उनको जिन्दगानी
२१ साउन २०७०
•
९ मिनेट पाठ
उनको जिन्दगानी
पोर्टल्यान्डस्थित एउटा हाइस्कुलको खेलमैदानमा उनी भेटिए। पोर्टल्यान्डमा बस्ने नेपालीमध्ये केही हरेक आइतबार यस स्कुलको मैदानमा फुटबल खेल्न आउने गर्छन्। पछिल्लो केही समयदेखि म पनि दर्शकका रूपमा भए पनि प्रत्येक आइतबार यहाँ आइरहेको थिएँ तर उनीसँग भने आजमात्र भेट भएको थियो। सुरुमा ठट्यौलो पारामा आफ्नो नाम शिव श्रेष्ठ बताएका २७ वर्षीय युवाको वास्तविक नाम भने सोनाम रहेछ।'दाइ मेरो बिहे त टुट्यो नि! उनले भरखरै मैदानमा छिरेका अर्का एक जनालाई भने। तर त्यसको केहीअघि मात्र त्यो कुरा मैले उनीसँगको परिचयसँगै थाहा पाइसकेको थिएँ। 'धन्न छोराछोरी नहँुदै अलग भएछौ, नत्र दुःख पाउथ्यौँ।' अर्का एक जनाले भनेको सुनेपछि मैले अघिल्लो आइतबार सुनेको त्यस्तै अर्को घटना सम्झें। त्यहीँ फुटबल खेल्न आउने एक जना भाइको पनि त्यस्तै भएको रहेछ। नेपाल आएकी अमेरिकी पर्यटकसँग माया बसेपछि उनी घर ज्वाइँ बन्न ओरेगन राज्यको पोर्टल्यान्ड आएका थिए। चार वर्षको वैवाहिक जीवनपछि अलग हुन परे पनि सन्तान नभएका कारण दुःख नभएको उनले बताएका थिए।
'मैले त्यसपछि नेपाल गएर अर्को बिहे गरेर आएँ'– उनले भनेका थिए। तर सोनामको कुरा भने त्यस्तो थिएन। निकै उदास देखिन्थे उनी। आफ्नो जीवन चलचित्रको कथा जस्तो भयो भन्दै थिए बारम्बार। आफ्ना कुरा भन्दा मुस्कुराउन बिर्सदैनथे। तर उनको मुस्कानमा निहीत फिक्कापन राम्ररी नै उजागर भइरहेको थियो। 'मैले पत्नीका रूपमा त्यस्ती युवती पाउँदिन दाइ। मेरै त्रुटिका कारण हामी अलग हुनुपरेको हो'– उनी बारम्बार भनिरहेका थिए।
काठमाडौंको बौद्ध र पोखरा घर भएका सोनामको कथा पनि विदेशी पर्यटकसँगको प्रेममै आधारित छ। तर त्यो प्रेम अंकुरित र प्रस्फुटन सबै भारतको गोवामा भएको थियो। उनी लगभग सात वर्षअघि गोवा गएका थिए। त्यहीँ उनको एक जना विदेशी मित्रको मिल्ने साथी थिइन् उनकी पत्नी। साथीलाई भेट्न गोवा आएको बेला सोनमसँग उनको माया नजानिँदो किसिमले बस्यो। त्यसपछि कोरिया जानुपर्ने अमेरिकाको सियाटलकी ती युवती सोनमसँगै छ महिना गोवामै बसिन् र आइन् सँगै नेपालमा। 'उसले मेरालागि के मात्र गरिन दाइ?' आफ्ना लागि नेपाली बोल्न, नेपाली गाउन र नेपाली खाना पकाउनसमेत सिकेको सोनामले बताए।
छ महिनाको प्रेमलाई दुवैले वैवाहिक बन्धनमा बाँध्ने निर्णय गरे। त्यसपछि पनि लगभग  साढे दुई वर्ष दुवै नेपालमै बसे। अनि अमेरिका आए नयाँ भविष्य निर्माण गर्न। तर अमेरिका आएको दुई वर्षमै परिस्थितिले यसरी कोल्टे फेर्‍यो कि दुवै नदीका दुई किनारमा उभिन बाध्य छन्। 'उसले जति मिठो दाल कसैले पकाउन सक्दैन'– अलग भइसकेकी आफ्नी पत्नीको बखान गर्दैथे सोनाम। 'म निरास भएको बेला, रिसाएको बेला गितार बजाउँदै नेपाली गीत सुनाएर मलाई फकाउँथी।'
आफ्नो आमा बुबाले दिएको कारसमेत लैजान नमानेकी आफ्नी पत्नीलाई उनले सम्झाएर कार दिएका थिए। संयुक्त खातामा भएको पैसा पनि सबै सोनामलाई नै छाडेर गएकी रहिछन् उनी। पत्नीसँग अलग हुनुपरेको दुःखमा एक महिना जति भएछ उनी काममा पनि जान छाडेको। 'केही रमाइलो लाग्दैन दाइ अचेल। खान पनि मन लाग्दैन। काम गर्न पनि मन लाग्दैन।' अबको नोभेम्बरमा उनले अमेरिकी नागरिकताका लागि निवेदन दिन पाउनेछन् तर त्यसअघि पारपाचुके भएको खण्डमा उनले त्यो अधिकार गुमाउनेछन्। त्यसैले उनकी पत्नी आफैँले नोभेम्बरपछि अर्थात् उनले अमेरिकी नागरिकताका लागि आवेदन दिएपछि मात्र कानुनीरूपमा पारपाचुके गर्ने सुझाव दिएकी रहिछन्।
'माया त हामी दुवै एकअर्कालाई अझ पनि गर्छौँ दाइ।' त्यसैले छुट्टिने निर्णय गर्दा हामी दुवै रोएका थियौँ। रुँदै रुँदै अलग भयौँ।' 'माया गरेरमात्र हँुदैन रहेछ दाइ, देखाउनु पनि पर्दोरहेछ। म त्यहीँनिर चुकेको थिएँ'– अलग हुनुको मुख्य कारण आफूले श्रीमतीलाई समय दिन नसकेको बताउँदै उनले भने। दुवैको कामको समय नमिलेका कारण समस्या उत्पन्न भएको रहेछ। उनी कामबाट फर्केर आउँदा पत्नी सुतिसकेकी हुने। अनि पत्नी कामबाट फर्केर आउँदा उनी काममा हुने। त्यसबाहेक आफ्नो झनक्क रिसाउने बानीलाई पनि दोष दिँदै थिए सोनाम। धेरै पटक उनले रिस देखाएका रहेछन्। अनि उनी रिसाउँदा पत्नीले कहिल्यै जवाफ फर्काइनन् रे। आफ्नो रिससँग श्रीमती निकै तर्सिने गरेको पनि उनले बताए। यी कुरालाई गम्भीरपूर्वक लिएको भए आज यस्तो स्थिति भोग्न नपर्ने बताउँदै थिए उनी। पत्नीले चाहेको भए निकै दुःख दिन सक्ने बताउँदै थिए सोनाम तर दुःखको त के कुरा छाडेर जाँदा पनि उनकै बारेमा चिन्तित थिइन् रे।
सोनामको जीवन कथा सुन्दा मलाई अचम्म लागेको थियो। पत्नीसँग अलग हुनाको पीडा थियो। अनि पत्नीको प्रशंसामै शब्द खर्चंदै थिए उनी। 'अझ उसका आमाबुबाले त मलाई झनै माया गर्छन्।' आफ्नो बिहेमा दुवै नेपाल आएको सम्झँदै उनी भन्दै थिए। उनीहरू अलग हुने निर्णय सुनेपछि निकै रोएकी थिइन् रे उनकी सासू। अझ पनि सासू ससुराले उनीप्रति सहानुभूति नै राख्दा रहेछन्। कुराकानीकै क्रममा आफ्नी सासूले पठाएको सन्देश उनले मोबाइलमा देखाए। सासूले उनीप्रति सहानुभूति प्रकट गर्दै सन्देश पठाएकी रहिछन्। 'उसले केही लिएर गइन्। आफ्ना केटाकेटीदेखिका तस्बिरसमेत छाडेर गएकी छे।' मैले गर्दा म र ऊ दुवैले दुःख पाउने भयौँ।' आफ्नी पत्नीसँग बिताएको साढे चार वर्ष एकै छिनमा समाप्त भएको जस्तो लागेको बताउँदै उनले थपे। 'सिनेमामा हेरेको थिएँ। अरुको सुनेको थिएँ। आज आफँैलाई परेपछि थाहा भयो।'
'वास्तवमा हामी विदेशी भन्नेबित्तिकै कति गलत सोँच्छौँ तर त्यस्तो होइन। मलाई उसले गर्ने जति माया अरु कसैबाट पाउन सक्दिन मैले। उसले त मेरो कल्पनाभन्दा पनि बढी माया गर्थी, मलाई मैले नै बुझ्न सकिन। अहिले पछुतो भइरहेछ। तर कानुनीरूपमा अझै पारपाचुके नभइसकेको अवस्थामा पुनः सँगै हुन सक्ने सम्भावना देखाउँदा उनले त्यसको कुनै गुञ्जायस नरहेको बताउँदै भने– यहाँनेर भने विदेशी हामीभन्दा फरक छन्। उनीहरूले एक पटक लिएको निर्णय फेरेको उदाहरण विरलै पाइन्छ। 'उसले पनि अलग हुने निर्णय त छ महिनाअघि नै गरिसकेकी रहिछ'– अर्को उदास मुस्कान छर्दै सोनामले भने।
