छिमेकीसँग भारतको सम्बन्ध
२६ असार २०७०
•
१२ मिनेट पाठ
छिमेकीसँग भारतको सम्बन्ध
नेपालको राजनीतिमा भारतको भूमिका जहिले पनि चर्चा, बहस  र विवादमा पर्छ। सात सालयताका सबैजसो राजनीतिक परिवर्तन र विवादमा भारतको परोक्ष/प्रत्यक्ष संलग्नता रहँदै आएको पृष्ठभूमिमा ऊसँगको सम्बन्ध, बहस र विवाद स्वाभाविकै हो। नेपाली नेताहरू आफैँले आफ्ना विषय, समस्या किनारा लगाउन नसक्ने भएर यहाँको राजनीतिमा भारतको प्रभुत्व भएको हो वा भारत आफैँ नेपालको आन्तरिक मामलामा हस्तक्षेपकारी भूमिका खेल्न चाहिरहेको छ? प्रश्नजस्तै सहज छैनन् उत्तरहरू।
दक्षिण एसियामा उदीयमान शक्तिका रूपमा आफूलाई  प्रस्तुत  गर्दै आएको भारतले छिमेकी देशहरूको राजनीतिमा गहिरो पकड राख्नुपर्छ भन्ने ठान्छन् साउथ ब्लकका कर्मचारी। यही मानसिकतामा उनीहरू नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्न अग्रसर हुन्छन्।
नेपालले अहिले दोस्रो संविधान सभा निर्वाचन घोषणा गरेको छ। मंसिर ४ का लागि तोकिएको  संविधान सभा निर्वाचनमा  नेपालले सहयोग अपेक्षा गरिरहेको पृष्ठभूमिमा छिमेकी देश भारत र चीन दुवै खुलेर समर्थन गरिहेका छन्। दुवै देशबाट उच्चस्तरीय भ्रमण भएका छन्।
मंसिरमा चुनाव हुनुपर्छ भन्ने विषयलाई केन्द्रमा राखेर भारतीय विदेश मन्त्री सलमान खुर्सिदले नेपालको भ्रमण गरे। नौ घन्टे भ्रमणमा राष्ट्र प्रमुख, सरकार प्रमुख, समकक्षी सरकारी पदाधिकारी र प्रमुख राजनीतिक दलका नेताहरूसँगको भेटघाटमा खुर्सिदले नेपालमा चुनाव अत्यावश्यक भएको सुझाए। निर्वाचनले अहिलेको अन्योलग्रस्त राजनीतिको निकास दिने उनको निचोड र मंसिरमै चुनाव हुनुपर्छ  भन्ने मान्यतामा प्रश्न गर्ने ठाउँ छैन। चुनावका लागि आवश्यक सबैखाले भौतिक सहयोगका लागि तत्पर रहेको सन्देश दिँदै खुर्सिदले समकक्षी माधव घिमिरेसँग नेपाल प्रहरी र निर्वाचन आयोगका लागि ७६४ गाडी दिने सम्झौतामा हस्ताक्षर गरे। भौतिक सहयोगसँगै राजनीतिक वृत्तका सरोकारवालासँगको भेटमा चुनावलाई महत्त्व दिनपर्छ भन्ने उनको सुझावले अर्थ राख्छ। चुनावको पक्षमा देखिएका तर चुनावी तयारीमा जुटिनसकेको एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाका नेतालाई भेटघाटमा खुर्सिदले चुनावमा लाग्न सुझाव दिएको भेटवार्तामा सहभागीहरूको कथन छ। चुनावको पक्षमा ऐक्यबद्धता व्यक्त गर्न नेपाल आएको बताउँदै खुर्सिदले भ्रमणलाई 'सद्भावना भ्रमण' को संज्ञा दिएका छन्।  
चुनावको पक्षमा वातावरण बनाउन भारतले आफ्ना विदेश मन्त्रीमार्फत् गरेको प्रयास नेपालमा कसरी कार्यान्वयन हुने हो वा होइन? संशय छन्। खुर्सिदले चुनावी सरकार गठनमा विमति जनाउँदै चुनावको विरोधमा देखिएका मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीलाई एउटै समूहमा राखेर भेटवार्ता गरेका छन्। चुनावको विकल्प नभएको सन्देश दिन सफल खुर्सिदले संविधान सभा बिथोल्ने, बहिस्कार गर्ने वा उपयोग गर्ने ठोस निर्णयमा पुग्न नसकेर वार्ता र बहिष्कारको नीति अघि सारिराखेको वैद्य माओवादीसँग भने छलफल गर्न पाएनन्।