निरीक्षणका क्रममा एक महिनाअघि अर्थ मन्त्रालय पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री बाबुराम भट्टराईको 'सफल नेतृत्व'को प्रशंसा गरेका थिए । तर सोमबार सरकार छाड्दा दिएको वक्तव्यमा उनले सत्ता साझेदार दलका कारण विकास खर्च हुन नसकेको आरोप लगाए । वक्तव्यमा आर्थिक विकासका लागि जनताले चाहेजस्तो काम गर्न नसकिएको प्रधानमन्त्रीले स्विकारे।
नौ महिना सत्तामा रहँदा माओवादीले अर्थतन्त्रमा के गर् यो राजस्व बृद्धिलाई अर्थमन्त्रीले मुख्य उपलब्धि मानेका छन् । ३९ प्रतिशतको राजस्व बृद्धि भएकाले उनको दाबी सही पनि हो । माओवादी सरकारमा आए पनि विदेशी सहयोग घटेन । अरुमा जस पाउने काम अर्थमन्त्रालयले गर्न सकेन । एमालेले नौ महिने सरकारका बेला गरेका गल्ती पुनः दोहोरिए । तर सत्ताले २०५१ सालमा एमालेलाई जस्तै माओवादीलाई पनि बढी व्यावहारिक बनाएको छ ।
सत्तामा गएपछि माओवादीले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव अघि सार् यो । देशमा लोडसेडिङको चरम अभाव रोक्न विद्युत् उत्पादनको महत्वाकांक्षी योजना आवश्यक थियो । आर्थिक बिस्तारका लागि बन्द हड्ताल रोक्नुपर्छ भन्ने माओवादीले बुझ्यो । यसमा सबै पार्टीलाई समर्थन गर्न आग्रह गर् यो ।
न्यूयोर्क भ्रमणका बेला प्रधानमन्त्रीले विदेशी कम्पनीलाई नेपाल आउन आग्रह गरे । नेपाललाई विकास सहयोग दिने दातृ समुदाय र विदेशी लगानीकर्तासँग व्यावहारिक कुरा गरे । विश्व बैंक बैठकमा भाग लिन गएका भट्टराईले पनि विगतका उदार अर्थतन्त्रका पक्षधर अर्थमन्त्रीको भन्दा फरक भनाइ राखेनन् । वािसंगटन टाइम्समा आयोजित कार्यक्रममा भट्टराईको कुरा सुनेपछि एक पत्रकारले सोधेका थिए - तपाईँ यस्तो कुरा गर्नुहुन्छ पार्टीको नामचाहिँ माओवादी किन राखेको नि त्यसै बेला पार्टीको नाम फेर्न छलफल भइरहेको सार्वजनिक भएको थियो ।
सरकारमा जाँदा माओवादीलाई अर्थतन्त्रमा ठूलो परिवर्तन गर्न सकिन्छ भन्ने लागेको थियो । सायद त्यसैले उनले महत्वाकांक्षी योजना र अभिव्यक्ति सार्वजनिक गरेका थिए । गत वर्ष ५ दसमलव ७ प्रतिशत आर्थिक बृद्धिदर हुने सार्वजनिक भएपछि भट्टराईले यसलाई सर्पजस्तो घस्रने भ्यागुतोजस्तो उप्रुने बृद्धि गर्न सकिन्छ भनेका थिए । दुई अंकको सके २० प्रतिशत आर्थिक बृद्धिदर हुनुपर्ने भट्टराईले सबैलाई भने । चुनावबाट माओवादी ठूलो पार्टी भएपछि भट्टराईले भ्यागुतोभन्दा पनि बढी छलांग लगाउने कंगारुजस्तो बृद्धि हुनुपर्ने बताए ।
उच्च बृद्धिका लागि असोजको पहिलो साता ४० अर्ब रुपैंयाँको विशाल बजेट प्रस्तुत भयो । पूर्व-पश्चिम रेलमार्ग जुम्लालगायत देशका विभिन्न स्थानमा विशेष आर्थिक क्षेत्र निजगढमा विमानस्थलजस्ता कार्यक्रम बिनागृहकार्य बजेटमा राखिएका थिए । कतिको त सर्भे लाइसेन्ससम्म भएको थिएन । संसद् बनाउन बजेटमा २५ करोड रुपैंयाँ थियो । संसद् कत्रो बनाउने टुंगो नलगाई डिजाइन गर्न मिल्दैनथ्यो ।
विकास खर्च गर्न नसक्नु सरकारको ठूलो कमजोरी देखियो । असोजको पहिलो साता भट्टराईले ल्याएको बजेटमा उल्लेखित ५९ ठूला परियोजनाको कार्यान्वयन कमजोर रह्यो । यी योजना छिटो कार्यान्वयन गर्न प्रधानमन्त्रीअन्तर्गत राखिएका थिए । प्रधानमन्त्रीले जनतालाई विकास योजनामा लाग्न आह्वान गरे । आफैँ एक दिन श्रम गर्न जाने भने तर गएनन् । विकास खर्च लक्ष्यअनुसार नभए पनि अर्थमन्त्रीले मन्त्रालयका वरिष्ठ कर्मचारीलाई भनेका थिए बजेटमा राखेरमात्र हुँदो रहेनछ । राजस्व बृद्धि उच्च तर विकास खर्च नहुँदा सरकारी कोषमा पैसा थन्कियो । बजारमा लगानीयोग्य पैसा तरतलताको अभाव भयो ।
माओवादीको अर्को गल्ती अनावश्यक विवादमा देशलाई लैजानु हो । स्वयम् कर घोषणा यसको उदाहरण हो । यस कार्यक्रमबाट १ अर्ब ५० करोड राजस्व त उठ्यो तर यसले झण्डै ५ महिना अर्थतन्त्रमा अनुपात्दक विवाद ल्यायो । स्रोत देखाउन नसक्ने लगानीकर्ता तर्सिए । यसको सट्टा घरमा पैसा नराख बरु लगानी गर स्रोत हेरिँदैन भनेको भए देशलाई बढी फाइदा हुने थियो । युवा स्वरोजगार कार्यक्रमको पनि गलत प्रचार भयो । राम्रो कार्यक्रमलाई राजनीतिक रंग दिएर गलत रुपमा प्रचार हुँदा सरकार समस्यामा फस्दै गयो ।
निजी क्षेत्रलाई विश्वासमा लिन अर्थमन्त्रीले प्रयास गरे । प्रत्यक्ष चुनावमा बढी सिट ल्याएलगत्तै निजी क्षेत्रको भेला डाके । उद्यमी व्यवसायीलाई पटकपटक भेटेर उदार अर्थतन्त्रबाट पछि नहट्ने बताए । तर विश्वास जित्न कमैमात्र सफल भए । माओवादी भातृ संगठनबाट भएका उद्योग-व्यवसायमा पटकपटक बन्द हड्ताल रोक्न सकेनन् । बजेटमा निजी क्षेत्रलाई बढावा दिने कार्यक्रम थिएनन् । निजी-सरकारी साझेदारीलाई प्राथमिकता दिइएको थियो । तर यो कार्यक्रम यसअघि नै असफल भइसकेको थियो । बजेटमा रुग्ण उद्योगमा सरकारले पैसा दिने र पुनः साचालन गर्नेजस्ता कार्यक्रम थिए । नौ महिनामा माओवादीले २ दसकअघि सुरु भएको निजीकरण कार्यक्रमलाई निरन्तरता दिएन । वर्षको एउटा सरकारी संस्थान बेच्दा अर्थतन्त्रमा कुनै असर पर्ने होइन । तथापि यसको सन्देश सरकार निजी क्षेत्रलाई बढावा दिँदैछ भन्ने जान्थ्यो । यो अवसर माओवादीले उपयोग गर्न सकेन । एमालेको नौ महिने शासनकालमा पनि यस्तै गल्ती भएको थियो ।
अब के हुन्छ माओवादीले के गर्छ राजनीतिक अस्थिरता हुन्छ कि भन्ने त्रास निजी क्षेत्रमा छ । सत्तामा रहँदा माओवादीले अघि बढाएको बन्दलाई बन्द गर्ने जलस्रोतमा स्वदेशी र विदेशी लगानी भित्र्याउने उच्च आर्थिक बृद्धिदरका लागि काम गर्ने श्रमिक र व्यवस्थापनबीच राम्रो सम्बन्ध कायम गर्नुपर्छ भन्ने नीतिलाई सबै दलले स्विकारे अर्थतन्त्रमा समस्या हुँदैन । राजिनामा दिँदा परिपक्व राजनीतिक पार्टीको व्यवहार देखाएको माओवादीको प्रवृत्ति सत्तामा रहँदा र बाहिर बस्दा कति फरक हुन्छ त्यसको मूल्यांकन आउने दिनमा हुनेछ ।