अर्को समाचार
‘परालको आगो’ मा समावेश ‘सुखदुःख जिन्दगानी’ गीत रिलिज
१४ चैत्र २०८२
•
२ मिनेट पाठ
‘परालको आगो’ मा समावेश ‘सुखदुःख जिन्दगानी’ गीत रिलिज
आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘ दुःखसुख जिन्दगानी’ रिलिज गरेको छ। शनिबार निर्माण टिमले प्रचारप्रसारको अर्को सामाग्रीका रुपमा दोस्रो गीत रिलिज गरेको हो।

गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारले गाएका छन्। गायक प्रकाशकै शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले गरेका छन्।

यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। मायालु भावका प्रस्तुत भएका सुहाना र प्रकाशको जोडीलाई दर्शकले मन पराएका छन्। उनीहरुको यो पहिलो स्क्रिन सेयर हो।

निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै जाँदा प्रचारप्रसारलाई व्यापक बनाउन थालेको छन्। यसअघि यो फिल्मको टिजर र फिल्ममा समावेश गीत पहिलो गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज गरिएको थियो। जुन गीत र टिजरलाई दर्शकले अत्यधिक म पराएका छन्। अब फिल्ममा समावेश दोस्रो गीतका रूपमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश र शान्तीश्रीको आवाजमा रहेको गीत ‘दुःख सुख जिन्दगानी’ रिलिज गरेको हो। यस गीतले पनि ग्रामीण भेगका युवा युवतीको माया र उनीहरूको प्रेमलाई पर्दामा झल्काउँछ।

लोकलयमा आधारित गीतले दर्शकको मन जित्ने देखिन्छ। गाउँमा भएको घाँस दाउरा, बाख्रा गोठालाको दृश्यलाई गीतको पर्दामा देखिन्छन्। जुन गीतमा एकदमै सुहाना र प्रकाशलाई सुहाउँदो देखिन्छ। ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको यस गीतलाई दर्शकले सकरात्मक प्रतिक्रिया दिइरहेका छन्। यस फिल्मको गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ भने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा सुशील पोखरेल रहेका छन्। उनको लगानीमा बनेको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाको छ। उनी पुराना फिल्म लेखक तथा कलाकार समेत हुन्। संकल्प भुजेलको छायांकन, रामजी लामिछाने,मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्को रंग संयोजन कनाल कँवरको छ। यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरी,मुख्य सहायक निर्देशकका रुपमा करण बहादुर साउद रहेका छन्। फिल्मको भिएफएक्समा समिर मिया र सत्यम रानाको छ भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानले गरेका छन्। फिल्मको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेको छ।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ को नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस