केही वर्षअघि पढेको थिएँ दीपक चोपडाको उपन्यास 'बुद्ध'। खुब मन परेको थियो त्यो किताब। त्यो बेला आफूलाई विशेष मन परेको एउटा प्रसंग फेरी पढुपढुँ लागिरहेको छ। तर किताबहरूको र्या कमा यति नै बेला भने त्यो किताब देखिरहेको छैन।'मार'माथि बुद्धको विजयका कथा अनेकरूपमा लेखिएका होलान्, अनेक किसिमले सुनाइने गरिएका होलान्। दीपक चोपडाले भने आफ्नो उपन्यासमा जसरी यस सन्दर्भलाई बुनेका छन्, त्यो मलाई विशेषै रोचक र सुन्दर लागेको थियो। ठ्याक्कै के लेखेको छ र कसरी लेखको छ – त्यो सबै शब्दशः त अहिले सम्झिन्न। यति भने सम्झेको छु राजा शुद्धोदनको जन्मन लागेको बालक बुद्ध बन्ने छन् र तिनकै कारण आफू नष्ट हुनेछु भन्ने दुष्टात्मा 'मार'ले थाहा पाउँछ। आफूलाई अजेय ठान्ने ऊ अाित्तन्छ र जसरी भए पनि सिद्धार्थको बुद्धत्वतर्फको यात्रामा अवरोध उत्पन्न गर्न लागिपर्छ। निरन्तर यही प्रयत्नमा लागिरहेको मार अनेक रूप लिएर उनको अघि देखापर्छ र उनलाई फसाउन खोज्छ। तर उसका षडयन्त्रहरूको केही लाग्दैन। सिद्धार्थले निर्वाण प्राप्त गरिछोड्छन्। उनी बुद्ध भइसके पछि पनि मारले अझै जो सकेको बिगार्ने प्रयत्न गर्छ। सिद्धार्थ दरबार छोडेर हिँडिसकेपछि उनले बाटामा एक जना युवा जोगीलाई भेटेका थिए। त्यही जोगीको भेष धारण गरेर मार बुद्धको नजिक पुग्छ। तर उसलाई देख्ने बित्तिकै मुसुक्क हाँसेर बुद्ध भन्छन् – किन यति धेरै दुख गर्छौ, मार? तिम्रा यी निरर्थक प्रयत्न अब छोडिदेऊ! तिमीले जस्तोसुकै रूप लिएर आए पनि, म तिमीलाई चिन्छु। त्यो सुन्ने बित्तिकै मार त्यहीँ भस्म हुन्छ।
मैले मोटामोटी सम्झेको प्रसंग यतिमात्र हो। मानिसभित्र दुर्भावहरू कति धेरै रुपमा कसरी प्रवेश गर्नसक्ने रहेछन् र तिनलाई चिन्नमात्र सके पनि हराउन सकिन्छ भन्नेको यो राम्रो चित्रण हो।
विपश्यनालगायत विभिन्न ध्यानपद्धतिका बारेमा मैले धेरै कम बुझेको छु। तर आफ्नो मन र मनका गतिविधिलाई पनि द्रष्टा भावले हेर्ने अभ्यास गर्योध भने सकिँदो रहेछ भन्ने चाहिँ मैले पनि अलि अलि बुझ्न पाएँ। कसैसँग रिस उठ्दैछ भने त्यसमा सचेत हुनसक्ता, त्यो रिस हराएर जाने वा कम्तीमा पनि रिसको मात्रा कम हुँने रहेछ। 'मलाई लोभ लाग्दैछ' भन्नेमा सचेत हुँदा त्यो लोभ हराउनसक्ने रहेछ। कसैप्रतिको द्वेष, वासना, हिंसाभाव वा आफ्नो मनमा उठ्दै गरेको कुनै पनि नकारात्मक र हानिकारक विचारलाई थाहा पाउन सके ती कमजोर हुँदा रहेछन्। आँफैभित्र बेला बेलामा उठ्ने दुर्भावलाई पनि 'मार' कै रुप मान्ने हो भने, तिनलाई देख्न सक्नेबित्तिकै, तिनलाई चिन्ने बित्तिकै ती कमजोर हुँदा रहेछन्। यिनै कुरालाई बुझेर होला दीपकले उनको उपन्यासमा माथि उल्लेखित कथा संयोजन गरे को!
विभिन्न संयोगवश बौद्धदर्शनमा स्नातकोत्तर अध्ययन गरेका केही युवा साथीसँगे संगत हुने गरेकोछ आजकल। बुद्धवाणीलाई जीवनको यथार्थमा अनूदित गर्ने अभ्यास गरिरहेका ती असल मानिस मलाई झन् झन् मन पर्न थालेका छन्। सार्थक कुराकानी हुने भएकोले उनीहरूसँगको भेटघाट साँच्चैको सत्संग बन्न पुग्छ। अस्मिना र वसन्त रंजितले चिनाइदिएका मौसम शाक्य यस्तै एकजना मित्र हुन् – जो बौद्धदर्शनमा स्नातकोत्तर अध्ययन सकेर विद्यावारिधि गर्न लागिरहेका छन्।
उनीलगायतका साथीहरूको भेटघाटमा एउटा प्रश्न उठेको थियो। प्रश्न पुरानै हो – मान्छेको दुष्टताकै बारेमा। हाम्रा विचारहरुमा अस्वस्थ, दुष्ट, अपवित्र, हानिकारक भावले प्रवेश गर्न खोजिरहेकै हुन्छन्। त्यसैले भन्ने गरिन्छ एकछिनको निम्ति, एकपटकको निम्ति वा कहिले कहीँ असल हुन त जो पनि सक्छ। तर जिन्दगी भर असल भइरहनु भने अति गाह्रो हुन्छ। त्यो 'असल भइरहने' यत्न भनेकै आफूभित्र रहेका वा प्रवेश गर्न खोजिरहेका दुर्भावलाई देख्नसक्नु होला। तिनलाई ध्यानस्थ भएर हेर्न सक्दा, देख्न सक्दा मात्रै पनि ती माथि विजय प्राप्त होला। तर त्यतिले पुग्छ कि पुग्दैन? आफूभित्रको दुष्टतालाई देखेर, चिनेर, जित्न सकिएला। आफूभन्दा बाहिरको दुष्टतालाई चाहिँ कसरी चिन्ने? त्यसलाई के गर्ने? भर्खर ६ वर्षकी बालिकामाथि हुने बलात्कार, बटुवालाई ठक्कर दिएपछि गाडी फर्काएर मार्ने चालकहरूको पापकर्म, आमाछोरीलाई मारेर फ्याँकिदिने जस्ता जघन्य अपराध, अनि हरेक दिन भइरहने यस्ता सयौं कुकर्म देखेर, चिनेर, 'विपश्यना'ले मात्रै हराउने त हैनन्। सम्यक जीवन जिउन खोज्ने एक जना व्यक्तिले के गर्नु पर्ला समाजमा रहेको दुष्टतासँग जुझ्न?
सामान्यतया यी प्रश्नको उत्तरमा सहजतापूर्वक आउने कुरा हो – दुष्टतासँगको लडाइँमा निर्मम हुन सक्नुपर्छ। अक्षम्य कुकर्म र जघन्य अपराधका कुरा सुन्दा मानिसको रगत उम्लिनु स्वाभाविक हो। धेरैलाई चित्त बुझ्ला यस तर्कमा।
तर, हिंसात्मक राजनीतिको मुहान पनि त त्यही हो! न्यायकै निम्ती भनेर हैन सबै प्रकारका हिंसात्मक क्रान्ति हुने? अनि हिंसात्मक क्रान्तिको मूल्य कति चर्को हुन्छ भन्ने यथार्थ थाहा नभएको विषय हो र? कतिपय स्थितिमा 'दुष्टता'को पगरी नै गलत मानिसलाई लागेको पनि त हुन सक्छ! हिंसात्मक आन्दोलनका बेला व्यक्तिगत रिस इबी साधिएका कथा पनि त नौला हैनन्!
यो प्रश्नको उत्तर सायद त्यति सहज छैन।
कुनै बेला हामी भन्छौं साँच्चैको कानुनी राज भए यस्तो अवस्था नै आउँदैन। तर, त्यो कानुनी राज ल्याउनकै लागि अहिले के गर्ने? घुमीफिरी प्रश्न उठ्छ दुष्टताको पहिचान र त्यससँग लड्ने साधनको। दुष्टतासँगको लडाइँ र सामाजिक रूपान्तरणसँग जोडिएर आउने यस्ता प्रश्नले फनफनी घुमाउने रहेछन्। धेरै पटक नै यी विषयमा कुरा भए हाम्रा 'सत्संग'मा। उमेरमा युवा नै भए पनि परिपक्व विद्वान्का शैलीमा मौसमले भने – 'हामी पनि 'माइन्डफुल एक्टिभिस्ट (सम्यक अभियन्ता)' हुन सक्नुपर्छ।'
हो! तर त्यो सम्यकता कस्तो हुन्छ?
मौसमकै माध्यमबाट एउटा गजबको संयोगले भेटिएका एकजना विश्व प्रसिद्ध रिम्पोचेसँगको कुराकानीमा पनि उठ्यो यो प्रश्न – रिम्पोचे, कसैलाई पनि दुष्टताको पगरी भिराउनु उचित नहोला। तर दुष्टता त हुन्छ। कसरी चिन्ने त्यसलाई? र कस्तो व्यवहार गर्ने त्यससँग?” उनले भने – 'विश्वव्यापी स्वधर्म (युनिभर्सल इथिक्स)को अवधारणालाई प्रयोग गर्नुपर्छ यस्तो बेलामा'। मैले नबुझेको भावमा सोधेँ – 'त्यो भनेको के? कसरी थाहा पाउने?' उनले अत्यन्त सरल भाषामा सजिलोसँग बुझाउने प्रयत्न गरे धैर्यपूर्वक। सुनुन्जेल बुझेजस्तो लागिरह्यो। तर सायद भित्रसम्म पुग्न सकेन। अहिले पनि मेरो मनमा यही प्रश्न आइरहेको छ – समाज रुपान्तरणको सम्यक अभियान कस्तो हुन्छ? अनि कस्ता हुन्छन् सम्यक अभियन्ता? रिम्पोचेले भनेका थिए – बोधिसत्व जस्ता हुन्छन् ती।
सैद्धान्तिक तहमा बोधिसत्वको अर्थ लगाउन सकिएला। तर जीवनमा त्यसलाई उतार्न, त्यो बोधिसत्वलाई आफूभित्र हुर्काउन, उठाउन त्यति सहज पक्कै छैन।
यी प्रश्नहरू सम्भवतः अबका क्रान्तिहरूका पनि प्रश्न हुन्। परम्परागत राजनीतिका खेलाडीका निम्ति यस्नता प्रश्नको त्यति अर्थ नहोला। अथवा, हुनसक्छ, ती यी प्रश्नका छेउछाउ पुग्नै पनि अक्षम होलान्। तर नयाँ पुस्ताका अभियन्ताका निम्ति भने, अबका क्रान्तिको केन्द्रमा रहेका प्रश्न हुन् यी।
अबका क्रान्तिकारीहरू सम्यक अभियन्ता नै हुनुपर्ने हुन्छ। अबका क्रान्तिकारीहरू बोधिसत्व हुनुपर्ने हुन्छ।