लडाकु समायोजन प्रक्रिया सकिएपछि आजभोलि हतियारदेखि हेलिकप्टरसम्म किन्ने दौडधुप चलेको छ। समायोजन नसकिएर थप सैन्य भर्ना र हतियार आपूर्ति अड्किएको थियो। हतियार भारतसँग किन्ने कुरा भएको छ, हेलिकप्टरका लागि रुसी कम्पनी रोजोबोरोनका 'बिचौलिया’ काठमाडौँ आइपुगेका छन्। नयाँ हतियार भित्र््याउन सेना जोसिएको बेला प्रहरीले पनि नयाँ हतियारको माग तेर्स्याएको छ। तर किन किनिन्छ हतियार? कति किन्नु ठीक हो? कोसँग किन्ने? यी कुनै पनि विषयमा राष्ट्रिय विमर्शबिना धमाधम निर्णय हुन थालेको छ।
कसरी हुन्छ कारोबार?
विश्वमा हतियार खरिदबिक्रीको क्रममा ३० प्रतिशतसम्म कमिसनको खेल हुन्छ भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ। प्रत्येक किनबेचमा हतियार दलालले निश्चित अंक (पोइन्ट) पाउँछन्। एक पोइन्टमा सयकडा एक हिस्सा दलालको हुन्छ। साना हतियार बिक्री पक्का गर्दा १० र ठूलाको ३० पोइन्टसम्म पाउँछन्। त्यसमाथि हतियारको खरिदविक्री हजार वा लाखमा हैन, अर्बौँ अर्ब मूल्यमा हुन्छ। मानौँ १० अर्बबराबर ठूला हतियार बेच्न सक्यो भने ३ अर्ब दलालको हुन्छ। दलालको काम चाहिँ क्रेता सरकार वा विद्रोही र हतियार निर्माताबीच किनबेच पक्कापक्की गर्ने हो। त्यसैले हतियार दलालहरूको लागि यस्तो खरिदविक्री धन कुम्ल्याउने सुवर्ण मौका हो। यस्ता विक्री बढाउन संसारमा घृणित खेलसमेत हुन्छन्। कतिसम्म भने द्वन्द्वग्रस्त मुलुकमा युद्ध चर्काउन हतियार दलालहरूले नै उक्साएका अनेकौं दृष्टान्त छन्। युद्ध चर्किन्छ। हतियार थप्नु सरकारलाई बाध्यता बन्छ। विदेशी वा स्वदेशी स्रोतले पनि हतियार किन्न दबाब दिन्छन्। अनि जुन निर्माताले राम्रो सम्बन्ध राख्छ र 'अफर ’ गर्छ उसैले अर्बौँ कुम्ल्याउँछ। यति गरिन्जेल धेरै बिचौलियाले करोडौँ कमिसन लिएका हुन्छन्।
वर्तमान अन्तर्राष्ट्रिय हतियार खरिद प्रवृत्तिअनुसार विकसित देशले विकासोन्मुख देशबाट धेरै रकम लगेका छन्। पछिल्लो अध्ययनअनुसार सन् २०११ मा मात्रै ८१ खर्ब रुपियाँको विश्वव्यापी हतियार कारोबार भएको थिए। यसमध्ये ६८ खर्बको हतियार त विकसित मुलुकले विकासोन्मुखलाई बेचेका थिए। किन्नेमा साउदी अरेबिया पहिलो थियो भने भारत दोस्रो। सो वर्ष भारतले मात्रै साढे ६ खर्ब बराबरको हतियार किनेको थियो। यसले पनि हतियार दलाली गर्ने कति ठूलो अन्तर्राष्ट्रिय समूह छ भन्ने अनुमान लगाउन सकिन्छ।
हाम्रो सन्दर्भ
सेनाले अहिले १ करोड ११ लाख ३२ हजार कार्टिज र गोली, २४ हजार १६६ विभिन्न हतियार तथा ८१ र ५१ एमएमका मोर्टारहरू किन्ने निर्णय गरेको समाचार विभिन्न समाचार माध्यमले सम्प्रेषण गरेका छन्। त्यस्तै सेनाले माइन, डेटोनेटर, सेफ्टी फ्युज र टायम पेन्सिल पनि किन्नेछ। सेनाले हतियार ल्याउने भएपछि नेपाल प्रहरीले पनि सरकारसँग हतियार माग गरेको छ। उसले एलएमजी, एसएमजी, रकेट लन्चर, मोर्टार, एके ४७ र एम १६जस्ता दुई दर्जन विभिन्न प्रकृतिका हतियार मागेको छ। तर यी हतियारको खरिद निश्चित् गर्नुअघि तिनको तत्कालीन आवश्यकता र उपयोगिताबारे सार्वजनिक बहस भने भएका छैनन्।
प्रश्नको घेरामा धेरै विषय आउन सक्छन्। सधैँ सन् १९५० को सन्धिको हवाला दिँदै हामीले भारतबाट मात्रै अधिकांश हतियार किन्नुपर्ने बाध्यता किन? यो हाम्रो कूटनीतिक निरीहता हो कि भारतीय हतियारको उच्च गुणस्तर? त्यसो त एसियामा अहिलेसम्मकै ठूलो हतियार निर्माता र विक्रेता रुस हो। भारतलाई पनि अहिलेसम्म रुसले नै ठूलो परिमाणमा हतियार बेचेको छ। हतियार किन्दा नजिकैको ठूलो छिमेकीलाई नबिच्काउने भन्ने तर्क हो भने यो हाम्रो निरीहता नै हो। अर्को, अहिलेको हतियार सबै अनुदानमा आउने हैन। हामीले ६० प्रतिशत भुक्तानी गर्ने र ४० प्रतिशत छुटमा लिने भन्ने अपुष्ट समाचार जानकारीमा आएका छन्। तर अन्तर्राष्ट्रिय बजारमा यी हतियारको मूल्य कति छ? छुट कति पाउने हो र छुट पाएपछिको रकम पनि हाम्रो लागि महँगो नै हुने हो कि? वा भारतले हामीलाई सदाशय देखाएर माया पो गर्न लागेको छ कि? सुरक्षासम्बन्धी विषयमा अति गोप्य राख्नुपर्ने बाहेक अरू सत्यतथ्य जनतालाई जानकारी दिन सम्बन्धित निकायहरू किन हिच्किचाएका हुन्?
