मलाई कुनै पनि गीतको पूरा पंक्ति कहिल्यै कण्ठ भएन। हिन्दी गीत त झनै सम्झिन्न। तर यो झरीको मौसम भएर हो कि एउटा हिन्दी गीतको अपूर्ण पंक्ति भने बारम्बार सम्झिरहेको हुन्छु। कुनै बेला त थाहै नपाई गुन्गुनाइरहेको पनि हुँदो रहेछु। ' सावन जो आग लगाए, उसे कौन बुझाए ' अनि यससँगै अर्को गीत पनि आउँछ मनमा 'ए!क्या हुआ, कब हुआ, कैसे हुआ'। यी दुवै गीत किशोर कुमारले गाएका हुन् क्यार!बिल्कुलै भिन्दै फिल्मी सन्दर्भका यी गीत सम्झँदै गुन्गुनाउँदै झ्यालबाट विभिन्न आकारका काला बादल हेरिहँदा ६२/६३ को जनआन्दोलनका दृश्य, नेताका भाषण, विजयोल्लासका क्षण र बिस्तारै सुक्दैगएका जनताका सपनाको पनि सम्झना हुन्छ। कुनै बेला आँफै पनि सपना बोक्ने हुलाकी बनेर गरिबका झुप्राझुप्रामा पुगेको दिनको सम्झना आउँछ। आयातित सपनाको रुख लडेर गरीबका छाप्रा भत्केको कटु यथार्थको बोध हुन्छ। अनि यो सुन्दर देशको असुन्दर सहर र बस्तीमा जताततै देखिने, सुनिने, भोगिने कुरुप वर्तमानको यथार्थबोध मनमा जीवित भएर आउँछ। अरबपतिहरुका दुई नम्बरी धन्दामा देखिने कुरुपतादेखि लिएर, खलासीको फोहोर बोली र दुर्व्यवहारमा देखिने कुरुप यथार्थले, पेसागत स्वधर्म पालन गर्न नसक्नेको कुरुपतादेखि लिएर तोडफोड गर्नै जन्मेका जस्ताको सौन्दर्यहीनताले घना कालो बादलमा झनै अँध्यारो पोतिरहेजस्तो अनुभव हुन्छ। गड्याङगुडुङ गर्दै चम्केको बिजुलीबाट भ्रष्टाचारको राक्षस अट्टहास गरिरहेजस्तो लाग्छ – 'ल देखा, एउटै चोखो नेता, छ कतै बाँकि भने!' भनेर चुनौती दिँदै।
किन यति कुरुप छ यथार्थ? हामीले जीवनलाई सुन्दर पार्न नचाहेरै हो त? सौन्दर्यबोध बिल्कुल नभएको सुक्खा बाँझो ढुंग्यान हो र नेपाली मन? कि कतै बाटो बिराए नेपालीले? परिवर्तनका निम्ति भनेर जनताले गरेको त्यत्रो बलिदानको के अर्थ थियो? साँच्चै यो के भयो? कसरी भयो? जुन जुन रोगको मुहान भएका कारण फ्याँकिएको थियो राजतन्त्र, तिनै रोग मध्ये अधिकांश झन् चर्को जस्तो भएर किन पुनरावृत्त भए? दुखिरहेको देशलाई निको पार्न आयौँ भनेर जो आएका थिए, तिनैले किन झन् दुखाउन थाले?
'रुप र सार'का कुराले नेपाली बुद्धिजीवीको छलफलमा प्रवेश पाएको दशकौं भइसकेको छ। केही वर्ष यता त नेताका भाषण र छापामा यी शब्दावली सस्तै आउन थालेका छन्। अधिकांश मानिसका लागि अप्रिय र अग्राह्य लाग्ने असुन्दर गतिविधीलाई उचित साबित गर्न उपयोग भइरहेको भान हुन्छ यिनको सस्तो प्रयोग। उनीहरु भनिरहेका हुन्छन् – 'रुप गौण हो, सार प्रमुख।' अथात्, सार ठीक छ भने रुप जतिसुकै खराब भए पनि पीर गर्नु पर्दैन।
यसको अर्थ यसरी लगाइने गरेको छ कुनै पार्टीको 'महान्' उद्देश्य प्राप्तिका निम्ति उसले अपनाउने जस्ता तरिका पनि जायज हुन्छन्। के 'महान' हो त्यो चाहिँ ती पार्टी आँफैले तोक्छन्। सामान्य नागरिकको कर्तव्य त शक्तिशाली, 'प्रतिभावान्', 'तिलस्मी' नेता र तिनका पार्टीले भनेका कुरालाई सुन्नु र 'बुझ्नु' मात्र हो। तिनका बारेमा स्वविवेकले चिन्तन मनन गर्नु र ठीक बेठीक भनेर खुट्ट्याउन खोज्नु त 'पेटी बुर्जुवा' बुद्धिजीवीको वर्गीय कमजोरी हो! अथवा 'अग्रगमन विरोधी' सोच हो। अनि 'महान्' उद्देश्य प्राप्तिका निम्ति गरिएको अभियानमा अपनाइएका तौरतरिकामा भएका केही त्रुटिजस्ता झिना मसिना कुरालाई उछाल्नु चाहिँ 'महान् क्रान्ति' विरुद्धको षडयन्त्र हो!
अहिले यस्तो सोच राख्ने 'महान्' 'गौरवशाली' पार्टी एक वा दुईमात्रै रहेनन्। सबैजसो पार्टीका उद्देश्य 'महान्' भइसकेका छन्। सबैजसो पार्टीको इतिहास 'गौरवशाली' भइसकेको छ। किनभने 'शत्रु'को रगतले नलतपतिएको काँतर हात भएका कार्यकर्तामात्र भएको पार्टी अब धेरै बाँकी छैनन्। ('शत्रु' त आफँैले परिभाषित गर्ने कुरो भइहाल्यो!) 'उँड्दाउँड्दैको चरालाई खसाउन सक्ने महान निसानेबाजदेखि लिएर संसारको जुनसुकै कुनामा पसेर पनि 'वर्ग शत्रु'को सफाया गर्न सक्ने 'महान् योद्धा' सबै पार्टीमा छन्। पार्टीको 'महान्' उद्देश्य प्राप्तिका निम्ति जहाँबाट, जताबाट, जसरी भए पनि पैसा ल्याइदिन सक्ने 'समर्पित कामरेड'हरु सबै पार्टीमा छन्। र यस्ता 'रत्न'हरुले सबै पार्टीलाई 'महान्', 'गौरवशाली' र 'सुदृढ' बनाइरहेका छन्। यिनै 'रत्न'ले, पार्टीका यी खम्बाले 'भ्रष्टाचार' लाई शब्दकोषबाटै निकालिदिएका छन्। उनीहरूका निम्ति त यो शब्द अब हुति नभएका मूर्ख मनुवाको थोत्रो शब्दकोषमा मात्र बाँकी छ। तिनका आँखामा सामान्य नागरिक त 'ठीक लगाउनु पर्ने' अबुझ प्राणी हुन्, जो अझै 'रुप'का कुरामात्र गर्छन्, 'सार' सम्म पुग्नै खोज्दैनन्।
अहिलेको राजनीतिको सार पनि यही हो र संसार पनि यही हो। राजनीतिको यो संसार माफियाजस्ता थरीथरीका गुन्डा गिरोहको संसारसँग एकाकार भइसकेको छ, पीठोमा चिनी मुछिए झैँ मिसिइसकेको छ। जीवनको कुनै पक्षलाई छोडेको छैन यो कटु यथार्थले। क्रान्तिको सुन्दर सपना देख्ने हिजोका सफा किशोर आँखाहरू आज राजनीतिज्ञको आँखा भएर छिप्पिन थालेका छन्। तिनका हिजोका सफा आँखामा राता नसाको जालो लाग्न थालिसकेको छ। ती कवच पहिरिन थालेका छन् – पैसा, गुन्डा र ओहदाको।
जनता अर्कै संसारमा बाँच्ने सपना देख्न थालेका छन्। अर्को संसारमा जनताकै संसारमा मात्र उज्यालाका बीउ बाँकी छन्, जसलाई जोगाउनु र हुर्काउनु आजका सामाजिक अभियन्ताको निम्ति प्रमुख चुनौती बनेको छ। यिनै बीउ कुनै कुनै बेला उछिटि्टएर राजनीतिक दलमा पुगेको यदाकदा देखिन्छ। तिनले त्यहाँ पनि, त्यस नर्कमा पनि, सैतानहरुको त्यो संसारमा पनि सत्य बोल्ने साहस गर्छन्। एकैछिनको लागि झिलिक्क बलेर समाप्त हुनसम्म तयार भएर पनि ती सत्य बोल्छन् – यदा कदा।
उज्यालोका यी बीउहरुलाई जोगाउने, हुर्काउने र उज्यालोको खेती गर्ने ठूलो चुनौती छ जनताको संसारमा बाँच्ने मानिसका सामु। उज्यालाको खेतीका निम्ति नभई नहुने धेरै कुरामध्ये एउटा अति महत्वपूर्ण होला सौन्दर्यबोध। मानवजीवनप्रति सम्मान नहुने व्यक्तिका मनमा कसरी करुणाले ठाउँ पाउला र? करुणा नभएको मानिसको मनमा कसरी प्रेमले ठाउँ पाउँला? रत्तिभर प्रेम नभएको मानिस कसरी जनताको होला? जनताको हैन भने य्क कसरी अग्रगमनतर्फ होला?
आफ्ना सबै सुखसुविधा तिलाञ्जली दिएर न्यायपूर्ण संसार बनाउने मिसनमा होमिएका एक जना अनेपाली मित्रले मलाई एउटा अति गाह्रो प्रश्न सोधेका थिए — 'सरकारी निकायका केही व्यक्तिलाई घुस खुवायो भने मेरो काम सजिलै हुन्छ र धेरै मानिस मर्नबाट जोगिन सक्छन्। तर त्यसो गर्दा मेरो मूल्य मान्यताको हत्या हुन्छ र नराम्रो नजिर बस्न सक्छ। तिमी भए के गर्थ्यौ?'
मसँग उनको प्रश्नको उत्तर थिएन।
निकै बेरसम्म पनि म चुप लागेको देखेर उनले भने – 'लक्ष्यप्राप्तिका निम्ति आत्मा बेच्न सकिन्छ?' ('क्यान यु सेल द सोल टु एचिभ द गोल?')
म अवाकै रहेँ। मेरा आँखामा रसाएका आँसु हेर्दै उनले टाउको हल्लाए। लामो सास फेरेर अर्को दिशामा हेरे। निकै बेरसम्म हामी दुवै केही बोलेनौ।
अझै पनि म यो प्रश्नको उत्तर खोजिहेको छु। मलाई थाहा छ, परम्परागत राजनीतिको यो असुन्दर संसारमा सफा मानिसले यो प्रश्नको उत्तर पाउँदैनन्। जनताको संसार र फोहोर राजनीतिको संसारबीचमा बिस्तारै सीमा कोरिंदैछ। जनताको संसारमा पाइला चाल्दै गर्दा सायद यस प्रश्नले उत्तर पाउला। म त्यही समयको पर्खाइमा छु।