उच्चस्तरीय राजनीतिक संयन्त्रका बैठकहरूमा कांग्रेसका तर्फबाट जुझारूरूपमा प्रस्तुत हुने पार्टी उपसभापति रामचन्द्र पौडेल आजकल देखिँदैनन्। उनी यतिखेर भारतको दिल्लीमा छन्। मंसिर ४ मा निर्वाचन मिति घोषणापछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर हुँदै कांग्रेस सभापति सुशील कोइरालाको दिल्ली यात्राको पृष्ठभूमिमा पौडेलको यात्रालाई पनि राजनीतिक दृष्टिले जोडघटाउ गर्नेहरू छन्। पौडेलको भ्रमण भने दिल्लीको राजनीतिक दौडभन्दा भिन्न देखिन्छ।उनी साउन ८ मा काठमाडौंस्थित शिक्षण अस्पतालमा पायल्सको अपरेसनपछि उपचारमा छन्। यसपछि पिसाबमा संक्रमण भएको र त्यसैको उपचारका लागि उनी दिल्ली जानुपरेको बताइएको छ। पौडेलले उपचारका लागि दिल्ली आउनुपरेको र यसमा राजनीतिक उद्देश्य नरहेको स्पष्टीकरण दिँदै आएका छन्। दिल्लीमा उनी उपचारमै सक्रिय रहेको अवस्थाले पनि पौडेलको दिल्लीयात्रा राजनीतिक उद्देश्यभन्दा पृथक देखिन्छ।
अब प्रश्न उठ्छ? के नेपालका अस्पतालमा उनको उपचार सम्भव थिएन? डाक्टरहरूले काठमाडौंमा उपचार गर्न सकिँदैन भनेपछिमात्र उनी दिल्ली हानिएका हुन त? त्यस्तो पनि देखिँदैन। अहिलेसम्म उनी निजी खर्चमा दिल्ली गएको देखिन्छ। नेताको उपचार खर्च सरकारले बेहोर्ने परम्पराको लाभ लिन्छन् वा लिने छैनन्, आउँदा दिनमा खुल्दै जाला। चर्चामा आएजस्तै पौडेलको पिशावमा देखिएको इन्फेक्सनमात्र हो। जसको उपचार काठमाडांैमा सम्भव भएको चिकित्सक बताउँछन्। तर कहाँ गएर, कुन अस्पतालमा, कुन डाक्टरसँग उपचार गराउने त्यो स्वतन्त्रता हरेक नेपालीलाई जस्तै पौडेललाई पनि छ। प्रश्न यतिमात्र हो कि त्यो निजी निर्णयको आर्थिक पाटो पनि निजी हुन्छ वा हुँदैन? र, उपचार गर्न दिल्ली जानुपर्ने अवस्था किन आयो भन्ने।
राजनीतिक नेताहरू सार्वजनिक व्यक्तित्व मानिन्छन्। जनप्रतिनिधिका प्रत्येक गतिविधि पारदर्शी हुनुपर्छ, स्पष्ट हुनुपर्छ। उनीहरू उदाहरणीय बन्नुपर्छ समाजमा। यसको अर्थ पौडेलले विदेशमा गएर उपचार गर्ने छुट पाउनुहुँदैन भन्ने होइन। तर नेताहरूले आफ्नै देशमा सम्भव उपचार नगरेर विदेश जानुपर्ने बाध्यताले दिने सन्देश ख्याल गरौंं। पौडेलको पायल्सको अपरेसनमा इन्फेक्सन वा पिशावमा समस्या जे होस्? त्यसको उपचार नेपालमा सम्भव देखिन्छ। उनले किन राजधानीमा उपचार गर्न चाहेनन्? नेपालमा गरिने उपचारप्रति विश्वास नभएर उनी दिल्ली हानिएका हुन सक्छन्। नेपालमा गरिने उपचार र ल्याब परीक्षणमा भर पर्न सकिँदैन भन्ने गुनासा प्रशस्त सुन्नमा आउँछन्। हुनसक्छ, पौडेलको दिल्ली यात्राको मनोविज्ञान यही अविश्वास हो। राजधानीका सुविधा सम्पन अस्पताल, नर्सिङ होमहरूमा रोगबारे गरिने परीक्षण र निदानमा जटिलता देखिने र त्यस्ता बिरामी विदेशमा गएर निको भएर आउने उदाहरणका लामो फेहरिस्त भेटिन्छ काठमाडौंमा। नेपालका वरिष्ठ चिकित्सकहरू आफैँ अस्पताल खोलेर मालिक बनिरहेको अवस्था र सरकारी स्वास्थ्य सेवाको बेथितिबीच एकै पटक धेरैखाले चुनौती आएका छन् नेपाली समाजमा। डाक्टर मालिक बनेका निजी अस्पतालहरूका उपकरण र तिनले प्रयोग गर्ने ल्याबका कमसल रसायन र त्यसबाट आउने गलत रिपोर्टबारे बेलाबेलामा प्रश्न उठ्ने गर्छन्।
राष्ट्रपति डा. रामवरण यादवको ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारका लागि उनलाई असार पहिलो साता जापान पुर्यायइएको घटना पुरानो भएको छैन। नेपालका चिकित्सकहरूले राष्ट्रपतिको आन्द्रामा दाग देखिनुका पछाडि क्यान्सर भएको निचोड निकाल्दै जापान पठाएका हुन्। नेपालका अस्पताल र भारतमा समेत पटकपटकका परीक्षण गरिएपछिमात्र सरकारले राष्ट्रपतिलाई जापान पठाएको देखिन्छ। तर, जापानमा यहाँ शंका गरेजस्तो केही देखिएन। राष्ट्रपति जापान उपचारबाट खुसी हुँदै फर्किएलगत्तै क्यान्सर उपचारका प्रभावकारी उपकरण पेट स्क्यानिङ जडान गर्ने स्थितिमा नेपाल पुगेको छ। राष्ट्रपति यादवको प्रेसक्रिप्सनमा सरकारले पेट स्क्यानिङ मेसिन र त्यसका लागि आवश्यक उपकरणका लागि बजेटमै ३० करोड रुपियाँ छुट्याएको छ। भरतपुर क्यान्सर अस्पताल मेसिन जडानको प्रक्रियामा छ।
यी भए राजधानीका कुरा। नेता, राष्ट्रपतिको उपचारसँग सम्बन्धित मामला। नेपालमा पाखा, पखेरा वा भनौं जिल्लाहरूको स्वास्थ्य अवस्था कस्तो छ त? पौडेल काठमाडौंको उपचारमा विश्वस्त नभएर दिल्ली पुगेको वा भरपर्दो उपचारका लागि राष्ट्रपति यादव जापान लागेको घटनाभन्दा नितान्त भिन्न छ, काठमाडौ बाहिरका गाउँघरको।
स्वास्थ्य सेवामा पहुँच र सेवा प्राप्तिका आधारमा नेपाली समाजमा वर्गीय, क्षेत्रीय विभाजनहरू टड्कारो देखिन्छन्। धनी–गरिब, सुगम–दुर्गमका आधारमा नेपालीहरू स्वास्थ्य सेवा प्राप्त गर्न बाध्य छन्। दुर्गम जिल्लाका नागरिकले स्वास्थ्य सेवा त के डाक्टर देख्नसमेत पाएका छैनन्। नेपाली कांग्रेसभित्र आफूलाई प्रजातान्त्रिक समाजवादको 'प्राधिकार' ठान्ने पौडेल शिक्षण अस्पतालको उपचारबाट सन्तुष्ट बन्न सकेका थिएनन्। उनी थप उपचारका लागि दिल्ली उड्ने योजना बनाइरहेका बेला मुगुकी लछिमा बुढा गर्भमै मरेको शिशु बोकेर मृत्युसँग संघर्षरत् थिइन्। उनकाबारेमा सञ्चार माध्यममा समाचारहरू आएपछि स्वास्थ्य मन्त्रालयले सामान्य चासो देखायो। बुढाको मुगुकै निजी अस्पतालमा उपचार हुन सक्यो। सरकारी अस्पतालमा डाक्टर थिएनन्। सुरक्षित मातृ शिशु प्रोजेक्टका नाममा वषेर्ेेनी डेढ अर्ब खर्च रुपियाँ गरिरहेको स्वास्थ्य मन्त्रालयका जिम्मेवार अघिकारीहरूले लछिमा बुढालाई सुविधा सम्पन्न अस्पतालमा ल्याउन सकेनन्। जसोतसो मुगुकै निजी अस्पतालमा लछिमाको उपचार गर्ने अवस्था सृजना भयो, त्यो पनि नागरिकलगायत्का मिडियामा समाचार आएपछि। उनी निको भइन/भइनन्, त्यसको लेखाजोखा राज्यले गरेको छैन। उनको आङबाट मृत शिशु निस्कियो। तत्काल उनले राहत पाएकी छन्। उनको उपचारका लागि सहृदयीहरूको मन पग्लिएको छ। विभिन्न व्यक्ति र संस्थाले सहयोग गर्दैछन् तर राज्यचाहिँ मौन जस्तै छ। डेढ अर्बको सुरक्षित मातृत्व कार्यक्रमका लागि एउटा केस स्टडी हुनसक्छ यो।
नेपालले स्वास्थ्यका नाममा वर्षेनी विनियोजन गर्ने बजेट खास काममा खर्च हुने हो भने लछिमाहरूले त्यस्तो नियति भोग्नुपर्ने थिएन। कागजी स्वास्थ्य नीति, स्वास्थ सेवाका नाममा केन्द्रदेखि गाविस तहसम्मका संरचनाले आमनेपालीको स्वास्थ्य सेवामा पहुँच राख्छ भन्ने अर्थ लगाउन मिल्छ। तर, काठमाडौंलगायत् मुलुकका केही शहरी क्षेत्रबाहेक तराईका देहात वा पहाड, हिमालका दुर्गम बस्तीहरूको यो अवस्थाको दयनीय तस्बिर सामुन्ने आउँछ।
के देखिन्छ भने काठमाडौंमा उपलब्ध स्वास्थ्य सेवाबाट यहाँका कतिपय सभ्रान्त/नेताहरू सन्तुष्ट छैनन्। उनीहरू उपचारका लागि विदेशिन्छन्। दुर्र्गमका सक्नेहरूले हेलिकप्टर चार्टर गरेर आपतकालीन बिरामी सुगम ठाउँमा उपचारका लागि ल्याउँछन्। काठमाडौंका अस्पतालमा आएका बिरामीमध्ये काठमाडौंबाहिरबाट आएकाहरू उल्लेख्य भएको तथ्यले धेरै कुरा उजागर गर्छ। काठमाडौंमा जागिर नपाएर डाक्टर भौतारिहरहेका छन्। उता दुर्गमका अस्पतालहरूमा दरबन्दीमात्र हुन्छ, डाक्टर हुँदैनन्।
वर्षेनि नेपालमा करिव २ हजार डाक्टर उत्पादन हुन्छन्। त्यसमध्ये करिव ३ सय सरकारी छात्रवृति पाएर डाक्टरी पढेकाहरू हुन्छन। जसले सरकारले खटाएको ठाउँमा अर्थात् दुर्गममा २ वर्ष सेवा दिने सर्तमा डाक्टरी अध्ययन गरेका हुन्छन्। कस्तो विडम्बना, तालुकवाला स्वास्थ्य मन्त्रालय सरकारी छात्रवृतिमा डाक्टरी पढेकालाई खटाउन नसक्ने स्थितिमा छ। स्वास्थ्य मन्त्रालय वा डाक्टरहरू को दोषी? खुट्याउन आवश्यक छ। यस्तो अवस्था किन? चिकित्सा पेशा घीनलाग्दो व्यापारमा परिणत हुन पुग्यो। डाक्टरहरू आफ्नो पेशाप्रति संवेदनशील बन्न सकेनन्। राज्यका सामु अहिले दुईटा चुनौती छन्। एउटा जहाँ डाक्टर छैनन्, स्वास्थ्य सेवा छैन, त्यहाँ डाक्टर र सेवा पुर्यारउने। अर्को, जहाँ सेवा र सुविधा पनि छ, त्यहाँ भरपर्दो र विश्वासिलो स्वास्थ्य सेवा दिलाउने।