खै पारदर्शिता?
हतियार खरिदको विषय सदैव अपारदर्शी तर संवेदनशील भएको नेपाली राजनीतिक इतिहासले देखाउँछ। जस्तै, २०४६ सालताका पूर्वराजा वीरेन्द्रको भारतसँग सम्बन्ध बिग्रनुको कारण चीनबाट ल्याउन लागिएको हतियार नै रहेको मानिन्छ। द्वन्द्वकालमा बेल्जियमबाट भित्र्याइएका अर्बौँ मूल्यका हतियारमा कमिसन खेल निकै विवादास्पद थियो। भारतले ७० प्रतिशत छुटमा बेचेको इन्सास राइफलले राम्ररी काम नगर्दा नेपाली सेनाले केही ठाउँमा नराम्रो हार बेहोर्नुपरेको पनि अन्तर्राष्ट्रिय चर्चाको विषय भएको थियो। यी कुनै पनि व्यवहार पारदर्शी थिएनन्। त्यसो त भारतमा पनि सन् १९८० को दशक यताका दर्जनजति ठूला हतियार खरिद प्रकरणका विवादास्पदमध्ये कुनै पनि कारबाहीमा परेका छैनन्।
सुरक्षा संवेदनशीलता नहुने र आर्थिक पारदर्शिता हुनुपर्ने विषयमा जनतालाई सूचना दिनु सम्बन्धित निकायको कर्तव्य हो। उदाहरणका लागि, नेपाल–भारतबीच नियमित सुरक्षा वार्ता हुन्छन्। द्विपक्षीय सुरक्षा परामर्श समितिका बैठक बस्छन्। यो भारतीय र नेपाली जनताको साझा सुरक्षाको विषय हो। तर सरकारले यस्ता बैठकका समझदारी विषयमा सतही जानकारीमात्रै दिएर पन्छिने गरेको छ। गृह मन्त्रालयले २०७० जेठ १८ को नेपाल–भारत गृह सचिवस्तरीय बैठकबारे पनि सामान्य छलफल भएको विज्ञप्तिमात्रै निकाल्यो। यसको अस्पष्टताले गर्दा पशुपतिनगर र लुम्बिनीमा अध्यागमन जाँच केन्द्र स्थापनाविरुद्ध अदालतमा मुद्दा नै पर्यो। निर्णयमा कुनै गलत मनसाय लुकेको छैन भने जनतालाई सही सूचना दिँदाँ के बिग्रन्छ? अहिलेको हतियार खरिदको सम्झौता पनि बैँगलोर बैठकमा भएको भनिएको छ। पूर्ण सूचना नदिनु कूटनीतिक बेइमानी हो कि भारतप्रतिको लाचारी?
वर्तमान आवश्यकता
राष्ट्रिय सुरक्षामा सेनालाई युद्धकला, प्रहरीलाई अपराध–अनुसन्धान र जासुसी निकायलाई सूचना संकलनमा पोख्त बनाउनुपर्ने हुन्छ। त्यसैले कुन निकायलाई हतियारले सुदृढ पार्ने र कुनलाई अरू साधन र सीपयुक्त बनाउने भन्ने पनि स्पष्ट हुनुुपर्छ। हतियारबिनाको सुरक्षा निकाय दाह्रानंग्रा नभएको बाघजस्तै हुन्छ तर सुरक्षा समस्या हल गर्न सबै निकायलाई युद्धकौशल र हतियार नै चाहिन्छ भन्ने चाहिँ हैन। त्यसमाथि अहिलेको मन्त्रिपरिषद् पनि अन्तरिम हो। सरकारमा जनप्रतिनिधित्व छैन। आर्थिक वृद्धि दर खस्किएको छ। यतिबेला जनताको करले उठाएको पैसाबाट हतियारमा अर्बौँ खर्च गर्ने निर्णय सामान्य हैन। त्यसमाथि हामीलाई कति हतियार चाहिन्छ, किन चाहिन्छ, त्यसको विकल्प के हुन सक्छ भन्नेबारे विमर्शै नगरी गुपचुप निर्णय गर्दा देशलाई ठूलो घाटा हुन सक्छ। हतियारको अभावमा सेनालाई नियमित अभ्यासबाटै वञ्चित गराउनु हुँदैन तर हाम्रो सेनालाई जुझारु राख्न कस्ता सामग्री चाहिने हुन् र तिनको खरिद कोसँग, कति र कुन शैलीमा गर्दा लाभ हुन्छ भन्ने विषयमा भने खुल्ला बहस हुनुपर्छ।