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल हतारिएर सिंगापुरबाट खुर्सिद भेट्न आइपुग्नु र नेकपा—माओवादी अध्यक्ष मोहन वैद्य खुर्सिदसँगको भेट टार्न रातारात चीन जानुको राजनीतिक चलखेलबीच खुर्सिदले मंसिरमै चुनाव गर्न जोड दिएका छन्। मंसिरमै चुनाव हुनुपर्छ भन्दै जोड दिनुले सामयिक राजनीतिमा महत्त्वपूर्ण अर्थ राख्छ। चुनावमा सबै पक्षलाई समेट्ने आग्रहसँगै खुर्सिदले चुनाव विरोधीलाई पेलेर जानुपर्ने आशय पनि कूटनीतिक शैलीमा व्यक्त गरे। के देखिन्छ भने मंसिरमै चुनाव  हुने/नहुने भन्नेबारे सबैभन्दा बढी अन्योलचाहिँ एमाओवादीमा छ। पुष्पकमलहरू आफूबाट विभाजित भएको वैद्य समूहले राजनीतिक मान्यता पाएर चुनावमा सहभागी नहोओस्  भन्ने चाहन्छन्। वैद्यहरू चुनावमा भाग लिएको अवस्थामा चुनावी गणितमा ठूलो तल–माथि हुने आकलन एमाओवादीले गरेको छ। उता चुनावमा भाग नलिएको अवस्थामा वैद्यहरूले चुनाव केन्द्रित कस्तो नीति लिन्छन्? बहिष्कार वा बिथोल्ने? ती दुवै नीतिको असर एमाओवादीलाई पर्ने निश्चित छ।
खुर्सिद भ्रमणको अर्को पाटो पनि छ। नेपालको आन्तरिक राजनीतिमा पछिल्लो समय छिमेकी चीन खुलेर आएको पृष्ठभूमिमा खुर्सिदको भ्रमण चीनलाई प्रतिक्रिया हो भन्न पनि सकिन्छ। यसका पछाडि तीन साताअघि नेपाल आएका चिनिया स्टेट काउन्सिलर याङ जेइचीको भ्रमण छ। चिनिया उच्च तहका प्रभावशाली पदाधिकारी याङले अहिले खुर्सिदले जस्तै नेपालका सबैखाले राजनीतिज्ञसँग भेटवार्ता गरेका थिए। नेपालको राजनीतिक स्थायित्वका लागि निर्वाचन आवश्यक छ भन्ने सन्देश दिन उनी नेपाल आएको कुरा उनको भ्रमणका क्रममा स्पष्ट भयो। याङले वैद्य समूहसँग पनि वार्ता गरेका थिए तर खुर्सिदको जस्तो समूह समूहमा वार्ता भएको थिएन। विगतमा राजसंस्थालाई भरपर्दो शक्तिकेन्द्र मान्दै आएको चीन नेपालबाट राजसंस्थाको पतनसँगै यहाँको राजनीतिक वृत्तका विभिन्न पक्षसँग हिमचिम बढाउँदै गएको छ। विश्व शक्तिमा उदीयमान चीनले नेपालका राजनीतिक घटना र मुद्दामा खुलेर चासो राख्न थाल्नुले गहिरो अर्थ राख्छ क्षेत्रीय राजनीतिमा। अहिले मोहन वैद्यमार्फत् कस्तो सन्देश प्रवाह गर्छ चीनले? र, त्यसले आसन्न चुनावलाई कसरी प्रभावित गर्छ? त्यो हेर्न बाँकी छ। वार्ताको ढोका खुलै राखेका मोहन वैद्य चीनबाट फर्किएपछि चुनावप्रति लचिलो हुँदै जान्छन् वा अझ चुनावविरुद्ध आक्रामक? आउँदा दिनमा प्रकट हुँदै जालान्।
नेपालमा राजनीतिक स्थायित्व दुवै छिमेकीको आवश्यकता हो। दुवै देश चाँडोभन्दा चाँडो यहाँ चुनाव होस् भन्ने चाहन्छन्। यसमा दुवैको आआफ्नै स्वार्थ छ। आशा गरौं, दुवै छिमेकीको सहयोगमा नेपाल चाँडोभन्दा चाँडो निर्वाचित प्रतिनिधिको हातमा पर्न सकोस्। संविधान सभाले मुलुकको संविधान लेख्न सक्ने परिवेश बन्न सकोस्।
भारत परम्परादेखि नेपालको राजनीतिमा आफ्नो पकड कायम रहोस् भन्ने चाहन्छ। सिद्धान्ततः भारत नेपालमा लोकतान्त्रिक व्यवस्थाको पक्षमा उभिएको भए पनि त्यस्तो लोकतन्त्रको सञ्चालक वा शासक आफूले भनेबमोजिम चल्ने हुनुपर्छ भन्ने मानसिकताले ग्रसित देखिन्छ। उता चीन अहिलेसम्म भरपर्दो राजनीतिक शक्तिको खोजीमा छ, विगतमा राजसंस्था जस्तै। चीनका लागि स्वतन्त्र तिब्वत आन्दोलन र नेपालबाट हुने चलखेल चासोका विषय हुन्। पछिल्ला ४–५ वर्षमा चिनियाँ उच्च अधिकारीहरूबाट भएका नेपाल भ्रमणको फेहरिस्त लामो छ। नेपालबाट  भारत जाने राजनीतिकर्मीको लामो सूचीको तुलनामा नेपाल भ्रमणमा आएका चिनियाँ पदाधिकारीको सूची फुच्चे दरिएला तर कूटनीतिक परिभाषामा उत्तरको भ्रमणले महत्त्व राखिरहेको छ वा दक्षिणको यात्राले?
माओवादीलाई खुला राजनीतिमा ल्याउन निर्देशक भूमिका खेलेको भारत यसबीच विकसित भएका राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको भए पनि उल्लेख्य भूमिका खेल्न सकिरहेको छैन । नेपाललाई उसले गर्दै आएका ठूला सहयोग र राजनीतिक समर्थनबीच किन नेपालमा भारत विरोधी ठूलो जमात छ ? क्षेत्रीय शक्तिमा उदीयमान भारत कुनै पनि छिमेकीसँग सौहार्द्ध सम्बन्ध राख्न सकेको छैन, भइरहेका सम्बन्ध पनि भत्कने क्रममा छन्। पछिल्लो समय आफ्नै सुरक्षा छाताभित्रको भुटान भारतसँग रुष्ट देखिन्छ। भारतको छिमेकीसँगको सम्बन्धबारे बंगलादेशी लेखक महदुद अहमदले 'साउद एसिया क्राइसिस अफ डेभलपमेन्ट' पुस्तकमा चर्चा गरेका छन्। उनी भन्छन्– 'भारत पाकिस्तानलाई आफँैबाट छुट्टिएको क्षेत्र ठान्छ, श्रीलंकालाई भारतकै तटवर्ती एउटा द्वीप मान्छ, बंगलादेशलाई आफ्ना सेनाको रगतले बनेको राज्य ठान्छ, नेपाललाई एउटा भूपरिवेष्टित हिन्दु राज्य जहाँ आफ्नै देशका जस्ता जाति छन् र भुटानलाई आफ्नै सुरक्षा छाताभित्रको भूखण्ड।' अहमदले चित्रित गरेको भारतीय मानसिकता व्यवहारमा पनि अनुभव हुन्छ। खुर्सिदहरूका भ्रमणसँगै अहमदले चित्रित गरेको मानसिकतामा परिवर्तन आवश्यक छ।


अर्को समाचार
प्रम र भ्रमण
२८ चैत्र २०७२
•
६ मिनेट पाठ
प्रम र भ्रमण
दक्षिण एसियामै हरप्रकारले ठूलो भारतको कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध छैन। पाकिस्तान, बंगलादेश, भुटान जस्ता देश ऊसँग सधैँ डराउने गर्छन् उसकै रवैयाका कारण। भर्खरै नेपालमा नाकाबन्दी गरेर नेपालीलाई जुन हदसम्म दुःख दियो त्यसले त उसको यस्तो रवैया झनै बढ्दो छ भन्ने पुष्टि गरेको छ। यसरी हेर्दा यो क्षेत्रकै सबैभन्दा सम्मानित हुन सक्ने देश यतिखेर उसको प्रताडना खप्न बाध्य छिमेकीमात्र हैन, विश्वभर आलोचित देखिएको छ। यसमा अरु कुनै कारण नभई उसकै ठालुपनको मुख्य हात छ।नेपालका प्रधान मन्त्री केपी शर्मा ओलीले केही समयअघि आफ्नो भ्ाारत भ्रमणका क्रममा सम्बन्ध सुधार्ने प्रयत्न गरे। तर भ्रमणको अन्तिममा दुवै देशबीच आउनुपर्ने संयुक्त वक्तव्य नआउनुले नै उनको सम्बन्ध सुधारको प्रयास सफल नभएको बुझ्न कठिनाइ पर्दैन। त्यसैले प्रधान मन्त्रीको भारत भ्रमण सफल भयो कि भएन भनेर टाउको दुखाउनु आवश्यक नै देखिन्न तर पनि विभिन्न सञ्चारमाध्यममा उनको भारत भ्रमण नाप्ने प्रयास देखिइरहेको छ जुन निरर्थक देखिन्छ।




