करिब सय वर्षदेखि अधिकांश ब्रह्माण्डशास्त्रीले स्वीकार्दै आएको सिद्धान्तअनुसार ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको छ र आकाशगंगाहरू (ग्यालेक्सिज) एकअर्काबाट निरन्तर टाढिँदै गइरहेका छन्। यस सिद्धान्तअनुसार कुनै दिन यो ब्रह्माण्ड शून्यमा परिणत हुनेछ। अर्थात, यस ब्रह्माण्डको अन्त्य हुनेछ। तर, केही दिनअघि संयुक्त अधिराज्यबाट प्रकाशित हुने विश्वप्रख्यात वैज्ञानिक जर्नल 'नेचर'मा प्रकाशनार्थ पेस गरिएको एक अनुसन्धानात्मक लेखमा जर्मनीका एक वैज्ञानिकले ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको भन्ने सिद्धान्तलाई खण्डन गदर्ैै नयाँ सिद्धान्त अघिसारेका छन्। यस सिद्धान्तअनुसार ब्रह्माण्ड स्थिर वा खुम्चिने क्रममा छ। यस नयाँ सिद्धान्तले ब्रह्माण्डशास्त्रीबीच ब्रह्माण्डको भविष्यबारे नयाँ बहसको थालनी गराएको छ।
विगत सय वर्षमा विज्ञान प्रविधिका क्षेत्रमा ठूलो प्रगति भएको छ। वैज्ञानिकहरू एकातिर अन्तरिक्षमा पुगेका छन् भने अर्कोतिर जीवको कोषिकाभित्रका रहस्य पत्ता लगाउन सफल भएका छन्। मानिस चन्द्रमामा पुग्न सफल भएको छ भने भविष्यमा मंगल ग्रहलगायत टाढाका ग्रहमा समेत पुग्ने प्रयासमा छ। मंगल ग्रहको वातावरणको बनोट र त्यहाँ जीवको सम्भावित अस्तित्वबारे अनुसन्धान गर्न वैज्ञानिक उपकरण मंगल ग्रहमा अवतरण गराउन वैज्ञानिकहरू सफल भएका छन्। जीव विज्ञानको क्षेत्रमा एक प्रजातिको आनुवंशिक तत्व (डीएनए) अर्को प्रजातिको जीवमा प्रत्यारोपण गरेर एउटा प्रजातिका कतिपय आनुवंशिक गुण अर्को प्रजातिको जीवमा सार्ने सफलता वैज्ञानिकले पाएका छन्। हजारौँ वर्षसम्म अनुत्तरित कतिपय प्राकृतिक घटनाको रहस्योद्घाटन गर्न वैज्ञानिकहरू सफल भएका छन्। त्यसैगरी वैज्ञानिकले अनुसन्धानका क्रममा हजारौँ वर्षसम्म स्थापित सिद्धान्तलाई भत्काएर अकाट्य प्रमाणसहित नयाँ सिद्धान्त प्रतिपादन गरेका छन्। वैज्ञानिकले अघिसारेका कतिपय नयाँ सिद्धान्त सुरुमा कपोलकल्पित वा मनगढन्ते लागेपनि अन्ततः ती सिद्धान्त पछि सही ठहरिएका उदाहरण थुप्रै छन्।
कतिपय महत्वपूर्ण वैज्ञानिक सिद्धान्त प्रयोगशालामा प्रयोगद्वारा प्रमाणित तथ्यमा भन्दा पनि प्राकृतिक घटनाको अवलोकन र तर्कपूर्ण व्याख्यामा आधारित हुन्छन्। ब्रह्माण्डको उत्पत्ति, पृथ्वीमा जीवको उत्पत्ति, जीवको विकासक्रम (इभोलुसन) आदि केही यस्ता महत्वपूर्ण उदाहरण हुन्। विज्ञान र प्रविधिको क्षेत्रमा हुने भावी प्रगतिले यी सिद्धान्तहरू पनि सम्भवतः प्रयोगद्वारा प्रमाणित हुनेछन्।
परापूर्वदेखि मानिसले आफैलाई सोध्दैआएको एउटा महत्वपूर्ण प्रश्न हो — ब्रह्माण्डको उत्पत्ति कसरी भयो? यस प्रश्नको सही उत्तर प्राप्त गर्नु वैज्ञानिक, दार्शनिक र अध्यात्मवादीका लागि सँधै ठूलो चासो र चुनौतीको विषय बन्दैआएको छ। मानव सभ्यताको विभिन्न कालखण्डमा यसबारे विभिन्न सिद्धान्त प्रतिपादन गरिएका छन्। यसमध्ये सबैभन्दा पछिल्लो र अधिकांश वैज्ञानिकले स्वीकार्दै आएको र विद्यालयका पाठ्यपुस्तकमा समेत समावेश गरिएको सिद्धान्त हो — 'बिग ब्याङ' सिद्धान्त। 'बिग ब्याङ'को सिद्धान्तअनुसार सुरुको अवस्थामा ब्रह्माण्डको घनत्व असीम (इनफिनिट) थियो। उक्त अवस्थाको ब्रह्माण्डमा करिब १४ अर्ब वर्षअघि एक महाविस्फोट भयो जसलाई वैज्ञानिक भाषामा 'बिग ब्याङ' भनिन्छ। त्यसको केही समयपछि तातो बाक्लो वायुको निर्माण हुन थाल्यो। वायु बिस्तारै चिसिन थाल्यो। वायुमा भएका अणु र परमाणुहरू मिलेर आकाशीय पिण्डहरू निर्माण हुन थाल्यो। महाविस्फोटको क्षणदेखि ब्रह्माण्ड निरन्तर विस्तार भइरहेको बताइन्छ । यस सिद्धान्तले पनि ब्रह्माण्डको उत्पत्तिसम्बन्धी कतिपय प्रश्नको सन्तोषजनक उत्तर दिनसकेको छैन। बेलाबेलामा यो सिद्धान्तको पनि संशोधित संस्करणहरू आउनेगरेका छन्।
सुरुमा वैज्ञानिकहरू ब्रह्माण्ड स्थिर अवस्थामा रहेको विश्वास गर्थे। तर सन् १९२९ मा खगोलशास्त्री एडविन हबलले आफूले निर्माण गरेको टेलिस्कोपको मद्दतले आकाशगंगाहरू एकआपसबाट निरन्तर टाढा हुँदैगएको देखे। अर्थात, हावा भर्दा बेलुनको सतह निरन्तर विस्तार भएजस्तै ब्रह्माण्डको सतह पनि निरन्तर विस्तार भइरहेको छ। विज्ञहरूका अनुसार ब्रह्माण्ड विस्तार हुने यो क्रम भविष्यमा पनि निरन्तर रही रहने छ र एक दिन यो ब्रह्माण्ड शून्यमा परिणत हुनेछ। अर्थात्, कुनै दिन यो ब्रह्माण्डको अन्त्य हुनेछ। वैज्ञानिकले 'बिग ब्याङ'को सिद्धान्त प्रमाणित गर्ने अकाट्य प्रमाण आजसम्म फेला पार्नसकेका छैनन्। यो सिद्धान्त परीक्षण गर्न र यसको समर्थनमा ठोस प्रमाण जुटाउन २० युरोपेली मुलुक मिलेर सन् १९५४ मा स्विट्जरलान्डको जेनेभानजिक युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च (सिइआरएन, सर्न)को स्थापना गरेका थिए। सर्नको प्रयोगशालामा हाल सयभन्दा बढी मुलुकका हजारौँ वैज्ञानिक कार्यरत छन्। केही महिनाअघि परमाणुको एउटा नयाँ कण 'हिग्स बोसन' ('गड पार्टिकल') पत्ता लगाएका कारण उक्त प्रयोगशाला विश्वभर निकै चर्चित भएको थियो। उक्त प्रयोगशाला कयौँ महत्वपूर्ण वैज्ञानिक खोज नतिजा प्राप्त गर्न सफल भए पनि 'बिग ब्याङ'को सिद्धान्तलाई प्रमाणित गर्ने अकाट्य प्रमाण फेला पार्न भने सफल भएको छैन।
करिब सय वर्षदेखि 'बिग ब्याङ'को सिद्धान्तले वैज्ञानिक समुदायमा प्रमुख स्थान पाउँदै आएको थियो। किन्तु, सन् २००७ मा अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयका पौल स्टाइन्हार्ट र संयुक्त राज्यको क्याम्ब्रिज विश्वविद्यालयका निल ट्युरोकले 'एन्डलेस युनिभर्स' (अनन्त ब्रह्माण्ड)को नामले चिनिने नयाँ सिद्धान्त अघिसारेका थिए। 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तले 'बिग ब्याङ'को सिद्धान्तले जस्तै महाविस्फोटको घटना र ब्रह्माण्डको निरन्तर विस्तारलाई स्वीकारे पनि 'बिग ब्याङ'को सिद्धान्त र 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तबीच केही आधारभूत भिन्नता छन्।
'बिग ब्याङ' सिद्धान्तअनुसार ब्रह्माण्ड एक दिन शून्यमा परिणत भइ यसको अन्त्य हुनेछ। त्यसैले यस सिद्धान्तअनुसार 'बिग ब्याङ' पटके खगोलीय घटना हो। तर, स्टाइन्हार्ट र ट्युरोकले प्रस्ताव गरेको पछिल्लो 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तअनुसार 'बिग ब्याङ' ब्रह्माण्ड उत्पत्तिको सन्दर्भमा पहिलो र अन्तिम पटकको खगोलीय घटना होइन। यो नियमित दोहरीरहने चक्रीय घटना हो। स्टाइन्हार्ट र ट्युरोकले अघि सारेका 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तअनुसार ब्रह्माण्डको अन्त्य कहिल्यै हुँदैन। एउटा ब्रहमाण्डको अवसान भएपछि अर्काे बिग ब्याङ सुरु हुन्छ र नयाँ ब्रह्माण्डको निर्माण प्रक्रिया सुरु हुन्छ। यसरी नयाँ निर्माण भएको ब्रह्माण्डमा नयाँ पिँढीका आकाशगंगा, तारा, ग्रह र जीवको निर्माण हुनेछन्। यस सिद्धान्तअनुसार ब्रह्माण्ड निर्माण, अवसान र पुनर्निर्माणको चक्र अनन्त कालसम्म निरन्तर चलिरहन्छ।
कुनै आकाशीय पिण्ड पृथ्वीतिर नजिकिँँदै छ वा पृथ्वीबाट टाढिँदैछ भन्ने पत्ता लगाउन खगोलविद्हरू ती पिण्डबाट निस्कने प्रकाशको रंगको वैज्ञानिक परीक्षण गर्ने गर्छन्। कुनै पिण्ड पृथ्वीबाट टाढिँदै जाँदा पृथ्वीबाट हेर्दा ती पिण्डबाट निस्कने प्रकाशमा रातोपनको मात्रा बढी हुने गर्छ। यस खगोलीय प्रक्रियालाई वैज्ञानिक भाषामा 'रेडसिफ्ट' भन्ने गरिन्छ। सन् १९२० को दशकमा एडविन हबल र उनका सहकर्र्मीले धेरैजसो आकाशगंंगा (ग्यालेक्सिज) ले यस प्रकारको 'रेडसिफ्ट' प्रक्रिया प्रदर्शन गर्ने गरेको पाएका थिए। उनीहरूका अनुसार 'रेडसिफ्ट'को मात्रा पृथ्वी नजिकको भन्दा टाढाका आकाशगंंगामा बढी हुने गर्छ। यिनै अवलोकनका आधारमा एडविन हबल र उनका सहकर्र्मीले ब्रह्माण्ड निरन्तर विस्तार भइरहेको (एक्सपायन्डिङ) छ भन्ने निष्कर्ष निकालेका थिए।
केही दिनअघि जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयका भौतिकशास्त्री क्रिस्टोफ भेटरिखले वैज्ञानिक जर्नल 'नेचर'मा प्रकाशनार्थ पेस गरेको एक अनुसन्धानात्मक लेखमा ब्रह्माण्डको उत्पत्ति र विस्तारसम्बन्धी एक नितान्त फरक र क्रान्तिकारी सिद्धान्त प्रस्तुत गरेका छन्। यस सिद्धान्तअनुसार ब्रह्माण्डको सतह निरन्तर विस्तार भइरहेको जस्तो देखिएको मात्र हो। वास्तवमा ब्रह्माण्डको विस्तार भइरहेको होइन। क्रिस्टोफ भेटरिखको सिद्धान्तअनुसार आकाशगंंगाको भारमा परिवर्तन भइरहने भएकाले ती आकाशगंंगाहरू पृथ्वीबाट टाढिँदै गइरहेको जस्तो भ्रम परेको र ब्रह्माण्ड विस्तार भइरहेकोजस्तो देखिएको मात्र हो।
क्रिस्टोफ भेटरिखका अनुसार कुनै आकाशीय पिण्डले पैदा गर्ने प्रकाशको रंग परमाणुको आधारभूत कण (इलिमेन्टरी पार्टिकल), विशेषगरी इलेक्ट्रोनको भारले पनि निर्धारण गर्छ। परमाणुको भारमा बृद्धि हुँदा त्यस्ता परमाणुले पैदा गर्ने प्रकाशमा नीलो रंगको मात्रा बढी हुन्छ भने परमाणुको भारमा ह्रास हुँदा त्यस्ता परमाणुले रातो प्रकाशको मात्रा बढी पैदा गर्छ। तसर्थ कुनै आकाशगंगाबाट पैदा हुने रातोपन (रेडसिफ्ट)को घटबढ पृथ्वी र आकाशगंगाबीचको दूरीको सही मापन होइन।
आकाशगंगालाई पृथ्वीबाट अवलोकन गर्दा हामीले ती आकाशगंगाको वर्तमान अवस्थालाई नभई विगतको अवस्थालाई हेरिरहेका हुन्छौँ। अर्थात्, हामीले देख्ने आकाशगंगाले पैदा गरेको प्रकाश वर्तमान समयको नभएर विगतको हो। परमाणुको भारमा निरन्तर परिवर्तन हुने भएकाले नयाँ आकाशगंगाले भन्दा पुराना आकाशगंगाले पैदा गर्ने प्रकाशमा रातोपन (रेडसिफ््ट)को मात्रा बढी हुन्छ। त्यसैले पृथ्वीबाट हेर्दा अन्तरिक्षमा आकाशगंगाहरू एकआपसबाट टाढिँदै गएकोजस्तो देखिएको हो। यथार्थमा त्यो सत्य होइन। क्रिस्टोफ भेटरिखको नयाँ सिद्धान्तअनुसार वर्तमान ब्रह्माण्ड निरन्तर विस्तार भरहेको छ भन्ने परम्परागत सिद्धान्त त्रुटिपूर्ण छ। उनका अनुसार वर्तमान ब्रह्माण्ड स्थिर वा खुम्चिने क्रममा छ।
ब्रह्माण्डसम्बन्धी क्रिस्टोफ भेटरिखको नयाँ सिद्धान्तले खगोलविद्बीच नयाँ बहसको थालनी भएको छ र यसबारे व्यक्त प्रतिक्रिया भने मिश्रित छन्। केही खगोलविदका अनुसार यस सिद्धान्तले 'बिग ब्याङ' सिद्धान्तले व्याख्या गर्न नसकेका कतिपय खगोलीय घटनालाई व्याख्या गर्न मद्दत गर्छ। त्यसैले यस नयाँ सिद्धान्तलाई ब्रह्माण्डबारेको अध्ययनसम्बन्धी वैकल्पिक सिद्धान्तको रूपमा गम्भीर भएर सोच्नु आवश्यक छ। कतिपय खगोलविद्ले भने यस नयाँ सिद्धान्तको प्रयोगात्मक परीक्षण गर्न सम्भव नभएकाले यसलाई स्वीकारी हाल्ने अवस्था नभएको ठान्छन्। क्रिस्टोफ भेटरिखको नयाँ सिद्धान्त सही हो वा गलत समयले नै बताउनेछ।