केही दिनअघि विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले पत्रकार सम्मेलन गरी त्रिभुवन विश्वविद्यालयको अतिशय राजनीतिकरणका कारण उच्चशिक्षामा देखापरेका विकृति र दुरवस्थाप्रति चिन्ता प्रकट गरेका थिए। त्रिविमा राजनीतिकरण हुनुको कारण धेरै होलान्। ती मध्ये एउटा प्रमुख कारण हो - उपकुलपतिको राजनीतिक नियुक्ति। उपकुलपतिहरू स्वयं पनि राजनीतिकरणका महत्वपूर्ण पात्र हुन्।
त्रिविको स्थापनाकालदेखि नै उपकुलपतिको छनौटमा शैक्षिक, प्राज्ञिक योग्यताभन्दा उम्मेदवारको राजनीतिक पृष्ठभूमीले बढी भूमिका खेलेको पाइन्छ। त्रिविका प्रथम उपकुलपति सुवर्णशम्शेर राणा स्वयं एक प्रतिष्ठित शिक्षाविद्भन्दा बढी नेपाली कांग्रेसका ठूला नेता थिए। उनी उपकुलपति बन्दा प्रथम जननिर्वाचित नेपाली कांग्रेसको सरकार थियो। तर उनी धेरै समय उपकुलपति रहेनन्। ०१७ साल, पुस १ को घटनापछि उनी निर्वासित भए र शारदाप्रसाद उपाध्यायले उपकुलपतिको कार्यभार सम्हाले। कुनै समय रुद्रराज पाण्डे, त्रैलोक्यनाथ उप्रेती, सूर्यबहादुर शाक्य, जगतमोहन अधिकारीजस्ता देशका प्रतिष्ठित शिक्षाविद् पनि त्रिविका उपकुलपति नबनेका होइनन्। तर ०३६ सालमा विद्यार्थी आन्दोलन चर्केपछि सरकारले त्रिविको नेतृत्वमा शिक्षाविद्भन्दा आन्दोलन नियन्त्रण गर्ने क्षमता भएको व्यक्तिको आवश्यकता महसुस गर्यो र तत्कालीन उपकुलपति अधिकारीलाई हटाएर शिक्षा क्षेत्रमा कहिल्यै संलग्न नभएका चिकित्सक डा. महेन्द्र प्रसादलाई नियुक्त गर्यो। ०३६ सालपछि त्रिविका क्याम्पसहरू पञ्चायत विरोधी राजनीतिको प्रमुख केन्द्रविन्दु बने। सरकारले त्रिविको नेतृत्वमा प्राज्ञिक व्यक्तित्वभन्दा विश्वविद्यालयमा बढ्दै गएको राजनीतिक गतिविधिलाई सफल व्यवस्थापन र नियन्त्रण गर्ने प्रशासनिक क्षमता भएका व्यक्तिको बढी आवश्यकता देख्न थाल्यो। फलस्वरूप महेन्द्र प्रसादपछि लगातार तीन जना पूर्वअञ्चलाधीश भई अनुभव प्राप्त गरेका व्यक्ति त्रिविको उपकुलपति बने। महेन्द्र प्रसादको पालादेखि नै विद्यार्थीको दबाबमा त्रिविमा प्राज्ञिक मुद्दामा सम्झौता गर्ने परिपाटीको थालनी भयो। विद्यार्थीहरूको दबाबमा विज्ञानजस्तो विषयको स्नातकोत्तर तहमा क्षमताभन्दा दोब्बर सङ्ख्यामा विद्यार्थी भर्ना गरिए। आज विद्यार्थीको दबाबमा क्षमताभन्दा कयौँ गुणा बढी विद्यार्थी भर्ना गर्नु त्रिविका अधिकांश क्याम्पसमा सामान्य भइसक्यो।
०४६ सालको जनआन्दोलनपछि देशमा बहुदलीय व्यवस्थाको पुर्नवहाली भयो र कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा अन्तरिम सरकार बन्यो। सुरुमा भट्टराई त्रिविका पदाधिकारीलाई हटाउने सोचमा थिएनन्। प्रधानमन्त्री भट्टराईले तत्कालीन उपकुलपतिलाई बोलाएर नवगठित सरकारलाई मद्दत गर्न र निर्धक्क भएर काम गर्न निर्देशनसमेत दिएका थिए। तर आन्दोलनमा संलग्न प्राध्यापकहरू यसको विरोधमा थिए। उनीहरू उपकुलपतिलगायतका पदाधिकारीको राजीनामा माग गर्दै सरस्वती सदनमा अनसन बसे। त्रिविका उपकुलपति र रजिष्ट्रारले राजीनामा दिए। रेक्टर (यस पंक्तिकार) ले त्यसअघि नै स्वेच्छाले राजीनामा दिइसकेको थियो।
त्रिविमा राजनीतिक भागबन्डाको संस्कृति सुरु भयो। सरकारमा संलग्न दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच त्रिविका पदाधिकारीको भागबन्डा भयो। कांग्रेसको कोटाबाट वी.सी. मल्ल उपकुलपति भए र एमालेको कोटाबाट राममान श्रेष्ठ र विश्वेश्वरमान श्रेष्ठ क्रमशः रेक्टर र रजिष्ट्रार नियुक्त भए। मल्ल र श्रेष्ठ दुवै प्राध्यापक संघका पूर्व अध्यक्ष थिए। वरिष्ठ प्राध्यापक भए पनि उनीहरूको नियुक्ति प्राज्ञिकभन्दा बढी राजनीतिक आधारमा भएको देखियो।
०४८ सालको चुनावमा कांग्रे्रसले बहुमत ल्यायो र एकमना सरकार बनायो। नयाँ सरकारलाई एमालेको कोटामा नियुक्त रेक्टर र रजिष्ट्रारलाई हटाउनु थियो। तसर्थ त्रिविका तीनै जना पदाधिकारी फेरिए। उपकुलपति, रेक्टर र रजिष्ट्रारमा कांगे्रस नजिकका व्यक्तिहरू नियुक्त भए। हालै आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी मध्येका पूर्वउपकुलपति केदारभक्त माथेमा त्यतिबेला उपकुलपति नियुक्त भएका थिए। त्रिविमा प्राध्यापन गरिसकेका माथेमा उपकुलपति नियुक्त हुनुअघि विश्व बैंकमा आबद्ध थिए।
२०५१ सालमा मध्यावधि चुनाव भयो र एमालेको अल्पमतको सरकार बन्यो। मनमोहन अधिकारी प्रधानमन्त्री बनेे। अधिकारी उपकुलपति माथेमाको कामबाट सन्तुष्ट थिए र उनलाई पदबाट हटाउने पक्षमा थिएनन्। प्रधानमन्त्री स्वयंले सायद माथेमालाई त्यसो भनेका थिए। तर आफ्नो दलसँग आबद्ध त्रिविका प्राध्यापकहरूको दबाब थेग्न नसकेर होला उनैले माथेमालाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरे। माथेमाले प्रधानमन्त्रीको आग्रहलाई बेवास्ता गरेका भए उनलाई हटाउन सायद त्यति सजिलो हुने थिएन। तर माथेमाले त्यस्तो गरेनन् र उनीलगायत रेक्टर र रजिष्ट्रारले पनि राजीनामा दिए। वास्तवमा माथेमालाई हटाउनुपर्ने कारण राजनीतिबाहेक अरू थिएन।
माथेमाको समूहले राजिनामा दिएपछि एमालेमा आबद्ध कमलकृष्ण जोशी, माधवप्रसाद शर्मा र बालमुकुन्द खरेल क्रमशः उपकुलपति, रेक्टर र रजिष्ट्रार नियुक्त भए। उनीहरू प्राज्ञिक वृत्तका व्यक्तित्व भएपनि नियुक्तिमा राजनीतिक आबद्धताको मुख्य भूमिका देखियो। जोशी कुनै समय पाटनको मेयर पदको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार थिए। साथै उनी त्रिविको प्रगतिशील प्राध्यापक समूहका तर्फबाट प्राध्यापक संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार पनि थिए। शर्मा र खरेल क्रमशः प्रगतिशील प्राध्यापक समूहबाट प्राध्यापक संघको उपाध्यक्ष र सचिव भैसकेका थिए।
एमालेको नौ महिने सरकार ढलेपछि कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन सरकार बन्यो र कांगे्रसका गोविन्दराज जोशी शिक्षामन्त्री बने। शिक्षामन्त्रीले बिनाकारण उपकुलपति जोशीलगायत रेक्टर र रजिष्ट्रारलाई राजीनामा दिन दबाब दिए। तर उपकुलपति जोशीले राजीनामा दिन मानेनन्। उनीलाई त्यति बेला विपक्षमा रहेको एमालेको बलियो समर्थन थियो। त्यसपछि कां्गे्रस समर्थक प्रजातान्त्रिक समूहका प्राध्यापकले उपकुलपतिको राजीनामा माग गर्दै उपकुलपति कार्यालयमा तालाबन्दी गरे र कयौँ दिनसम्म धर्ना दिए। तर उपकुलपति जोशीले राजिनामा दिएनन्। मन्त्री जोशी र उपकुलपति जोशीबीचको द्वन्द्व महिनौँसम्म चल्यो। उपकुलपति जोशीलाई पदबाट हटाउने मन्त्री जोशीको प्रयाससँग त्रिविका तत्कालीन कुलपति राजा वीरेन्द्र सहमत थिएनन्। यो कुरा स्वयं वीरेन्द्रले एक भेटघाटमा यस पंक्तिकारलाई बताएका थिए। त्यसैबीच फेरि सरकार परिवर्तन भयो र लोकेन्द्रवहादुर चन्दको नेतृत्वमा राप्रपा र एमालेको संयुक्त सरकार बन्यो। आफ्नै दल एमाले सरकारमा आएपछि उपकुलपति जोशीको संकट टर्यो र राजिनामाको विवादको अन्त्य भयो। उपकुलपति जोशीले आफ्नो ४ वर्षको कार्यकाल पूरा गरे।
त्यसपछि कांग्रेस नजिकका नवीनप्रकाश जंग शाहलाई उपकुलपति नियुक्त भए। रेक्टर र रजिष्ट्रार मा क्रमशः प्रेमराज पन्त र नीलकण्ठ श्रेष्ठ नियुक्त भए। शाहले पनि आफ्नो कार्यकाल पूरा गरे। त्यसपछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला चिकित्सा शास्त्र अध्ययन संस्थानका गोविन्दप्रसाद शर्मा उपकुलपति नियुक्त भए। ०६२/६३ को जनआन्दोलनपछि आफ्नो कार्यकाल पूरा हुनुअघिनै उपकुलपति शर्मा लगायत रेक्टर र रजिष्ट्रारले प्राध्यापकहरूको विरोधका कारण राजीनामा दिए।
कांगे्रस र एमालेको संयुक्त सरकार बनेको थियो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने एमालेका मंगलसिद्धि मानन्धर शिक्षामन्त्री बने। कांग्रेस र एमालेबीच कसलाई उपकुलपति बनाउने भन्ने विषयमा सहमति हुन नसकेर कयौँ महिनासम्म त्रिवि पदाधिकारीविहीन बन्न पुग्यो। दुवै दलले आफ्नो पक्षको व्यक्तिलाई उपकुलपति बनाउन चाहे। यसो हुनुमा दुई दल नजिकका प्राध्यापकहरूको समेत ठूलो दबाब थियो। प्रधानमन्त्री र शिक्षामन्त्रीकोे आआफ्नो अडानका कारण त्रिवि अस्तव्यस्त हुन पुग्यो। देशका प्रमुख दलहरू उच्च शिक्षा र त्रिविप्रति कति संवेदनहीन रहेछन् भन्ने प्रस्ट देखियो। प्रदीप नेपाल शिक्षामन्त्री भएपछि बल्ल सरकारमा रहेका दलबीच भागबन्डाको सहमति भयो र नयाँ पदाधिकारीको नियुक्ति भयो। एमालेको कोटामा माधवप्रसाद शर्मा उपकुलपति, कांग्रेसको कोटामा सूर्यलाल अमात्य रेक्टर र माओवादीको कोटामा भीमराज अधिकारी रजिष्ट्रार नियुक्त भए। अमात्य कुनै बेला प्रजातान्त्रिक समूहबाट प्राध्यापक संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए भने अधिकारी माओवादीमा आबद्ध छन्।
यसरी नेपालमा त्रिविको उपकुलपतिको छनौट प्राज्ञिक वर्गबाटै भएपनि नियुक्तिमा राजनीतिक पृष्ठभूमिले बढी भूमिका खेलेको पाइन्छ। राजनीतिक हैसियत बढी भएकै कारण पटकपटक उपप्राध्यापक वा सहप्राध्यापक उपकुलपति बनेका छन् भने, उनीहरूअन्तर्गत वरिष्ठ प्राध्यापकहरू रेक्टर वा रजिष्ट्रार नियुक्त भएका छन् । त्रिविमा हालसम्म नियुक्त भएका १८ उपकुलपतिमध्ये त्रैलोक्यनाथ उप्रेती, बि.सि. मल्ल, गोविन्दप्रसाद शर्मा र वर्तमान उपकुलपति माधवप्रसाद शर्मा ४ जनामात्र प्राध्यापक तहका व्यक्ति छन्। विश्वका धेरै जसो विश्वविद्यालयमा प्राध्यापक तहका व्यक्ति उपकुलपति बन्ने गरेका छन्।
त्रिवि पञ्चायत कालमा जस्तै आज पनि देशको प्रमुख राजनीतिक केन्द्र बनेको छ। फलस्वरूप यहाँ अराजकता झन्झन् बढिरहेको छ। प्राज्ञिक मूल्य र मान्यतामा दिन प्रतिदिन ह्रास हुँदेछ। पदाधिकारी एवं शिक्षक कुटिने काम सामान्य भइसकेको छ। प्राध्यापकहरूको हाजिर कापी विद्यार्थीले जाँच्न थालेका छन्। क्याम्पसभित्र हतियारको प्रयोग हुन थालेको छ। त्रिवि राजनीतिकरणको तह नाघेर अपराधीकरणतर्फ उन्मुख हुन थालेको छ। देशका लागि यो ठूलो चिन्ताको विषय हो।
लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति हुन्।