मधेसमा मानव अधिकार
११ असार २०७०
•
१५ मिनेट पाठ
मधेसमा मानव अधिकार
जेठ अन्तिम साता रौतहटको पिपरिया दोस्तिया–८ भिङ्डावर गाउँको दलित बस्तीमा आफूलाई कथित उपल्लो जाति बताउने समूहले आक्रमण गर्‍यो। जसमा १४ जना घाइते भए भने ६५ घर तोडफोड गरिए। यसैगरी धनुषाको पैडेश्वरका शम्भुकुमार दासले सोही गाउँकी सरिताकुमारीसँग प्रेम विवाह गरेका थिए। अघिल्लो मंसिरमा जिल्ला अदालत धनुषाले सो जोडीलाई कानुनी मान्यतासमेत दिएको छ। तर स्थानीय व्यक्तिले प्रेम विवाह गरेको भन्दै ३० वर्षका लागि गाउँ निकालामात्र गरेनन्, ७५ हजार रुपियाँ जरिवानासमेत गरेका छन्। मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १६(१) मा 'जाति, राष्ट्रियता वा धर्मको भेदभावविना वयस्क स्त्री/पुरुषलाई आपसमा विवाह गर्ने र परिवार बसाउने अधिकार छ, विवाहको विषयमा वैवाहिक जीवनमा तथा सम्बन्ध विच्छेदमा तिनीहरुलाई समान अधिकार हुनेछ' भनिएको छ। तर विवाहपश्चात गाउँ जान नसकेर जनकपुरमा बस्दै आएका शम्भुकुमार दास र सरीताकुमारी केही समयअगाडि भारत प्रवासिए। यसले मधेसमा व्यक्तिगत स्वतन्त्रताको अवस्थाा कस्तो छ भन्ने छर्लंग्याउँछ।
उल्लिखित दृष्टान्त त केवल उदाहरणमात्र हुन। मधेसमा अहिले मानव अधिकार उल्लंघनको घटना दिन/प्रतिदिन बढ्दो छ। पछिल्लो जनआन्दोलनको सफलतासँगै तत्कालीन नेकपा (माओवादी) राजनीतिको मूलधारमा आयो। तर मधेसमा हतियारको त्रासदि हटेन। यसपछि मधेसमा विभिन्न हतियारधारी समूह सलबलाउन थाले। २०६३ माघमा मधेसी नागरिकले पहिचानको आन्दोलन गरे। यही बेलामा कतिले राजनीतिको खोल ओडेर आपराधिक गतिविधि सञ्चालन गर्नपटि्ट लागे। यसपछि मधेसको शान्तिसुरक्षाको स्थिति सरकारी नियन्त्रणभन्दा बाहिर गयो। सुरुका दिनमा सिरहा र सप्तरीमा मात्र सक्रिय हतियारधारी समूह आसपासका अन्य ८ वटा जिल्लामा पनि फैलियो। सुरुमा एक दुई संख्यामा मात्र रहेका हतियारधारी समूह पछि २० वटा भन्दा बढी समूहमा बढ्यो। पछिल्लो समय केही सुधि्रएजस्तो देखिए पनि मधेसमा मानव अधिकारको स्थिति अत्यन्त नाजुक छ। मानव अधिकारको संरक्षण गर्ने निकाय उदासिन छन्। दण्डहीनताले सीमा नाघिसकेको छ।
डरलाग्दो चन्दा आतंक  
मधेसमा क्रियाशील सशस्त्र समूहले दिनदिनै उठाउँदै आएका चन्दाले पनि मधेसमा बस्ने स्थिति छैन। सरकारी कर्मचारी, गाविसका सचिव, व्यापारीमात्र होइन, शिक्षक, गाउँले सबैसँग चन्दा उठाइरहेका छन्। चन्दा आतंककै कारण गाउँ विकास समितिका पदाधिकारी सदरमुकाममै सीमित छन्। व्यापारीहरु आफ्नो व्यवस्ाायबाट पलायन हुने क्रम बढ्दो छ। जनकपुर रामानन्द चोकमा फेन्सी सामानका व्यापारी चन्दाकै कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको दुखेसो पोख्छन्। उनीकहाँ केही समयअगाडि मात्रै लिबरेसन टाइगर अफ तराई इलम (एलटीटीई) को नाममा ३ लाख चन्दाका लागि चिठी आएको थियो। 'मेरो पूरै पसल बेच्दा पनि ३ लाख आउँदैन', उनले भने– यस्तो अवस्थामा म कसरी त्यत्रो पैसा दिउँ?
