कुनै द्वन्द्वका क्रममा राज्य र गैरराज्य पक्षबाट भएका अमानवीय ज्यादती र जघन्य अपराधमा न्याय दिलाउन तदर्थ संयन्त्रका रूपमा सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रावधान अपनाइँदै आएको छ।
यस्तो संयन्त्र पहिलो पल्ट सन् १९७४ मा युगाण्डाका पूर्वतानाशाह इदी अमिनबाट नागरिकमाथि भएको ज्यादती छानबिनका लागि गठन भएको थियो। विस्तृत कार्यअधिकार पाएको निकाय भने १९८० को अर्जेन्टीनाको बेपत्ता छानविन आयोग र दक्षिण अफ्रिकाको सत्य तथा मेलमिलाप आयोग नै हुन्। यी आयोगले युद्धकालीन विद्वेषलाई प्रेममा बदल्न र दण्डहीनताविरुद्ध चेतना जगाउन पाएको सफलता उदाहरणनीय मानिन्छ। त्यस्तै चिली, मोरक्को, नाइजेरिया, कंगो र हाइटीमा गठन भएका सत्य निरुपण आयोगहरूले पनि युद्धकालीन मानव पीडालाई पश्चाताप, क्षमादान, क्षतिपूर्ति, सजाय र अन्य उपयुक्त उपायद्वारा प्रेम, भाइचारा, सद्भाव र मेलमिलापमा बदल्ने काम गरे। यस्ता संयन्त्र द्वन्द्वोत्तर समाजको संक्रमणकालीन न्यायका अभिन्न भाग बन्न पुगेका छन्।
कतिपयले यसलाई न्यायालय वा यस्तै समानान्तर संस्था वा मानव अधिकार आयोगजस्तो निकाय ठानेको पाइन्छ। द्वन्द्वका पक्षहरूलाई पुनः द्वन्द्वमा होमिन नदिने र युद्धको पीडा र यातनालाई मेलमिलापमा बदल्ने प्रमुख उद्देश्य भएको अस्थायी संरचना हो। यसले कारबाहीभन्दा पनि वास्तविकताबाहिर ल्याउने, पीडाको क्षतिपूर्तिका नरम उपाय अवलम्बन गर्ने, क्षमादानको वातावरण बनाउने र द्वन्द्वकालीन पीडादायी घटनाको संझना जोगाएर दोहोरिन नदिने वातावरण बनाउँछ।
प्रतिशोधले न पीडितलाई नै क्षतिपूर्ति हुन्छ न अरू पक्ष नै लाभान्वित हुन्छन्। एक पटक नेल्सन मन्डेलाले भनेका थिए - ...म भुल्न सक्तिन, तर क्षमा दिन सक्छु'। युद्धकालीन पीडा मन्डेलाले भने झैँ बदलाबाट होइन, क्षमा र मेलमिलापबाट मात्र साम्य हुन्छ। सत्य र मेलमिलाप आयोगको काम यही शिक्षा संचार गर्नु सार्थकता रहन्छ।
नेपालमा पनि द्वन्द्वरत पक्षबीचको विस्तृत शान्ति सम्झौतामा मतभेद निरुपण तथा कार्यान्वयन संयन्त्र बनाउने प्रतिवद्धता गरिएको थियो। सशस्त्र द्वन्द्वका समयमा मारिएका झन्डै १५ हजार जनाका आफन्त, बेपत्ता पारिएका हजारभन्दा बढी, अंगभंग भएका, धनसम्पत्ति गुमाएका, आन्तरिक विस्थापित र मानसिक क्षति भोगेकाले आपसी सद्भाव र मेलमिलाप गराउने यस्तो संयन्त्रका आवश्यकता महसुस गरिएको हो। नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४ (३३ घ) ले सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिका बारेमा सत्य निरुपण गर्न तथा समाजमा मेलमिलापको वातावरण निर्माण गर्न उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने कार्यलाई राज्यको दायित्व बनाएको छ। विस्तृत शान्ति सम्झौता तथा अन्तरिम संविधानको व्यवस्था कार्यान्वयन गर्न आयोगसम्बन्धी विधेयकको दुई वर्षअघि मस्यौदा पनि भएको थियो। द्वन्द्वको क्रममा मानव अधिकारको गंभीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको घटनामा संलग्न व्यक्तिको बारेमा सत्य अन्वेषण गरी वास्तविकता जनसमक्ष ल्याउने, मानवताविरुद्ध अपराधमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याई दण्डहीनताको अन्त्य गर्ने यसको उद्देश्य रहेको छ। साथै त्यस प्रकारको काम गरेमा सजाय हुनेतर्फ सबैलाई सतर्क गराउने, द्वन्द्व पीडितलाई क्षतिपूर्तिलगायतका अन्य व्यवस्था गरी राज्यका तर्फबाट न्यायोचित व्यवहार गर्ने र पीडित र पीडकबीच पारस्परिक सद्भाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि गराई समाजमा मेलमिलापको वातावरण निर्माण गर्ने उद्देश्य पनि विधेयकमा उल्लेख गरिएको थियो। मेलमिलाप र स्थायी शान्ति अभिवृद्धिका लागि आयोगले पीडकलाई सजायका लागि सिफारिस गर्ने, पीडितका तर्फबाट क्षमादान दिने, पश्चाताप गर्न लगाउने, पीडितलाई क्षतिपूर्ति दिलाउने र शान्ति तथा मेलमिलाप कार्यक्रम चलाउने विधि पनि विधेयकमा तोकिएको थियो।
प्रस्तावित व्यवस्थामा भएको राजनीतिक उद्देश्य प्राप्तिका लागि कुनै अपराधजन्य कार्य गरेको देखिएमा त्यस्तो व्यक्तिलाई क्षमादान गर्ने प्रावधानका कारण विवादमा परेपछि यस मस्यौदालाई दुई वर्षसम्म पनि कानुनी रूप दिन सकिएको छैन। साथै जनआन्दोलन दबाउन राष्ट्रिय सम्पत्ति र शक्तिको दुरुपयोग गर्ने र आन्दोलनकारीलाई अमानवीय यातना दिई जघन्य अपराध गर्ने सरकारी पदाधिकारी एवं सुरक्षाकर्मीमाथि सत्य निरुपपण आयोगले पुन अन्वेषण गरी कार्वाही गर्न सकिने विषयमा पनि त्यतिखेर विवाद देखिएको थियो।
मुलुक अहिले पनि गरिबी र द्वन्द्वको चपेटामा छ। औपचारिकरूपमा समाप्त भएपनि द्वन्द्व व्यवस्थापन नभएकाले द्वन्द्वकालीन घाउन कुनै पनि बेला बल्झेर शान्ति प्रक्रियालाई चुनौती दिने जोखिम छ। द्वन्द्व पूर्वको सामाजिक सम्बन्ध र मानवीय स्रोत पनि क्षतविक्षत भैरहेको छ। शान्ति सम्झौताका प्रतिबद्धता तथा संविधानको प्रावधानअनुरूप सत्य निरुपयण तथा मेलिमिलापको संयन्त्र बन्न नसक्दा दण्डहीनता र अराजकताको संस्कृति बढ्दैछ। अहिले विभिन्न नाम र आवरणमा झण्डै चार दर्जन सशस्त्र समूहले मानवताविरुद्ध जघन्य अपराध गरिहेका छन्। समयमै सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको भए गाउँ, बस्ती र पीडाका खण्डहरहरूमा शान्ति र मानवताको सन्देश संचारित भइसक्ने थियो।
अन्यत्र, यस प्रकारका संयन्त्रहरू द्वन्द्व स्थगनसँगै क्रियाशील हुने गरेको पाइन्छ। यस्तो संयन्त्र छिटै बन्न नसकेका ठाउँमा पुनः द्वन्द्व चर्केर धनजनको संहार भएको वा लामो समयसम्म संक्रमण व्यवस्थापन हुन नसकी मुलुक जटिलतामा भासिएको पाइन्छ। यसैले नेपालमा द्वन्द्वको अन्त्य, शान्ति स्थापना र संरक्षण तथा राष्ट्र निर्माणका लागि पनि विस्तृत शान्ति सम्झौताको यस प्रावधानलाई ततकाल कार्यान्वयन गर्नुपर्ने देखिन्छ। यस्तो काममा जति ढिला गर्दा तथ्य लोप हुने, पीडा प्रतिशोधमा बदलिने जोखिम हुन्छ। साथै, सामाजिक सद्भावलाई पुनःस्थापन गर्न पनि बढी समय लाग्ने हुन्छ।
द्वन्द्वोत्तर शान्ति र यसलाई संस्थागत गराउने काम जटिल र बहुआयामिक प्रक्रिया हो। नेपालमा मानवअधिकार र शान्तिको पहरेदारी गर्ने नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीसमेत दलगत आग्रहबाट पक्षप्रतिपक्षमा विभाजित भएकाले थप जटिल हुन्छ। राजनीतिक आग्रहकै कारण दिगो शान्तिका लागि परिकल्पित संयन्त्रहरू राजनीतिक दलहरूको शीर्ष संयन्त्र, शान्ति तथा पुनःस्थापना परामर्श समिति, शान्ति सल्लाहकार समूह, उच्च स्तरीय अनुगमन समिति, लडाकु समायोजन समितिजस्ता निकाय लगभग निष्त्रि्कय छन्। शान्तिको कार्यसूचीले घरघरमा महत्व पाए पनि राजनीतिक नेताहरूको वास्तविक कार्यसूची बन्नसकेको छैन। मानव अधिकारका मान्य सिद्धान्त र अन्तर्राष्ट्रिय संयन्त्रप्रति विश्वासपूर्ण वातावरण बनिरहेको छैन। फलतः मुलुक इतिहासकै गंभीर मोडमा पुगेको छ। जिम्मेवार राजनीतिक दलहरू र मानव अधिकार तथा शान्तिको पहरेदार नागरिक समाज पुनः एकपटक गम्भीर र इमान्दार हुनु आवश्यक भएको छ। अन्यथा निको नहुँदै द्वन्द्वको घाउ बल्झ्यो भने स्थिति भयावह हुने निश्चित छ।
mainaligopi@gmail.com