गएको साता बेग्लाबेग्लै प्रकृतिका ३ वटा कार्यक्रममा सहभागी हुने मौका मिल्यो। राष्ट्रिय बाल दिवस पारेर आयोजित बालबालिकाको सामूहिक जन्मोत्सव, हिंसा अन्त्य अभियानको आरम्भ र शबाना आजमीसँग सामाजिक परिवर्तनमा रंगमंचको भूमिका विषयक अन्तर्क्रिया। बेग्लै प्रकृति र परिवेश भए पनि ३ वटै कार्यक्रम धेरैले मामुली (सामान्य, आम) भन्ने र ठान्ने गरेका मान्छेमा केन्द्रित थिए।
जन्म दिन व्यक्तिको अस्तित्व बोध गराउने अवसर हो। त्यस संस्थामा तालिम लिन आउने बालबालिका सबैजसो औपचारिक शिक्षाको अवसर नपाएका मध्येका हुन्छन्। सामान्यतः कहालीलाग्दो गरिबीमा गुजारा चलाउने परिवारका ती बालबालिकाको जन्म दिनको हेक्का कसैले राख्ने गरेको हुँदैन। दुर्गम गाउँबाट आएका ती बालबालिकालाई बिरानो सहर नियाश्रोलाग्दो हुन्छ। सहरको चमकदमकले कुण्ठा र हीनता भरिदिएको हुन्छ। यहाँ पनि उनीहरूका सबै छन् र उनीहरू ‘मामुली' हैनन् भन्ने भावना जगाउन सामूहिक जन्म दिन मनाउन थालिएको थियो। कार्यक्रममा बालबालिकाले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रम संचालन बालबालिकाले आफैँ गरेका थिए। उनीहरूको उत्साह र विश्वासले सुरुंगको पल्लो छेउमा उज्यालो देखेजस्तै लाग्यो।
‘अर्को आन्दोलनमा अरू १० लाख नेपालीको ज्यान जानसक्छ' भनेर सिंगो मुलुकलाई ठूलो पार्टीको ठूला नेताले तर्साएकै बेलातिर राजनीतिबाहिरका केही अगुवाले हिंसा अन्त्य अभियान थालेका छन्। काठमाडौंमा थालिएको यो अभियान देशभरका नागरिकका मनमा हिंसा अन्त्य हुनुपर्ने सन्देश नपुर्याई सार्थक हुँदैन। हिंसा मान्छेको मनमा हुन्छ। राजनीतिक स्वार्थका लागि वर्ग, जाति, क्षेत्र, सम्प्रदायका नाममा उमारिएको विद्वेष र घृणाले हिंसा जन्माएको छ। यस्तो अवस्थामा हिंसा अन्त्य गर्ने अभियान आवश्यक र उपयोगी त छ सजिलो चाहिँ छैन।
अभियान आरम्भ गर्ने क्रममा बोल्नेहरूले हिंसाको अन्त्यका लागि आआफ्नै प्रकारले वाचा गरेका छन्। गायक अमृत गुरुङले नेपाली भाषाका पक्षमा पनि आवाज उठाए। नेपाली भाषाका पक्षमा बोल्नेहरू प्रतिगामी ठहरिनसक्ने बेलामा अमृतका कुरा धेरैले नमान्लान्। द्वन्द्व चर्केकै बेला पनि हिंसाविरुद्ध जनमत जुटाउन देशभर डुलेका अमृतले नेपाली नै नेपालमा सम्पर्क भाषा भएको दृष्टान्त दिएका थिए।
सीके लालले रोचक तर गम्भीर प्राकृतिक प्रवृत्तिको उदाहरण दिएका थिए। बाघ र बाज दुवै सिकारी हुन्। तिनको प्रजाति लोपोन्मुख छ। तिनैका सिकार परेवा र गाईको भने संख्या बढ्दो छ। परिवर्तनका साधन बन्दुकबाहेक अरू केही नदेख्नेले सीके लालका यी भनाइमा गौर गर्ने छैनन् र पनि सत्य त यही हो - हिंस्रकको अन्त्य छिटो हुन्छ। अहिंसात्मक उपाय ढिलो र कठिन हुन्छ तर त्यसको परिणाम दिगो र असल हुन्छ। राजेश हमालले अमेरिकामा काला जातिको आन्दोलनको उदाहरण दिएर अहिंसाको अर्थ विद्रोहको निषेध हैन भन्ने सम्झाएका थिए।
शबानाले सामाजिक परिवर्तनको संवाहकका रूपमा रंगमंचको भूमिका विषयमा खासै नयाँ केही भनिनन्। पुराना दिनको सम्झना गरिन्। जनजागरणका लागि सडक नाटकको भूमिका र महत्वको चर्चा भयो। शबानाले ज्ञानभन्दा अनुभव बोलिन्। अन्तर्क्रिया खासै जमेन। कार्यक्रम अंग्रेजीमा थालिएको थियो। शबानाले नै हिन्दीमा पनि बोल्न थालिन्। त्यहाँ उपस्थित सबैले सजिलै र राम्रोसँग अंग्रेजीभन्दा हिन्दी नै बुझेजस्तो लाग्यो। एक जनाले नेपालीमा पनि प्रश्न गरे। भाषा अभिव्यक्तिको माध्यममात्र बनाइयो, विवादको विषय भएन। खुसी लाग्यो। कार्यक्रमका सहजकर्ता सुनील पोखरेलले हिन्दी र अंग्रेजीसँगै नेपालीमा पनि बोलेको भए अझ बेस हुन्थ्यो कि ?
यी तीनै वटा कार्यक्रम ‘मान्छे' सँग जोडिएका छन्। मान्छेलाई वस्तु ठान्ने पुँजीवादी वा समाजवादी सोचविपरीत ‘व्यक्ति' मान्ने उदारवादी दृष्टिकोण कतै न कतै यिनमा व्यक्त भएको छ। झरना, पहाड, वन, जमिन, पशुपंक्षीसमेतको बाँच्ने अधिकार संविधानमा नै समावेश गर्ने समयमा पनि नेपाली राजनीतिकर्मीहरू भने नागरिकलाई जाति, भाषा, वर्ग, समुदाय र क्षेत्रका आधारमा विभाजन र विभेद गर्नमा व्यस्त छन्। दुःखको कुरा यस्ता विभेद र विभाजनविरुद्ध राजनीतिमा स्पष्ट र दह्रो स्वर सुनिएको छैन।
उदारवादमा व्यक्तिलाई वर्ग, जाति, भूगोल र सम्प्रदायका आधारमा वर्गीकरण गरिँदैन। मान्छे आफैँमा खराब हुँदैन। यसैले समाजमा सकेसम्म कम बन्धन हुनुपर्छ। सबै मान्छे समान हुन्छन् भन्ने नै उदारवादको मूल चिन्तन हो। मान्छे मान्छेबीचको विभाजन र विभेद अनुदार चिन्तनको उपज हो। आफूबाहेक सबैलाई खराब देख्ने मानसिकताको परिणाम हो। मान्छेलाई ‘मामुली' ठान्नेहरू अज्ञानी हुन्। जनतालाई मूर्ख ठान्नेहरू नै स्वाँठ हुन्।
राजनीति गर्नेहरू ‘फुटाऊ र राज गर'बाट जति नै निर्देशित भए पनि जुट्ने र जुटाउनेहरू मुलुकमा बहुमतमा छन्। मधुरो भए पनि एकताको दियो बलिरहेको छ। बिस्तारै तर नजिकै कतैबाट स्नेह र सद्भावको धुनहरू गुन्जिएका छन्। बालबालिकाको सामूहिक जन्मोत्सवमा, अमृतको संगीतमा र शबानाको संकल्पमा मान्छेको महिमा गाएका जो छन्। मान्छे यसैले मामुली हुनै सत्तै्कन।