 मधेस विद्रोहपछि केही साम्प्रदायिक सद्भाव बिथोल्ने गरी पहाडिया समुदायलाई लक्षित गरी विभिन्न आपराधिक गतिविधि भएको थियो। तर अहिले मधेसी र पहाडिया दुवै समुदाय आपराधिक समूहबाट पीडित छन्। राराव क्याम्पस जनकपुरधामका एक प्राध्यापक चन्दा आतंकले तराईको जनजीवन अस्तब्यस्त बनाएको बताउँछन्। 'यहाँका नागरिक पलपल मरेर बाँच्ोका छन्, उनले भने– पहाडियामात्र होइन, मधेसी मूलकाहरुको पनि हालत उस्तै छ।' उनका अनुसार गत मंसिर अन्तिम हप्ता जनकपुर क्याम्पसमा एक युवक ज्वालासिंहको नाममा १ लाख चन्दाका लागि पत्र लिएर आएका थिए। पछि बुझ्दै जाँदा थाहा भयो– उनी ज्वालासिंहको कार्यकर्ता नै रहेनछन्। 'पहिला सशस्त्र समूहमा ज्वाला सिंह र गोइत समूहमात्र थिए', ती प्राध्यापक भन्छन्– अहिले प्रत्येक व्यक्ति ज्वाला सिंह, गोइत समूह, बिष्फोट सिंह भएका छन्।
सामाजिक अपराध झन् धेरै  
 मधेसमा सशस्त्र समूहका कारणमात्र होइन, अन्य कारणले पनि मानव अधिकार उल्लंघनका घटना धेरै छन्। मधेसका जिल्लामा दाइजोको समस्याले विकराल रूप लिएको छ। केही वर्षअघि सप्तरी जरायोटारकी सीतादेवी यादवलाई पर्याप्त दाइजो नल्याएको भन्दै परिवारजन मिलेर हत्या गरी इनारमा फाले। यस विषयमा जिल्ला प्रशासनमा मुद्दासमेत पर्‍यो। तर प्रशासनले ७५ हजार रुपियाँ जरिवाना गरी यो मुद्दा मिलाइदियो। मधेसमा बोक्सीको समस्या झन् डरलाग्दो छ। हरेक महिनाजस्ाो बोक्सीको आरोपमा कुटपिट गर्ने, दिसा ख्वाउने र हत्यासमेत गर्ने गरेका घटना सार्वजनिक हुँदै आएका छन्।
 मधेसमा छुवाछुतको समस्या पनि ठूलो छ। मधेसी समुदायकै दलितहरु अझ ठूलो विभेद र ज्यादति सहेर पनि बाँच्न विवश छन्। धनुषाका दलित अधिकारकर्मी रघुनाथ दास दलितमाथि तथाकथित उपल्लो जातकाले निकै ज्यादति गर्ने अनुभव सुनाउँछन्। केही समयअघि धनुषाकै हरिहरपुरमा डुम जातिले पानी खाँदै आएको इनारमा तथाकथित उप्ाल्लो जातिका व्यक्तिले विष हालिदिएका थिए। दास भन्छन्– 'यस्तो अवस्थामा पनि प्रशासनले दलितलाई सहयोग गरेन।' उनका अनुसार पछि मानव अधिकारकर्मीहरुको पहलमा सो पानी दलितले नै पाउने व्यवस्था त मिलाइयो तर दोषीमाथि भने कुनै कारबाही भएन। पानी छोइदिएको आरोपमा समेत दलितले मरणासन्न हुनेगरी कुटाई खाएका छन्। दास भन्छन्– मधेसका दलित मान्छे होइन, जनावरको जस्तो जीवन बाच्न बाध्य छन्।
दोषी को?
समस्या विकराल बन्दै गइरहेको छ। मधेसमा मानव अधिकार उल्लंघनका घटना दिन दुगुना, रात चौगुनाका दरले बढ्दै गइरहेको छ। प्रशासन आफ्नो कमजोरी स्वीकार्न तयार छैन। ऊ आफू प्रभावकारी रहेको दाबी गर्छ। तर नागरिकहरु भने निर्भयपूर्वक हिँडडुल गर्न पाउने अधिकारबाट विमुख भइरहेका छन्, अझ ठूलो कुरा बाँच्न पाउने अधिकारबाटै विमुख भएका छन्।
यसमा कमजोरी हरेक पक्षको छ। प्रहरी, प्रशासन, राजनीतिक पार्टी, मानव अधिकारको क्षेत्रमा क्रियाशील संघ/संस्था अनि स्थानीय बासिन्दा। धनुषाका अधिकारकर्मी नागेन्द्र लाभ मानव अधिकारको क्षेत्रमा सक्रिय निकायहरुको बढी कमजोरी देखाउँछन्। यस्तो प्रतिकूल अवस्थामा राष्ट्रिय मानव अधिकार आयोग जुनरूपमा सक्रिय हुनुपर्ने थियो, त्यो छैन। उनले भने– 'आयोगको निष्त्रि्कयता पनि मधेसमा मानव अधिकार उल्लंघनको एक कारण हो।' यद्यपि यसको मुख्य र एक मात्र कारण भने यो होइन। सरकारी निकायले मधेसमा सल्किएको हिंसा र अपराधलाई लामो समय बितिसक्दा पनि स्पष्टरूपमा सम्बोधन गर्न सकेको छैन। मधेसी दलले समेत मधेसमा मानव अधिकारका सवाललाई प्राथमिकता साथ उठाउन सकेको देखिँदैन।
मधेस आन्दोलनपछि गठन भएका सरकारले मधेसमा सक्रिय सबै राजनीतिक शक्तिलाई सम्बोधन गरेर इमान्दारिताका साथ वार्तामा बोलाउन नसक्नु सबैको सामूहिक कमजोरी हो। मधेसका जायज माग पूरा गरिदिएर र अपराधीलाई कारबाही गर्न सकेमात्र मधेसमा मानव अधिकार स्थापना गर्न सकिन्छ। तर यसतर्फ कुनै पनि सरकारले ध्यान दिन सकेनन्। मधेसवादी दलहरुले मानव अधिकारको सवाललाई प्राथमिकता दिएर उठाउन सकेका छैनन्। सामाजिक उत्पीडन, अधिकारको उल्ल्ांघन जस्ता सवाल मधेसवादी दलको एजेण्डामा मात्र सीमित छन्। मधेसको पछौटेपन र उत्पीडनलाई सत्तामा पुग्ने भर्‍याङमात्र बनाइरहेका छन्। जसले गर्दा मधेसमा भएका मानव अधिकार उल्लंघनका घटना कारबाहीको दायराभित्र पर्न सकेका छैनन्।  
 अर्को कुरा त मधेसमा विद्यमान अशिक्षा र पछौटेपन महत्त्वपूर्ण सवाल हो। अधिकार के हो? कसरी लिने र कसरी अरुको अधिकारको सम्मान गर्न सकिन्छ भन्ने चेतना नै नभइकन मानव अधिकारका सवाल स्थापित गर्न सकिँदैन। अधिकारका क्षेत्रमा कार्यरत् संघ/संस्थाले यस क्षेत्रमा मधेसमा धेरै काम गर्न बाँकी छ।
समाधानका उपाय
गत संविधान सभाको निर्वाचनमा मधेसी नागरिकले मधेसवादी दलहरुलाई विश्वास गरे। आफ्नो हक अधिकार सुनिश्चितताका लागि मधेसी दलले काम गर्नेछन् भन्नेमा उनीहरुले आशा राखेका थिए। तर मधेसी दलबाट त्यस दिशामा उल्लेख्य काम भएनन्। न त ज्वाला सिंह, गोइत समूहसँग ठोस वार्ता नै हुन सक्यो, न नागरिक अधिकारका विषयलाई उनीहरुले प्रभावकारीरूपमा उठाउनै सके। यसले गर्दा मधेसी नागरिक यतिखेर निराश छन्। यसबीचमा मधेसमा क्रियाशील समूहमध्ये कुनचाहिँ राजनीतिक हो र कुनचाहिँ आपराधिक हो भनेरसमेत सरकारले छुट्याउन नसक्नु सबैभन्दा ठूलो कमजोरी भएको उनीहरुको अनुभव छ। यदि त्यसरी छुट्याउन सकेको भए राजनीतिक शक्तिलाई वार्तामा ल्याएर जायज माग पूरा गरेर समाधान गर्ने र आपराधिक समूहलाई सुरक्षा व्यवस्था कडा पारेर नियन्त्रण गर्न सकिन्थ्यो।  
 तर तल्लो तहदेखि नै मानव अधिकार सुदृढ बनाउनका लागि भने मधेसका जिल्लामा नागरिक सचेतीकरण अभियान सञ्चालन गर्नसके राम्रो हुन्छ। अधिकार भनेको के हो भन्ोर बुझाएपछि मात्र नागरिकले त्यसको सम्मान र उल्लंघन भए उपचार खोज्छन्। यसैगरी मधेसमा हुर्कंदै गएको दण्डहीनता तुरुन्त अन्त्य गरिनुपर्छ। यसका लागि स्थानीय प्रशासन र नागरिक समाजको सहकार्य सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यी दुई पक्षबीच जति धेरै सहकार्यको संस्कृति विकास गर्न सकिन्छ, उति नै मानव अधिकारको सम्मान दिलाउन सकिन्छ।
 मधेसमा विद्यमान छुवाछुत, दाइजो, घरेलु हिंसा चरमरूपमा छ। व्यक्तिगत स्वतन्त्रता जस्ता कुरा नै छैन। पहिला यिनै कुरालाई जरैदेखि फाल्ने कुरामा मधेसी राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यमलगायत् अन्य सरोकारवाला एकजुट भएमा मात्र मानव अधिकारको अवस्थामा सुधार ल्याउन सजिलो हुन्छ।


अर्को समाचार
आन्दोलनकारीको आक्रमणपछि आयोगले अनुमन टोली फिर्ता बोलायो
१८ मंसिर २०७२
•
३ मिनेट पाठ
आन्दोलनकारीको आक्रमणपछि आयोगले अनुमन टोली फिर्ता बोलायो
काठमाडौं- तराई मधेसमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले मानव अधिकार आयोगका अनुगमन टोलीमाथि आक्रमण गरेका छन्। मानव अधिकार रक्षकमाथि भएको आक्रमणपछि आयोगले त्यहाँ कार्यरत रहेका टोलीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।मानव अधिकार रक्षक भनि पहिचान भएकै अवस्थामा पनि आक्रमण हुनु निन्दनीय भएको भन्दै आयोगले शुक्रबार यस्तो निर्णय गरेको हो। आयोगबाट खटिएका टोलीहरुमाथि बिहीबार नवलपुरको जुटपानीमा आन्दोलनकारीले आक्रमण गरेका थिए। आक्रमणमा परी अधिकृत नितु गड्तौलासहित तीन जना घाइते भएका छन्।




आयोगबाट खटिएका मन्दिरा श्रेष्ठ, विभा ढुङगाना र श्रीराम कार्कीलगायतको टोलीमाथि आक्रमण गरी ज्याकेट जलाइदिएको, गाडी, क्यामरा, महत्वपूर्ण कागजपत्र खोसेको आयोगको विज्ञप्तिमा उल्लेख छ। आन्दोलनका क्रममा भएको उक्त घटनापछि बसेको आयोगको आकश्मिक बैठकले घटनाको घोर भर्त्सनासमेत गरेको छ।

सरकार र आन्दोलनकारी दललाई मानव अधिकारप्रति संवेदशील हुन, सर्वसाधारण, सञ्चारकर्मी, मानवअधिकार रक्षक तथा एम्बुलेन्सजस्ता मानवीय सेवामा खटिएका सवारीमा समेत आक्रमण गरी जनधनको क्षति पुर्यााउने कार्य अविलम्ब रोक्न र शान्तिपूर्ण रुपमा आफ्नो कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ।

आन्दोलनकारी मोर्चाका केन्द्रीय नेतृत्वले आयोगमा उपस्थित भई मधेस आन्दोलनको निरन्तर अनुगमन गरिदिन लिखित तथा मौखिक अनुरोधसमेत गरिएको सन्दर्भमा यस किसिमका बर्वरतापूर्ण घटना हुन जानुबाट आयोग गम्भीर भएको विज्ञप्तीमा उल्लेख छ।

जीवनको अधिकार, स्वास्थ्य, शिक्षा, खाद्यान्नलगायतका आधारभूत सेवामा अवरुद्व गर्ने र मानव अधिकार रक्षक, सञ्चारकर्मी र मानवीय सेवामा कार्य गर्ने व्यक्ति तथा निकायको सुरक्षा र संरक्षण गर्नका लागि आयोगले नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

तराई मधेसमा भइरहेको आन्दोलनबारेमा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायले पटक-पटक चासो व्यक्त गरिरहेको सन्दर्भमा यस्ता घटनाबाट आन्दोलनको क्रममा आयोगबाट भइरहेको स्वतन्त्र अनुगमनको कार्यमा समेत गम्भीर प्रभाव परेको आयोगको निष्कर्ष छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस