नेपालीलाई के चाहिने हो? नेपालका लागि कस्तो संघीयता उपयुक्त हो? कस्तो राजनीतिक व्यवस्थामा नेपालीको उन्नति र प्रगति हुन्छ? यस्ता विषयमा नेपाली आफँै मिलेर निर्णय गर्नुपर्नेमा जिम्मेवार भनिएका राजनीतिक दलहरू एक आपसमा वैमनस्य बढाएर विदेशी शक्तिको आडमा आआफ्नो अडान बनाएर देशलाई अनिर्णयको बन्दी बनाउन लागिपरेको देखियो। नेपाली जनताले सधै संक्रमणकाल भनेर अन्तरिम संविधानबाट दशकौं शासित हुने र जनादेश नभएका राजनीतिक दलले परिवर्तन गरेका संविधानका धाराहरूको बन्दी बन्ने अवस्था अन्त्य हुनुपर्छ। यस्तो संक्रमणकालीन अवस्थाको अन्त्य निर्वाचनबाट मात्र संभव हुन्छ। यति हुँदाहुँदै पनि निर्वाचनको विरोध गर्नु वा निर्वाचन हुँदैहुँदैन भनेर जनतालाई भ्रमित पार्नु देशको हितका लागि अवश्य पनि सही कार्य होईन। अझ जनताको प्रतिनिधिहरूनै नभएको देशमा गोलमेच सम्मेलनबाट संविधान निर्माण गर्नुपर्ने तर्क आफँैमा हास्यास्पद देखिन्छ।दलहरूले २०६४ सालको संविधान सभा तथा व्यवस्थापिका संसद्को निर्वाचनमा जति मत ल्याएको भएपनि त्यसको वैधानिक म्याद साढे दुई वर्षमा समाप्त भइसकेको थियो। तर, जनताको विश्वास जितेको बहानामा दलहरूले थप डेढ वर्ष सत्ता लम्याए। गत जेठ १०, २०६९ मा संविधान सभाको विधिवत् अन्त्य भइसकेको अवस्थामा आफूलाई जनताको अनन्तकालको प्रतिनिधि ठानेर नयाँ जनप्रतिनिधि छनौट गर्ने चुनावको विरोध गर्न कसैले पाउँदैन।
नेकपा–माओवादी अहिले गोलमेच सम्मेलनमा भागलिन आफूलाई तयार पार्दैछ। सँगसँगै ऊ चुनाव बहिस्कारको नीति पनि लिएर हिँड्दै छ। यसरी दोधारे नीति अवलम्बन गर्ने राजनीतिक दललाई ढुलमुले, दोधारे भनेर विगतमा पनि आलोचना हुँदै आएको हो। अझ निर्वाचन वातावरण सकारात्मक बनाउने उद्देश्यका साथ मंगलवार नेपाल आइपुगेका भारतका विदेशमन्त्री सलमान खुर्सिदसँगको भेटलाई टार्नैका लागिजस्तो गरेर उनी आइपुग्ने अघिल्लो रातको एघार बजेको विमानबाट माओवादीका अध्यक्ष वैद्य र उपाध्यक्ष सिपी गजुरेल चीनतर्फ लाग्नु आफँैमा सन्देहास्पद भएको छ। स्वतन्त्र र सार्वभौम हुनु भनेको भारतको मात्र विरोध गर्नु र चीनप्रति नतमस्तक हुनु पक्कै होइन। वैद्यको यस व्यवहारले भने उनी स्वतन्त्र नभएर बढी उत्तर ढल्केको देखिएको छ। वैद्यका आफ्नै कारण होलान् रातारात चीनतर्फ लाग्नुपर्ने तर कूटनीतिक क्षेत्रमा त्यसलाई भेट्न नखोजेको रूपमै हेरिन्छ।
राजनीतिक लुकामारीको यस खेलले नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने सन्देह बढाएको छ। भारतका विदेशमन्त्रीको भ्रमणके समय पनि कूटनीतिक दृष्टिबाट गलत अर्थ लगाउन मिल्न समयमा भएको छ। खुर्सिद महोदयले सर्वप्रथम त पूर्व निर्धारित दुईदिनको भ्रमणलाई एकदिनै बनाए। यसले भ्रमणको महत्व घटायो। दोस्रा,े उनी पनि नेपाली कांग्रेका अध्यक्ष सुशील कोइराला र एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अनुपस्थितिमा नेपाल आए। बिहीबार सिंगापुरबाट फर्कने भनिएका प्रचण्ड हतारिँदै काठमाडौं त फर्कदैछन् तर दक्षिणी छिमेकी भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाईमात्र भेट्ने सोचका साथ आएको हुनसक्ने सन्देह गरिएको छ। भारतीय विदेश मन्त्रीले नेपालमा रहँदा सकभर सबै प्रमुख दलका राजनीतिक नेतालाई भेटेका भए त्यसको राजनीतिक सन्देश अलि सकारात्मक हुने थियो।
जे होस्, नेपालका राजनीतिक नेताहरूले लुकामारीको खेलमा नलागेर सबैसामु आफ्नो देशका हितमा अडान लिन सक्नुपर्छ। चुनाव नचाहनु अहिलेको सन्दर्भमा धेरैका लागि गलत राजनीतिक दृष्टिकोण हुनसक्छ तर त्यो धारमा रहेका दलले पनि कारणसहित आफ्ना धारणा स्पष्ट राख्नु पर्छ। लुकामारीको राजनीतिले मुलुकलाई कुनै टुंगोमा पुर्याउँदैन। आपसमा छलफल र सल्लाह गरेर राष्ट्रको हितमा लाग्नुको साटो कुनै देशको पछाडि लाग्ने दलहरूबाट नेपाली जनताको भलो हुँदैन। यस्तो व्यवहारबाट ती दलमा पैसा र हतियार त आउला तर जनताको समर्थन प्राप्त हुँदैन।