि आवश्यक ज्ञान अनुसन्धानमार्फत् देशभित्रै सिर्जना र उपयोग गर्न सकिरहेका छैनौँ। त्यसैले हाम्रा विश्वविद्यालयहरूले अर्को दश वर्षसम्म प्रत्येक वर्ष विज्ञान प्रविधिका विषयमा कम्तीमा सय जना विद्यावारिधि तहको वैज्ञानिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राख्नुपर्छ। उक्त लक्ष्य प्राप्त गर्न विश्वविद्यालय अनुदान आयोगले समन्वयकारी भूमिका खेल्नुपर्छ र त्यसका लागि आवश्यक छात्रवृत्ति र अन्य सुविधाको व्यवस्था मिलाउनुपर्छ।
हामी जेहेन्दार विद्यार्थीलाई सधैँ डाक्टर वा इन्जिनियर बन्न प्रेरित गर्छौँ तर वैज्ञानिक अनुसन्धानकर्ता बन्न प्रोत्साहन दिँदैनौ। हाम्रो शिक्षा प्रणालीले पनि विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गर्दैन। यसैगरी हाम्रा नीति निर्माता र समाजले देश विकासमा वैज्ञानिक अनुसन्धानको महत्व आजसम्म राम्ररी आत्मसात् गर्न सकेका छैनन्। फलस्वरूप देशमा विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने गराउनेतर्फ सम्बन्धित निकाय र पदाधिकारीको ध्यान गएको पाइँदैन। त्यसैले पनि विश्वविद्यालयजस्ता हाम्रा उच्च शिक्षाका संस्थामा समेत अनुसन्धानको संस्कृति राम्ररी विकास हुन नसकेको हो।
विद्यार्थी र क्याम्पस संख्याका आधारमा देशको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलाई विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालय मानिन्छ। प्रमाणपत्र तहको अध्यापनलाई विस्थापित गरिसक्दा समेत त्रिविले अहिले पनि बर्सेनि हजारौँ स्नातक र स्नातकोत्तर तहका विद्याथी उत्पादन गर्छ। तर विद्यावारिधि तहको जनशक्ति उत्पादन केही दर्जनमा सीमित छ। त्यसमध्ये औलामा गन्न सकिने संख्यामा विज्ञान र प्रविधि विषयका विद्यार्थी पर्छन्। त्रिविमा विज्ञान विषयमा स्नातकोत्तर तहको अध्यापन सुरु भएको झन्डै आधा शत्ााब्दी बित्न लागिसक्यो तर पनि विज्ञानको स्नातकोत्तर तहको अध्यापन हुने मूल थलो त्रिविको कीर्तिपुर क्याम्पसमा समेत अनुसन्धानको सस्कृति राम्ररी मौलाउन सकेको छैन। यस्तै परिस्थिति देशका अन्य विश्वविद्यालयमा पनि विद्यमान छ। यसको मूल कारण अनुसन्धान विश्वविद्यालयहरूको प्राथमिकता सूचीमा नपर्नु हो।
विश्वका कुनै पनि विश्वविद्यालयमा अध्यापन र अनुसन्धान सँगसँगै गरिन्छ। विश्वविद्यालयमा अध्यापन र अनुसन्धानलाई एक अर्काको पूरक मानिन्छ। तर हाम्रा अग्रज शिक्षाविद्हरूले यस मान्यतालाई राम्ररी आत्मसात् गर्नसकेको देखिएन। उदाहरणका लागि उनीहरूले त्रिविको सबैभन्दा महत्वपूर्ण शैक्षिक संस्था कीर्तिपुर क्याम्पसमा अध्यापन र अनुसन्धानका लागि छुट्टाछुट्टै निकायको स्थापना गरे। अध्यापनका लागि शिक्षण विभागहरू खोलिए भने अनुसन्धानका लागि सिनास, सेरिड, सेडा र रिकास्टजस्ता अनुसन्धान केन्द्रहरू खोलिए। सुरुका दिनमा ती अनुसन्धान केन्द्रहरू सुविधासम्पन्न थिए। अनुसन्धानका लागि त्रिविले छुट्याउने गरेको सबैजसो बजेट यिनै अनुसन्धान केन्द्रले प्राप्त गर्थे। अनुसन्धान केन्द्रका वैज्ञानिकको कामै अनुसन्धान गर्ने भए पनि उनीहरूलाई अनुसन्धान गरेबापत अतिरिक्त भत्ता प्रदान गर्ने गरिन्थ्यो। उता शिक्षण विभागले स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीको थेसिसका लागि अनुसन्धान गराउनु पर्ने भए पनि अनुसन्धानका निम्ति त्रिविले शिक्षण विभागका लागि विगतमा कुनै बजेट उपलब्ध गराउँदैनथे र आज पनि गराउँदैनन्। यति हुँदाहुदै पनि रिकास्टजस्ता वैज्ञानिक अनुसन्धान केन्द्रबाट भन्दा कीर्तिपुरका विज्ञान शिक्षण विभागहरूबाट बढी खोजमूलक कृतिहरू प्रकाशित हुने गरेको यस पंक्तिकारले केही वर्षअघि गरेको एक अध्ययनले देखाएको छ। आज रिकास्टलगायत त्रिविका सबै अनुसन्धान केन्द्रहरूमा अनुसन्धानका गतिविधि बन्द प्रायः भएका छन्। त्रिविले हाल यी अनुसन्धान केन्द्रलाई त्यहाँका अनुसन्धानकर्ता एवं कर्मचारीको तलबबाहेक अनुसन्धानका लागि आवश्यक आर्थिक स्रोत उपलब्ध गराउन पूरै बन्द गरेको छ। फलतः रिकास्टजस्ता वैज्ञानिक अनुसन्धान केन्द्रका वैज्ञानिकहरू वषौँदेखि हात बाँधेर बस्नु परेको छ। यस्तो विडम्बनापूर्ण अवस्था सिर्जना हुनुको प्रमुख कारण विश्वविद्यालयमा अध्यापन र अनुसन्धानलाई एक अर्काको पूरकको रूपमा नभई अलग र असम्बन्धित गतिविधिको रूपमा हेर्ने त्रिविको त्यतिबेलाका पदाधिकारीको त्रुटिपूर्ण सोच पनि हो।
अध्यापन र अनुसन्धानलाई अलग्याउने प्रवृत्ति त्रिविमा मात्र होइन, अन्यत्र पनि देखिन्छ। उदाहरणका लागि कृषि विज्ञानको अनुसन्धानका लागि राज्यले खुमलटारमा नार्कको स्थापना गरेकोछ भने कृषि वैज्ञानिक उत्पादन गर्न त्रिविले रामपुरमा कृषि अध्ययन संस्थान स्थापना गरेको छ। नार्कले अनुसन्धान गर्छ भने कृषि अध्ययन संस्थानले मूलतः अध्यापन गराउँछ। केही समयअघि सरकारले कृषि अध्ययन संस्थानलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परिणत गर्ने निर्णय गरेको छ। तर अहिलेसम्म उक्त विश्वविद्यालयले आफ्नो प्राज्ञिक कार्यक्रम सुचारु रूपले सञ्चालन गर्नसकेको छैन। नार्क र कृषि अध्ययन संस्थान दुवैको उद्देश्य मिल्दो भए पनि ती दुई निकायबीच पर्याप्त समन्वय भएको देखिँदैन। कुनै पनि अनुसन्धान केन्द्र उपलब्धिमूलक र प्रभावकारी हुन ती केन्द्रमा सम्बन्धित विषयमा अध्ययन र अनुसन्धान गर्ने स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीको संलग्नता हुनु जरुरी छ। विद्यार्थीहरूको संलग्नताले अनुसन्धानलाई ऊर्जा प्रदान गर्छ। विद्यार्थीहरूसँगको सहकार्यले अनुसन्धान उपलब्धिमूलक बनाउन वरिष्ठ वैज्ञानिकहरूलाई मद्दत पुर्याउँछ। अनुसन्धानका उपलब्धि सञ्चार गर्न अनुसन्धान केन्द्रमा कार्यरत वैज्ञानिकहरू आगन्तुक प्राध्यापकका रूपमा सम्बन्धित शिक्षण संस्थामा गएर नियमित अध्यापन कार्यमा संलग्न हुनु पनि जरुरी छ। विकसित देशमा प्रचलित यस्ता चलनहरू हाम्रो देशमा स्थापित हुन सकेको देखिँदैन। हाम्रो देशमा राष्ट्रिय स्तरका वैज्ञानिक अनुसन्धान केन्द्र र विश्वविद्यालयबीच राम्रो समन्वय नभएको कारणले ती अनुसन्धान केन्द्रमा भइरहेका महत्वपूर्ण अनुसन्धानबारे विश्वविद्यालयका सम्बन्धित प्राध्यापक एवं विद्यार्थीहरू अनभिज्ञ हुने गर्छन्। अनुसन्धान केन्द्र र विश्वविद्यालयका अनुसन्धानकर्ताबीच औपचारिकरूपमा त विचारको आदान–प्रदानसम्म पनि हुँदैन।
आज विश्वविद्यालयका वैज्ञानिकलाई अनुसन्धानका लागि आर्थिक अनुदान प्रदान गर्ने संस्थाको पनि अभाव छ। विश्वविद्यालय अनुदान आयोग र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले प्रत्येक वर्ष वैज्ञानिक अनुसन्धानका लागि केही अनुदान प्रदान गर्दै आएका छन्। तर, त्यसरी प्रदान गरिने रकम दुई चार लाखमा सीमित छ। वैज्ञानिक अनुसन्धानकर्ताको संख्याको दृष्टिले उक्त रकम हात्तीको मुखमा जिरा समान छ। अनुसन्धानमा त्यति कम लगानी गरेर देशमा अनुसन्धानको संस्कृति विकास हुन्छ भनेर अपेक्षा गर्नु उचित हुन सक्तैन। तसर्थ उक्त रकम कम्तीमा सय गुणाले वृद्धि हुनुपर्छ। यसको लागि विश्वविद्यालय अनुदान आयोग र नास्टजस्ता संस्थाले गम्भीर प्रयास गर्नुपर्छ र राज्यले उक्त रकम उपलब्ध गराउनु पर्छ। यसो हुनसके मात्र देशका विश्वविद्यालयहरूमा अध्यापनको साथै अनुसन्धानको संस्कृतिको पनि विकास हुनेछ।