डलरको विनिमय दर: कारण र प्रभाब
०८ भदौ २०७०
•
१४ मिनेट पाठ
डलरको विनिमय दर: कारण र प्रभाब
गएको साता नेपालमा दुई चिजको भाउ बढेको समाचारले बजार तात्यो – प्याज र अमेरिकी डलर । प्याजको भाउले तुरुन्तै सबैको ध्यान तान्यो भने डलरको भाउ बढ्दा तत्काल प्रभाव नदेखिने हुँदा सामान्य खबरजस्तो बन्यो । तर, प्याजको भाउ नितान्त मौसमी विषय हो र आपूर्ति अलिकति पनि सहज हुनेबित्तिकै आफैँ तल झर्छ र त्यसको प्रभाव पनि क्षणिक हुन्छ । डलरको भाउ वृद्धिको प्रतिकूल प्रभाव भने लामो समयसम्म रहन्छ र देशको समग्र अर्थतन्त्रमा पर्नेछ । अर्थात्, यसको प्रभाव सबै नेपालीले सहनु पर्नेछ ।नेपाली र भारतीय रुपैयाँको भाउ नेपाल राष्ट्र बैंकले तोक्छ भने अरु मुद्राको मूल्य वाणिज्य बैंकहरु आफैँले तोक्न सक्छन् । साथै, नेपाली र भारतीयबाहेक अरू सबै मुद्राका विनिमय दर अमेरिकी डलरको विनिमय दरमा भर पर्ने हुन्छ । सामान्यतः अमेरिकी डलरको भाउ जता जान्छ अरु मुद्राको भाउ पनि त्यही त्यतै जान्छ ।

नेपालको राजनीतिमात्रै हैन विनिमय प्रणाली पनि भारत आश्रित भएकाले भारतीय रुपैयाको अमेरिकी डलर सँगको विनिमय दर जता जता जान्छ नेपालमा सबै मुद्राको विनिमय दर त्यतै जान्छ । नेपाली मुद्राको अमेरिकी डलरलगायतका मुद्रासँगको विनिमय दर खुल्ला बजार प्रणाली अन्तर्गत चल्छ भन्नु सरासर झुठ बोल्नु नै हो ।

किन बढ्यो भाउ ?


केही महिना अघिसम्म करिब ८५ रुपैयाँ प्रति अमेरिकी डलर रहेको भाउ अहिले एक्कासि किन १०४ पुग्यो त ? उत्तर एकदम सजिलो र यो क्षेत्रमा पटक्कै ज्ञान नभएको मान्छेले पनि दिन सक्छ, त्यो हो भारतमा भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भयो । करिब ३ महिनाअघि झन्डै ५३ भारतीय रुपैयाँ प्रति अमेरिकी डलरको हाराहारीमा रहेको विनिमय दर अहिले आएर ६५ भारतीय रुपैयाँ पुगेको छ । यस अर्थमा पनि हामीले नेपाली रुपैयाँ र अमेरिकी डलरको भाउ बढ्नुको पछाडिका कारण खोज्दा भारतीय मुद्राकै कारण खोज्नुपर्ने हुन्छ । तिनमा प्रमुख कारण निम्न छन् ः

खुल्ला विनिमय प्रणालीमा रहेका कुनैपनि दुई मुद्राको लामो समयको विनिमयदर धेरै हदसम्म ती देशको मुद्राको ब्याज दरको अन्तरले निर्धारण गर्छ । यसरी हेर्दा भारतमा भारतीय रुपैयाँको एक वर्षे निक्षेपको ब्याजदर करिब ९ प्रतिशतको हाराहारीमा हुनु र अमेरिकी डलरको सोही दर संसारभर करिब १ प्रतिशत हुनुले हरेक वर्ष भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा करिब ८ प्रतिशतले अवमूल्यन हुनुपर्ने हो । करिब ५ वर्ष अगाडि ४३ रुपैयाँको हाराहारीमा रहेको यो विनिमय दर अहिले ६५ पुग्नुको पछाडि एउटा प्रमुख र भरपर्दो कारण यही हो । यसको पुष्टि भारतको मुद्राबजारका विश्लेषकले ठूलै स्वरमा गर्न थालेका छन् । यसै आधारमा तिनले आगामी तीन महिनामा भारतीय रुपैयाँ एक अमेरीकी डलर बराबर ७० पुग्ने भविष्यवाणीसमेत गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदाय खासगरी अमेरिकाजस्ता ठूला अर्थतन्त्र अरुको देशको मुद्राको ब्याजदरमा धेरै आँखा गाड्दैनन तर विनिमय दरमा भने उनीहरुको गिद्धेदृष्टि नै हुन्छ । किनभने त्यस देशको मुद्राको विनिमय दरले आफ्नो देशको व्यापार त्यस देशमा बढाउन मद्दत पुग्छ । भारतले आफ्नो मुद्राको विनिमय दरलाई उपभोक्ताको हितको नाममा कडाइ गरेर राखुन्जेल अन्तर्राष्ट्रिय समुदाय खुसी थियो तर खुकुलो पार्न थाल्नेबित्तिकै तिनको टाउको दुखाइ सुरु भएको छ । किनभने अब भारतमा विदेशी सामान महँगा हुनेछन् । भारतले त्यसको फाइदा लिन पनि यो पटक अलि बढी नै खुकुलो गरेको अनुमान गरिएको छ । यसबाट हालको भारत सरकारले आगामी चुनावका लागि निर्यातकर्ता तथा आयात प्रतिस्थापनमा जुटेका हजारौं व्यापारीको साथ पाउने अपेक्षा राखेको हुनसक्छ ।

त्यस्तै, अर्को कारण सन् २०१४ मा हुने भारतीय संसद्को चुनाव र यसका लागि हुने चलखेल पनि हुनसक्छ । एकातिर विपक्षीहरु विनिमय दरमा ल्याइएको यस परिवर्तनबाट अर्थतन्त्र धराशायी हुने तर्क गर्दै सरकारको विरोध गर्न थालेका छन् भने अर्कोतर्पm उनीहरु सरकारले चुनावका लागि ठूलो परिमाणमा खर्च जुटाउने काम गरेको आरोप पनि लगाइरहेका छन् । सरकारी पक्षभने खुला अर्थतन्त्रमा विनिमय दरलाई सरकारले केही नगरेको र गर्नैपर्नेे स्थिति पनि नभएको तर्क दिँदैछन् ।

जुनसुकै कारणले मुद्रा अवमूल्यन भइरहेको भएपनि भारत सरकार तत्काल वा अझ भनौ चुनाब अगाडि विनिमय बजारमा ठूलै हस्तक्षेप गर्ने मनःस्थितिमा देखिँदैन । यस्को पुष्टि गत सातामात्रै भारतीय अर्थ मन्त्रीले गरेका छन् । साथै भारतीय केन्द्रीय बैंक पनि ७० रुपैयाँको हाराहारीमा यो दर नपुगी केही नगर्ने अवस्थामा रहेको विभिन्न संचार माध्यममा आएको छ ।

प्रभाव


नेपालमा यसले दूरगामी र प्रतिकूल असर गर्ने पक्का छ । विदेशबाट रेमिटान्स आउने परिवारलाई क्षणिक फाइदा हुनेबाहेक समाजका सबै पक्ष यसको चपेटामा पर्नेछन् । दैनिक उपभोगका भाउबेसाहाले आकाश छुने छ । पेट्रोलियम र औद्योगिक कच्चा पदार्थको भाउमा पर्ने बोझ धान्न सामान्य नेपालीलाई सहज हुने छैन । कुनै दिन एक लिटर पेट्रोलको भाउ १ सय ७५ र एक सिलिन्डर ग्यासको भाउ तीन हजार रुपैयाँ पुग्यो भने त्यसको समाधान सडकमा टायर बालेर पक्कै हुनेछैन ।

माथि भनिए भैmँ संसारका अरु देशका मुद्रको विनिमय दर पनि अमेरिकी डलरसँगै घटबढ हुने हुँदा दैनिक जनजीवनमा धेरै प्रयोग हुने चिनियाँ सामानका भाउले पनि आकाश छुने पक्का छ । एकवर्ष अघिसम्म १३ रुपैयाँको हाराहारीमा रहेको चिनियाँ पैसाको नेपाली रुपैयाँसँगको विनिमय दर अहिले झन्डै १७ रुपैयाँ पुग्नुको पछाडि यो एकमात्र कारण हो ।

हल्ला


हाम्रो मुलुकलाई हल्लैहल्लाको देश भनिन्छ । तरल राजनीतिक परिस्थितिमा मानिसहरू व्यक्तिगत वा सीमित समूहको स्वार्थमा जे बोल्न पनि नहिचकिचाउने बानी हामीलाई लागिसकेको छ । एकथरी मानिस नेपाली रुपैयाँ र भारतीय रुपैयाँको स्थिर विनिमय प्रणालीमा तुरुन्त परिवर्तन हुने वा ल्याउनुपर्ने तर्क अघि सार्न थालेका छन् । त्यस्तो तर्क गर्नेले नेपाल, हाम्रो अर्थतन्त्र, राजनीतिक स्थिति र विनिमय दर प्रणालीमा परिवर्तन गर्दा आउनसक्ने भयावह स्थितिको आकलन गर्न नसकेको स्पष्ट हुन्छ । त्यस्तै नेपाली रुपैयाँको स्थिर विनिमय प्रणालीलाई भारतीय रुपैयाँबाट चिनिया मुद्रामा सार्नुपर्ने जस्ता सतही विचार पनि बजारमा आउन थालेका छन् ।

लामो समयदेखिको अस्थिर सरकार, भारतसँगको कहाली लाग्दो व्यापार घाटा, बैकिङ प्रणालीभन्दा बाहिर नेपाली रुपैयाँ र भारतीय रुपैयाँको अनौपचारिक विनिमय दर ( बैंकमा १०० भारतीय रुपैयाँको १६० नेपाली रुपैयाँ भएपनि बाहिर सजिलै १७० देखि १७५ सम्ममा कारोबार हुन्छ ), भारतसँगको खुला र व्यापारकालागि अनियन्त्रित सीमा आदि कारणले गर्दा कुनै अवस्थामा पनि विनिमय दर प्रणाली परिवर्तन भइहाल्यो भने पनि त्यो एक भारतीय रुपैयाँ बराबर दुई नेपाली रुपैयाँभन्दा माथि जाने र त्यस्को फलस्वरुप डलरको भाउ आजको स्थितिमा १३० भन्दा बढी हुने हुनसक्छ । यो परिस्थिति नेपालको लागि अकल्पनीय हुन्छ र यसले नेपालको आर्थिक चित्र कसरी बिगार्छ भने त्यसलाई सुधार्नमात्रै पनि धेरै वर्ष र मिहेनत लाग्छ । साथै क्रय शक्तिका आधारमा हामी नेपाली ५० वर्षपछि धकेलिन पुग्छौं ।

अबको बाटो


माथि भनिए झँै स्थिर सरकार नबनेसम्म यस विषयमा सरकारी तबरबाट गर्न सकिने काम अत्यन्तै कम छ तर नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक तथा अन्य नीतिमार्फत विदेशी मुद्राको प्रयोग सम्बन्धमा विभिन्न उपाय अपनाएर यसबाट पर्ने असर कम गर्न भने पक्कै सक्छ । सरकारले पनि नेपालमा प्रयोग नहुने वस्तुको आयातमा कडाइ गर्ने, तरकारी, फलपूmल, मासुजस्ता देशभित्रै उत्पादन गर्न सकिने वस्तुको उत्पादन प्रोत्साहित गरी आयात घटाउनेजस्ता काममात्र गर्न सके पनि विदेशी मुद्राको खपत कम हुनेछ । विदेशी मुद्राको खपतै कम भएपछि त्सबाट पर्न जाने असर कम गर्न मद्दत मिल्छ ।

त्यस्तै बाणिज्य बैंकहरुले प्रतीत पत्र खोल्ने बेलामै अनिवार्य रुपमा विनिमय दर निर्धारण 'फरवार्ड करार' गर्ने परिपाटी सुरु गर्नु जरुरी छ । यसले जोखिम घटाउन नसके पनि त्यसको परिमाण घटाउन मद्दत गर्छ ।

अब विनिमय दर कता जाला ?


अहिले जहाँ पुग्यो त्यो नै बढी भइसकेको छ । नेपालले मात्रै हैन भारत सरकारले पनि अब बढ्ने भाउ थेग्न सक्ने स्थिति छैन । यो दर भारु ६५ बाट माथि ७० पुग्दासम्म भारत सरकार चुप लागेर बसेपनि त्यसभन्दा माथि जान भने पक्कै दिनेछैन । तर केही सीमित समूहद्वारा नाफाका लागि यसरी विनिमय दर माथि लगेको स्थितिमा भने केही दिन वा सातामै यो ५५ र ६० को बीचमा स्थिर हुनेछ । यसको पुष्टि भारतका केही प्रतिष्ठित बैकर तथा मुद्रा विश्लेषकहरूबाट लगातार भइरहेको नकारात्मक प्रचारले पनि गरेको छ । यो दर चाँडैनै ७० देखि ७५ को बीचमा पुग्ने प्रचारवाजी क्षणिक स्वार्थमा फटाफट नाफाका लागि बिनाआधार गरिएको टिप्पणी हो भनी सहजै ठम्याउन सकिन्छ । अर्थात्, एक अमेरिकी डलर बराबर भारतीय रुपैयाँ करिब ६० मा केही समयका लागि स्थिर होला । नेपालमा पनि डलरको विनिमय दर करिब ९० देखि ९५ रुपियाँका बीचमा रहने देखिन्छ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस