एमालेका दुई खेमाका नेताको दन्तबझानले असोज पनि गाईजात्राकै झल्को दिइरहेको छ।
कम्युनिस्ट पार्टीमा झगडा भए पनि खासै बाहिर ल्याइन्न भनिन्छ। तर, एमाले त्यसमा अपवाद बनेको छ। पार्टी नेता तथा कार्यकर्ता कुनै न कुनै खेमामा लागेका कारण विवाद यसरी छताछुल्ल हुँदा पनि उनीहरूलाई कुनै अनौठो र अप्ठ्यारो लागेको देखिएन। एमालेमा कुनै खेमातिर नलागेका कोही कार्यकर्ता छन् भने चाहीँ पार्टीमा भइरहेको झगडाबाट तिनलाई लज्जा र हीनताबोध भइरहेको होला। एमालेमा काठमाडौंको निर्वाचित जिल्ला कमिटी भंग भएपछि मतभेद चर्किन थालेको हो। बुटवल महाधिवेशनको परिणाम र जितहारको तुस मतभेद बनेर एमालेमा भुसको आगो झैं मतभेद भित्रभित्रै फैलिरहेको थियो, नेता केपी ओली पक्षधरको बहुमत रहेको काठमाडौं जिल्ला कमिटी भंग भएपछि सडकमा छताछुल्ल भयो।
एमाले नामले कम्युनिस्ट पार्टी भए पनि उसको सिद्धान्त र व्यवहार केही हदसम्म लोकतान्त्रिक छ। त्यस्तो पार्टीको संगठन संरचनाको आधार लोकतान्त्रिक जगमा उभिएको हुन्छ। त्यसैले निर्वाचित पदाधिकारीलाई हटाएर तत्कालीन राजाको पालामा जस्तै टीके नेतृत्व ल्याउँदा पार्टीमा विवाद हुनु स्वाभाविक हो। त्यसरी पार्टी चल्न सक्तैन। अध्यक्ष झलनाथ खनाल पक्षधरद्वारा निर्वाचित पदाधिकारी हटाइएपछि केन्द्रीय कमिटीमा बहुमतमा रहेको माधव नेपाल-ओली पक्षले पनि समाधान पार्टीबाटै खोज्नुपर्थ्यो, यसरी सडकमा दन्तबझान गरेर होइन। ओली-नेपाल पक्ष गम्भीरताका साथ लागेको भए केन्द्रीय कमिटीबाटै निर्वाचित कमिटीलाई पुनर्बहाली गर्न सक्थ्यो। उक्त पक्ष त्यसतर्फ लाग्नुभन्दा खनाल पक्षधरलाई शब्दवाणबाट खुइल्याउन उत्साहित भयो।
एमालेमा विवादको जड केलाउँदै जाने हो भने बुटवलमा भएको सातौं महाधिवेशनको परिणाममा पुग्न सकिन्छ। अध्यक्षमा खनालका साथै अर्को महत्वपूर्ण पद महासचिवमा उनकै समर्थक नेता ईश्वर पोखरेल निर्वाचित भए पनि केन्द्रीय कमिटीको बहुमत सदस्यमा माधव-ओली पक्षधरले जिते। नेतृत्वदायी भूमिका भए पनि खनाल र पोखरेलले बहुमत नभएकाले पार्टी राम्ररी हाँक्न सकेका छैनन्। पार्टीलाई हाँक्न नसकेकै कारण एमालेमा मतभेद बढेको हो। खनाल अध्यक्ष र संसदीय दलको नेता छन्। पार्टीका दुवै प्रमुख पदमा आफू नै भएकाले उनमा प्रधानमन्त्री बन्ने उत्कट आकांक्षा थियो। त्यो स्वाभाविकै पनि हो। पार्टीमा नेपाल-ओलीको बहुमत भएकाले उनले त्यो आकांक्षा व्यक्त गर्न सकेनन्। मन कुँड्याएरै पनि खनाल आफू नै प्रस्तावक बनेर नेपाललाई प्रधानमन्त्री बनाउन बाध्य भए। आफूले नचाहँदा नचाहँदै नेपालको नेतृत्वमा सरकार बनेको खनाल र पोखरेल तथा तिनका पक्षधरलाई पाच्य भएको छैन। उनीहरू यो सरकार टिकोस् भन्ने पक्षमा नै छैनन्। यही कारण खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाल नेतृत्वको सरकारको विकल्प खोज्न बोलाएको गोप्य बैठकमा उत्साहित भएर सरिक भए। दाहालले सरकारको विकल्प खोज्नु स्वभाविक हो, तर त्यो बैठकमा खनाल र कांग्रेसका नेता शेरबहादुर देउवा सरिक हुनुचाहीँ अस्वभाविक हो। हुन त देउवाले पार्टी बैठकमा दाहाल र खनालसितको छलफलमा एकछिनमात्र सरिक भएको र सरकारको विकल्प खोज्ने सबालमा असहमति जनाएर फर्किएको स्पष्टीकरण दिएका थिए। उनले कति सत्य बोले आफैं जानुन्, तर उनले दाहालको विकल्प खोज्ने प्रस्तावमा खनाल सहमत थिए भनेर बैठकमा भनेका थिए। देउवाको भनाइ सत्य हो भने पार्टी अध्यक्ष आफैं आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध लाग्नु कति राजनीतिक र नैतिक कदम हो? खनाल आफैंले विचार पुर्याउनुपर्थ्यो।
नेपालमाथि ठूलो आकारको मन्त्रिपरिषद् बनाएको, माओवादीलाई सहमतिमा ल्याउन नसकेको, अवरुद्ध शान्ति प्रक्रिया र संसद् संचालन गर्न नसकेको आरोप छ। खनाललाई पनि नेपाल सरकार चलाउन असमर्थ भएको महसुस भएको हुनुपर्छ। शान्ति प्रक्रिया एवं संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर्याउन माओवादीसहितको सहमतिको सरकार बन्नुपर्छ भन्ने लागेको हो भने खनालले अरू पार्टीका नेतासित गोप्य छलफल होइन पहिले पार्टी बैठकमा त्यसबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्थ्यो। खनालमात्र होइन उनका निकट नेता वामदेव गौतम प्रधानमन्त्री नेपाल र रक्षामन्त्री विद्या भण्डारीविरुद्ध गालीगलौजमा उत्रन थालेका छन्। प्रत्युत्तरमा प्रधामन्त्री नेपाल र नेता ओलीसमेत कोभन्दा को कमको शैलीमा खनाल पक्षधरविरुद्ध उत्रन थालेका छन्। त्यसले पार्टी र सरकार दुवैलाई फाइदा पुर्याइरहेको छैन। २०४६ सालपछि सधैं दोस्रो ठूलो पार्टीको हैसियतमा रहेको एमालेले आफू किन संविधानसभा चुनावबाट माओवादीभन्दा धेरै पुड्को भएर तेस्रो दलमा खुम्चिन पुगेको हो, त्यसको कारण र उपचार खोज्नपट्टि लाग्न छाडेर आन्तरिक द्वन्द्व र दन्बझानमा अल्भि्कइरहनु पार्टीको भविष्यका लागि शुभ सूचक होइन। नेपालमा धेरै कम्युनिस्ट पार्टीको उत्थान र पतन देखिइसकेको छ, एमालेको अवस्था पनि त्यस्तै नहोस्।