खासमा चर्चाचाहिँ भारत भ्रमणभन्दा पनि चीन भ्रमणको हुनुपर्ने हो किनकि चीनसँग भएको पारबहन सम्झौतामात्र हैन, चीनले नेपाललाई गरेको सहयोग तथा हरक्षेत्रमा देखाएको सहानुभूति उल्लेख्य छ। जसले चीन नेपाल र नेपालीका लागि सच्चा मित्र हो भन्ने पुष्टि हुन्छ। चीनसँग भएको सम्झौताकै कारण भारतसँग व्यापार गर्नैपर्ने एकाधिकार तोडिएको छ जसलाई अहिलेसम्मकै महत्वपूर्ण घटना मान्नुपर्छ। त्यसैले यहाँ जेबारे कुरा हुनुपर्थ्यो त्यो भएको छैन, जेलाई बढी महत्व दिनु आवश्यक थिएन, त्योचाहिँ भइरहेको छ। चीनभन्दा बढी भारत भ्रमणलाई महत्व दिएर प्रचारप्रसार गरिनु यसको उदाहरण हो।

एकातिर भारत आफैँ गरिबीले थिचिएको छ। आफैँ समस्यै समस्याको पोकोमाथि सुतिरहेको छ। उसकै देशका जनता अधिकारका लागि लडिरहेका छन् तर सरकार दमन गरिरहेको छ। उल्टै ऊ भने नेपाली जनताको अत्यधिक बहुमतले बनाएको संविधानमा यो संशोधन गर, ऊ गर भनेर सिकाउँछ। अनि नमानेको झोकमा नाकाबन्दी जस्तो अन्तिम अस्त्र प्रयोग गरेर जनतालाई दुःख दिन्छ। आफ्नो देशमा उत्पादन हुने सामान त आउन दिएन, दिएन, अरुको देशबाट ल्याएको सामानसमेत रोकेर दुःख दिन्छ। भान्साका लागि अत्यावश्यक सामग्री ग्यास र जीवनरेखा भनिने इन्धनमा झनै कडाइ गर्छ। यस्तो मुलुकमा भएको भ्रमण र उसको नेताहरुको रवैया देख्दै लाग्छ, भ्रमणको कुनै अर्थ छैन। जबसम्म भारतकै कारण प्रभावित नेपाली चुलोहरु सामान्य अवस्थामा फर्कन सक्दैनन् तबसम्म भारत भ्रमण सफल भयो भन्नुको कुनै तुक हुने छैन। यसमा कसैले पनि बहस र तर्क गर्नु नै व्यर्थ छ।

हरेक पटकका प्रधान मन्त्रीको भारत भ्रमणका बेला के के न ल्याउँछन् भनेर मुख ताकेर बस्ने नेपाली प्रवृत्ति पनि यसका लागि जिम्मेवार छ। हामीले आत्मनिर्भर हुनेतर्फ कुनै योजना बनाएको भए उतिन्जेलै देश बनिसक्थ्यो तर भारत होस् वा अन्य देश, कसले कति बढी मागेर ल्याउने भन्नेमा प्रतिस्पर्धा भयो। हाम्रो यही इतिहास नै आजसम्म पनि भारतले हेपिरहने मुख्य कारण हो। जुन हेक्का नेताहरुलाई अहिलेसम्म भएको देखिन्न। यही कारण रहिरहे नेपालीले अझै पनि धेरै समय दुःख पाउनुको विकल्प देखिन्न। अर्थात् नेताहरुको भ्रमणलाई कति ल्याउने भन्ने प्रश्नसँग जोख्ने बानी छाडेर सम्बन्ध कति दरिलो बनाउने, त्यो पनि सार्वभौमसत्ता सम्पन्न मुलुकका आधारमा भन्नेबारे सोच्न थालेमात्र हाम्रा दुःखका दिन ओरालो लाग्नेछन्, हैन भने 'घुम्दै फिर्दै रुम्जाटार' भनेझै भारतले हेपिरहने र हामी हेपिइरहने दिन कायमै रहनेछन्। मुख्य कुरा भ्रमणलाई ल्याउनेभन्दा पनि समान हैसियत कायम राख्नमा जोड दिनुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस